Comments Add Comment
No ads found for this position

भूवनको लगानीमा ‘साइनो’ घोषणा, नीता र मिरुना मुख्य हिरोइन

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्दले अब चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले, निर्माण गर्न लागेको चलचित्र ‘साइनो’को आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको छ ।  निर्मात्री चन्दले पारिवारिक प्रेम कथामा यो चलचित्र निर्माण हुने जानकारी दिइन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् ।

चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, भूवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेको साथमा नव–कलाकार राज कुमारको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन सोमबारदेखि सुरु हुने बताइएको छ । करिब ४० दिनमा चलचित्रको छायांकन सक्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रलाई रमेश थापाले निर्देशन गर्दैछन् ।

चलचित्रमा अभिमन्यू निरबीको लेखन, बनिष शाहको सम्पादन, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराइको एक्सन, बसन्त सापकोटाको संगीत रहनेछ । एक दशक अघि निर्माण भएको चलचित्र ‘साइनो’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । नेपालकी पहिलो नायिका भूवन चन्दले बनाउन लागेको नयाँ ‘साइनो’ले पनि दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment