Comments Add Comment
No ads found for this position

विजनेश-फिचर

List Grid
भ्याटले ढुवानी मूल्य बढाउने चेतावनी

२१ जेठ, काठमाडौं । सरकारले उद्योग प्रतिष्ठानका लागि डिजेलमा दिने मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको सुविधा हटाएको छ भने ढुवानीमा भ्याट लगाउने निर्णय गरेको छ । यसले ढुवानी मूल्य बढाउने भन्दै उद्योगी व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् । ‘ढुवानीमा पनि भ्याट लाग्ने भएपछि उत्पादन बजारमा लैजान लागत बढ्ने भएको छ,’ उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति […]

भृकुटीमण्डपमा ब्रह्मलुट !

२१ जेठ, काठमाडौं । राजधानी काठमाडौंको केन्द्रमा अवस्थित भृकुटीमण्डपको प्रवेशद्वारकै दायाँतर्फ एउटा शौचालय छ । उपत्यकाको थोरै अशक्तमैत्री शौचालयमध्ये यो एक हो । केपी बिल्डर्स प्रालिको नामबाट तीर्थबहादुर राईले यो शौचालय सञ्चालन गर्ने जिम्मा लिएको डेढ बर्ष भयो । समाज कल्याण परिषदले आह्वान गरेको बोलपत्रबाट छानिएर राईले ५ वर्षका लागि यो ठेक्का पाएका हुन् । […]

वाइडबडी खरिदमा सन्तुष्ट छु : सुगतरत्न कंसाकार

२१ जेठ, काठमाडौं । नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिद प्रकरणलाई लिएर विवादित बन्दै आएका छन् । विमान खरिदमा अनियमितता भएको आरोप एकातर्फ लागिरहेको छ । अर्कोतिर कंसाकारको पहलमा खरिद गरिएका जहाजले नेपाल एयरलाइन्सलाई ‘अजम्बरी बुटी’ को काम गरेको तर्कसमेत गर्न थालिएको छ । कंसाकारले निगमका लागि कति काम गरे, कति अनियमितता या […]

अस्ताए स्वच्छ व्यवसायको ‘पायोनियर’

१७ जेठ, काठमाडौं । उद्योगी व्यवसायीहरु कारोबार लकाउँछन्,  कर छल्छन् र सकेसम्म राज्यलाई ढाँट्छन् भन्ने आम मान्यता बनेको छ । कतिपय घटना र परिवेशहरुले त्यसमा बल थप्छन् । तर, सबै व्यवसायी एकैखालका हुन्नन् भन्ने बलियो सन्देश दिने व्यवसायी थिए, प्रभाकर राणा । उद्योग व्यवसायको क्षेत्रमा स्वच्छ व्यवसायको ‘पायोनियर’ मानिएका उनको बिहीबार निधन भएको छ । […]

कार्डबाट खरिद गर्दा अब १ लाखको सामानमा १३०० फिर्ता

१७ जेठ, काठमाडौं । हरेक मानिस दैनिकजसो सानोठूलो किनमेल गरिरहकै हुन्छन् । अहिले कसैको कल्पनामा पनि छैन कि किनमेलमा खर्चिएको रकमको कुनै अंश फर्किएर आउँछ । तर, आगामी साउनपछि सरकारले किनमेलमा उपभोक्ताले खर्चिएको रकमको निश्चित प्रतिशत फिर्ता हुने व्यवस्था गर्दैछ । यसमा एउटा शर्त छ, उपभोक्ताले पसलमा रकमबाट हैन, कार्ड वा विद्युतीय माध्यमबाट रकम भुक्तानी […]

निजामती बाहिरबाट आयोजना प्रमुख : सुधारको चेष्टा कि आफ्ना मान्छे भर्ती गर्ने दाउ ?

१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष (आ.व) को बजेटमार्फत सरकारले निजामती सेवा बाहिरबाट समेत आयोजना प्रमुख नियुक्त गर्न सकिने नयाँ अवधारणा ल्यायो । यसलाई लिएर सरोकारवाला निकायदेखि सर्वसाधारणको तहसम्म विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । सरकारले प्रतिस्पर्धाका आधारमा छनोट गरी आयोजना अवधिभरका लागि यस्तो नियुक्ति गर्ने बजेटमै भनेको छ । अधिकांश आयोजनाहरु समयमा […]

विदेशबाट ९४ रुपैयाँको आयात गर्दा ६ रुपैयाँको मात्रै निर्यात !

११ वैशाख, काठमाडौं । नेपालमा वैदेशिक व्यापारमा आयातको हिस्सा खुम्चिने र निर्यातको हिस्सा घट्ने क्रम यो वर्ष पनि तीव्र दरमा उकालो लागेको छ । सरकारको ब्यापार घाटाको वृद्धिदर र वैदेशिक ब्यापारको असन्तुलन घटाउने सरकारी रणनीति चालु आर्थिक वर्षमा पनि असफल भएको छ । चालु आव २०७५/७६ को पहिलो १० महिनाको आँकडाले ब्यापार घाटाको अवस्था झन् […]

अढाई वर्षमै प्राधिकरणले थप्यो ११ लाख ग्राहक

११ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा नै ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ । प्राधिरकणले पछिल्लो समयमा आक्रामक रुपमा ग्राहकको संख्या बढाइरहेको छ । ३ वर्षअघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर वितरण गर्ने गरेको थियो । कुलमान घिसिङ  प्राधिकरणको नेतृत्वमा आएपछि मिटर माग्नेहरुले पनि तुरुन्तै नपाउने अवस्था अब हटेको छ […]

बजेटमा ‘रातो मसी’ पोतिने डर !

१० जेठ, काठमाडौं । गत बैशाख ३१ गते नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसदमा अर्थमन्त्रीलाई भनेका थिए, ‘सरकारले भनेजस्तो एकैसाथ सामाजिक न्याय र उच्चतम् वृद्धिदर हात पार्ने कुरामा अन्तरविरोध छ । तपाई“ कि उच्चतम् आर्थिक वृद्धिदरतिर लाग्नुस्, कि त सामाजिक न्यायतिर लाग्नुस् ।’ बजेटको प्राथमिकता र सिद्धान्तमाथि टिप्पणी गर्ने क्रममा गिरीले यसो भन्दै गर्दा अर्थमन्त्रीले […]

रेमिट्यान्सको उतारचढाव : आकार बढ्यो वृद्धिदर घट्यो

१० जेठ, काठमाडौं । देशको प्रमुख आयस्रोतका रुपमा रहेको रेमिट्यान्स चालु आर्थिक वर्ष २०७५/७६ मा २० प्रतिशतले बढेको देखिएको छ । तर, यसमा खुशी हुने कि दुःखी ? अघिल्लो आवको यही अवधिको तुलनामा उच्च वृद्धिदर मानेर खुशी हुन सकिन्छ । तर, ६ महिना अगाडिको वृद्धिदरसँग तुलना गर्दा दुःखी हुनुपर्छ । अघिल्लो आवको साउनदेखि चैतसम्मको अवधिमा […]

विदेश जान सीप अनिवार्य गर्दा किन दुख्यो म्यानपावर व्यवसायीको टाउको ?

९ जेठ, काठमाडौं । सरकारले असार १५ गतेदेखि विभिन्न १२ वटा क्षेत्रका कामदारलाई वैदेशिक रोजगारीमा जान सीप जानेकै हुनुपर्ने नियम लागू गर्न घोषणा गरेको छ । सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नपाइने भएपछि म्यानपावर व्यवसायी यसको विरुद्धमा उभिएका छन् । उनीहरुले सरकारले विना तयारी यस्तो घोषणा गरेको भन्दै तत्कालै यो व्यवस्था […]

बजेटका १२ ‘लोकप्रिय’ कार्यक्रम, जो कागजमै सीमित रहे

८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याउने अन्तिम तयारीमा सरकार छ । सरकार यसपालिको बजेटमा लोकप्रिय कार्यक्रम ल्याएर जनतालाई खुशी पार्ने ध्याउन्नमा देखिन्छ । तर, अघिल्लो आवको बजेटमा सरकारले घोषणा गरेका अधिकांश बाचा अधुरै छन् । आव २०७४/७५ को बजेटमा जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने महत्वपूर्ण कार्यक्रम समेटेको सरकारले धेरै कार्यक्रम […]

सांसदलाई पैसा बाँड्ने विकासे मोडेल ठीक कि बेठीक ?

३ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ सञ्चालन गर्ने उल्लेख गरेको थियो । यस अघि ‘संसद विकास कोष’का नाममा बजेट विनियोजन गर्ने गरिएको थियो । नाम फरक भए पनि काम भने एउटै हो- सांसदहरुमार्फत बजेट परिचालन । स्थानीय तहमा आवश्यक पूर्वाधार विकास गर्न संघ, प्रदेश र स्थानीय तहका […]

बर्ड फ्लूले हल्लायो एक खर्बको पोल्ट्री व्यवसाय

३१ वैशाख, काठमाडौं । धुनिबेशी नगरपालिका-५ धादिङकी गंगादेवी सिग्देलले १८ वर्षदेखि कुखुरा पालन गर्दै आएकी छिन् । १८ वर्ष पहिले परिवारमा आइपरेको बज्रपातले उनलाई यो पेशामा धकेलेको थियो । काठ चिर्ने मिलको आरो भाँच्चिएर गंगादेवीका श्रीमानको टाउको चिरियो । सम्भव भएसम्मको सबै उपचार गर्दा पनि श्रीमान् ठीक भएनन् । पूर्णरुपमा प्यारालाइसिस भएका उनी त्यतिबेलादेखि ओछ्यानमै […]

प्रतिवेदनले देखायो कलंकी-नागढुंगा सडकको डीपीआरमा त्रुटि नै त्रुटि

३० वैशाख, काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक-खण्ड विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा त्रुटि नै त्रुटि भेटिएको छ । आयोजना सुरु गर्दा नै सरकारीस्तरबाट ठेक्का लगायतमा गम्भीर लापरवाही भएकोसमेत एक अध्ययनले देखाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अध्ययनले यो सडक खण्डमा सरकारी तथा ठेकदारको तर्फबाट भएका गल्ति-कमजोरी बाहिर ल्याएको हो । कार्यालयको २०७५ सालको […]

उग्र महत्वाकांक्षाले सेटब्याक : राजस्व असुली २१ प्रतिशत बढ्दा पनि लक्ष्य टाढै

२४ वैशाख, काठमाडौं । सरकारले गत चैत मसान्तसम्म ५ खर्ब ८८ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.४४ प्रतिशतले बढी हो । तर, यसबाट अर्थमन्त्रीले स्याबासी पाउने छैनन् किनकि उनी आफैंले निर्धारण गरेको लक्ष्यभन्दा यो अझै निकै टाढा छ । महत्वाकांक्षी लक्ष्य निर्धारण गर्नाले राजस्व संकलन संन्तोषजनक […]

‘सडकमै विमान ओराल्ने’ कार्यक्रम सुनेर विज्ञ चकित !

२४ वैशाख, काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा एउटा रोचक योजना अघि सारेको छ । त्यो योजना हो– राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपतकालीन विमान उडान र अवतरण गर्न सक्ने धावनमार्गका रूपमा विस्तार गर्ने । नीति तथा कार्यक्रममा यो विषय आउँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्चअधिकारीहरु नै अचम्ममा परेका छन् । उड्डयन क्षेत्रको […]

दुई तिहाईको सरकार पनि बजेट कार्यान्वयनमा ‘फेल’

२३ वैशाख, काठमाडौं । चालू आर्थिक वर्ष २०७५/७६ सकिन ७० दिन बाँकी रहँदा सरकारी निकायहरु डेढ खर्ब रुपैयाँ विकास बजेट सक्नुपर्ने दबाबमा छन् । काम गर्नुपर्ने बेलामा उँघेर बस्ने अनि समय घर्केपछि नाटकीय रुपमा बजेट खर्च गर्ने परिपाटी खासगरी सरकारका विकासे अड्डाहरुले बसालेका छन् । दुई तिहाई बहुमतको सरकारले यस्तो पारा नमान्ने अपेक्षा थियो, जुन […]

अब कता जाला सेयर बजार ? लगानीकर्ता र विश्लेषक यसो भन्छन्

२२ वैशाख, काठमाडौं । लामो समयदेखि ओरालो झरिरहेको नेपालको सेयर बजार नयाँ वर्ष लागेसँगै अप्रत्याशितरुपमा रंगीन बन्यो । तीन हप्ताको अवधिमा दुई सय अंकको उछाल आएपछि लगानीकर्ताहरु पुनः जुर्मुराउन थालेका छन् । तर, यो उछाल कति दिगो होला त ? सबैको चासो यसैमा छ । तीन हप्ता उकालो चढेको बजार मंगलबारबाट फेरि खस्किन थाल्यो । […]

आफ्नो क्षेत्रमा बजेट पार्न प्रधानमन्त्रीले थमाए ६८ योजना

१९ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विभागीय मन्त्रीहरुलाई आफ्नो चुनाव क्षेत्रका ६८ योजनाको सूची थमाएका छन् । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका आयोजनाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नै पठाइएको हो । प्रधानमन्त्री कार्यालयका सहसचिव विनोदबहादुर कुँवरले हस्ताक्षर गरेर योजना आयोगमा पत्राचार गरेका छन् । यसको […]

खुलामञ्चको रोग हेटौंडा सर्‍यो, हुप्रचौरमा सटर हालिँदै

१८ वैशाख, काठमाडौं । काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित मेयर हरिबोल महतकै नेतृत्वमा बनेको हो । खुला चौरको सडकतर्फको भागमा सटरसहितको […]