Comments Add Comment

विवाह: छोरीहरुका लागि एक यातना !

मेरो बिहे ! आम छोरीहरुको बिहे ! रोजेको र खोजेको र खोजिदिएको कोही केटासँगको सहयात्रा मात्र होइन रहेछ, बरु कोही छोराको बिहे चाहिँ रोजेको, खोजेको र खोजिदिएको कोही केटीसँगको सहयात्रा नै रहेछ ।

मेरो बिहे वा सम्पूर्ण छोरीहरुको बिहे त वर्षौंदेखि हुर्किएको, झाँगिएको र मग्मगाएको प्रेमको बर्खिलाप गर्नुपर्ने कठोर यात्रा रहेछ ।

आˆनो ज्ञानको पहिलो पाठशाला आमाबुवा, साथीभाइसँगको सम्बन्धबाट लगभग अलगाव हुनु पो बिहे रहेछ । आफ्ना भएभरका सम्पूर्ण यादहरु, अनुभुति र प्रेमहरु जमेर बसेको घर चटक्क छोड्नुलाई छोरीहरुको बिहे भनिँदोरहेछ ।

म सम्झिन्छु – आमाले सानैमा भनेको । अझ हात समाएर सिकाएको । छोरी भएर जन्मेपछि घरको सबै काम सिक्नुपर्छ र पराइ घरमा गएपछि सजिलो हुन्छ । जस्तो कि- भाँडा माझ्न, बत्ती कात्न, टपरी गाँस्न आदि इत्यादि ।

त्यतिबेला आमालाई मैले प्रश्न गर्थें- आमा यो काम त मैले सिक्न सक्छु ।  सिक्नुपर्छ पनि । तर, यही काम मेरा दाइ र भाइहरुलाई किन गर्नुपर्छ भन्नुहुन्न ? उहाँहरुलाई यो सिक्दा सजिलो हुँदैन ? आमा भन्नुहुन्थ्यो- यो काम छोरीले नै गर्नपर्छ ।

मेरी बज्यै र आमाले सिकाएका कामकुराहरू र छोराछोरीप्रति गर्ने विभेद अहिले पनि देखिरहेछु मैले मेरो समाजमा । छोरीले बिहे गरेर गएपछि पूरै गृहस्थीको जीवन निर्वाह गर्नुपर्छ, यो मानसिकताबाट कोही पर छैन अझै पनि ।

कति सजिलै तयार हुने रहेछन् हरेक छोरीहरु माइती घर छोड्न ? मनोबिज्ञान कति सजिलै बनाउँदा होलान् उनीहरु ? ती छोरीहरुको ठाउँमा छोराहरू हुँदा हुन् त जन्मघर छोड्नुपर्ने अवस्थामा यति सजिलै मान्दा हुन् यो प्रक्रियालाई ? आम छोरीहरु कसरी छोड्छ्न घर र आमाबुवा ?

‘विवाह’ भन्ने संस्था जन्मँदा स्थिति के थियो होला ? नाम पनि थाहा नपाएको, देख्दा पनि नदेखेको, उमेरसमेत थाहा नभएको अपरिचित केटासँग जीवनको बाँकी जम्मै भाग बाँचौंला भनेर जन्मघर, बुवाआमा, दाजुभाइ, साथीसंगी र सम्बन्धहरु चटक्कै भुल्न सक्ने सम्बन्ध के थियो होला ? जो हालसम्म कायम छ ?

भागी विवाहको अवस्थामा उत्पन्न पुरुष मनोविज्ञान केही फरक हुन सक्छ । तर, आफ्नो थर र गोत्रसमेत त्यागेर अर्कोमा पूर्ण लिन हुन तम्तयार बन्न सक्ने केले बनाउँदो हो छोरीहरुलाई ? बिहेको मिति नजिकिँदै जाँदा सोचमग्न बनें म ।

पौराणिक पात्रहरू झुल्किए मानसपटलमा । सीताले मिथिला छोडिन् र अयोध्या गइन् । रुक्मिणिले कृष्णलाई सर्वस्व मानिन् । गोमाले शिवशर्मालाई सहजै स्वीकार गरिन् । यी पात्रहरू पनि महिलालाई अधीनस्थ गर्न सिर्जित संस्था ‘विवाह’ का शिकार भएका हुन् । यिनीहरु खुशिसाथ बिहे गर्न तयार भएको कथा पनि पुरुषकै हातको लिखत त हो । पुरुषकै दिमागको उपज त हो । कसले सोधेको थियो र गोमालाई खुशी छ्यौ कि छैनौ ? कसले सोधेको थियो र सतिदेवीलाई त्यो जोगी तिम्रा लागि लायक छ कि छैन ?

मेरो आफ्नै निर्णय थियो विवाह । विवाहको प्रक्रिया, मितिको निर्धारणमा मेरो भूमिका निणर्ायक थियो । जीवन सहयात्री मेरो आˆनै रोजाइ थियो । विचार, उमेर व्यवहार सबै मेरा लागि अनुपयुक्त होइन र छैन भन्ने निश्चय गरेपछि म आफैं बिहे गर्न तयार भएकी हुँ । तर, पनि विवाहको दिन नजिकिँदै गर्दा एकखालको अव्यक्त त्रासले मेरो मानसपटलमा कब्जा जमाउन थाल्यो ।

विवाह ‘वैधानिक वेश्यावृत्ति’ हो भन्ने पुरुषहरु पनि छन् हाम्रो समाजमा । जो महिलाप्रति आफूले सक्ने हदसम्म उदार हुन्छन् ।

अनि मैले कल्पना गरें, ती छोरीहरुको, जसले जीवनसाथी रोज्ने प्रक्रिया टुंग्याउने लगायत कुनै पनि विषयमा एकरत्ति भुमिका हुन्न धेरैजसो छोरीहरुको । र, पनि तयार भैदिन्छन् सहजै घर छोड्न ।

हजारौं बर्षअघि ‘हामी’ घर छोड्ने जात हौं भन्ने पढाउन, सिकाउन र सोहीअनुरुप यो सभ्यताले र समाजले जे-जे गर्‍यो त्यसको सफलता यहाँ देखियो । महिलाको आफ्नो रहर हुन्न भन्ने धारणालाई ज्ञानका रुपमा वितरण गरियो र छोरीहरु यसमै विश्वस्त भए । पुरुष सत्ता जोगियो ।

विवाह ‘वैधानिक वेश्यावृत्ति’ हो भन्ने पुरुषहरु पनि छन् हाम्रो समाजमा । जो महिलाप्रति आफूले सक्ने हदसम्म उदार हुन्छन् । सबै महिलाहरूको सहयात्रा यस्ता पुरुषहरुसँग हुन सक्दैन । नोकर वा दासको अर्को नाम श्रीमती हो भन्ने मान्यताको रथ चढेर विवाहको मूलबाटो कुद्नेहरुको वर्चश्व रहेको समाजमा विवाह बडो कठोर यातना बनिदिन्छ छोरीहरुका लागि ।

विवाह पछाडिको मेरो रुप र आवरण देखेपछि प्रश्नहरू बर्सिन थाले मेरो शीरमाथि । विवाह गरेको मान्छेको न सिउँदोमा सिंदुर छ, न हातमा चुरा छन्, न गलामा एकसर्को पोते छ, यस्तो पनि बिहे हुन्छ ? सामाजिक मूल्य मान्यता भन्ने केही हुँदैन ? आˆनो परम्परा, रितिरिवाज मान्नुपर्दैन ? छोरी भएर विवाह भैसकेपछि छोरीकै स्थानमा रहनुपर्दैन ?

मलाई आˆनो परम्परा, रीतिरिवाजप्रति कुनै आपत्ति छैन । आपत्ति छ त हामी छोरी, महिलाहरू किन बषर्ाैंदेखि त्यही दासताको घुम्टो ओढेर सजिन चाहान्छौं ? हामीलाई किन पुरुषहरुले उही गहनाको तराजुमा तौलिन चाहान्छन् ? या हामी आफैं तौलिन राजी हुन्छौं ? के यी वस्तुहरु भन्दा पर रहेर हामी हिँड्न सक्दैनौं ? के हामी यी वस्तुहरुमा नसजिँदा हाम्रो अस्तित्व नै रहदैन ? मलाई यी यस्तै यावत प्रश्हरुले घोचिरहन्छन् बेलाबेलामा ।

र, म मेरै आमा, दिदी, भाउजूहरुसँग  एक्लै बिरोध गर्छु  । उहाँहरु मलाई गिज्याउनुहुन्छ । अनि म बिरोध गरिरहन्छु । हामीले हाम्रो घुम्टो, गरगहना, चुरापोते र सिंदुरमा हैन, विगतदेखि कैद हुँदै आएको स्वतन्त्रता र समानतामा आˆनो अस्तित्व खोज्नुपर्छ र यसको उपभोग गर्न पनि जान्नुपर्छ ।

मलाई थाहा छ, हामी सामाजिक प्राणी हौं । मान्छे भई जन्मेपछि समाजभन्दा पर रहेर बाँच्न हामी सक्दैनौं र बाँच्ने कल्पना पनि गर्दैनौं ।  हामी हिँडेको बाटो, हामी बाँचेको समाज र परिवेश हाम्रा लागि सबैभन्दा पि्रय हो । त्यही पि्रय रहेको मेरो जन्मघर र  मेरो पराई घर मेरा लागि मन्दिर हो र मेरा बाआमा, दाजुभाइ, दिदीहरु, मेरा आफन्तहरु नै  मेरा भगवान् हुन् । अनि चुरा, पोते, सिन्दुर, गहना भनेकै मेरो जीवनसाथी हो । योभन्दा माथि मेरा लागि अरु केही र कोही  हुन सक्दैन ।

त्यस्तै गरेर विवाह स्वतन्त्रताको विप्रयास यात्रा गर्छ भन्ने थाहा थियो पहिल्यै । नेपाली हिन्दु समाजमा ‘विवाह’ शब्दले जे अर्थ परिवहन गर्छ, त्यो स्वतन्त्रताको लागि सहायक त हुनै सक्दैन । अन्य भूगोल र धर्ममा प्रयुक्त विवाह स्वतन्त्रताको पर्याय हुन्छ भन्न खोजिएको होइन, बरु तिनको ज्ञान मलाई छैन ।

आफैं जीवनसाथी रोज्न सक्ने स्वतन्त्रता प्राप्त छोरीहरुसमेत त्यतिखेर जिल्ल पर्छन् । जब रोजाइ प्रक्रियामा हस्तक्षेप गर्छ समाजले । जात मिलाउनुपर्छ । धर्म फरक पर्नुभएन । गोत्र एउटै पर्ला । हैसियत विचार गर्नैपर्ने हुन्छ । अब यी सब मिल्ने गरी जीवनसाथी छान्नुलाई फेरि स्वतन्त्र भन्न कसरी मिल्छ ?

विवाहको प्रक्रियाको छनोट पनि स्वतन्त्रता सङकुचनको अर्को विन्दु हो । दाइजोयुक्त या मुक्त ? कर्मकाण्डयुक्त या मुक्त ? गरगहनायुक्त या मुक्त ? भोजभतेरयुक्त या मुक्त ? प्रक्रियागत यी सवालहरु सहयात्रा शुरु गर्दै गरेका केटा र केटीको निर्णयले फैसला हुनुपर्ने हो । तर, सामाजिक कानुन, मूल्य मान्यता या यस्तै अरु के-के विषयले हस्तक्षेपको बिगुल फुक्छ ।

निश्चित जात, धर्म र वर्गका लागि आ-आˆनै प्रकारको विवाहको नियम बनाइएको छ शास्त्र र धर्मको दुहाइ दिएर । त्यसभन्दा बाहिर निस्कन खोज्नु सामाजिक नियम तोड्नु हो भनिन्छ । सामाजिक नियम तोड्नु भनेको असामाजिक बन्नु हो । मान्छे सामाजिक प्राणी भएकाले असामाजिक त बन्नै मिलेन । तर, ज्ञानको प्रवाहले जब सामाजिक हुनुलाई ‘दास’ हुनु हो भन्ने पहिल्याउँछ, त्यसपछि असामाजिक बन्ने प्रयत्न त शुरु भैहाल्छ ।

महिलालाई दूर्गा र काली, चण्डी र महाकालीका नाममा पूजा गरिने समाजमा महिलाको हालत कस्तो छ भनी हेर्दा मात्र पनि आङ सिरिङ्ग हुन्छ । अनि अझ चुरा, पोते र सिंदुरमार्फत महिलालाई आˆनो बन्धकी माल बनाउन रचित विधानअन्तर्गत बसेर कसरी सह-अस्तित्व कायम रहन्छ र ? पुरुषले महिलालाई सिंदुर हालिदिएर, पोते लगाइदिएर आˆनो स्वामित्व दावी गरिरहँदा महिलाले पनि कुनै आभुषण या अन्य कुनै प्रक्रियामार्फत पुरुषमाथि आˆनो स्वामित्व दाबी गर्न नमिल्ने चाहिँ किन ? जुन आभुषण, महिलाको सिंदुर पोतेझैं, पुरुषले पनि कहिल्यै छोड्न नमिलोस् र महिलाको मृत्युपछि नछोडी सुख नपाओस् ।

कुनै बेला सौन्दर्यका लागि अलि कम र आफ्नो  वैभव प्रदर्शन गर्न अलि बढी प्रयोग हुने गरेको गरगहना र आभुषण बढ्दो उपभोक्तावादी संस्कृतिसँगै झनै विकराल बन्दै छ । विवाह भन्ने संस्था नै यति महङ्गो हुँदैछ कि गरिबहरुको पहुँचबाट यो फुत्कने सुरसार कस्दैछ । पुँजीवादको मूल एउटा काम छ- हरेक वस्तु र मान्छेलाई माल बनाउने । मूल्यसुची टाँस्ने र विक्री गर्ने । गरगहना श्रृङ्गारका हजार आइटम सिर्जना गर्दै महिलालाई धमाधम माल बनाउँदै छ र आˆनो ब्यापार गर्दै छ ।

हामी महिलाहरू छौँ, जो प्राकृतिक सौन्दर्यप्रति बेखबर छौँ । र, सुन्दरताको मापन वस्त्र र गरगहनाबाट गर्न तल्लीन छौं । अर्थात महिलालाई माल बनाउने पुँजीवादको अभियानका इमान्दार अभियन्ता छौं । हामी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment