Comments Add Comment
No ads found for this position

बालुवाटारमा बहस : गुठी विधेयक फिर्ता लिने कि स्थगन गर्ने ?

क्याबिनेटबाट आवश्यक निर्णय लिन्छु : प्रधानमन्त्री

२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगन गर्न सुझाएका छन् ।

प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधि, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् । विधेयकमा भएका कमजोरीहरु संशोधनमार्फत सच्याउन सकिने भए पनि अहिले त्यस्तो माहौल नभएको भन्दै उनीहरु तत्काल विधेयक फिर्ता लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

‘माननीयदेखि वडाध्यक्षसम्मले विधेयक फिर्ता हुनुपर्छ । नभए थेगिनसक्नुको आन्दोलन हुन्छ भनेका छौं’ छलफलमा सहभागी नेकपाका सांसद रामवीर मानन्धरले भने । विधेयक फिर्ता नभए ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन थेगिनसक्नुको हुने उनको दाबी छ ।

केहीले भने संशोधन गर्न सकिने भएकाले फिर्ता नभई स्थगनको घोषणा गर्न सुझाएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बचन दिएका छन् । युरोप भ्रमणबाट फर्किएलगत्तै आफूले गलत ढंगले फाइदा लिन नदिने बताएको उल्लेख गर्दै उनले भने, ‘यसबारे क्याबिनेटबाट आवश्यक निर्णय लिन्छु ।’

यद्यपि उनले फिर्ता वा स्थगनको कुन विकल्प रोज्ने संकेत नगरेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment