Comments Add Comment
No ads found for this position

माछापुच्छ्रे बैंकको थप ४नयाँ शाखा तथा १२ शाखारहित बैंकिङ सेवा

३१ जेठ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ । बैंकले मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहिबार झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड)र सोहिजिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।

सुनसरी जिल्लाको इनरुवास्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरे ।

त्यसैगरी झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे भने काँकरभिट्टा शाखा कार्यालयको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले उद्घाटन गरे ।

यसैगरी बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु म्ाार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment