Comments Add Comment
No ads found for this position

विजनेश-फिचर

List Grid
राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

१ असार, काठमाडौं । बेरोजगारी घटाउने भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका थरीथरीका झाँकी देशभरका स्थानीय तहमा देखिएका छन् । काठमाडौं महानगरपालिकाले पनि आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमको ‘रिहर्सल’ गरेको छ । स्थलगत अवलोकनका क्रममा हामी आइतबार वडा नम्बर ५ स्थित गहनापोखरी पुग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्रूप दृश्य देखियो । बेरोजगारी हटाउने […]

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

१ असार, काठमाडौं । संघीय सरकारले जेठ १५ मा सार्वजनिक गरेको बजेटमा संघीय सांसदहरुलाई विकास निर्माणमा प्रत्यक्ष सहभागी गराउने भन्दै प्रतिसांसद ६ करोड रुपैयाँका दरले बजेट विनियोजन ग¥यो । संघीय सरकारको यो ‘ट्रेन्ड’ लाई प्रदेश सरकारले पनि पछ्याएका छन् । तीन तहका सरकार भएका बेला सांसदलाई बजेट बाँड्नु उपयुक्त नहुने भन्दै संघीय सांसदहरुले विरोध गरिरहेका […]

सात प्रदेशको बजेट : सातथरी नारा, दशथरी वितरण

१ असार, काठमाडौं । सातवटै प्रदेशले आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशहरुको कूल बजेट २०.३३ प्रतिशतले बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार असार १ गतेभित्र सबै प्रदेशले बजेट ल्याउनुपर्ने बाध्यता छ । आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशको कूल […]

त्रिभुवन विमानस्थल २४ घण्टा नै सञ्चालनको लागि योग्य बन्दै

३२ जेठ,  काठमाडौं । त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नति (रिह्याबिलिटेसन) को काम अन्तिम चरणमा पुगेको छ । अबको दुई हप्तासम्म मुख्य रन-वे क्षेत्रको  काम सक्ने गरी धामाधम रन-वेको माथिल्लो भागमा कालोपत्रे गर्ने काम भइरहेको छ । वषर्ाले प्रभावित नगर जुन ३०सम्म रन-वेको स्तरोन्नतिको पूर्व कार्यतालिका बमोजिम काम सकिने नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता […]

नेपाल र यूएईबीच श्रम समझदारी, सबै खर्च रोजगारदाताले व्यहोर्ने

३१ जेठ, काठमाडौं । नेपाल र यूएईबीच पुनः श्रम समझदारी भएको छ । कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी समझदारी भएको हो । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक बिशेष कार्यक्रमका बिच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल […]

प्रधानमन्त्री नै लाग्दा पनि घटेन बैंकको ब्याजदर

२९ जेठ, काठमाडौं । बैंकको ब्याजदर आकासिएको भन्दै केही महिनाअघि उद्योगी-व्यवसायीहरु सडकमै उत्रिए । सम्भवतः नेपालमा उद्योगी-व्यवसायी बैंकको ब्याजदरको विषयलाई लिएर सडकमा उत्रिएको त्यो नै पहिलो पटक हो । बैंकको ब्याजदरकै कारण उद्योगको उत्पादनको लागत बढेको भन्दै व्यवसायीहरुले सडक तताएका थिए । ब्यवसायीहरुको गर्जन बैंक तथा वित्तीय संस्थाहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकका गभर्नर डा. […]

‘धाउँदा–धाउँदै थाकेँ, बैंकले शैक्षिक कर्जा दिएन’

२९ जेठ, काठमाडौं । सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको कार्यक्रम एक वर्षमै फ्लप भएको छ । यो कार्यक्रम अन्तरगत ऋण माग्न युवाहरु नआएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । तर, अनलाइनखबरमा मंगलबार शैक्षिक कर्जा असफलताउन्मुख रहेको समाचार प्रकाशित भएपछि सप्तरीका एक युवा सम्पर्कमा आए । उनले आफूले सबै प्रक्रिया र दस्तावेज पूरा […]

नागढुंगा सुरुङमार्गको जिम्मा बीपी राजमार्ग बनाएको जापानी कम्पनीलाई

२९ जेठ, काडमाडाैं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ । ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा सकस परेको थियो । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको […]

३ वर्ष ढिलाइ हुँदा तामाकोशीको लागत २६ अर्ब बढ्यो, पुसभित्र सकिएला ?

२८ जेठ, काठमाडौं । २०६५ सालमा निर्माण थाल्दा बहुप्रतिक्षित जलविद्युत आयोजना माथिल्लो तामाकोशीको लागत निर्माण अवधिको ब्याजसहित ४७ अर्ब ५० करोड अनुमान गरिएको थियो । तर, पछिल्लो समयमा अनुमानित लागत आकाशिएर ७३ अर्ब ६८ करोड पुगेको छ । हालसम्मको प्रक्षेपण अनुसार आयोजना सकिदासम्म २५ अर्ब ८९ करोड  थप लागत लाग्ने देखिएको छ । ४५६ मेगावाट […]

शैक्षिक कर्जाको कार्यक्रम फ्लप !

२८ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिन सकिने लोकप्रिय कार्यक्रम समावेश गरेको थियो । तर, यो कार्यक्रम एक वर्षभित्रै असफलताउन्मुख देखिएको छ । शिक्षित युवा स्वरोजगार कर्जा प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्म उपलब्ध गराइन्छ । ‘क’ वर्गका विभिन्न वाणिज्य बैंकहरुले यस्तो कर्जा दिन्छन् । तर, नेपाल राष्ट्र बैंकका […]

नेपालमा एसियाली पूर्वाधार लगानी बैंकको पहिलो लगानी माथिल्लो त्रिशुली-१ मा

२७ जेठ, काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ आयोजनामा एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले पनि लगानी गर्ने भएको छ । चीनको नेतृत्वमा बनेको उक्त बैंको नेपाली ठूला परियोजनामा यो पहिलो लगानी हुनेछ । बैंकले माथिल्लो त्रिशुली-१ का लागि ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब लगानी स्वीकृत गरेको हो । नेपाल बिद्युत प्राधिकरणले बनाउन लागेको […]

लघुवित्तमा मर्जरको लहर, ७५ प्रतिशत विलय हुने दाबी

२७ जेठ, काठमाडौं । दुई वर्ष पहिले बैंकिङ क्षेत्रमा शुरु भएको मर्जर प्रक्रिया अहिले फेरि चर्चामा छ । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको अस्त्र प्रयोग गर्दै मर्जर नीति लिएको थियो । राष्ट्र बैंकको यो अस्त्रको प्रभाव आगामी वर्षदेखि ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थामा पर्ने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक […]

विदेश पठाउने सरकारी लाइन : कोरियामा के छ ?

२५ जेठ, काठमाडौं । शनिबार र आइतबार ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यीमध्ये १० हजारले मात्रै कोरिया जाने सीमा अटाउन सक्छन् । वर्षैपिच्छे कोरियन भाषा परीक्षामा सामेल हुनेको संख्या बढेको बढ्यै छ । तर, कामदारको कोटा खासै बढेको छैन । यसले प्रतिस्पर्धा कडा बन्दैछ भने युवा असफलताको कारण निराशा पनि झाँगिँदैछ । […]

शनिबार र आइतबार कोरियन भाषा परीक्षा, १० हजार कोटामा ९२ हजार युवाको प्रतिस्पर्धा

२४ जेठ, काठमाडौं । शनिबार रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवा भिड्दैछन् । […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको करोडौं बजेटमा खेलाँची

२४ जेठ, काठमाडौं । गुल्मीको छत्रकोट गाउँपलिकाको एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ । तस्वीरमा ५–६ जना व्यक्तिहरुबीच गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त ‘पिक’ झाडीले ढाकेको सडकको नाली खनिरहेका देखिन्छन् । पछाडि बुट्यानमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम प्रारम्भ’ लेखिएको ब्यानर टाँगिएको छ । यो एउटा प्रतिनिधि तस्वीर मात्र हो । छत्रकोट गाउँपालिकामा जस्तै अन्य स्थानीय तहमा […]

अष्ट्रेलियाबाट नेपालमा किन आयो विशेष विमान ?

२३ जेठ, काठमाडौं । एक साताअघि त्रिभुवन विमानस्थलमा ओर्लिएको एउटा विशेष जहाज अष्ट्रलियाबाट आइपुगेको हो । विभिन्न प्रकारका उपकरणजडित यो जहाज त्रिभुवन विमानस्थलबाट मौसम सफा भएको मौका छोपेर हरेक दिन पोखरातिर उड्छ । कास्की र त्योभन्दा उत्तरतर्फको आकाशमा उड्छ र आफ्नो काम सकेर बास बस्न जहाज पुनः काठमाडौंमै आइपुग्छ । यो जहाज अष्ट्रेलियाबाट किन नेपाल […]

अर्थमन्त्रीका ७ स्पष्टिकरण : बजेट संघीयताविरोधी छैन

२३ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको प्रतिनिधिसभामा सैद्धान्तिक छलफल बुधबार सकिएको छ । सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. युवराज खतिवडाले दिए । बजेट छलफलका क्रममा सांसदहरुले बजेट अल्मलिएको, प्राथमिकता निर्धारण गर्न नसकेको, संघीयता विरोधी भएको, चालु खर्च अत्यधिक भएको लगायतका आरोप लगाएका थिए । बुधबार जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले ती […]

मुख्य सचिवको तलब मन्त्रीको भन्दा धेरै !

२३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत तलब वृद्धि गरिएपछि सरकारी कर्मचारीमा खुशीयाली छाएको छ । अर्थमन्त्री खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै राजपत्रांकितको १८ प्रतिशत र राजपत्र अनंकितको २० प्रतिशतले तलब बढाएका थिए । कर्मचारीको तलव वृद्धिसँगै सर्वत्र चर्चा भयो कि उच्चपदस्थ पदाधिकारी र समस्त जनप्रतिनिधिको तलव पनि स्वतः बढ्छ । सञ्चारमाध्यमहरुले […]

टेलिकमलाई २० अर्ब तिर्न पत्र आएपछि कर्मचारी विरोधमा, व्यवस्थापन दबाबमा

२२ जेठ, काठमाडौं । सबैभन्दा बढी आम्दानी गर्ने सरकारी संस्थान नेपाल टेलिकमका कर्मचारीहरु केही दिनदेखि सरकारको विरोधमा उत्रेका छन् । विरोधको कारण हो, मोबाइल सेवाको लाइसेन्सबापत तिनुपर्ने २० अर्ब रुपैयाँ दस्तुर । केही महिनादेखि यो रकम तिर्नुपर्ने/नपर्ने अन्योल थियो । नेपाल दूसञ्चार प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरेर २० अर्ब रुपैयाँ नवीकरण शुल्क तिर्न लेखेरै पठाएपछि […]

आईएनजीओले एक वर्षमा खर्चिँदैछन् २५ अर्ब

२३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ मा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत करिब २५ अर्ब रुपैयाँ बराबरका कार्यक्रम नेपालमा सञ्चालन हुने भएका छन् । अर्थ मन्त्रालयको तथ्यांकअनुसार यस आवमा १ सय ३७ वटा कार्यक्रमका लागि स्वीकृति दिइएको छ । नेपालमा दुई दर्जन मुलुकका गैरसरकारी संस्था विभिन्न कार्यक्रम लिएर गाउँदेखि शहरसम्म सक्रिय छन् । आईएनजीओले नेपाल […]

सरकारीको तलव बढ्दा निजी क्षेत्रमा दबाव

२१ जेठ, काठमाडौं । नयाँ बजेटले निजामती कर्मचारीको तलब बढाएपछि निजी क्षेत्रको के होला भन्ने चासो बढेको छ । तर, उद्यमीहरु तलब बढाउन सक्ने अवस्थामा नरहेको बताउँछन् । आर्थिक वर्ष ०७६/७७ को बजेटले सरकारी कर्मचारीको तलबमा १८ देखि २० प्रतिशत वृद्धि गरेको छ । यससँगै सबैभन्दा तल्लो तहमा काम गर्नेले पनि मासिक २२ हजार ८ […]