Comments Add Comment
No ads found for this position

एनआरएनए अष्ट्रेलिया बन्यो सबैभन्दा धेरै सदस्य भएको शाखा

अष्ट्रेलिया / गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताको म्याद सकिएको छ । मंगलबार रातिदेखि सदस्यता फारम भर्ने म्याद सकिएको हो ।

तोकिएको समयमा ११ हजार ८१८ जनाले फाराम भरेका छन् । यो सँगै एनआरएनए अष्ट्रेलिया शाखा सबैभन्दा धेरै सदस्य भएको शाखा बनेको छ ।

एनआरएनएका विश्वभरका अन्य शाखाको भन्दा धेरै सदस्य भएको शाखा बनेको भन्दै एनआरएनए अष्ट्रेलियाका सचिव देव गुरुङले सदस्यहरुलाई बधाईसमेत दिएका छन् ।

यसअघि एनआरएनए अमेरिकामा सबैभन्दा धेरै सदस्यहरु रहेका थिए ।

एनआरएनए अष्ट्रेलियाको चुनाव आगामी जुलाइमा हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment