Comments Add Comment
No ads found for this position

विचित्र संसार

List Grid
मोदीको जितमा मालामाल, पेट्रोल पम्पधनीले बाँडे सित्तैमा ग्यास

हालै सम्पन्न भारतको लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले विशाल जित हासिल गरेसँगै उनका समर्थकहरु खुसीले गदगद छन् । मोदी समर्थकहरुले विभिन्न प्रकारले जितको उत्सव मनाइरहेका छन् । कतिले मिठाइँ बाँडेका छन् त कतिले अविर घसेका छन् । तर भारतको गुजराँतस्थित राजकोट जिल्लामा भने फरक दृष्य देखिएको छ । नरेन्द्र मोदीले जितेपछि उनको गृह प्रान्त […]

मतगणनाको दिन मुस्लिम परिवारमा जन्मियो बच्चा, नाम राखियो नरेन्द्र मोदी

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गोण्डा जिल्लामा रहेको एउटा मुुस्लिम समुदायको परिवारमा गत मे २३ का दिन बच्चा जन्मियो । लोकसभा चुनावको मतगणना चलिरहेको उक्त दिन जन्मिएको बच्चाको नाम मुस्लिम परिवारले नरेन्द्र दामोदर दास मोदी राखेको छ । बच्चाकी आमा मेहनाज बेगमका अनुसार छोराको नाम नरेन्द्र मोदी राख्नका लागि उनले पति र परिवारसँग जिद्दी गरिन् […]

८ वर्षका बालक : युट्युब हेरेरै १ सय ६ भाषामा फरर

युट्युबका कारण धेरै बालबालिकाहरुको पढाई लेखाइ बिग्रिएको छ । धेरै बच्चाहरुलाई युट्युबमा विभिन्न कार्टुन तथा अन्य भिडियोहरु हेरिरहने लत नै बसिसकेको छ । तर भारतमा एकजना बालकले भने यु ट्युबबाटै चमत्कारिक क्षमता हासिल गरेका छन् । भारतको केरलाका नियाल नामका ती ८ वर्षे बालकले यु ट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । […]

यो हो दुनियाँकै महँगो कफी

तपाईं हामीले कैयौँ रेष्टुरेन्ट तथा क्याफेमा गएर कफी पिएका छौँ होला । र, कफीका विभिन्न प्रकार पनि चाखेका छौँ । तर के तपाईंले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद लिने मौका पाउनुभएको छ ? अमेरिकामा रहेको एउटा क्याफेले दुनियाँकै सबैभन्दा महँगो कफीको स्वाद चखाउँदै आएको छ । उक्त क्याफेको नाम क्लेच क्याफे हो । त्यहाँ कफीको […]

महिलाले एकसाथ ६ बच्चा जन्माएपछि राष्ट्रपतिले दिए बधाई

कुनै पनि देशमा पहिलोपटक कुनै महिलाले एकै पटकमा ६ जना बच्चा जन्माउनु साँच्चीकै ठूलो खबर बन्दछ । अझ घट्दो जनसंख्याको मार खेपिरहेका कतिपय युरोपेली मुलुकका लागि यो निकै खुसीको खबर बन्दो रहेछ । पोल्याण्डमा हालै यस्तै भएको छ । महिलाले एकसाथ ६ बच्चा जन्माएपछि त्यहाँका राष्ट्रपतिले समेत बधाई दिएका छन् । पोल्याण्डमा कुनै महिलाले एकसाथ […]

जहाँ राजाका अगाडि अर्धनग्न भएर नाच्छन् युवतीहरु

दुनियाँमा यस्ता कैयन् देशहरु छन् जो आफ्नो अनौठो नियम कानूनका लागि चर्चित छन् । तीमध्येको एउटा देश हो, स्वाजिल्याण्ड । यो अफ्रिकी मुलुकको एउटा कानून तथा परम्पराका विषयमा थाहा पाउँदा तपाईं अचम्ममा पर्नुहुनेछ । गत वर्ष त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तन गरी द किंगडम अफ इस्वातिनी राखेका थिए । मुलुकको स्वतन्त्रताको ५० वर्ष […]

गर्भवतीको हत्या गरी पेट चिरेर बच्चा चोरियो

काठमाडौं । दुनियाकै सम्पन्नशाली तथा सभ्य भनिने मुलुक अमेरिकामा एउटा अन्त्यन्तै दर्दनाक तथा पासविक घटना भएको छ । त्यहाँ एकजना गर्भवती युवतीको हत्या गरी हत्याराहरुले उनको पेटमा रहेको शिशु चोरेका छन् । उक्त घटनामा संलग्न ३ जनालाई पुलिसले पक्राउ गरेको छ । हत्याराहरुमा एकजना महिला, उनकी छोरी र प्रेमी रहेका छन् । शिकागो पुलिसका अनुसार […]

मर्‍यो अर्बपति बिरालो, कति थियो सम्पत्ति ?

काठमाडौं । इन्टरनेट दुनियाको अत्यन्तै लोकप्रिय तथा चर्चित एउटा बिरालोको मृत्यु भएको छ । ग्रम्पी नामक उक्त बिरालो यति धेरै चर्चित थियो कि फेसबुकमा उसका ८५ लाख फलोअर्स थिए । त्यस्तै उसको इन्स्टाग्राममा २५ लाख र ट्वीटरमा १५ लाखभन्दा धेरै फलोअर्स थिए । अमेरिकाको एरिजोनामा बस्ने ग्रम्पी क्याटको मे १४ का दिन सात वर्षको उमेरमा […]

दुनियाँका अनौठा रेस्टुरेन्ट

विश्वमा कैयन् यस्ता अनौठो खालका रेस्टुरेन्टहरु छन् जो कुनै आश्चर्यभन्दा कम छैनन् । ती रेस्टुरेन्टमा विचित्र कुरा देख्न मात्र होइन, स्वाद लिन पनि पाइन्छ । · चीनमा एउटा यस्तो रेस्टुरेन्ट छ, जसको दृश्य जेलको जस्तै छ । जेलमा बन्द कुनै कैदीजस्तै गरी त्यहाँ मानिसहरु उक्त रेस्टुरेन्टमा बसेर खानु पर्दछ । तियानजिन सहरमा रहेको उक्त रेस्टुरेन्ट […]

एक गाग्रोभन्दा बढी पानी भरेमा जरिवाना

दैनिक जीवनमा पानी खर्च गर्दछौँ । तर दुनियाँका धेरै ठाउँमा मानिसहरु पानीको थोपा–थोपाका लागि तड्पिनु पर्दछ । नुहाउनका लागि परको कुरा, गला भिजाउनका लागि समेत पर्याप्त पानी नपाउनेहरुका लागि पानी अवश्य पनि मूल्यवान हुन्छ । पानीको तिर्खाले छटपटाएको एउटा यस्तै ठाउँ छ छिमेकी मुलुक भारतमा । जहाँ पानीकै अभावका कारण एउटा अनौठो नियम लागू भएको […]

एउटा घरमात्र भएको दुनियाँकै अनौठो सहर

कुनै पनि सहरमा कतिवटा घर होलान् ? सयौं घरहरु नभएको ठाउँलाई कसरी पो सहर भन्न सकिएला र ? भन्नुहोला । तर यो दुनियाँमा एउटा मात्र घर भएको सहर पनि हुँदो रहेछ । एउटै घर मात्र रहेको त्यो सहरमा त्यहीँ एउटा घरभित्रै सहरमा हुनुपर्ने सबैखाले सुविधा छन् भन्ने सुन्दा तपाईंलाई अझ अचम्म लाग्ला । यो अनौठो […]

कस्तो गज्जब गल्ती ? महिला बनिन् करोडपति

कोही मानिस गल्तीका कारण करोडपति बाट रोडपति बन्दछन् । तर कोही भाग्यमानी मान्छे चाहीँ सानो गल्तीका कारण करोडपति बन्दा रहेछन् । अमेरिकामा एकजना महिला आफ्नो गल्तीका कारण करोडपति बनेकी छिन् । आफुले गरेको सानो गल्ती ती महिलाका लागि बरदान सावित भयो । मिचिगनमा बस्ने एन्टोनेट ओस्ली नामकी ती महिलाले सानो गल्ती गरिन्, जसका कारण उनले […]

वर्षमा केवल ५ घण्टा खुल्ने मन्दिर, महिलाका लागि विशेष नियम

एक वर्षमा केवल एक दिनमात्र खुल्ने मन्दिरका बारेमा त हामीले सुनेकै छौँ । तर वर्षदिनमा केवल ५ घण्टामात्र खुल्ने मन्दिर पनि यो दुनियाँमा रहेछ । छिमेकी मुलुक भारतमा रहेको एउटा मन्दिर वर्षमा केवल ५ घण्टा मात्र खुल्छ । उक्त मन्दिरमा महिलाका लागि विशेष नियम पनि छ । छत्तिसगढ प्रान्तको गरियाबन्द जिल्लाा रहेको निरई माता मन्दिर […]

बियर मात्र पिएर ४६ दिनसम्म उपवास !

हामीकहाँ पानी तथा फलफूल खाएर उपवास बसिन्छ । कतिपय त निराहार पनि उपवास बस्दछन् । तर अमेरिकामा चाहिँ एकजना व्यक्ति बियर पिएर उपवास बसे । त्यो पनि एक दुई दिनमात्र कहाँ हो र ? पूरै डेढ महिना । अमेरिकाको ओहियो सहरमा बस्ने डेल हट नामका ती युवकले ४६ दिनसम्म बियर बाहेक अरु कुनै पनि खानेकुरा […]

जब कार्टुन आउने वेबसाइटमा पोर्न भिडियो आउन थाले…

बालबालिकालाई सबैभन्दा मनपर्ने कार्टुन नेटवर्कका वेबसाइटहरु पनि अब ह्याकरको निशानामा पर्न थालेका छन् । हालै विभिन्न देशका कार्टुन नेटवर्कका वेबसाइटहरु ह्याक गरियो । ब्राजिलमा बस्ने दुईजना ह्याकरले बालबालिकाले कार्टुन हेर्ने वेबसाइट ह्याक गरेर पोर्न भिडियो प्रशारण गरेपछि विश्वका १६ देशमा हंगामा मच्चिएको छ । बेलायत तथा रुसमा हप्ताभर नै कार्टुन नेटवर्क ह्याक भयो । ह्याकरहरुले […]

यी हुन् विश्वकै अग्ला नेता

अमेरिकाको न्युयोर्क सिटी काउन्सिलका सदस्य रोबर्ट कोर्नेगी विश्वकै सबैभन्दा अग्ला राजनीतिज्ञ बनेका छन् । ब्रुकलिनबाट प्रतिनिधित्व गर्ने रोबर्ट ६ फुट १० इन्च अर्थात् २ सय ८ सेन्टिमिटर अग्ला छन् । बुधबार न्युयोर्क सिटी हलमा भएको विशेष समारोहमा उनलाई विश्वका सबैभन्दा अग्ला पुरुष राजनीतिज्ञको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रमाणपत्र प्रदान गरियो । दुई वर्षअघि […]

सय वर्षकी आमा र ८२ वर्षका छोरा, यस्तो छ मार्मिक कहानी

जो कोही मानिसको जीवनमा आमा एक अनमोल धरोहर हुन् । आमाको महत्त्वलाई शब्दमा बयान गर्न सकिन्न । छोराछोरी चाहे जति नै ठूला किन नहोउन् आमालाई सानो बच्चा नै लाग्दछन् र आमाको मायामा कमी आउँदैन । बेलायतको लण्डनमा बस्ने एक वृद्ध आमा र उनका वृद्ध छोराको कथा यस्तै मार्मिक छ । १ सय वर्षकी आमा एडा […]

चीनले किन खेल्दैन क्रिकेट ?

जनसंख्या, अर्थतन्त्रमा र सैन्य शक्तिमा मात्र होइन, खेलकुदमा पनि चीन विश्वको महाशक्ति राष्ट्र हो । तर यदि क्रिकेटको कुरा गर्ने हो भने नेपालले समेत चीनलाई सजिलै धुलो चटाउन सक्दछ । आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ ? चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त […]

विद्यालय भर्ना भए १५ वटा भेँडा

युरोपेली मुलुक फ्रान्समा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक प्राथमिक विद्यालयमा केही कक्षाहरु बन्द हुने कुरा चलिरहेको थियो । उक्त प्राथमिक विद्यालयमा २ सय ६१ जना विद्यार्थी छन् । विद्यार्थीको संख्या घटेसँगै अभिभावकहरुले ‘किन विद्यालयमा विद्यार्थीको संख्या कम भयो ?’ भनेर प्रश्न उठाउन थाले । अभिभावकहरुको उक्त गुनासोलाई ध्यानमा राख्दै विद्यालयले १५ वटा […]

यस्तो सहर, जहाँ ठट्टा गर्न पाइँदैन

कतिपय मानिसलाई निकै धेरै ठट्टा गर्नुपर्दछ । ठट्टै ठट्टामा समय कटाउन मन पराउँछन् उनीहरु । तर यो दुनियाँमा एउटा यस्तो सहर छ, जहाँ तपाइँले ठट्टा गर्नुभयो भने तपाइँले जरिवाना तिर्नु पर्दछ । फिलिपिन्सको बिनालोनान सहरमा ठट्टा गर्ने मानिसलाई जरिवाना मात्र होइन सडक सफा र फोहोर उठाउने सजाय पनि दिइन्छ । सहरमा अफवाह फैलिनबाट रोक्नका लागि […]

अश्लील नाच देखाएर मृतकको अन्तिम विदाई

दुनियाँमा अनौठा रीतिरिवाज चल्तीमा छन् । छिमेकी मुलुक चीनमा प्रचलित एउटा परम्पराका बारेमा थाहा पाउनु भयो भने तपाईंलाई रिङ्गटा लाग्न सक्दछ । चीनमा एउटा यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको बेला उसका परिवारहरु नाचगान गर्दछन् अनि त्यसक्रममा अश्लील नाच पनि देखाइन्छ । चीनका कतिपय ग्रामीण इलाकामा अन्तिम संस्कारको बेला युवतीहरुको अश्लील नाचको आयोजना गर्ने परम्परा […]