Comments Add Comment

पर्यावरण र प्रकृतिका लागि हामी कति जागरुक ?

सौर्यमण्डलको तेस्रो घेरामा रहेको पृथ्वी आफ्नो उत्पतीको करोडौं वर्षपछि अन्तरिक्ष र आफ्नै वातावरणको भौतिक तथा अध्यत्मिक शक्तिको संयोगमा यहाँ लाखौ जीवन सिर्जित भएका छन् । प्रकृतिका आधारभूत पञ्चतत्व (जल, माटो, वायु, आकाश र आगो) यस पृथ्विलाई सन्तुलन कायम राख्ने र असंख्य जीवन प्रतिपादन गर्ने कारक हुन् । यी पञ्चतत्व नत सृजित छन् नत नष्ट नै, यी त केवल रुपान्तरित मात्र हुन्छन् ।

अस्तित्व रक्षाका लागि यस पृथ्वीमा लाखौ जीवजन्तुको सर्घष चलेकै छ । त्यसै मध्येका एक हौ हामी मानव प्राणी । लाखौ वर्षको इतिहासमा असीमित बौद्धिक क्षमताको कारण आफ्नो परिवर्तन सँगै प्रकृतिमा हुने गरेका असन्तुलित कि्रयाकलाप पनि बढ्दै गएका छन् ।

प्रकृतिको दोहन

आफ्नो लाभ अनि स्वार्थका लागि पृथ्वीको अनियन्त्रित दोहन गर्दै आएका छौ । वन फाँडानी, भू-क्षय, जमीन उपभोगमा फेरबदल, औद्योगीकरण, खनिज ईन्धन आदिबाट वायुमण्डलमा कार्बनडाईअक्साई ग्यासँको उत्सर्जन बढ्दो छ । त्यस्तै कृषि प्रयोजनका लागी गरिने रसायनिक मल र विषादिको प्रयोगबाट उत्पन्न घातक ग्याँसको उत्ससर्जन पनि बढ्दो छ । यसले हरितगृह ग्याँसको तापक्रम वृद्धि भई ओजन तहमा नकारात्मक प्रभाव पारेको छ ।

यस्ता मानवीय कि्रयाकलापले समग्र पृथ्विको धरातलिय तापक्रम प्रत्येक शताब्दीमा २ डिग्री बढदै आएको छ । परिणाम, पछिल्लो चार दशकमा पृथ्वीका ४० प्रतिशत हिँउ पातलिएका छन् भने समुद्री सतहको उचाई बढेर टापुका मानवबस्ती जोखीममा परेका छन् ।

प्राकृतिक असन्तुलन, जीवजन्तुको विनास सँगै पारिस्थितिक प्रक्रिया अर्थात ईकोसिस्टम जोखिममा पुगेको छ । प्रत्येक ४ स्तनधारी, ८ पंक्षी र ३ उभयचरमा एक सदस्य लोपन्मुख अवस्थामा पुगेका छन् । ४० प्रतिशत खेतीयोग्य जमीन नाश भइसकेकोले १ अर्ब मानिस भोकमरीमा परि सकेका छन । स्वच्छ पानीको अभावमा हरेक दिन ५ हजार मानिस मृत्योन्मुख भएका छन् । पृथ्वीका कयौ जीवजन्तु लोप हुने खतरा बढेर गएको छ । अनावृष्टि, अतिवृष्टि, सामुन्दि्रक आँधी जस्ता अस्वभाविक चुनौतिहरुको सामना गर्नुपरेको छ ।

नेपाल, कुल विश्व र एशियाको क्रमश ०.००३ र ०.०३ प्रतिशत ओगटेको, पूर्व मेची देखी पश्चिम महाकाली, उत्तरदक्षिणमा औसत १९३ किलोमिटर लम्बाईमा बिस्तारित, झापा जिल्लाको केचनाकल ५७ मीटर उचाईदेखि सगरमाथाको ८,८,४८ मिटरसम्म अग्लिएको, धरातलीय, भौगोलिक एवं जलवायु विविधता भेटिने विश्वका थोरै मुलूक मध्येको एक राष्ट्र हो ।

जल, जमिन र वनजंगलले सिंगारिएका प्राकृतिक श्रोत, जलविद्युत उत्पादनको प्रचुर सम्भावना बोकेका हिमाल देखि तराई तर्फ बग्ने नदीनाला अनेकौ सभ्यताका केन्द्र हुन् । विश्वलाई सुचक गर्नसक्ने धरातलिय विविधता भएको पृथ्वीको सबै किसिमका हावापानी पाईने हाम्रो देश विश्वको प्रयोगशाला हो भन्दा अनुचित नहोला ।

४२ प्रतिशत वनजंगलले ढाकेको यही भूमि उष्णतादेखी हिमालमा पाईने विभिन्न प्रकारका वनजंगल, वनस्पति र पारिस्थितिकीय प्रणालीले सु-सज्जित जैविक विविधताको पनि धनी छ । तर बढ्दो जनसंख्या, जमीनको अव्यवस्थित प्रयोग, शहरीकरण र अस्थिर राजनीतिको प्रत्यक्ष प्रभाव यहि हरियाली माथी डरलाग्दो रुपमा बढेको छ ।

मूलतः चुरे तराई क्षेत्रमा अझ विग्रदो अवस्थामा छ । वर्षेनी हजारौ हेक्टर वनजंगल, फँडानी र भू-क्षयीकरणको उत्तिकै जोखिममा छ । यसको प्रत्यक्ष असर जीवजन्तु, वनस्पतिमा ठुलो मात्रामा परेको छ । त्यस्तै जमीन र उर्वरशिल माटोमा समेत बढेको छ । भू-क्षय, बाढी पहिरोले प्रत्येक वर्ष लाखौ टन

उर्वर माटो बंगालको खाडीसम्म बग्ने गरेको छ । जैविक विविधता विलुप्त प्रायः छ । असर, जैविक विविधता भएका सीमसार र जलाधार क्षेत्रमा परेको छ ।

सभ्यताको विकासका क्रममा मानिसले कृषी पेशालाई अंगालेको पनि १० हजार वर्ष पुगिसकेको छ । नेपालको पर्यावरणीय अवस्था र कृषि क्षेत्र परिपूरकक हुन् । यहाँको कृषियोग्य भूमिको संरचना विश्वमै नमुना मानिन्छ ।

हाम्रा पुर्खाले मिहिनेतका साथ पहाडका भिरालो पाखामा गह्रा बनाएर, खोरीयालाई फडानी गरेर कृषिको  विकास अनि विस्तार गरेका थिए । माटोको गुणस्तर जोगाउन पहाडमा बस्ती र बेसीमा खेतीपातीलाई जोड दिएर दीगो कृषि प्रणालीको परिपाटी बसाएका थिए ।

यसले मानव सभ्यताको विकास सँगै प्राकृतिक स्रोतको संरक्षण पनि समानान्तर रुपमा बढिरहेको थियो । तर पछिल्लो तिन दशकमा नेपालको अस्थिर राजनितिको असर यहि हाम्रो जिवन धान्ने माटो र कृषिभूमिमा परेको छ । लाखौ नेपाली युवा शिक्षा र रोजगारीको नाउँमा गाँउबाट शहर हुदै विदेशीएका छन् । देशमा दक्ष जनशक्तिको अभाव खड्कीसकेको छ । यसबाट अप्रत्यक्ष रुपमा प्राकृतिक श्रोतहरुको सम्बन्ध खल्बलिएको छ । बस्ती, भवन र अन्य थुप्रै संरचना निर्माण अव्यवस्थित रुपमा बढेका छन् । उर्वर कृषिभूमि बगरमा परिणत भएका छन्, आलोकंन विना जमीन चिराचिरा पारेर बाँझै छाडिएका छन । यस्तो क्रियाकलापले देशको पर्यावरण सँगै हामि नेपाली सामाजिक सभ्यता तिर पनि खस्किदै गएको अनुभूति भएको छ ।

धरातलिय विविधता भएको विभिन्न भुभागका जलाधार क्षेत्रमा हुने अमानविय क्रियाकलापलाई रोगथाम गरेर प्राकृतिक स्रोतलाई बैज्ञानिक हिसाबले उपभोग गर्ने निति र कानुन निर्धारण गर्नु पहिलो आवश्यकता हो । अहिले स्थानिय सरकार पनि सशक्त बन्दै गएको अवस्थामा देशका हरेक भुभागका जलाधार क्षेत्रको संरक्षण गर्नु अति आवश्यक छ । जलाधार क्षेत्र भनेको वषर्ाको पानी, जमीनको सतहमा बहने खोला, नदीनाला साथै पानीको भौगर्भिक तहको अन्तर सम्बन्धलाई बुझ्न जरुरी छ ।

यस्ता जैविकता लुकेका ठाउँहरुमा हजारौ प्राणीको वासस्थान र चक्रिय प्रक्रिया चलिरहेको छ । त्यस्तै यो क्षेत्रको पारिस्थितिकिय प्रक्रिया अर्थात ईकोसिस्टममा त्यहाँ अवस्थित मानविय क्रियाकलाप, कृषि, वस्ति विकास, खनिजको उत्खनन् जस्ता समस्याले ठुलो भुमिका खेलेको हुन्छ । अप्राकृतिक रुपमा बढ्दै गएमा पर्यावरणिय अवयवलाई ठुलो प्रभाव पारेका हुन्छन् । वन विनास र क्षयीकरणले अझ पानीको बहाव सँगै भू-क्षय हुँदै जलाधार क्षेत्र पनि सुख्खा बन्दै गएका छन् ।

पानीका मुलहरु सुक्ने, चिसो ठाउँमा हुर्कने वनस्पति, जिवजन्तुहरु लोप हुने खतरा बढेको छ । यस्ता समस्याले जलाधार पेरिफेरीको वातावरणमा मात्र हैन, समग्र पर्यावरणिय क्षेत्रमा समेत दिर्घकालिन रुपमा असन्तुलन बढ्दै गएको छ ।

अब के गर्ने त ?

नेपालको हरेक भुभागमा रहेका रैथाने वनस्पति, उब्जनी सँगै कृषिवन अर्थात एग्रोफरेस्टिलाई बैज्ञानिक हिसाबबाट प्रर्वद्धन गर्नसके जलाधार क्षेत्रको संरक्षण गर्न सकिन्छ ।

यस्ता अत्यन्त संवेदनशिलमा उभिएको अहिलेको समाजमा वातावरणीय समस्या मात्र भन्दा पनि कसरि यसलाई समायोजित हिसाबले व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा हामीले बुझ्न सक्नुपर्दछ । विकसित देशहरुले आफ्ना हरेक विकास र निर्माणका कार्यक्रममा ठुलो निति अवलम्बन गरेका छन् । उनिहरुलेको समाजको विकास सँगै वातावरण तथा पर्यावरण सम्बन्धी चिन्तन बढेको छ । नेपाल देश्ा जस्तो विश्वका लगभग सबै किसिमका हावापानी पाईने यस ठाउँमा वातावरण तथा पर्यावरणको संरक्षणमा जुट्नको लागि ढिला गर्नु हुँदैन ।

हाम्रो जस्तो अविकसित राष्ट्रमा वातावरण तथा पर्यावरणीय मुद्धाहरु समाजका हरेक अवयवहरु सँग जोडिने हुँदा यसको संरक्षण भनेको नै हिमाली भाग, चुरे तराई क्षेत्र र असिमित जैविक विविधता भएका जलाधार र सीमसार क्षेत्रहरु सँगै प्राकृतिक स्रोतहरुको दिगो रुपमा व्यवस्थापन गर्नुपर्दछ भन्ने कुरा बुझ्नु जरुरी छ । त्यसैले यस सँग सम्बन्धित विषयमा नेपालको भौगोलिक, राजनितिक र सामाजिक दुष्टिकोणबाट निम्न प्रक्रियाहरु अपनाउन जरुरी छ ।

प्रक्रियात्मक प्रक्रियाः वातावरण संरक्षको लागि सरकारको मन्त्रालय देखी प्रादेशिक हुँदै स्थानिय सरकार सम्म प्रवल रुपमा लागि परेको छ । हरेक सरकारले वातावरण संरक्षण र प्रर्वद्धनलाई प्रमुख एजेण्डामा राखेका छन् ।

बढ्दै गएको विज्ञानको प्रविधि र आम मानिसमा भएको चेतनास्तर वृद्धिको कारण हरेक क्षेत्रका स्थानिय प्रतिनिधिहरु, संस्थाका बुद्धिजिवि वर्ग, स्कुल कलेजका प्रार्चाय तथा शिक्षकहरु, सामाजिक अभियन्ताहरुले आफ्नो संस्थामा वातावरण सम्बन्धि अभियान तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी योजना बनाउन सक्छन् । यसरी प्रमुख व्यत्तिहरुको आदेश पालना तथा निति नियमहरु प्रभावकारी हुन सक्दछन् । अझ अर्को अर्थमा भन्नुपर्दा आफ्नो संस्थाको लक्ष्य र उदेश्यमा रहेर नेतृत्व बर्गले आदेश दिन सक्नेछन् । यसका लागि नेतृत्व बर्गसँग पर्यावरण सम्बन्धि सुचकहरुको पुर्ण ज्ञान र ईच्छाशक्ति हुन आवश्यक छ ।

संज्ञात्मक प्रक्रियाः यस अभियानको लागि अप्रत्यक्ष रुपमा वातावरण संरक्षणमा भुमिका खेल्न सकिन्छ । यसका लागि पत्रकार, विभिन्न पत्रपत्रिमा लेख, बोर्डहरु, विज्ञापन, रेडिया, टेलिभिजन, समाचार, किताव, रचनाहरुबाट वातावरण संरक्षण सम्बन्धि चेतनामुलक कार्यक्रम तथा सुचना प्रवाह गर्न सक्दछन् । त्यस्तै कलाकारहरुले गीत, संगीत, वृत्तचित्रबाट पनि प्रस्तुत गर्न सक्दछन् ।

यसका लागि विभिन्न नागरिकहरुले सरकारी तथा निजि सघं संस्थाबाट कार्यक्रमहरु योजना बनाई अप्रत्यक्ष रुपमा विभिन्न चेतनामुलक अभियानहरुलाई साथ दिन सक्दछन् । यसका लागि हरेक नागरिकले आ आफ्नो क्षेत्रबाट यस्ता गम्भीर मुद्धाहरुमा सहकार्य र सहयोग गर्न सक्दछन् ।

अन्रतक्रियात्मक प्रक्रियाः यो वातावरण संरक्षणका लागि महत्वपुर्ण विधि हो । यस अन्र्तगत आम मानिसहरुलाई, विभिन्न कार्यक्रमको आयोजना गरि अन्र्तक्रियात्मक ढंगबाट चेतना फैलाउन सकिन्छ ।

विभिन्न आमा समुह, वन उपभोत्ता समुह, युवा समुह, टोल विकास समितिहरु, स्कुल कलेजका विद्यार्थीहरु, अविभावकहरु लगाएत अन्य सरोकारवाला समुहलाई कुनै गोष्ठि वा कार्यक्रमहरुको आयोजना गरेर चेतना अभिवृद्धि गर्न सकिन्छ । बढ्दै गएको शहरिकरण र यसले उत्पन्न गराएको फोहर र त्यसको व्यवस्थापन सम्बन्धि चेतना मुलक कार्यक्रम सँगै वातावरण मैत्री खेति, कृषि र निर्माण सम्बन्धि पनि भेला वा समुह गठन गरेर चेतना अभिवृद्धि बढाउन सहयोग पुर्याउन सकिन्छ ।

विभिन्न स्कुल कलेजहरुमा निवन्ध लेखन, बक्तित्वकला जस्ता प्रतियोगीता गराई होसला प्रधान गर्न सकिन्छ । वातावरण सम्बन्धि संवेदनशिल कुराहरुलाई बृत्तचित्र तथा सडक नाटक प्रदर्शन गर्न सकिन्छ । त्यस्तै विभन्न सामाजिक समस्याहरु सामुहिक छलफलमा ल्याई समाजको हितको लागि समय अनुकुल कार्ययोजना बनाउन सकिन्छ । यसले मानिसलाई प्राकृतिक स्रोतबाट मिल्ने लाभ र भोलिका पुस्ताका लागि यो धर्ति सुरक्षित राख्नको लागि आम मानीसहरुलाई सचेतना प्रदान गर्दछ ।

सामाग्री प्रक्रियाः वातावरण सम्बन्धि कार्यक्रम तथा अभियानमा सबै भन्दा पहिले सरसफाई नै भन्ने कुरा बुझिन्छ । यसका लागि खरिद वा निःशुल्क रुपमा आवश्यक सामागि्रहरु प्रवन्ध गरेर पनि आम मानिसलाई चेतना दिन सकिन्छ ।

विभिन्नखालका, टिसर्ट, टोपि, झोला, कलम, पम्पलेट, वोर्ड, डायरी, व्याच, क्यालेन्डर लगाएत अति आवश्यक देनिक रुपमा प्रयोग हुने सामाग्रीहरुमा नारा, लोगो, पर्चा मार्फत पनि आम मानिसमा चेतना अभिवृद्धि गर्न सकिन्छ । यसका लागि प्रयोग हुने सामाग्रीहरु वातावरण मैत्री हुन अति जरुरी छ ।

सामाजीक प्रक्रियाः वातावरण संरक्षका लागि सामाजिक जनजागरण विना असम्भव छ । एउटै समाजमा बसोवास गरिएका विभिन्न धर्म, जाति, संस्कृति, क्रृतिरिवाज, विभिन्न चाडपर्वहरुको सम्मान अति आवश्यक छ । यसका लागि आम मानिस विच सहृदयता, एकता र संस्कारको आवश्यक पर्दछ । विभिन्न टोल, गाउँ सरसफाई कार्यक्रम, पानीका स्रोत र मुहानहरुको व्यवस्थापन, धार्मिक तथा सास्कृतिक स्थलहरुको सरसफाई जस्ता कार्यक्रममा सहभागिता गराउँदा प्रभावकारी बन्न पुग्दछ ।

त्यसको अलावा रक्त्तदान कार्यक्रम, असाहयहरुका लागि सेवा, प्राकृतिक विपत्तीहरुका लागि सहयोग सँगै समाजमा उत्पन्न हुने विभिन्न अवरोधहरुको समाधान, स्वास्थ्य शिविर तथा भवितव्य आईपर्ने घटनाहरुलाई व्यवस्थापन गर्नसकेमा पनि पर्यावरण सम्बन्धि चेतना अभिवृद्धि गर्न सकिन्छ । किनकी वातावरण तथा पर्यावरणीय सोच र चिन्तन सभ्य समाजको स्वरुप हो ।

कानुन तथा दण्डीय प्रक्रियाः हाम्रो समाजका विभिन्न बाटो चोकहरुमा विभिन्न मानीसहरुले जहाँ पायो त्यहि पोलिथिन जन्य पर्दाथ फालिरहेका हुन्छन् । विभिन्न खानेकुराका प्याकेटहरु, पानीका बोत्तल, मिठाई चक्लेटका खोलहरु जहाँ पायो त्यहीँ त्यतै देख्न सकिन्छ ।

त्यस्तै पोलिथिनजन्य पर्दाथहरु जलाउने गरिन्छ । नदिमा फोहर फाल्ने, वन डढेलो, राजमार्गको छेउछाउमा फोहर तथा खुला दिशा पिसाब, पिकनिक स्थानमा अन्यत्रित फोहर, योजना विहिन भुमिको क्षयीकरण जस्ता जघन्य अपराधमा दण्डित गर्ने व्यवस्था गर्नुपर्दछ ।

यसका लागि सुरक्षा निकाय र स्थानिय प्रसाशन विच समन्यम गरि स्थानिय नागरिकहरुलाई नै परिचालन गर्नु पर्दछ । ताकि समाजमा अवैध लागु औषधी सेवनले बाटोमा लडारिएको र फोलिथिन जन्य पदार्थ, चाहे चकलेटको खोल नै किन नहोस बाटोमा अवैध फालिने त्यस्तो व्यत्तिको अपराधीक दण्ड समान रुपमा दिन सकियोस । यसकारण सम्बन्धित निकाय, नेतृत्व, प्रशासनले कानुनी प्रक्रियामा आक्रमण हिसावले जरिमाना, दण्ड जस्ता कडा खालका कार्यक्रमहरुको आवश्यक हुन्छ ।

हामिले यो बैज्ञानिक युगमा समस्यालाई मात्र केन्दि्रत नगरिकन वातावरण तथा पर्यावरणलाई कसरी उचित व्यवस्थापन तर्फ जागरुक हुन पर्दछ भन्ने कुरा महत्वपुर्ण छ । जल, जमिन, जंगल र जलबायु जस्ता विशिष्ट सम्पदाको हकदार र पहरेदार हामिले यस्तो परस्थितिमा वातावरण सम्बन्धि चेतनामुलक अभियान र कार्यक्रमहरुलाई आफ्नो निति र कार्यक्रममा अगाडि बढाउनु पर्दछ ।

यस स्वर्गभुमिमा, यो अथाह सम्पतिको पहिचान, संरक्षण, उत्पादनको न्यायोचित वितरणमा हामी सम्पुर्ण नेपाली सामाजीक, राजनितिक र आर्थीक रुपले लाग्नुपर्दछ । यसका लागि समग्र देशको आर्थीक विकासका लागी वातावरण मैत्रि कृषि, जल र पर्यटनको व्यवसायिकरणमा जोड दिनु पर्दछ । विश्वले चिन्तन गरेको वातावरणीय समस्याको कडि पनि यहि हो । हामी सम्पुर्ण नेपालीले प्राकृतिक स्रोत साधनको प्रवर्द्धन र संरक्षण गर्दै माटो र हावापानीलाई व्यवसायिक प्रयोगका लागी जुट्नै पर्दछ । यो समय हामी नेपालीले वातावरणीय तथा पर्यावरणीय संरक्षण सँगै देशको समृदिका निम्ति प्रतिबोध गर्ने ठुलो अवसर हो ।

जोगाऔं माटो, जल, जमिन, जंगल ।

यहि हो हाम्रो धन, नयाँ नेपालको संकल्प ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment