Comments Add Comment

बलिउड/हलिउड

List Grid
सारा र इशानको जोडी पर्दामा

चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् । यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड […]

सलमान भन्छन्–‘मेरो फिल्ममा हिरोइनको अंगप्रदर्शन हुँदैन’

चलचित्र ‘एक था टाइगर’को छायांकनमा नायक सलमान खानले नायिका कट्रिना कैफलाई झापड हाने । कट्रिनाले छोटो लूगा लगाएको भन्दै सलमानले उनीमाथि हात हालेका थिए । सलमानको यो व्यवहार आलोचित पनि भयो । सलमानलाई आफू अभिनित चलचित्रमा नायिकाले छोटो लूगा लगाएको, अंगप्रदर्शन गरेको मन पर्दैन । उनले चलचित्रको पर्दामा चुम्बन पनि नगर्ने बताउँदै आएका छन् । […]

कंगनाको आरोप–‘करणले पैसा खुवाएर मेरो फिल्मलाई ‘झुर’ भन्न लगाए’

बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ । कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुश्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा […]

‘मि टू’ प्रकरणमा नाना पाटेकरलाई ‘क्लिन चिट’

बलिउड नायिका तनुश्री दत्तले गतबर्ष ‘मि टू’ प्रकरणमा मुख खोलेपछि यसले भारतमा ठूलै चर्चा पायो । यसपछि, अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको बिषयमा मुख खोले । तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दे यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ । नानालाई […]

अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । […]

दीपिकालाई १४ करोड पारिश्रमिक

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र दीपिकाले नायक रणवीर सिंहसँग नयाँ चलचित्रमा काम गर्ने समचार बाहिरिएको थियो । ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी रणवीर र दीपिकाले स्क्रिन शेयर गर्न लागेको खबर बाहिरिएको थियो । ‘८३’मा […]

यस्तो बन्यो प्रभाष र श्रद्धाको ‘साहो’ टिजर

‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ । चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको […]

शिल्पादेखि प्रियंकासम्म, जो अक्षयको प्रेममा डुबे

बलिउड नायक अक्षय कुमारलाई खेलाडी नायकको रुपमा चिनिन्छ । उनलाई यो उपनाम उनले खेलेको चलचित्रका कारण दिइएको हो । तर, प्रेम जीवनमा पनि अक्षय कुनै ‘खेलाडी’ भन्दा कम छैनन् । अक्षयले धेरै जना युवतीको भावनासँग खेलेका छन् । अक्षय कुमारको प्रेम जीवन कुनै चलचित्रको पर्दा भन्दा कम छैन । बलिउड प्रवेश अगाडि नै अक्षय कुमार […]

तैमुरका कारण सैफको फेरियो दैनिकी

बलिउड नायक सैफअली खान कुनै समय बलिउडमा निकै खोजिने र रुचाइएको नाम हो । अहिले पनि सैफको क्रेज राम्रो छ । उनी लगातार चलचित्रमा काम गरिरहेका छन् । सैफलाई ‘भूत पुलिस, जवानी जानेमन, तन्हाजी’ लगायत चलचित्रमा दर्शकले देख्न पाउनेछन् । यस्तैमा, सैफले आफूलाई ८ बजेपछि सुटिङ गर्न मन नलाग्ने बताएका छन् । हालै एक मिडियामा […]

कसले गर्यो अमिताभको ट्विटर ह्याक ?

बलिउडका चर्चित नायक अमिताभ बच्चनको ट्विटर ह्याक भएको छ । टर्कीको एक ग्रुपले उनको ट्विटर एकाउन्ट ह्याक गरेको हो । अमिताभ बच्चनको एकाउन्ट ह्याक गरेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ र पाकिस्तानलाई माया गर्ने लेखिएको छ । अमिताभ ट्विटरमा निकै नै सक्रिय छन् । ३ करोड ७० लाख भन्दा बढी फ्यान फलोअर्स भएका […]

‘रंग दे बसन्ती’मा काम नगरेकोमा पछुतो लाग्छ’: साहिद

बलिउड साहिद कपुरलाई बलिउडको भर्सटायल नायकको रुपमा हेर्ने गरिन्छ । उनी हरेक चलचित्रमा आफूलाई केही न केही फरक अवतारमा प्रस्ततु गरिरहेका हुन्छन् । ‘हैदर, जब वि मेट, कमिने, रंगून, पद्मावत’लगायत चलचित्रबाट उनले आफूलाई भर्सटायल कलाकारको रुपमा परिचित गराइसकेका छन् । अहिले साहिद नयाँ चलचित्र ‘कबिर सिंह’को प्रचारमा व्यस्त छन् । चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ […]

कार्तिकको लोभलाग्दो क्रेज

बलिउडमा अहिले नायक कार्तिक आर्यनको चर्चा निकै चुलिएको छ । ‘सोनु कि टिटु की स्वीटी’को सफलतापछि उनी चर्चामा आएका थिए । अझ, ‘लुका छुप्पी’ले बक्स अफिसमा कमालको व्यापार गरेपछि उनको क्रेज गज्जब बनेको छ । अहिले कार्तिक नायिका साराअली खानसँग जोडी बाधेर चलचित्र ‘लभ आज कल २’को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा काम गरिरहँदा […]

भारतको विकेन्ड कमाई डेढ सय करोड

बलिउड स्टार नायक सलमान खान अभिनित चलचित्र ‘भारत’ले ५ दिने विकेन्डमा राम्रो कमाई गरेको छ । तर, चलचित्र रिलिजको पहिलो दिन वुधबार र विकेन्डको अन्तिम दिन आइतबार भने विश्वकप क्रिकेटमा भारतको खेल पर्दा व्यापारमा थोरै समस्या परेको छ । चलचित्रले पहिलो दिन आक्रामक व्यापार गरेपनि त्यो रफ्तारलाई दोश्रो दिनबाट समात्न सकेन । चलचित्रले पहिलो दिन […]

‘८३’मा रणवीरकी पत्नी दीपिका

बलिउड नायक रणवीर सिंह चलचित्र ‘८३’को तयारीमा छन् । यो चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् । चलचित्रको छायांकन अहिले लण्डनमा भैरहेको छ । यो चलचित्रमा नायक रणवीर सिंहकी पत्नीको भूमिकामा खेल्ने नायिकाको बिषयमा फाइनल गरिएको थिएन । तर, अब भने नायिका दीपिका पादुकोणले चलचित्रमा नायक रणवीर सिंहको पत्नीको भूमिकामा काम गर्ने पक्का […]

सलमानको १४ वटा फिल्म सय करोड क्लबमा

बलिउडमा नायक सलमान खानले नयाँ नयाँ रेकर्ड राखिरहेका छन् । चलचित्र हिट वा फ्लपले उनको करिअरलाई कुनै पनि असर पारेको छैन । किनकी, सलमान खानले बनाएको रेकर्ड तोड्न बलिउडका अन्य नायकलाई मुश्किल पर्ने देखिएको छ । नायक खान अभिनित नयाँ चलचित्र ‘भारत’ अहिले बक्स अफिसमा राम्रो कमाइका साथ चलिरहेको छ । यो चलचित्रले रिलिजको चौथो […]

रंगोलीको दाबी–‘कंगनाको करिअर सक्न चाहनेले हल्ला फैलाए’

बलिउड नायिका कंगना रनावतकी बहिनी रंगोलीको विवादस्पद बयानले भारतीय मिडिया तातिरहेका हुन्छन् । कंगनाको विषयमा रंगोली बोल्छिन् र चर्चामा आउँछिन् । कंगना अभिनित चलचित्र ‘मेन्टल हे क्या’ रिलिजको तयारीमा छ । सुरुमा यो चलचित्रलाई कंगना आफैँले निर्देशन गर्न चाहेको कुरा अहिले निकै चर्चामा छ । यो विषयमा रंगोलीले एक ट्विट गरेकी छिन् । उनले त्यहाँ […]

ऐश्वर्यादेखि कट्रिनासम्म, जसलाई सलमानले थप्पड हाने

बलिउड नायक सलमान खान निकै दयालु देखिन्छन् । उनी दयालु हुन थालेको पछिल्लो एक दशक भयो । त्यो अघि उनको शैलीले धेरैलाई तनाव पनि दिएको छ । ‘दंबग ब्याई’ सलमानले धेरै ठाउँमा आफ्नो दंबग रुप देखाएका छन् । सलमानले धेरै चोटी अरुलाई थप्पड हानेका छन् । हालै सलमानले एक सेक्युरेटी गार्डलाई थप्पड हानेको भिडियो निकै […]

किन काटियो ‘भारत’बाट बरुणको रोल ?

अहिले हलमा सलमान खान स्टारर चलचित्र ‘भारत’ले निकै धुम मच्चाइरहेको छ । बलिउड मिडियाले समिक्षात्मक रुपमा धेरै रुचाएका छन् । तर, दर्शक भने चलचित्रबाट सन्तुष्ट छैनन् । चलचित्रमा सलमानको जोडी बनेर नायिका कटि्रना कैफले काम गरेकी छिन् । यस चलचित्रमा नायक बरुण धवनको केमियो रहने कुरा थियो । बरुणले उक्त चलचित्रको छायांकन पनि गरेका थिए […]

सलमानको ‘भारत’ : कस्तो छ कथा ?

केही सैद्धान्तिक र व्यवहारिक विवादबीच नेपाली सिनेमाघरमा हिन्दी चलचित्र ‘भारत’ प्रदर्शन भएको छ । सलमान खानले ईदको मौका छोपेर आफ्नो चलचित्र सार्वजनिक गर्छन्, त्यसैको सिलसिला जारी छ यसपटक पनि । सलमान खानका प्रसंशकका लागि यो प्रतिक्षित चलचित्र हो । पछिल्लो अवस्था चाहि के छ भने, बलिउडका प्रतिक्षित चलचित्रहरु एकपछि अर्को गोलखाडी गइरहेको छ । मिस्टर […]

अक्षयले रोहितलाई किन लखेटे ?

बलिउड चलचित्र ‘सुर्यवंशी’को धमाधम छायांकन भइरहेको छ । रोहित सेट्ठीको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अक्षय कुमारले मुख्य भूमिका निर्वाह गरिरहेका छन् । चलचित्रमा अक्षय कुमार प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । अक्षयको जोडी भएर नायिका कट्रिना कैफले काम गरिरहेकी छिन् । यस्तैमा, सुटिङ सेटबाट एक तस्विर बाहिरिएको छ । जुन तस्विरले निकै चर्चा पाइरहेको छ […]

मौनीको लुक्समा किन हुँदैछ ट्रोल ?

बलिउड नायिका तथा टेलिभिजनकी चर्चित कलाकार मौनी रोयको सुन्दरताको बिषयमा भनिराख्न पर्दैन । उनी, चलचित्र र टेलिभिजन दुबैमा आफ्नो अभिनय र सुन्दरताका कारण चर्चामा छिन् । तर, यतिबेला भने उनै मौनी रोयको लुक्समाथि ट्रोल सुरु भएको छ । हालै मात्र एक कार्यक्रममा पुगेकी मौनीको तस्वीर सार्वजनिक भएसँगै उनको लुक्समा ट्रोल सुरु भएको छ । कालो […]