Comments Add Comment
No ads found for this position

विचित्र संसार

List Grid
बढी कामुक भएको भन्दै नायिकामाथि सरकारको प्रतिबन्ध !

  सुन्दर देखिने चाहना सबैको हुन्छ । सुन्दर मानिसलाई धेरैले मन पनि पराउँछन् । तर कहिलेकाहीँ आवश्यकताभन्दा धेरै सुन्दर हुँदा पनि समस्या पर्दोरहेछ । हालै कम्बोडियामा एक सुन्दरीलाई यस्तै भएको छ । अभिनेत्रीसमेत रहेकी २६ वर्षकी डेनी ननमाथि कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । डेनी आवश्यकता भन्दा धेरै […]

चीनमा खुल्यो ‘घाइते मुटुहरु’को संग्राहलय

दुनियामा केही मानिसहरु यस्ता हुन्छन् जसले अरु मानिसहरुले भन्दा फरक गरेर नाम र दाम कमाउन सफल हुन्छन् । चीनमा एकजना युवतीले यस्तै अनौठो र फरक काम गरेकी छिन् । २५ वर्षकी लियू यानले एउटा अनौठो म्युजियम खोलेकी छिन् । उक्त म्यूजियम घाइते मुटुहरुको संग्राहलय हो । उक्त संग्राहलयमा प्रेमी प्रेमिकाहरु सँग सम्बन्धित अनौठा सरसामानहरु देख्न […]

कुकुरले जन्मायो एकै पटकमा १६ वटा छाउरा

बेलायतमा एउटा अनौठो तथा दुर्लभ घटना भएको छ । एउटा घरपालुवा पोथी कुकुरले एकै बेतमा १६ वटा छाउरा जन्माएको छ । बेलायती सेनाका एकजना जवानले आफ्नो घरमा पालेको कुकुरले यतिधेरै बच्चा पाएपछि ती कुकुर मालिकलाई निकै समस्या परेको छ । सैनिक जवान मार्क मार्शलले सेनाको ब्यारेकभित्रै आफ्नो चार बेडरुम भएको घरमा पालेको रोक्सी नामको कुकुरले […]

१४ वर्षपछि भेटिए छोरीका वीर्यदाता पिता

अमेरिकाकी जेसिका नामकी महिलाको प्रेमकथा केही महिना पुरानो हो, तर निकै रोचक छ । जेसिकाले झण्डै १४ वर्षअघि सन् २००५ मा छोरी जन्माएकी थिइन् । त्यतिबेला गर्भाधारणका लागि उनले शुक्रकिट दाताको सहयोग लिएकी थिइन् । दाताबाट लिएको शुक्रकिटले गर्भाधारण गरी छोरी जन्माएकी जेसिकाले छोरीको नाम एलिस राखिन् । अहिले उनकी छोरी १४ वर्षकी भइन् । […]

१२ बाक्सा पोर्न फिल्मका सिडी फ्याँकिदिएपछि बाबुआमाविरुद्ध मुद्दा

अमेरिकाको इण्डियानाका एकजना पुरुषले आफ्नै अभिभावकविरुद्ध मुद्दा हालेका छन् । पोर्न फिल्मका सीडी तथा अन्य अश्लील सामग्रीहरु भएका पत्रिकालगायतका ठूलो परिमाणका सामाग्रीहरु नष्ट गरिदिएको भन्दै उनले आफ्नै बुवा–आमाविरुद्ध मुद्दा हालेका हुन् । उनका सीडी तथा पत्रिकाहरु यतिधेरै रहेछन् कि ती सबैको मूल्य झण्डै २९ हजार डलर पर्ने दाबी उनको छ । मिचिगनस्थित संघीय अदालतमा ती […]

बेलायती दरबारमा सुनको ट्वाइलेट, सर्वसाधारणले पनि प्रयोग गर्न पाउने

बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट कमोड जडान गरिँदैछ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट जडान गरिने भएको छ । द गार्जियनका अनुसार यो कमोड १८ क्यारेट सुनले बनेको हुनेछ । इटालियन कलाकार मौरिजो क्याटिलेनद्वारा सो ट्वाइलेटको निर्माण गरिएको हो र उनकै एकल कला प्रदर्शनीका रुपमा ब्लेनहाइम दरबारमा […]

जब जापानी प्रधानमन्त्री सिकर्मी बने

जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हालै एक फरक भूमिकामा देखियो । उनी आफ्नो निजी निवासको ढोका ढकढकाउने एउटा काठको डोर नकर ठोक्दै थिए । उक्त डोर नकर उनलाई क्यानडाका प्रधानमन्त्रीले आबेको हालैको क्यानडा भ्रमणका क्रममा उपहार दिएका थिए । कावागुची ताल नजिकैको आफ्नो निजी भिल्लाको ढोकामा उनले त्यो डोर नकर जडान गरेका हुन्, आफैले । त्यो […]

दुनियाँकै ठूलो परौंठा : १५ मिनेटमा सिध्याउनेलाई गज्जबको पुरस्कार

परौंठा निकै स्वादिलो कसलाई नहोला र ? खाजाघरमा गई परौंठा नखाने सायदै छौं होला । तपाईंले अनेक थरीका परौंठा खानुभएको छ होला । तर के विश्वकै ठूलो राजा परौंठा चाख्नुभएको छ ? छिमेकी मुलुक भारतमा गई अब त्यो राजा परौंठा चाख्न पाइनेछ । भारतको हरियाणास्थित रोयल मुरथल ढावाले तयार पारेको उक्त राजा परौंठा खाँदा पैसा […]

‘अण्डा पार्ने चट्टान’ ले वैज्ञानिक पनि तिनछक

कुखुराले अण्डा पारेको भए कुनै समाचार बन्ने कुरा थिएन । तर जब कुनै ढुंगाले अण्डा पार्दछ, त्यो दुनियाँकै अनौठो र प्रमुख समाचार बन्दो रहेछ । छिमेकी मुलक चीनमा एउटा अण्डा पार्ने चट्टान छ । देशको दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको त्यो चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ । २० मिटर अग्लो तथा ६ […]

यी हुन् सबैभन्दा धेरै सुन भएका देशहरु

सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ । विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन्ः अमेरिका : यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ […]

अनौठो स्कुल, बच्चा पढाउन पैसा होइन फोहोर बुझाए पुग्छ

हामीकहाँ शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची पढाउनसमेत सकस भइसकेको छ । किनकि निजी स्कुलहरुको शुल्क निकै चर्को छ । तर यो दुनियाँमा एउटा यस्तो स्कुल छ जहाँ अभिभावकले आफ्ना छोराछोरी पढाउँदा शुल्कको रुपमा रकम बुझाउनु पर्दैन फोहोरको पोको बुझाए पुग्दछ । भारतको असम राज्यस्थित पमोहीमा छ यो अनौठो स्कुल । उक्त स्कुलको नाम अक्षरा […]

तस्करले तालिम दिएको सुगा गिरफ्तार

काठमाडौं । उत्तरी ब्राजिलमा प्रहरीले एउटा सुगालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । लागु औषध तस्करहरुबाट तालीमप्राप्त उक्त निकै आज्ञाकारी सुगालाई प्रहरीले पक्राउ गरेको हो । तस्करहरुले उक्त सुगालाई यस्तो तालीम दिएका थिए कि पुलिस देखिने बित्तिकै उसले ‘पुलिस पुलिस’ भनेर चिच्याएर जानकारी दिन्थ्यो । जसका कारण तस्करहरु पुलिसबाट बँच्न सफल हुन्थे । तर उक्त […]

यी हुन् इतिहासका सबैभन्दा ठूला गल्ती

मानिसलाई गल्तीको पिण्ड पनि भनिन्छ । अर्थात् गल्ती र मान्छे एक आपसमा पर्यावाची नै हुन् । मान्छेले गल्ती नगर्ने भन्ने हुँदैन । तर कहिलेकाहीँ मान्छेले यस्तो गल्ती गर्दछ कि त्यसको असर भयानक हुन्छ अर्थात् इतिहासमै त्यो गल्तीलाई अभिशापको रुपमा चिनिन्छ । विश्वको इतिहासमा केही त्यस्तै चर्चित गल्तीहरु यी हुन् । · रुसका राजा अलेक्जेन्डर द्वितीयले […]

१२ जनावरसँग यौनक्रिडा गर्नेलाई ४१ वर्षको जेल

यौनपिपासु मान्छेहरुले जनावरमाथि पनि अत्याचार गर्न छाड्दैनन् । तर पाप धुरीबाट कराउँछ भनेझैँ त्यस्ता मानिसहरुले सजाय पनि पाउँछन् ढिलो चाँडो । कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर सजाय पाएका छन् । आरोपीहरुले घोडा, बाख्रा, गाई तथा कुकुरलगायतका जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा […]

डेढ क्विन्टल सुनले बनेको बाथटब, १ घण्टा नुहाउन ५ हजार

काठमाडौं । पैसा हुनेहरुका लागि के छैन यो दुनियामा ? रकम खर्चिने हो भने अब सुनको बाथटबमा समेत नुहाउन पाइने भएको छ । जापानको एउटा रेष्टुरेन्टले ग्राहकहरुलाई लग्जरी महसूस गराउनका लागि सुनको बाथटब जडान गरेको छ । सो विशेष बाथटब १३० सेमी चौडा र ५५ सेमी गहिरो रहेको छ । करीब डेढ क्विन्टल अर्थात् १५४.२० […]

सम्भोग गर्दागर्दै कण्डम निकालेपछि १२ वर्ष जेल

बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ । सम्भोग गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवकमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन् । ती युवकको नाम ली […]

यी हुन् विश्वकै जब्बर महिला, ३९ वर्षमा ४४ सन्तान (भिडियोसहित)

दुनियाँ आश्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एक अर्को उदाहरण एकजना महिलाले पेश गरेकी छिन् । ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ जना बच्चा जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको छ । संसारकै जब्बर यी महिला युगान्डाकी हुन् । उनको नाम मरियम नाबातन्जी हो । १२ […]

नाकबाट पानी पिएर आँखाबाट पिच्करी फाल्ने अनौठो व्यक्ति (भिडियोसहित)

चीनमा एकजना व्यक्तिको अनौठो क्रियाकलापको भिडियो अहिले चर्चामा छ । कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका ती व्यक्तिको यस्तो अद्भुत क्षमता छ कि उनले नाकबाट पानी र दुध पिएर आँखाबाट निकाल्न सक्दछन् । उनले आँखाबाट पानीको यस्तो पिचकारी निकाल्दछन् कि कहिलेकाहीँ त त्यो पानीले गमलाको विरुवामा सिँचाई नै गर्न सकिन्छ । ती व्यक्तिको नाम झांग […]

यो हो दुनियाको अनौठो आलु होटेल

काठमाडौं । आलु सर्वसुलभ तथा परिकारका लागि सजिलो चिज । सबैलाई मन पर्छन् आलुका परिकार । त्यसैले यसलाई तरकारीको राजा पनि भनिन्छ । यो दुनियामा आलुले बनेको एउटा यस्तो ठाउँ छ, जहाँ जानका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । के तपाईंले कहिल्यै आलुको गेडाभित्र रात बिताउन पाइने लग्जरी होटेलको बारेमा सुन्नुभएको छ ? अमेरिकाको […]

विश्वकै खतरनाक चरा, पञ्जाले हानेर मार्यो आफ्नै मालिकलाई

काठमाडौं । आफैले पालेको एउटा खतरनाक चराको आक्रमणबाट अमेरिकामा एकजना वृद्धको ज्यान गएको छ । ७५ वर्षका ती वृद्ध चराको आक्रमणबाट गम्भीर घाइते बनेको अवस्थामा उद्धारकर्मीहरुले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो । ती व्यक्तिको नाम मार्भिन हाजोस हो । उनको फार्म हाउसबाट आकस्मिक रुपमा फोन आएपछि प्रहरी उद्धारका […]

प्रेमीसँग गराइदिए पत्नीको बिहे, उपहारमा दिए छोरा

सवा अर्बभन्दा धेरै जनसंख्या रहेको छिमेकी मुलुक भारतमा कहिलेकाहीँ यस्ता घटना हुन्छन्, जुन दुनियाँलाई पत्याउन गाह्रो पर्दछ । हालै भारतको बिहारस्थित भागलपुरमा यस्तै अनौठो घटना भएको छ । जहाँ एकजना पुरुषले आफ्नै पत्नीको विवाह उनका परपुरुष प्रेमीसँग गराइदिएका छन् । यतिमात्र कहाँ हो र ? पत्नीलाई विवाह गरेर अन्माउँदा उनले आफ्नो अढाई वर्षको छोरालाई उपहारको […]