Comments Add Comment
No ads found for this position

एनआरएन महिला फोरम चीन गठन

२७ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन), चीनमा रन्जिता आचार्यको नेतृत्वमा नौ सदस्यीय महिला फोरम गठन भएको छ ।

नवगठित फोरममा सविता बर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल सदस्य चयन भएको संघका महासचिव सुशील वेल्बासेले जानकारी दिए । यस्तै, अमृता थापा (कञ्चन) र खुश्बु अग्रवाल सल्लाहकार चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएन चीनका अध्यक्ष सुदेशकुमार झाले सबै सदस्यहरूलाई मनोनयन गरेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ हङ्गकङ्ग अध्यक्ष टिका गुरुङ्ग, गैरआवासीय नेपाली संघ मकाउ अध्यक्ष शान्तिदेवी अधिकारी एवं ग्वान्जौ स्थित नेपाली महाबाणिज्यदुतावासबाट रक्षा पोखरेल विशेष अतिथिको रुपमा उपस्थित थिए ।

नेपालको दुर्गम गाउँमा सिलाई मशिन पठाउन आफ्नो तर्फबाट पचास हजार रुपैयाँ (तीन हजार युआन) बुझाउदै अध्यक्ष आचार्यले महिला फोरमको कोष शुरु भएको घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment