Comments Add Comment
No ads found for this position

के हामी एक्लै बाँच्न सक्छौं ?

हामीलाई लाग्छ, ‘म अलग्गै अस्तित्व हुँ । मेरो जीवन म एक्लै भोग गर्छु । मेरो निम्ती स्वयम् म र मेरो परिवार -आमाबुवा, श्रीमान्/श्रीमती, छोराछोरी) काफी छ । आफन्त, इष्टमित्र, साथीभाई, समाजसँग पनि मेरो केही सम्बन्ध जरुर छ, तर उनीहरु नभएपनि मेरो जीवन चल्छ ।’

हामी एकलकाँटे सोच राख्छौ । हामीलाई आफुबाहेक अरु कोहीपनि हाम्रा लागि बाँचेका छन् भन्ने अनुभूत हुँदैन । आफु, आफ्नो परिवार र इष्टमित्र भए हामी आफ्नो जीवन जिउन सक्छौ भन्ने लाग्छ । त्यही कारण हामी हरेक कुरा गर्दा आफुलाई केन्द्रमा राखेर गर्छौ । हामी आफ्नो स्वार्थलाई सर्वोपरी ठान्छौ ।

जस्तो मलाई कुनै कुरा आवश्यक्ता पर्‍यो, म हरसंभव त्यसलाई पुरा गर्न खोज्छु । यसरी आफ्नो आवश्यक्ता पुरा गरिरहँदा अरुको अस्तित्व संकटमा पर्ने त होइन ? हामी सोच्दैनौ । मानौं तपाईंले एउटा दुर्लभ बनस्पति भेट्नुभयो वा लोपोन्मुख जीव भेट्नुभयो । त्यसलाई हामी आफु अनुकुल प्रयोग गर्ने चेष्टा गर्छौर्ं । मूल्यावान रहेछ भने बेचिदिन्छौ । चाहे त्यो मासियोस् वा मरोस्, हामीलाई मतलब हुन्न ।

कतै सर्प भेटियो भने लखेटेरै त्यसलाई मार्छौ । सर्पले डस्छ भन्ने भयबाट मुक्त हुनका लागि हामी सर्पको ज्यान नै लिन्छौ । भ्यागुतो देख्यो भने हामीलाई घिन लाग्छ, त्यसलाई पनि मारिदिन्छौ । किरा-फट्यांग्राको अस्तित्वलाई त हामी स्विकार्नै सक्दैनौ, देख्नसाथ मारिदिन्छौ वा लखेट्छौ । चराचुरुङ्गीलाई धपाउँछौ ।

त्यती मात्रै कहाँ हो र ? बाटोमा हिँड्दै गर्दा एउटा सुन्दर फूल देख्यौं, उखेल्छौ । कुनै यस्तो वनस्पति जो हाम्रो दैनिक उपयोगमा आउँदैन, त्यसलाई मास्छौ ।

अर्थात हामी यसरी बाँच्ने प्रयास गरिरहेका हुन्छौ कि, सबै कुरा हाम्रो अनुकुल होस् । हाम्रै लागि मात्र होस् । हामी नै सर्वोपरी हौ । हामी बाँचे पुग्छ । हामी हाँसे पुग्छ ।

हामी एक्लै बाँच्न सक्छौ ?

मानौ बनजंगल, हावापानी, किराफट्याङ्ग्रा, बालिनाली, पशुपंक्षी सबैको अस्तित्वलाई हामी अस्विकार गरौं । ति सबै कुरालाई पन्छाएर हामी एक्लै बाँच्न सक्छौ ? यो धर्तीमा हामी एक्लै भयौ भने के हाम्रो जीवन संभव छ ?

हामीलाई आफ्नो परिवार चाहिलएला, बालबच्चा, श्रीमान्/श्रीमती चाहिएला । समाज चाहिएला । हामी बेग्लै मानव समाज निर्माण गरौं । एकआपसमा सहयोग, सुखदुःख साटौ । तर, प्रकृतिसँग विमुख भएर हामी मानव समाजको कल्पना कसरी गर्न सक्छौ ?

हाम्रो अलग्गै अस्तित्व छैन

यहाँ सद्गुरुको भनाई राख्न सान्दर्भिक हुन्छ । उनी भन्छन्, ‘तपाईंको जीवन एउटा अलग्गै अस्तित्व होइन । तपाईं जुन श्वास बाहिर छाड्नुहुन्छ, रुखले त्यसलाई आफुभित्र लिन्छ । रुखले अक्सिजन छाड्छ, त्यसलाई तपाईंले आफ्नो शरीरभित्र ग्रहण गर्नुहुन्छ ।’ उनको भनाईको सार के छ भने, रुख-बुट्यानसँग हाम्रो प्राणको नाता जोडिएको छ । प्रकृति र चराचर जगतसँग एकाकार नभई हाम्रो अस्तित्व संभव छैन ।

प्रकृतिमा रुखविरुवा, वनस्पति, पशुपंक्षी, किरा फट्याङ्ग्ा सबै हाम्रै लागि बाँचेका छन् । हामी उनीहरुका लागि बाँचेका छौ । अर्थात हामी एकअर्काका लागि बाँचेका छौ । हामी विना तिनीहरुको अस्तित्व संभव छैन । तिनीहरु बिना हाम्रो अस्तित्व संभव छैन । प्रकृति, प्राणीसँग घुलनसिल भएर नै हाम्रो अस्तित्व धानिएको छ ।

त्यसैले प्रकृतिबाट विमुख हुने होइन । किराफट्याङ्ग्रा, जीवजन्तु, रुखपातबाट अलग भएर होइन, सबैसँग मित्रवत सम्बन्ध गाँसेर नै हामीले जीवनलाई सुन्दर बनाउँन सक्छौ । सर्प, भ्यागुतो, छेपारो हाम्रा सत्रु होइनन् । ति सबैले हाम्रो जीवनका लागि केही न केही राम्रो भूमिका निर्वाह गरेका छन् । रुखविरुवा वा वनस्पति हाम्रो उपभोग्य बस्तु मात्र होइन, हाम्रो प्राणको स्रोत पनि हुन् । यी सबैसँग एकाकार भएर नै हामीले जीवनलाई सहज बनाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment