Comments Add Comment
No ads found for this position

‘रातो टिका निधारमा’मा नीता फाइनल

चलचित्र ‘जय भोले’पछि निर्देशक तथा निर्माता अशोक शर्मा नयाँ चलचित्रको निर्माणको तयारीमा छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रातो टिका निधारमा’ राखिएको छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको सफल चलचित्र ‘अल्लारे’को हिट गीतबाट यसपटक अशोकले चलचित्रको नाम सापटी लिएका छन् ।

यो चलचित्रको लिड भूमिकाका लागि नायक र नायिका फाइनल गरिएको छैन । तर, चलचित्रका लागि केही कलाकार भने फाइनल गरिएको छ । चलचित्रका लागि निर्माण टिमले नायिका नीता ढुंगानालाई फाइनल गरेको हो । नीता यतिबेला चलचित्र ‘साइनो’को छायांकनमा व्यस्त छिन् ।

उनको साथमा चलचित्रमा रविन्द्र झा, बुद्दि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी फाइनल भएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहनेछ । चलचित्रमा ‘अल्लारे’ चलचित्रको हिट गीत ‘रातो टिका निधारमा’लाई पनि समावेश गरिनेछ ।

यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुनेछ । नयाँ बर्ष लागेसँगै चलचित्रको छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment