Comments Add Comment
No ads found for this position

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प

२६ जेठ, काठमाडौं । ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट ३ दिने निःशुल्क सर्भिस क्याम्प गरेको छ ।

“विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालन गरिएको थियो । ३ दिनमा यस सर्भिस क्याम्पमा लगभग १०० वटा जति गाडीहरुको सर्भिसिङ गरिएको थियो ।

दक्ष प्राविधिकहरुद्वारा परीक्षण गरिएको यस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिएको थियो ।

विद्युतीय सवारीसम्बन्धी समेत जानकारी प्रदान गरिएको सर्भिस सेन्टरमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । अग्निले विक्री पछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment