Comments Add Comment
No ads found for this position

‘मर्द’को अनुहारवाला पर्स भयो भाइरल

काठमाडौं । अहिलेको आधुनिकताको दौडमा नयाँ नयाँ चिजको विकास भैरहेको छ । हरेक दिन बजारमा केही नयाँ चिज आउँदछ । कतिपय चिजहरु निकै सुन्दर लाग्छन् त कतिपय यस्ता अनौठा हुन्छन् कि देख्दैमा हाँसो उठ्दछ ।

के तपाईले पुरुषको दाह्रीयुक्त अनुहार जस्तै आकारको पर्स देख्नुभएको छ ? अहिले सोसल मिडियामा यस्तै पर्स भाइरल बनिरहेका छ ।
ट्वीटरमा एकजना प्रयोगकर्ताले यो अनौठो पर्सको भिडियो शेयर गरेपछि त्यो भाइरल बनेको छ ।

५४ सेकेण्डको उक्त भिडियो अहिलेसम्म झण्डै डेढ करोडले हेरिसकेका छन् । उक्त भिडियोमा देखिएको पर्स कुनै पुरुषको दाह्रीयुक्त अनुहारसँग मिल्दछ ।

दाँत, गुलाबी गिँजाहरु तथा जिब्रो प्रष्टै देखिन्छ त्यो पर्समा देखिन्छ । भिडियो भाइरल भएसँगै यो पर्सका बारेमा अनेक प्रकारका टिप्पणी पनि आइरहेका छन् ।

धेरैजनाले यस्तो पर्स देख्दा आफुलाई निकै असहज महसुस हुनुका साथै बेचैन भएको समेत उल्लेख गरेका छन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment