Comments Add Comment
बहसमा लगानी सम्मेलन :

‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’

१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनमा छ सयभन्दा बढी विदेशी र तिनसयभन्दा बढी स्वदेशी लगानीकर्ता सहभागी हुँदैछन् ।

यो सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित देखिन्छ । तर, विदेशी लगानी ल्याउँदा स्वदेशी लगानीको संरक्षण गर्नुपर्ने माग पनि निजी क्षेत्रले छाडेको छैन । विशेष गरी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विदेशी लगानी ल्याउनुपर्ने र स्वदेशी लगानीका उद्योगलाई संरक्षण दिनुपर्नेमा निजी क्षेत्रको जोडबल छ ।

अर्थात्, निजी क्षेत्र बाहिर लगानी सम्मेलन ‘सेलिब्रेट’ गरिरहेको र भित्र विदेशी लगानीले आफैंलाई छाँयामा पार्ने हो कि भनेर डराएको जस्तो देखिन्छ । यो अवस्थामा समग्र लगानी सम्मेलन र निजी क्षेत्रका मुद्दाहरुबारे नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका सदस्य तथा नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष अन्जन श्रेष्ठसँग अनलाईनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

लगानी सम्मेलनका लागि तपाईंहरुको सक्रियता हेर्दा त निजी क्षेत्रमा पर्व नै आए जस्तो देखियो । यो मनभित्रैबाट उत्पन्न उत्साह हो ?

यो लगानी सम्मेलन सरकारले परिकल्पना गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ सँग जोडिएको छ । सरकारले समग्र राष्ट्रलाई प्रतिफल दिनेगरि सम्मेलन गरेको हाम्रो बुझाई छ । एउटा नागरिकको हैसियतले पनि यसमा खुसी हुनैपर्छ ।

लगानी सम्मेलन उद्यम–व्यवसायसँगै सम्बन्धित छ । देशबाहिरबाट थुप्रै व्यवसायी–लगानीकर्ता आउनुभएको छ । नेपालमा लगानीको अवसर खोज्ने यो आगमन निश्चय पनि हाम्रो रुचीको विषय हो । यसबाट हामी साँच्चै उत्साहित छौं ।

स्वदेशी लगानी विश्वस्त नभई विदेशी लगानीले स्थायित्व पाउँदैन । सुरुमा स्वदेशी लगानीकर्ताहरु नै व्यवसायिक वातावरण छ भन्नेमा विश्वस्त बन्नुपर्‍यो । त्यो काममा सरकार अलि कमजोर नै छ ।

नयाँ संविधान बनेपछिको लगानी सम्मेलनमा आठ खर्ब रुपैंयाभन्दा बढीको प्रतिवद्धता आयो, तर अंकमा परिणत भएर नेपाल भित्रिएन । यसपटक के अपेक्षा गर्नुभएको छ ?

सरकारले यो सम्मेलन आयोजना गरिरहँदा प्रतिवद्धताअनुरुप लगानी नआएको विषयलाई ध्यानमा राखेकै होला । लगानी बोर्डले विगतका कमी कमजोरी समीक्षा गरेर सच्याएको छ भन्ने हाम्रो अपेक्षा छ ।

अघिल्लो सम्मेलनमा २५० विदेशी लगानीकर्ता आएकामा अहिले ६०० सयभन्दा बढी आउनुभएको छ । यसअघिको सम्मेलन देश निर्वाचनको संघारमा रहेको बेला भएको थियो, अहिले दुई तिहाई बुहमतसहितको स्थीर सरकार छ । त्यतिबेला हामी कोल्टो फेर्दै थियौं, अहिले कोल्टो फेरिसकेको अवस्था छ । संसारमा यो सन्देश गएको छ ।

यो बीचमा निजी क्षेत्रले व्यवसाय र लगानी सम्बन्धी २०–२१ वटा ऐन संशोधन गर्नुपर्छ भनेकोमा ४–५ वटा संशोधन भइसकेको छ । यो सबै अध्ययन गरेर विदेशीहरु आउनुभएको होला । यसले विगतको भन्दा पक्कै पनि फरक प्रतिफल दिनसक्छ ।

स्थिर सरकार छ त भनियो, तर विदेशी लगानीको ग्राफ यही वर्ष ओरालो लागेको छ । कतिले बामपन्थी सरकार आएकाले यस्तो भयो भन्दैछन् । तपाईँ विदेशी लगानीकर्तासँग जोडिएर काम गर्नुहुन्छ, के छ विश्लेषण ?

कम्युनिस्ट सरकार छ भनेरै विदेशी लगानी घट्यो भन्ने मलाई लाग्दैन । कुनै विदेशी लगानीकर्ताले यो खालको कुरा गरेको सुनेको पनि छैन ।

फेरि वाम सरकार भए पनि संविधानले ‘समाजवाद उन्मुख अर्थतन्त्र’ भनेको छ । खुला बजार अर्थनीति अंगिकार गरिएको छ । कसैको सम्पत्ति राष्ट्रियकरण गरिने छैन भनेर संविधानमै लेखिएको अवस्थामा त्यस्तो आशंका त कतै पनि छैन होला ।

कम्युनिष्ट पार्टीकै सरकार भएको चीनमा त्यत्रो लगानी गइरहेको छ । त्यसकारण आशंका गर्नुपर्ने अवस्था छैन ।

तर, यस्ता प्रश्न उठेपछि सरकारले आश्वस्त पार्नुपर्ने देख्नुहन्न ?

सरकारले आश्वास्त पार्नुपर्ने त धेरै कुरा छन् । वैदेशिक लगानी ल्याउन स्वदेशी लगानीकर्तालाई विश्वासमा लिन एकदमै जरुरी छ । स्वदेशी लगानी विश्वस्त नभई विदेशी लगानीले स्थायित्व पाउँदैन ।

सुरुमा स्वदेशी लगानीकर्ताहरु नै व्यवसायिक वातावरण छ भन्नेमा विश्वस्त बन्नुपर्‍यो । त्यो काममा सरकार अलि कमजोर नै छ ।

निजी क्षेत्र सधैं सरकारलाई दोष लगाउँछ, तर काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउने घोषणा गरेर अलपत्र छाड्यो । निजी क्षेत्रको पनि थृुप्रै कमजोरी छ नि होइन ?

त्यो आयोजना घोषणा भएपछि मैले नेपाल पूर्वाधार विकास कम्पनीका पदाधिकारीसँग छलफल गरेर यसलाई सफल पार्न स्वदेशी लगानी र प्रविधिले पनि पुग्दैन भनेको थिएँ । त्यसलाई बेवास्ता गरेकैले यति पछि धकेलियो ।

अहिले पावर चाइनालाई लिएर कम्पनी अघि बढ्दैछ भन्ने सुनेको छु । मलाई लाग्छ, यसले गति लिन्छ । निजी क्षेत्रले पनि कस्ता क्षेत्रमा कसरी लगानी ल्याउने भनेर स्पष्ट हुनु जुरुरी छ ।

सरकारले विदेशी लगानी ल्याउन खुकुलो कानुनी व्यवस्थासहित धेरै क्षेत्रमा विदेशी लगानी खुला गर्ने कानुन ल्याएको छ । यसमा निजी क्षेत्र संशकित छ कि हैन ?

पूर्वाधार क्षेत्रमा स्वदेशी लगानीले मात्र पुग्दैन । नेपाललाई चाहिएको विदेशी लगानी सुरुङमार्ग जस्ता पूर्वाधारमै हो । हिजो खर्बौंको प्रतिवद्धता आए, लगानी कम आयो । हामीले सही क्षेत्र पहिचान गरेर देखाउन सकेनौं कि ?

विदेशी लगानीको क्षेत्र स्पष्ट पहिचान गरेर भनिदिनुपर्‍यो, जुन क्षेत्रमा स्वदेशी लगानी र प्रविधि पर्याप्त छ, त्यसमा विदेशी लगानी आवश्यक छैन । नेपाल आत्मनिर्भर भएको वा आत्मानिर्भर उन्मुख क्षेत्रमा विदेशी लगानी ल्याउनु हुँदैन ।

होटल व्यवसायीहरु होटलमा विदेशी लगानी चाहिँदैन भनिरहनुभएको छ । सिमेन्टमा, डेरि, कृषि र कृषि उपज प्रशोधन उद्योगमा चाहिन्न भन्ने छ ।

हामीलाई पूर्वाधारमा विदेशी लगानी र प्रविधि चाहिएको छ । त्यसमा पैसासँगै प्रविधि पनि आउनुपर्‍यो । त्यसले हाम्रो क्षमता र आत्मविश्वास पनि बढाउँछ । हामीसँग जे छैन, त्यो कहीँबाट आउनुपर्‍यो । हामीलाई कसैले सिकाइदिनुपर्‍यो, विश्वास गर्नुपर्‍यो ।

निजी क्षेत्र स्वदेशी लगानीकर्तालाई विश्वास गर्नुपर्‍यो त भन्छ तर, के–केमा, कसरी स्पष्ट बोलेको सुनिँदैन । किन ?

सरकारले जे जति ऐन नीति, नियम ल्याउँछ, तिनको कार्यान्वयन र निरन्तरतामा तत्तपरता देखाउनुपर्‍यो । २०७२ मा औद्योगिक व्यवसाय ऐन आयो, त्यसको नियमावली अझै आएको छैन । एउटा ऐन ल्याउने र त्यसले गरेका व्यवस्था अर्को ऐनबाट काट्ने काम पनि गरिन्छ । ऐन आउँछ, नियमावली आउँछ, बजेटले फेरि काटिदिन्छ । खोई त निरन्तरता ?

राजनीतिक तहको निर्णय कार्यान्वयनमा कर्मचारीतन्त्रले सही ढंगले काम पनि गर्नुपर्‍यो । व्यवधानहरु हटाइदिनुपर्‍यो ।

मूल कुरा, व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण बदल्नुपर्‍यो । देशको आर्थिक–समाजिक उत्थानमा अरु वर्ग जति प्रतिवद्ध छन्, हामी पनि त्यति नै छौं भनेर बुझ्नुपर्‍यो ।

अरु वर्गको प्रतिफल तलब होला, हामी वैधानिक नाफाका लागि काम गर्छौं । त्यो नाफाबाटै देशको आर्थिक–समाजिक परितर्वनमा योगदान गर्छौं । नाफालाई गलत दृष्टिले हेर्नु भएन । नाफा नहुने ठाउँमा उद्योगी, व्यवसायी, लगानीकर्ता कोही रहँदैन ।

हामी सामाजिक र राष्ट्रिय उत्तरदायित्व बिर्सेर नाफाको पछाडी कुदेका होइनौं । नाफाप्रति हेयदृष्टि राखेसम्म मुलुकले आर्थिक फड्को मार्दैन ।

उद्योगी, व्यवसायी र लगानीकर्तालाई सहज हुनुपर्छ । अहिलेसम्म हामीलाई कसैले बोलाएर समस्या सोधेको छैन । हामीले समस्या राख्दा स्वार्थपूर्ण भनिन्छ । व्यवसायीहरुको कुराको विश्लेषण हुनुपर्‍यो । निर्णय त सरकारले नै गर्ने हो । त्यो नगरिए विदशी लगानीकर्ता पनि यहाँ आउँदैनन् ।

विदेशी लगानीकर्तालाई ‘कन्भिन्स’ गर्न हामी पनि ‘कन्भिन्स’ हुनुपर्छ । त्यसैले स्वदेशी लगानीकर्ताको विश्वास जित्नैपर्छ भनिएको हो ।

कुनै एउटा विदेशी सिमेन्ट उद्योगले अघिल्लो वर्ष ल्याएको जस्तो लगानी नेपालले खोजेको होइन । त्यो विषयमा स्पष्ट हुनैपर्छ । त्यसरी लगानी ल्याउँदा वैदेशिक लगानी आयो भन्न मिल्छ ? हामीले वैदेशिक लगानीमा के खोजेका हौं ? सिमेन्ट उद्योगमा स्वदेशीले नसक्ने छ त ?

नेपाली व्यवसायीहरु विदेशी लगानीसँग डराउँछन् भन्ने आरोप पनि छ नि ?

२०४८ सालमा खुला बजार अर्थतन्त्र लगाउँदा पनि यस्तै आरोप लगाइएको थियो । विदेशी लगानी आउँछ भनेर स्वदेशी डरायो भनिएकै थियो । तर आज राष्ट्रिय उद्योगको योगदान कहाँ गयो त ? खुला बजार अर्थतन्त्रलाई म कहिले पनि गलत भन्दिन । नेपालको आर्थिक आधार र आकार जुन स्तरमा आज बन्यो, त्यो खुला बजार अर्थनीतिकै कारण हो ।

तर, त्यतिबेला गल्ती पनि भएको थियो । विदेशीले जे–जे उद्योग गरे पनि हुन्छ भनियो । त्यसअघि २० वटा साबुन उद्योग थियो, एउटा ठूलो लगानी आयो, अरुलाई समस्या पर्‍यो ।

त्यतिबेला हामीलाई साबुन, मन्जन बनाउन वैदेशिक लगानी चाहिएको थियो र ? मलाई लाग्छ, थिएन । विदेशीहरु जुन क्षमताले ठूलो परिमाणमा उत्पादन गर्छन्, हामीसँग त्यस्तो प्रतिस्पर्धी क्षमता छैन । त्यसैकारण हामीले आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी ल्याउनु हुदैन भनेका हौं ।

स्वदेशी उद्योगले त्यसो भन्दा समग्र ‘इको सिस्टम’ त हेनुपर्‍यो नि । ‘ब्याकवार्ड लिंकेज’मा कहाँ–कहाँ समस्या छ भनेर हेर्न पर्‍यो । विश्वका सबै मुलुकले राष्ट्रिय स्वार्थलाई संरक्षण गर्छ ।

आत्मनिर्भरताका नाममा कृषि उपज प्रशोधन उद्योगमा पनि विदेशी लगानी रोक्दा फाइदा हुन्छ र ?

यस्तो कुरा छ्यासमिस् गरेर भन्नु भएन । देशलाई लगानी चाहिएको छ भनिएकै छ । अब कम्तीमा स्वदेशी लगानीकर्ताले लगानी नगरेको क्षेत्र देखाएर लगानी ल्याउन सक्छ सरकारले ।

सरकारले त्यस्तो तयारी गरेको देखिँदैन । जस्तो, डेरि क्षेत्रमा नेपाली लगानीकर्ताले कहाँनेर, के कुरामा लगानी गर्न बाँकी छ ? सरकारले देखाइदिनुपर्‍यो ।

एकजना उपभोक्ताले गरेको प्रश्न तपाईंसँग राख्छु । नेपालमा क्याटवरी जस्ता चकलेट किन बन्दैनन् ?

त्यो त प्रक्रियामा छ नि । जस्तो, हामी चोकोफन बनाइरहेका छौं । अर्को कदममा क्याडबरीमा पुगौंला । यो हाम्रो धेरै सम्भाब्य क्षेत्र हो । बिस्कुट, चकलेट, चाउचाउ, सिमेन्ट, डेरि, पोल्ट्रीमा विदेशी लगानी चाहिँदैन अब । यस्ता क्षेत्रमा विदेशी लगानी ल्याएर हाम्रो ‘इको सिस्टम’ बिगार्ने काम नगरौं ।

स्वदेशी उद्योग बचाएर विदेशी लगानी ल्याउने भन्नुहुन्छ । यसो गर्दा नेपालजस्तो देशले पर्याप्त लाभ लिन सक्छ त ?

हाम्रा धेरै दाजुभाइ दिदीबहिनी कामका लागि विदेश गइरहनुभएको छ । सा–साना उद्योगमा पनि विदेशी लगानी ल्याएर यो क्रमलाई निरन्तरता दिने हो ? सानो लगानी भएपनि स्वदेशमै गर्छु भन्नेलाई ठाउँ नदिने ?

बिजनेशमा आउन खोज्दै गरेका नयाँ पुस्तालाई नेपाल आकर्षक लगानी गन्तब्य हो भनेर नदेखाउने ? कि सबैलाई विदशेमै धकेल्ने हो ?

हामीले स्वदेशमा अवसर छ, काम खोज्दै विदेश नजाउ भन्ने देखाउनै पर्छ । कुनै पनि देशले आफ्नो नागरिकको स्वार्थ संरक्षण गर्छ । यो विश्वब्यापी अभ्यास हो, हामीले पनि गर्नुपर्छ ।

विश्व व्यापार संगठन (डब्लुटीओ)को वकालत गर्ने देशहरु आफ्नो राष्ट्रिय स्वार्थ संरक्षणका लागि अनेक काम गर्छन्, हामीले पनि गर्नुपर्छ । यसो भन्दा निजी क्षेत्र विदेशी लगानीसँग डराउँछन् भन्नु सरासर गलत हो । धेरै नेपाली व्यवसायी विदेशी लगानीकर्ता ल्याउन खोजिरहेका छन् । देशमा आर्थिक रुपान्तरण गर्न हाम्रो मात्रै पुँजीले पुग्दैन भन्ने सबैलाई थाहा छ । तर, त्यसका लागि निश्चित क्षेत्र तोकिनै पर्छ ।

तपाईंहरुलाई लाग्छ, नेपालको वित्तीय क्षेत्र भवियमा खर्बौं लगानी गर्न सक्षम छ ? किनकी तपाईहरु नै तरलता र अस्थिर ब्याजदरको कुरा गर्नुहुन्छ ।

बैंकिङ क्षेत्रबाट सहयोग नहुने स्पष्टै देखिन्छ । तरलता संकटको परिस्थिति आएको छ महिना हुन लाग्यो । हरेक वर्ष दशैं तिहारपछि यो समस्या आउँछ । यो किन भइरहेको भनेर सम्बन्धित निकायले विचार गर्नुपर्‍यो ।

यस्तो अवस्थामा सरकार ८ प्रतिशत आर्थिक वद्धिको लक्ष्य राख्छ । प्रधानमन्त्री दोहोरो अंकको आर्थिक विकासको कुरा गर्नुहुन्छ । त्यो गराउने हो भने ठूलो पुँजी चाहिन्छ । हामीले गर्ने लगानीका लागि पुँजी उपलब्ध गराउन किन बैंकहरु तत्पर छैनन् ? यो गम्भीर विषय हो ।

कुनै एउटा विदेशी सिमेन्ट उद्योगले अघिल्लो वर्ष ल्याएको जस्तो लगानी नेपालले खोजेको होइन । त्यो विषयमा स्पष्ट हुनैपर्छ । त्यसरी लगानी ल्याउँदा वैदेशिक लगानी आयो भन्न मिल्छ ? हामीले वैदेशिक लगानीमा के खोजेका हौं ? सिमेन्ट उद्योगमा स्वदेशीले नसक्ने छ त ? विदेशी कम्पनीले बनाएको सिमेन्टमा फरक क छ त ? यी पक्ष हेर्नुपर्‍यो ।

कुनै ग्यारेन्टीका आधारमा नेपालकै बैंकले लगानी गर्ने नाम मात्रको विदेशी लगानी गलत छ । जब कि स्वदेशी लगानीकर्तालाई यहाँ बैंकले पैसा दिन सकेका छैनन् । भोलि अरु पनि यसैगरी आए भने स्वदेशी लगानीकर्तालाई थप मार पर्छ । त्यसमा सरकारले सोच्नुपर्‍यो ।

यो पनि पढ्नुहोस नेपालको लगानी सम्मेलन, म्यानमारको विज्ञापन ! यो पनि पढ्नुहोस लगानी सम्मेलनमा ऊर्जा बहसः नेपाल दक्षिण एशियाको ‘पावर हाउस’ यो पनि पढ्नुहोस ‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’ यो पनि पढ्नुहोस मन्त्री मात्रिका यादवले भने : म रिसाएको छैन यो पनि पढ्नुहोस हुवाजिन सिमेन्टका उपाध्यक्षले भने- नेपालमा प्रक्रियामै धेरै ढिलाइ यो पनि पढ्नुहोस नेपालमा लगानी गर्ने उत्तम समयः परराष्ट्रमन्त्री ज्ञवाली यो पनि पढ्नुहोस ‘आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी विल्कुलै चाहिन्न’ यो पनि पढ्नुहोस लगानी सम्मेलनमा ऊर्जा बहसः नेपाल दक्षिण एशियाको ‘पावर हाउस’ यो पनि पढ्नुहोस नेपालमा लगानी ल्याउनेले घाटा खानुपर्दैन : सुरज वैद्य यो पनि पढ्नुहोस ‘दक्षिण एशियामा विद्युत बेच्ने अवसर छ नेपाललाई’ यो पनि पढ्नुहोस लगानीका लागि नेपाल स्वच्छ ऊर्जाको पावरहाउस : पूर्वअर्थमन्त्री महत यो पनि पढ्नुहोस मुथुट समूहका अध्यक्षले भने : एयरपोर्टको सत्कारले नै थाहा हुन्छ नेपालको लगानीको भोक यो पनि पढ्नुहोस एडीबीका उपाध्यक्ष चेनले भने- नेपालका ठूला परियोजनामा लगानी गर्न चाहन्छौं यो पनि पढ्नुहोस उद्योगमन्त्रीले लिन मानेनन् लगानी सम्मेलनको उपहार यो पनि पढ्नुहोस लगानी सम्मेलनमा उद्योगमन्त्री उपेक्षित, स्क्रिनमा हेरे उद्घाटन समारोह यो पनि पढ्नुहोस विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने- नेपाल ‘भर्जिन ल्यान्ड’ यो पनि पढ्नुहोस विदेशी लगानीका दुई चुनौती : तरलता र ब्याजदर ! यो पनि पढ्नुहोस लगानी सम्मेलनमा आउने कुनै पनि देशका नागरिकले भिषा शुल्क तिर्नु नपर्ने यो पनि पढ्नुहोस काठमाडौंमा सुरू भो लगानी सम्मेलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment