Comments Add Comment
No ads found for this position

बैंक-वित्त प्रमुख

List Grid
बीमा र लघुवित्तको मात्रै ६० करोडको सेयर किनबेच

४ वैशाख, काठमाडौं । अल्पकालिन लगानीमा खेल्दै आएकाहरुलाई बजारले एकपटक पुनः कमाउने अवसर दिएको छ । १० करोबार दिनमा नेप्सेले एक सय ३२ अंक जोडेको छ । मंगलवार नेप्से परिसूचक ३३.६१ अंकले बढेर १३३१ विन्दुमा आएको छ । बीमा कम्पनीहरुमा केहीले दुई सय प्रतिशतभन्दा धेरै हकप्रद सेयर दिने प्रस्ताव गरेपछि बीमा समूहको परिसूचकमा वृद्धि हुन […]

वित्तीय संस्थालाई सरकारले संरक्षण गर्ने संयन्त्र असारसम्म !

४ वैशाख, काठमाडौं । संकटको समयमा प्रणालीगत रुपमा नै महत्वपूर्ण वित्तीय संस्था (सिस्टमेटिकल्ली इम्पोर्टेन्ट फाइनान्सियल इन्स्टिच्युसन) हरुलाई सरकारले संरक्षण गर्ने सुनिश्चितताको लागि संयन्त्र विकास गर्ने काम भइरहेको छ । वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४– २०७७/७८ ले आव २०७४/७५ सम्ममा संयन्त्र विकास गर्ने उल्लेख गरेको छ । यस लक्ष्य अनुसार असारसम्ममा यस्तो संयन्त्र विकास भइसक्नु पर्छ […]

प्रिपेड कार्डबाट एक पटकमा अधिकत्तम १० हजार झिक्न पाइने

३ वैशाख, काठमाडौं । अब प्रिपेड कार्डबाट एक पटकमा अधिकत्तम १० हजार र प्रतिदिन ५० हजार रुपैयाँसम्म झिक्न पाइने भएको छ । राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा सम्बन्धमा गरेको निर्देशनले यस्तो व्यवस्था गरेको हो । मंसिरमा गरिएको यससम्बन्धि प्रस्तावमा यस्तो सीमा प्रतिदिनको लागि पाँच हजार र प्रतिमहिनाको लागि २५ हजार […]

राष्ट्र बैंकले समात्न थाल्यो पाँच सय र दुई हजारका नयाँ भारु नोट

२ वैशाख, काठमाडौं । भारतले नोटबन्दीपछि चलनचल्तिमा ल्याएको पाँच सय र दुई हजारका नयाँ नोट समेत नेपालमा भित्र्न थालेको छ । राष्ट्र बैंकले ती नोट नेपालमा चलाउन नपाइने व्यवस्था गरेपनि हालसम्म एक सय थान पाँच सय र दुई हजार दरका नयाँ भारु नोट समातिएका छन् । ‘नेपालमा पाँच सय र दुई हजारका नयाँ नोट चलन […]

पानी कम पर्दा क्षतिपूर्ति पाइने बीमा

१ वैशाख, काठमाडौं । आर्थिक वर्ष ०७२/७३ मा बीमा क्षेत्रमा एउटा नौलो प्रयोग भयो, मौसम पूर्वानुमान शाखाले दिने वर्षातको तथ्यांकका आधारमा कम पानी पर्दा किसानहरुलाई बीमा मार्फत क्षतिपूर्ति दिने । नेपालको विकट जिल्ला जुम्लामा स्याउ खेतिमा गरिएको यो प्रयोग सुरुमा किसानहरुको रुचीमा खासै पर्न सकेन । कारण थियो, बीमाका नाममा यसअघि पनि भएका धोकाधडी । […]

राष्ट्र बैंकका कर्मचारीलाई २०४ प्रतिशतसम्म भत्ता !

२९ चैत, काठमाडौं । राष्ट्र बैंककै कर्मचारीको तलबको अनुपातमा २०४ प्रतिशतसम्म भत्ता लिने गरेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई मितव्ययी बनाउने जिम्मेवारी बोकेको राष्ट्र बैंक आफैंमा भने मितव्ययी हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोष बाहेक १४ […]

लगानीकर्ताले उधारोमा सेयर किने, ब्रोकरले तिर्दै

२७ चैत, काठमाडौं । दुई दिनसम्म ९० देखि ९१ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा कारोबार रकम ३४ करोडमा सिमित भएको हो । लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षामा उधारोमा सेयर किन्ने आदेश दिएपनि समयभित्र पैसा तिर्न नसकिरहेको एक ब्रोकरले बताएका छन् । ‘अहिले कतिपय कारोबारको राफसाफ ब्रोकरले आफ्नै पुँजीबाट मिलाउनु परेको छ । लगानीकर्ताहरुले राफसाफ अवधिभित्र […]

नेप्सेमा एकै दिन चार पटकसम्म दोहोरो अंकको उतार चढाव

२६ चैत, काठमाडौं । नेप्से परिसूचक १३ सय विन्दुमा आएपछि एकै दिन चार पटकसम्म नेप्से दोहोरो अंकले तलमाथि गरेको छ । १२९५ बाट शुरु भएको बजार २० अंक बढेर १३१५ सम्म पुगेकोमा पुन २४ अंकले घटेर १२९१ मा आयो । पुनः बजार २१ अंकले बढेर १३१६ सम्म पुग्यो भने फेरी ११ अंक घट्यो, आठ अंक […]

एक वर्षमा चार सय अंकले घट्यो नेप्से, ८५ अर्बको सेयर थपियो

२६ चैत, काठमाडौं। वर्षभरी लगभग ओरालो बाटोमा देखिएको नेप्सेले एक वर्षमा चार सय अंक गुमाएको छ । गत वर्षको चैत अन्त्यमा १६७९ विन्दुमा रहेको नेप्से परिसूचक आइतबार १२९४ विन्दुमा आइपुगेको छ । यो वर्ष अन्त्य हुन मात्रै पाँच दिन बाँकी छ । बर्षअन्त्य हुँन लाग्दा सेयर बजारमा हरियाली छाउन थालेको छ भने कारोबार रकममा पनि […]

तीन दिनमा नेप्सेले करिब एक सय अंक जोड्यो

२५ चैत, काठमाडौं । तीन दिनमा नेप्से परिसूचकले करिब एक सय अंक जोडेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४४ अंकले बढेर एक हजार दुई सय ९४ विन्दुमा पुगेको छ । तीन दिन अघि नेप्से ११९९ विन्दुमा थियो । बजारमा आइतबार मात्रै ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एशियाको ग्रोथ […]

सेयर बजार घट्दा मात्रै उठ्ने यी मुद्दा !

२५ चैत, काठमाडौं। नेपाली सेयर बजारमा पुर्वाधार निर्माण, सेयर बजार सुधारका मुद्दा तब मात्र उछालिन्छ, जतिखेर बजार घट्दो क्रममा रहेको हुन्छ । घट्दो बजार नै राजनीतिक दल, लगानीकर्ता हुन् वा बजार सञ्चालक तथा नियामक सबैले बजार सुधारको गफ गर्ने मेलो बन्ने गरेको छ । बजार बढ्दा भने सरकार आफु जस लिन र लगानीकर्ता नाफा निकाल्नै […]

भेटले बढ्यो सेयर बजार

२२ चैत, काठमाडौं । लगानीकर्ताहरुले कहिले गभर्नर, कहिले अर्थमन्त्रीलाई भेटेको खबर बजारमा फैलिएपछि सेयर बजार पुनः बढ्दो क्रममा देखिएको छ । नेप्से परिसूचकमा बिहीवार एकै दिन करिब २४ अंकले वृद्धि भएको छ । नेप्से १२५० विन्दुमा आइपुगेको हो । कारोबार रकममा दोब्बरले वृद्धि भएर ६१ करोड ९३ लाख रुपैयाँ पुगेको छ । दुई दिनमा नेप्सेले […]

नौ महिनामा डेढ खर्बले निक्षेप बढ्दा कर्जामा दुई खर्बले वृद्धि

२१ चैत, काठमाडौं । चालु आवको नौ महिना वित्न लाग्दा यो अवधिसम्ममा वाणिज्य बैंकहरुमा एक खर्ब ६१ अर्ब रुपैयाँले निक्षेप बढेको छ । निक्षेपको तुलनामा कर्जा लगानी दोब्बरले वृद्धि भएको छ । कर्जा लगानी दुई खर्ब ३९ करोड रुपैयाँले वृद्धि भएको छ । एक सातामै बैंकहरुमा १२ अर्ब रुपैयाँले निक्षेप बढेको हो । चैत नौ […]

गभर्नरसँग नेप्सेका पूर्वसीईओसहित लगानीकर्ताको भेटले बन्यो बजार सकारात्मक

२१ चैत, काठमाडौं । बुधबार नेप्से परिसूचक २७ अंकले वृद्धि भएको छ । बजार घटेपछि बुधवार नै नेप्सेका पूर्वसीईओ सहित लगानीकर्ताको टोलिले गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेको खबरपछि बजार क्रमिकरुपमा बढ्दो क्रममा देखियो । नेपाल पुँजीबजार संघ र नोबल इनिसिएशन नेपालले गर्भनरसँग भेटघाट गरेको थियो । नोबल इनिसिएशनका अध्यक्षको रुपमा नेप्सेका पूर्व सीईओ सिताराम थपलिया […]

राष्ट्र बैंकले औपचारिक रुपमा गर्यो बैंकले विदेशबाट ऋण ल्याउने व्यवस्था

२० चैत, काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंकहरुले विदेशबाट ऋण ल्याउन सक्ने गरि बाटो खोलिदिएको छ । बैंकले मंगलवार सुचना जारी गर्दै ऋण ल्याउने बाटो खुला गरेको हो । राष्ट्र बैंकले क्लिन लोन अर्थात् बिना कुनै धितो, जमानत वा बैंक ग्यारेन्टि दिन नपाइने व्यवस्था गरेको छ । बैंकको मूल्यांकनको आधारमा मात्रै पाइने कर्जालाई राष्ट्र बैंकले […]

४० करोडबाट घट्यो दैनिक औसत कारोबार

२० चैत, काठमाडौं । बजार घट्ने क्रममा ब्रेक लागेपनि स्थिर देखिदा सेयर कारोबार रकम घटेको छ । नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार गत महिनामा दैनिक औसत ४२ करोडको सेयर कारोबार भएकोमा मंगलबार २२ करोड रुपैयाँको कारोबार भएको हो । सेयर बजार सूचक नेप्से एक हजार एक सय ९९ विन्दुमा आइपुगेको छ । माघमा भने दैनिक […]

एनएमबीले विदेशबाट ल्याउँदैछ १ अर्ब ५० करोड ऋण

२० चैत, काठमाडौं । एनएमबी बैंकलाई एक अर्ब ५० करोड ऋण ल्याउन बाटो खुलेको छ । राष्ट्र बैंकको सञ्चालक समितिले बैंकहरूले विदेशबाट ऋण ल्याउन सक्ने नीति पारित गरेसँगै एनएमबी बैंकलाई एक अर्ब ५० करोड ऋण ल्याउन बाटो खुलेको हाे । विश्व बैंकको सदस्य संस्था अन्तराष्ट्रिय वित्त निगमसँग एनएमबी बैंकले चैत १३ मा एक अर्ब ५० करोड […]

श्वेतपत्रले सेयर बजारको समस्या देख्यो, समाधान नि देला ?

१८ चैत, काठमाडौं । श्वेतपत्रको अपेक्षामा रहेका लगानीकर्ताहरुले बजारको समस्याको समाधान नपाएपनि सरकारले समस्या पहिचान गरेको भन्दै सन्तोष मानेका छन् । ‘बजारको समस्याको सरकारले गरेको देखिन्छ, अब विज्ञहरु नै हुनुहुन्छ समाधान पनि खोज्नु होला नि,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भए । श्वेतपत्रले पनि बजारका साना लगानीकर्ताहरुमा जानकारी अभाव, सेयरको बढ्दो आपूर्ति र ब्याजदर […]

सेयर बजार सतहीः अर्थमन्त्री

१६ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा स्वेत पत्रको सारंश प्रस्तुत गर्दै सेयर बजार सतही रहेको टिप्पणी गरेका छन् । ‘नेपालको पुँजी बजार सतही रहनुका साथै, अर्थतन्त्रको दायरा बढाउन पुँजी बजार सशक्त माध्यम भएपनि धितोपत्र बजारमा मात्र सिमित छ,’ अर्थमनत्री खतिवडाले भने । उनले पुँजी बजार मार्फत स्वलगानीको लागि ठुलो परिमाणमा पुँजी जुटाउन […]

एनएमबीले विदेशबाट ‘क्लिन लोन’ ल्याउँदै, बैंकको मूल्यांकन गर्न प्रतिनिधि आउने

१३ चैत, काठमाडौं । एनएमबी बैंक र विश्व बैंकको सदस्य संस्था अन्तराष्ट्रिय वित्त निगमसँग ऋण सम्झौता भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र विश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झैतापत्र हस्तान्तरण गरेका छन् । नेपाल राष्ट्र बैकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैकले उल्लेख गरेको […]

चुक्ता पुँजी देखाएरै बैंकहरुको २ खर्ब लगानी

  १३ चैत, काठमाडौं । केही वर्षअघिसम्म संकलन गरेको निक्षेपको ८० प्रतिशत पनि कर्जा लगानी गर्न नसकिरहेका बैंकहरु अहिले निक्षेपको ९२ प्रतिशतसम्म कर्जा लगानी गर्न थालेका छन् । चुक्ता पुँजीमा भएको वृद्धिको कारण बैंकहरु कर्जा वृद्धिमा आक्रामक हुन थालेका हुन् । २०७२ मा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी चार गुणाले बढाउने निर्देशन दियो । […]