Comments Add Comment
No ads found for this position

कांग्रेस सांसदले मागे प्रधानमन्त्री ओलीको राजीनामा

२० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदको बुधबारको बैठकमा कांग्रेस सांसद अमेरशकुमार सिंहले सरकारले संविधान उलंघन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

संविधानले नागरिकलाई विना रोकटोक हिँडडुल गर्न स्वतन्त्रता दिए पनि सरकारले संविधान उलंघन गरेर स्वेच्छाचारी भएको उनले आरोप लगाए । थाइल्याण्ड जान लागेका पूर्वलडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काइएको प्रसंगमा सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘के व्यक्ति ब्यक्तिले अनुमति लिएर जानुपर्छ ? सरकारले संविधानको उलंघन गरेको छ, म प्रधानमन्त्रीको राजीनामा माग गर्दछु,’ उनले भने, ‘सरकार स्वेच्छाचारी तरिकाले चल्नु हुँदैन । संविधानको उलंघन गर्न बनाएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment