Comments Add Comment
No ads found for this position

बैंक-वित्त प्रमुख

List Grid
२२२ स्थानीय तहमा अझै पुगेनन् बैंक, एक वर्षमा खोलिए ४६८ शाखा

२९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को मौदि्रक नीति  मार्फत वाणिज्य बैंकहरुलाई असार मसान्तसम्म ७ सय ५३ वटा स्थानीय तहमा शाखा खोल्नको लागि निर्देशन दिएको थियो । तर, चालु आर्थिक वर्षको जेठ  मसान्तसम्ममा  भने अझै २  सय २२ स्थानीय  तहमा बैंकहरुको शाखा खुल्न बाँकी देखिन्छ । राष्ट्र बैंकले असार मसान्तसम्ममा […]

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

२८ जेठ, काठमाडौं । सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए । शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ […]

मौद्रिक नीतिका लागि बैंकर्सको सुझावः सीसीडी रेसियो खारेज गरौं

२७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमा सुझाव दिँदै बैंकर्सहरुले नेपाल राष्ट्र बैंकलाई कर्जा-पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो ) खारेज गर्न सुझाव दिएका छन् । बजारमा देखिएको तरलता अभाव हटाउनका लागि यो विकल्प उचित हुने उनीहरुको दावी छ । अहिले बैंकहरुले सीसीडी रेसियो ८० प्रतिशत कायम गनुपर्ने व्यवस्था छ । यो […]

मुलुकको शोधनान्तर १८ अर्ब ९३ करोडले घाटामा

२७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको दशौं महिना बित्दा पनि सरकारी ढकुटी बचतमा जान सकेको छैन । अहिले पनि सरकारी ढुकुटीमा रकमको अभाव कायमै छ । शोधनान्तर घाटा बढेर वैशाख महिनासम्म १८ अर्ब ९३ करोडले घाटामा छ । आर्थिक वर्ष २०६६/०६७ पछि शोधानान्तर घाटा भएको थिएन । यस्तो घाटा १० महिनामा १८ अर्ब पुगेको […]

प्रत्येक नेपालीको बैंक खाता, भुक्तानी बैंकबाट मात्र

७ वैशाख, काठमाडौं । सरकारले प्रत्येक नेपालीको बैंक खाता खोल्ने दाबी गरेको छ । सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सबै नेपालीको बैंक खाता हुने दाबी गरिएको हो । साथै सरकारी र निजी क्षेत्रको सबै भुक्तानी पनि बैंक खातामा मात्र हुने व्यवस्था गरिने पनि सरकारले बताएको छ ।

बैंकको ब्याजले बढायो बीमा कम्पनीको नाफा

६ जेठ, काठमाडौं । बैंकिङ क्षेत्रमा बढेको ब्याजदरका कारण बीमा कम्पनीहरुको मुनाफा बढेको छ । तर, प्रिमियमबाट प्राप्त हुने आम्दानीमा भने अपेक्षित वृद्धि छैन । बीमा समितिका निर्देशक राजु रमण पौडेल बैंकमा राखेको निक्षेपबाट आएको आम्दानीका कारण पछिल्लो समय बीमा कम्पनीहरुको नाफा बढेको बताउँछन् । शिखर इन्स्योरेन्सका सिनियर म्यानेजर सुरज राजबाहक पनि बीमा कम्पनीको नाफामा […]

४५ प्रतिशतले घट्यो सेयर कारोबार

५ जेठ, काठमाडौं । सेयरबजारमा यो साता कारोबार ४५ प्रतिशतले घटेको छ । गत साता सेयर बजारमा दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ […]

के अझै बढ्ला अमेरिकी डलरको भाउ ?

३ जेठ, काठमाडौं । केहि दिन यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो । भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली  मुद्राको भाउ खस्किदै गएको हो । बुधबार नेपाल राष्ट्र […]

पुनर्बिमा कम्पनीको क्षमता बढाउने अर्थमन्त्रीको संकेत

२ जेठ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले देशको एक मात्रै पुनर्बिमा कम्पनीको क्षमता बढाउने संकेत देखाएका छन् । सरकारी लगानी समेत रहेको नेपाल पुनर्बिमा कम्पनीको क्षमता अभिबृद्धि गर्दै पुनर्बिमाको लागि देशबाट बाहिरिने रकम रोक्ने उनको योजना छ । मंगलबार बिमा समितिको ५० औ वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले देशमा ब्यापार घाटा बाहेक शिक्षा घाटा र […]

सिटी एक्स्प्रेस फाइनान्सले दिने भयो हकप्रद सेयर

१ जेठ, काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वाषिर्क साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामाले अर्थिक वर्ष २०७३/०७४ को वाषिर्क प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल कायम चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता […]

ब्याजको आम्दानी घटेपछि ६ बैंकको नाफामा गिरावट, कुन बै‌ंककाे नाफा कति ?

२० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ वटा बैंकहरुको नाफा घटेको छ । ब्याज आम्दानीमा आएको कमी र खर्च बृद्धिका कारण ती बैंकहरुले गतवर्षको यसै अवधिमा भन्दा कम नाफा कमाएका हुन् । हालै मात्र २८ वटै राष्ट्रिय वाणिज्य बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । जसमा ६ वटा बैंकहरुको नाफा गत वर्षको […]

गभर्नर भन्छन्ः मुलुक आर्थिक समृद्धिको बाटोमा मोडियो

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले देश अहिले आर्थिक समृद्धिको बाटोमा मोडिएको बताएका छन् । संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भएपछि देश आर्थिक समृद्धिको बाटोमा मोडिएको उनको जिकीर छ । सुशासनको सुनिश्चितता, आन्तरिक तथा बाहृय लगानीमा हुने बढोत्तरी र सरकारको पूँजीगत खर्च वृद्धिसँगै दीगो विकासको आधार तयार हुने अवसर […]

लक्ष्मी र सेञ्चुरीको नाफामा उच्च वृद्धि, व्यवसाय वृद्धिको प्रभाव

११ वैशाख, काठमाडौं । मंगलवार चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका लक्ष्मी बैंक र सेञ्चुरी बैंकको नाफामा उच्च वृद्धि भएको छ । लक्ष्मी बैंक बैंकको तेस्रो त्रैमाशमा नाफा ४१ प्रतिशतले वृद्धि भएर ८० करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज […]

फेरि तीन बैंकले कटाए अर्बमाथि नाफा

११ वैशाख, काठमाडौं । मंगलवार चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका तीन वाणिज्य बैंकको नाफा अर्बमाथि पुगेको छ । हिमालयन बैंक बैंकको तेस्रो त्रैमाशमा नाफा करिब पाँच प्रतिशतले वृद्धि भएर एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकको खुद व्याज […]

महंगिदै डलर, एक रुपैयाँ बराबर एक सय ६

१० वैशाख, काठमाडौं । विश्व बजारमा डलरको मूल्य बढ्न थालेपछि नेपालीहरुले महंगोमा डलर किन्नु पर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्थाको लागि डलर किनबेच गर्न दिने सन्दर्भ मूल्य अनुसार एक डलरको लागि नेपालीले एक सय ६ रुपैयाँ ६७ पैसा हाल्नु पर्ने भएको हो । बैंक तथा वित्तीय संस्थामा डलर किक्री गर्दा भने एक […]

आधारभुत पक्ष परिवर्तन नहुँदा प्राविधिकमा भर पर्न थाले लगानीकर्ता

१० वैशाख, काठमाडौं । आधारभुत पक्ष परिर्वतन नहुँदा बजारका विश्लेषक तथा लगानीकर्ताहरु प्राविधिक विश्लेषणमा बढि निर्भर हुन थालेका छन् । ‘आधारभुत पक्ष खासै फेरिएको छैन । तर केही दिन अघि उल्टो हेड एण्ड सोल्जर आकृति बने पछि बजार केही बढ्ने अनुमान थियो त्यही अनुसार भएको हो,’ एक विश्लेषकले भने । धेरैजसो लगानीकर्ता अहिले इलिएट वेभको […]

ग्लोबलको नाफा घट्यो, सनराइजको १० प्रतिशतले वृद्धि, नेपाल बैंकमा झिनो वृद्धि

१० वैशाख, काठमाडौं । सोमवार तीन वाणिज्य बैंकको चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । सनराइज बैंक बैंकको तेस्रो चौमाशमा नाफा ९.८१ प्रतिशतले वृद्धि भएर ९४ करोड रुपैयाँ पुगेको छ । बैंकले राइट ब्याक उच्चले गरेपछि नाफा बढेको हो । बैंकले ४१ करोड ५४ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद […]

बजारमा बैंकको नाफाको खबर चुहिएपछि नेप्सेमा लगातार वृद्धि

९ वैशाख ,काठमाडौं । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको नाफा सम्बन्धि सूचना चुहिन थालेपछि नेप्से परिसूचक लगातार बढ्दो क्रममा देखिएको छ ।  गत साताको सुरुवातमै आठ वाणिज्य बैंकको नाफाको खबर चुहिएको थियो । हालसम्म पाँच वाणिज्य बैंकको मात्रै तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । सूचना चुहिएका आठ मध्ये तीन बैंकको वित्तीय विवरण […]

सानिमा बैंकको नाफा २७ प्रतिशतले बढ्यो

९ वैशाख, काठमाडौं ।  चालु आवको तेस्रो त्रैमाशमा सानिमा बैंकको नाफा २७ प्रतिशतले बढेर एक अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य ७४ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद व्याज आम्दानी करिब २५ प्रतिशत […]

तीन बैंकको नाफा अर्ब माथि, एकको भने घट्यो

७ वैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका चार वाणिज्य बैंकमा तीनको नाफा अर्ब माथि पुगेको छ । गत वर्ष एक अर्ब नाफा कटाएको एनआइसी एशियाको भने यसपटक घटेको छ । सिद्धार्थ बैंक बैंकको तेस्रो चौमाशमा नाफा २८ प्रतिशतले वृद्धि भएर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको राइट […]

यातायात व्यवसायीले कर्जा नतिरे बैंकले गाडी लिलामी गर्ने

५ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले सिन्डिकेट लाद्न नपाए बैंकको कर्जा नतिर्ने धम्कि दिएपनि बैंकहरु भने आफुहरुलाई समस्या नपर्ने बताएका छन् । ‘हामीले डराउनुपर्ने अवस्था छैन्, केही भएन भने गाडी लिलामी गरेरै पनि ऋण उठाउन सक्छौं,’ नेपार बैंकर्स एशोसिएशनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । हालै गण्डकी धौलागिरि अञ्चल […]