Comments Add Comment
No ads found for this position

विजनेश-फिचर

List Grid
मागका पुलिन्दा बोकेर मन्त्रालय चाहार्दै सांसद्

१८ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सचिवालयमा मंगलबार मध्याह्न भीडभाड थियो । काँधमा झोला भिरेका नेकपा सांसद् प्रेम आले हातमा एउटा फाइल बोकेर केही व्यक्तिहरुसँग गफिँदै थिए । सांसद् आले मन्त्री महासेठको पर्खाइमा रहेछन् । मन्त्री कार्यकक्षभित्र पस्नासाथ उनी जर्‍याकजुरुक उठे । ‘मभित्र जान्छु है, ५ मिनेट पनि लाग्दैन,’ सांसद […]

नेकपा र कांग्रेस दुबैले तिरेनन् भृकुटीमण्डपको भाडा

१७ वैशाख, काठमाडौं । ठूला राजनीतिक दलदेखि विभिन्न संघ-संगठनले भृकुटीमण्डप परिसर प्रयोग गर्दाको भाडा नतिरेको पाइएको छ । बक्यौता साढे चार करोड पुगेपछि परिषदले पैसा नतिर्नेहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको छ । स्रोतका अनुसार परिषद्को हातामा कार्यक्रम गरेर भाडा नतिर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपा नेपालदेखि कांग्रेसको भातृ […]

फनपार्कलाई भृकुटीमण्डप छोड्न परिषदको पत्र

१६ वैशाख, काठमाडौं । समाज कल्याण परिषदले काठमाडौं फनपार्क र टुकुचा तरकारी बजारसँगको जग्गा भाडा सम्झौता एकतर्फी रुपमा खारेज गरेको छ । प्रदर्शनीमार्गमा रहेको आफ्नो साढे ८३ रोपनी जग्गाको भाडा करार सम्झौता खारेज गरिएको परिषदका प्रवक्ता शिवकुमार बस्नेतले जानकारी दिए । समाज कल्याण परिषदको स्वामित्वमा रहेको सो जग्गा काठमाडौं फनपार्क प्रा.लि. ल्यामपुचः र हरितकृषि सहकारीले […]

चिनियाँ रेलले सामान र यात्रु मात्रै बोक्छ कि ऋण पनि ?

१६ वैशाख, काठमाडौं । बेइजिङमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्मेलन चलिरहँदा चीनसँगको रेलमार्गको चर्चा फेरि चुलिएको छ । बीआरआईमा नेपाल र चीनलाई जोड्ने केरुङ–काठमाडौं रेलमार्ग परियोजनामा पनि सूचीकृत भएको छ । तर, यो परियोजना कहिलेसम्म कसरी र कुन लगानी मोडालिटीमा निर्माण हुन्छ भन्ने अन्योल भने कायमै छ । हालसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा […]

फुटपाथबाट उठ्न खोज्दा खुलामञ्चमा पछारिए नेत्रबहादुर

आइतबार मध्यान्न १२ बजे खुलामञ्च पुग्दा त्यहाँ आँधिपछिको सन्नाटा जस्तो माहोल थियो । एक दिन अगाडिको डोजरले भत्काएका टहराहरु लठिभद्र अवस्थामा थिए । वीर अस्पताल पूर्वबाट खुल्लामञ्च छिरेर भत्काइएका टहरा नियाल्दै अगाडि बढ्दा भेटिए नेत्रबहादुर खत्री । पहेँले रङ्गको केही पुरानो जस्तो देखिने टिसर्ट र खुट्टामा चप्पल लगाएका उनी पसिनाले निथ्रुक भिजेका थिए । उनी […]

काठमाडौं महानगरको विकास बजेट ब्याजमा लगानी !

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासका लागि खर्च गर्नुपर्ने रकम ब्याजका लागि मुद्दती निक्षेपमा राखेको छ । आन्तरिक स्रोतबाट प्राप्त एक अर्ब बढी रकम महानगरपालिकाले एक निजी बैंकको मुद्दत्ति निक्षेपमा राखेको हो । महानगरपालिकाले ब्याज खाने नियतका साथ ९.५ प्रतिशत ब्याजदरमा नबिल बैंकमा मुद्दत्ति खातामा राजश्व राखेको हो । महानगरपालिका स्रोतका अनुसार यसरी राखिएको […]

मेलम्चीको ठेकेदार सीएमसी कर नतिरी भागेको खुलासा

१५ वैशाख, काठमाडौं । इटालियन कम्पनी सीएमसी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) आफूले तिर्नुपर्ने कर पनि नतिरी भागेको खुलेको छ । मेलम्ची आयोजना बीचैमा छाडेको इटालियन कम्पनीले ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरेको हो । ठूला करदाता कार्यालयले सीएमसीलाई कर तिर्न आउन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको कार्यालयका प्रमुख धनिराम […]

त्रिभुवन विमानस्थलमा यसरी हुन्छ रातभर काम, विहानसम्म तमाम

११ वैशाख, काठमाडौं । रन-वेमा निर्माणको कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक रातमा १० घण्टा बन्द हुन्छ । विमानस्थल विहान नै सुरुचारु भइसकेको हुन्छ । बेलुका १० बजेबाट विहान ८ बजेसम्म विमानस्थलमा त्यस्तो के काम गरिन्छ ? धेरैको यसमा चासो छ । हाल त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नतिको काम गरिँदैछ । यसका लागि बेलुकी १० बजे […]

प्राधिकरणले भन्यो- ‘संघीयता कार्यान्वयन’ले पुनर्निर्माणमा असर पार्‍यो

१० वैशाख, काठमाडौं । ०७२ सालको भूकम्पका कारण क्षति भएका भौतिक पूर्वाधारको पुनर्निर्माण गर्न गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयावधि सकिन अब २ वर्ष पनि छैन । ५ पुस ०७२ मा पुनर्निर्माण सम्बन्धी ऐन जारी भएर ५ वर्षका लागि गठन भएको प्राधिकरणले १२ पुसमा औपचारिक रुपमा काम सुरु गरेको थियो । प्राधिकरणले काम सुरु गरेको वैशाख […]

इटहरीले कति मान्छे थाम्न सक्ला ?

१० वैशाख, इटहरी । प्रदेश १ को केन्द्रभागमा अवस्थित उदीयमान इटहरी शहर बसाइँसराइको चापका कारण बेलुन जसरी फुलिरहेको छ । यही गतिमा जनसंख्या वृद्धि हुँदै गयो भने इटहरीले कति मान्छे थेग्न सक्ला ? यसको हिसाव-किताब अहिलेसम्म कसैले गरेको छैन । जनसंख्या वृद्धिले भविश्यमा पार्ने प्रभावबारे अगि्रम विश्लेषण नभए पनि घरधुरीको नयाँ विवरणचाहिँ इटहरी उपमहानगरपालिकाले संकलन […]

प्रतीक्षामा ‘गेम चेन्जर’ माथिल्लो तामाकोसी

९ वैशाख, दोलखा । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनको प्रगति विवरण सुनेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मुखबाट फ्याट्ट निस्कियो, ‘अर्को वर्ष भारतलाई विजुली बेच्छौं ।’ झट्ट सुन्दा यो पत्यार नलाग्न सक्छ किनकी १८ घन्टे लोडसेडिङबाट छुटकारा पाएको धेरै भएको छैन । अझै कतिपय मानिस ‘भारतबाट विद्युत आयात गरेर लोडसेडिङ नभएको […]

चक्रपथको ‘डेडिकेटेड लेन’मा ठूला विद्युतीय बस चलाउन ४ वटा लगानी प्रस्ताव

८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा बस र्‍यापिड ट्रान्जिट (बीआरटी) निर्माण र सञ्चालनका लागि चार लगानी प्रस्ताव आएको छ ।  चक्रपथको २७ दशमलब ३ किमीमा बीआरटी निर्माण र सञ्चालन गर्न चार विकासकर्ताले इच्छा देखाएको लगानी बोर्डले जनाएको छ । गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा बोर्डले १४९.५० मिलियन अमेरिकी डलर (१६ […]

कालीगण्डकी डाइभर्सन : शीर छेदन होस् तर, डाइभर्सन हुँदैन !

८ वैशाख, पोखरा । ‘भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ एक वर्ष अगाडि नै ब्रेक थ्रू’ को खबरले धेरैलाई आश जगाएको छ । विकासका कामले गति लिन नसकिरहेका बेला भेरी बबईमा पाएको सफलताले सरकारलाई पनि राहत नै दिएको छ । तर, भेरी बबईको ब्रेक थ्रूको खबरले कालीगण्डकी आसपासका बासिन्दाको मनमा भने भय र चिन्ताले सतायो […]

फुटपाथमा सवारी, अण्डरग्राउण्ड पार्किङमा व्यापार !

६ वैशाख, चितवन । नारायणगढ झर्ने ओरालोको दायाँतर्फ भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत आचार्यको घर छ । उनको घरको माथिल्लो तलामा सिटिजन बैंक र तल्लो तलामा महिन्द्राको शो रुम छ । अण्डरग्राउण्ड पार्किङका लागि बनाएको ठाँउमा महिन्द्राकै मर्मत केन्द्र चलेको छ । पार्किङ भने सडकमा बनाएको देखिन्छ । नारायणगढका अधिकांश ठूला भवनहरुका अण्डरग्राउण्ड पार्किङमा सटर […]

सिंहदरबारभित्रै यस्तो बन्दैछ आधुनिक संसद भवन

३ वैशाख, काठमाडौं । लामो समयदेखि भाडाको भवनमा बस्दै आएको संसद बैठक अब भने सिंहदरबारभित्रै बन्ने भएको छ । यस सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडा तिरेर बस्दै आएको छ । सहरी विकास मन्त्रालयले सिंहदरबारभित्रै अत्याधुनिक सुविधासम्पन्न संसद भवन बनाउनका लागि डिजाइनसमेत तयार पारिसकेको छ […]

हात्ती पाल्दा मासिक १ लाख आम्दानी !

५ वैशाख, चितवन । तपाई हामीले गाई, बाख्रा वा भैंसी पालेर आम्दानी गर्ने गरिएको त सुनेकै हौं । तर, हात्ती पालेर मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ भन्ने सुन्दाखेरि धेरैलाई अनौठो लाग्न सक्छ । हात्ती पालेर मासिकरुपमा आम्दानी गर्न सकिन्छ भनेर मान्ने हो भने अर्को प्रश्न उब्जन्छः एउटा हात्ती खरिद गर्दा कति […]

चितवनको चिन्ता : सौराहामा किन टिक्दैनन् पर्यटक ?

५ वैशाख, चितवन । सौराहा, चितवनको मात्र हैन, नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । यो गन्तव्यसम्मको यात्रा उति कष्टकर छैन, देशको मध्यभागमा पूर्वपश्चिम राजमार्गको समीपमै रहेको यो पर्यटकीयस्थल भरतपुर विमानस्थलबाट ४५ मिनेटको दूरीमा छ । सौराहालाई सहज यातायात पहुँचको कुनै समस्या छैन, तर यही सजिलो पक्षकै कारण सौराहामा पर्यटकहरु धेरै समय नअडिने समस्या भने व्याप्त […]

यस्तो छ ४ अर्ब खर्चिएर नक्सालमा खुलेको पाँचतारे होटल ‘म्यारियट’

२ वैशाख, काठमाडौं । काठमाडौंमा दुई दशकपछि पाँचतारे होटल खुलेको छ । अमेरिकी चेन ब्रान्ड म्यारियट नेपालमा पनि खुलेको हो । एमसएस ग्रुपको लगानीका खुलेको यो होटल निकै अत्याधुनिक छ । नयाँ वर्षबाट सफट लञ्च भएको होटलको केही हप्ताभित्रै प्रधानमन्त्रीबाटै उद्घाटन गर्ने योजना छ । पाँचतारे होटलमा आवश्यक सबै सेवा सुविधासहित खुलेको होटलले काठमाडौंको मध्यभागबाटै […]

एक वर्षमा किनियो ७ अर्बको सरकारी सवारी, नारायणहिटीमा ‘बुलेटप्रुफ’ कार अलपत्र

३० चैत, काठमाडौं । सरकारले नयाँ मात्रै किन्नेतर्फ ध्यान दिँदा नारायणहहिटी दरबार संग्राहलयमा ६ भीभीआईपी बुलेट प्रुफ कार अलपत्र परका छन् । पूर्व राजपरिवारका सदस्यले प्रयोग गरेका सामान्य सर्भिसिङ गरी ब्याट्री परिवर्तन, इन्जिन मर्मत गरी सञ्चालन हुन सक्ने अवस्था रहेका कार कवाडमा फाल्न राखिएको छ । ४ कार नेपाली सेना र एउटा उप राष्ट्रिपति कार्यालयलाई […]

प्रतिस्पर्धाबिनै २ अर्बको खरिद, असारमा मात्र १९ अर्बको ठेक्का

२९ चैत, काठमाडौं । आर्थिक वर्षको अन्त्यमा विकासका काम तीव्र पार्दै हिलोमा बजेट बगाउने परिपाटी नेपालमा पुरानै हो । गत आर्थिक वष २०७४/७५मा पनि आर्थिक वर्षको अत्त्यमा पुगेर मात्रै समस्याले नछाडेको पुष्टि भएको छ । गत वर्ष ५० अर्ब ६८ करोड ८२ लाखको १ हजार ७९५ ठेक्का दोस्रो र तेस्रो चौमासिकमा बन्दोबस्त गरेको पाएइको महालेखाको […]

संघीय ऐन विपरित सम्पत्ति कर उठाउँदै ललितपुर महानगर 

२८ चैत, काठमाडौं । ललितपुर महानगरपालिकाले संघीय ऐन विपरित सम्पत्ति कर उठाउन थालेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित महानगरले अपार्टमेन्टहरुको कर उठाउन थालेको हो । प्रदेश तथा स्थानीय तहले कानून बनाउँदा संघीय सरकारले बनाएको कानूनसँग बाझिने गरी बनाउन नमिल्ने व्यवस्था हुँदा हुँदै ललितपुरले संघीय ऐन विपरित कर उठाउने गरेको व्यवसायीले आरोप लगाएका […]