Comments Add Comment
No ads found for this position

मोटी महिलालाई कपडा नै डिजाइन गर्दैनन्ः प्रवल गुरुङ

नेपाली मूलका फेसन डिजाइनर हुन् प्रवल गुरुङ, जो विश्वमै चर्चित छन् । हलिउडदेखि बलिउडसम्म सेलिब्रेटीका फेसन डिजाइन गरिसकेका गुरुङले फेसनकै सेरोफेरोमा गरेको कुराकानीलाई यहाँ साभार गरिएको छ ।

फेसन उद्योग क्रमशः समावेशी हुँदै आइरहेको छ । प्रख्यात फेसन डिजाइनर प्रवल गुरुङले मानिसका विभिन्न आकार एवं वर्णको विविधतालाई ध्यानमा राखी डिजाइन गर्छन् । उनका अनुसार फेसन उद्योगले समावेशिताको लागि अझै धेरै लामो बाटो तय गर्न बाँकी नै छ ।

लेन ब्रायन्टसँगको सहकार्यमा उनले नयाँ फेसन ब्रान्ड लञ्च गर्दै छन् । धेरैजसो युरोपेली चर्चित फेसन ब्रान्डहरू समावेशी नभएको आरोप लगाउने उनी आफूले पनि पर्याप्त समावेशी कपडा डिजाइन गर्न नसकेको स्वीकार गर्छन् । उनै गुरुङसँग कस्मोपोलिटनले गरेको कुराकानीको सम्पादित अंश:

न्युयोर्क फेसन विकको सुन्दर कलेक्सनको लागि धेरै नै बधाई छ । तपाईंले लेन ब्रायन्टसँग सहकार्य गर्नुभएको छ । के कारणले लेन ब्रायन्टसँग जोडिनुभयो ?

मैले हाम्रो उद्योगलाई धेरै नै अदूरदर्शी भएको पाएँ । धेरैले सौन्दर्यलाई मात्रै फेसनको एक आयामको रूपमा बुझ्छन् । मेरो लागि सौन्दर्य भनेको सबै आकार, सबै रंगको समावेशिता हो र यो नै म बसिरहेको संसार हो । यो मेरो लागि धेरै महत्वपूर्ण थियो किनभने महिलालाई सम्बोधन गरिएको थियो र महिलाको पनि टेबलमा एक सिट छ ।

तपाईंको यो पछिल्लो कलेक्सनमा आफैंलाई मन परेको पिस कुन हो ?

मलाई मन परेको ग्रे रंगको कोट हो जुन मिश्रति भुत्लाहरूबाट बनाइएको छ । आफ्नो कलेक्सनको कुरा गर्दा मलाई त्यो धेरै नै मनपर्छ । यो कोट सबै महिलाहरूलाई आवश्यक छ । तपाईंले भित्र जे लगाएदिए पनि बाहिर भुत्ला लगाइदिनुहोस्, तपाईं धेरै नै आकर्षक देखिनुहुन्छ ।

फेसन उद्योगमा धेरै प्रगति भएको छ । तपाईंलाई यो परिविर्तन हुनको मुख्य कारण के लाग्छ ?

फेसन उद्योगले लामो समयसम्म नराम्रो व्यवहार बोकेर बसिरहृयो । तर, डिजिटल दुनियाँले सबै कुरा छर्लङ्ग बनाइदियो, मानिसहरूलाई शक्ति दियो र मानिसहरूले यसैलाई परिवर्तन माने । म मात्रै होइन क्रिस्टियन सिरिआनो, माइकल कोस्टेलोजस्ता डिजाइनर पनि समावेशी छन् तर यो पर्याप्त छैन । हामीलाई अझै लामो बाटो जानु छ ।

लेन ब्रायन्टसँगको मेरो पहिलो कलेक्सनपछि आर्ट ग्यालरीमा एउटी महिला आएर भनिन्, ‘तपाईले किन मोटा मानिसहरूका लागि डिजाइन गरिरहनुभएको छ ?’ म अचम्ममा परेँ । त्यसपछि उनले सच्याउँदै भनिन्, ‘मैले जोक मात्रै गरेको ।’ मैले उनलाई भनेँ, ‘सबैभन्दा पहिले यो हाँसोलाग्दो कुरा थिएन, शब्दमा शक्ति हुन्छ र त्यसले मानिसको जीवनमा असर गर्नसक्छ । तपाईंजस्तो मानिसले यस्तो कुरा गर्नुहुन्छ, त्यसैले मलाई गर्न मन लाग्छ । मलाई तपाईंको सोच बदल्नु छ ।’

यो क्षेत्रमा सबैभन्दा ठूलो विरोधी को होला जस्तो लाग्छ ?

वास्तविक परिवर्तन त्यतिखेर हुन्छ जब युरोपमा यस्तो हुन्छ । युरोपियन फेसन विक धेरै नै खराब छ र उनीहरू मानिसहरूलाई समावेश गर्ने कुरामा धेरै नै बदनाम छन् र कसैले पनि यसलाई भन्दैन । यो समयको कुरा हो ।

के हामीले उनीहरूले यो कुरा छिट्टै बुझ्नेछन भन्ने अपेक्षा गर्न सक्छौँ ?

मानिसहरूमा साहसको कमी छ । उनीहरूलाई अरूले जे गर्छन् त्यो फेसनेबल हो भन्ने लाग्छ । यसरी नै उद्योगले काम गर्छ । हामी पछाडि बसेर डिजाइनर र डिसिजन मेकरले परिवर्तन गर्छन् भनेर बस्न सक्दैनौँ । हामीले त्यसको माग गर्नुपर्छ । मैलै आफूलाई अस्तव्यस्त बनाएँ भने मलाई बाहिर निकाल्नुहोस् अनि मात्रै परिवर्तन हुन्छ ।

के उनीहरूले मोटा महिलालाई डिजाइन गर्न धेरै गाह्रो हुन्छ भन्ने सोचेका होलान् ?

होइन, डिजाइनरहरू अल्छी छन् । उनीहरू अल्छी छन् । यो खासै गाह्रो काम होइन । सबैको शरीर फरक हुन्छ जब साइज ४-६-८  हुन्छ । यो सधैँ नै फरक हुनसक्छ तर, डिजाइनिङ के हो भन्ने कुरा मुख्य हो । यो समस्याको समाधान होइन । यो इम्ब्रोइडरी र चम्किलो कुरा थप्ने मात्रै होइन ।

आकारमा समावेशीको मुद्दा मात्रै तपाईंको पि्रय र नजिक होइन । तपाईलाई नारीवादको बारेमा सकारात्मक सन्देश फैलाउन किन जरुरी छ ?

म एकल आमाको सन्तानको रूपमा हुर्किएँ । मैले सधैं मेरो करियरको बारेमा सोचेँ र मेरो जीवनमा सबै कुरा महिलाको सहयोगबाट नै भयो । मेरा आमा, दिदी, मिसेल ओबामा, केट मिडलटनजस्ता महिलाहरूले मेरो डिजाइनप्रति विश्वास गर्नुभयो र पहिरिनुभयो । साथै मेरो देख्नसक्ने क्षमता पनि बढाइदिनुभयो ।

तपाईले आफ्नो डिजाइन र शोहरूमा आप्रवासीको टच पनि दिनुहुन्छ, किन ?

म आफै पनि आप्रवासी हुँ । यो देश नै आप्रवासीहरूले बनाएका हुन् । तर, जब अमेरिकामा ट्रम्प राष्ट्रपति भए त्यसले मलाई आश्चर्यचकित बनाएको छ । यस्तो त विकासशील देशमा मात्रै यस्तो हुन्छ भन्ने म सोच्थेँ । यस्तो त मैले यहाँ कहिल्यै पनि देख्न पर्दैन होला भन्ने सोच्थेँ ।

सबै किसिमका भेदभाव र महिलालाई नराम्रो दृष्टिले हेरेको मलाई मन पर्दैन । हामी समावेशी र आप्रवासीको बारेमा कुरा गरिरहेका छौँ । त्यसैले मलाई राम्रो पक्ष मात्रै हेर्न मन लाग्छ थोरै भए पनि । मानिसहरू जागरुक भएका छन् र मलाई आशा छ यो हाम्रो यो कुराकानीले पनि केही सन्देश दिन्छ ।

तपाई जब यहाँ आउनुभयो तपाईलाई यस विषयमा केही थाहा थियो र अहिले त्यो सोच परिवर्तन भएको छ कि ?

म आफूले सुनेजस्तो अमेरिकी सपनामा बाँच्नका लागि यहाँ आएँ । म न्युयोर्कमा आएँ तर मैले कसैलाई पनि चिनेको थिइन । मैले आफ्नो करिअर बनाएँ मलाई केही कुरा थाहा थियो तर, मलाई यो स्तरसम्म केही पनि थाहा थिएन । कट्टरता र रंगभेद यति धेरै छ भन्ने मैले सोचेको थिइन । यो मुद्दा दबिएको थियो । अहिले एक्कासि अगाडि आयो ।

फेसनको धेरै ठूलो दायित्व छ । हामीले रनवेमा जे देखाउँछौँ, हामीले सम्पादकीयमा जे गछौँ वा जसको कपडा लगाउँछौँ, समग्रमा यसले फरकपन देखाउनुपर्छ । हामीले त्यसो गरेनौँ भने भेदभाव गरिरहेका हुन्छौँ । मेरो विश्वास यही हो । स्रोतः एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment