Comments Add Comment
No ads found for this position

बिजनेस प्रमुख

List Grid
केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउनेबारे चीनमा छलफल हुँदै

२ असार, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)बारे छलफल गर्न नेपाली टोली चीन गएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली चीन गएको हो । चीनमा चौंथो नेपाल चाइना […]

प्रदेश १ पनि बजेट खर्च गर्न असफल, ११ महिनाको खर्च २९ प्रतिशत

१ असार, बिराटनगर । विकास बजेट खर्च गर्न नसक्ने केन्द्र सरकारको रोग प्रदेश सरकारहरुमा पनि देखिएको छ । चालू आर्थिक वर्ष सकिन एक महिना मात्रै रहँदा विकासतर्फ प्रदेश-१ सरकारको प्रगति पटक्कै चित्तबुझ्दो छैन । चालू आवका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जेठसम्ममा जम्मा १० […]

अन्ततः सांसदलाई ६ करोडका दरले पैसा बाँडियो

१५ जेठ, काठमाडौं । सरकारले विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ । सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचनाबिच अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् । बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले […]

बजेट र नीति कार्यक्रम बाझियो !

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको ४० औं बुँदामा भनिएको थियो, ‘अब सरकार सबैसँग सहकार्य गर्दै सबै क्षेत्रमा तीब्र गतिमा उत्कृष्ट उपलब्धीहरु हासिल गर्दै समृद्धिको यात्रामा अघि बढ्नेछ । आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक विकासको वर्ष हुनेछ ।’ सरकारले आगामी आर्थिक वर्षका लागि ‘इतिहासकै तीव्र आर्थिक विकासको […]

सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेट

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ […]

सरकारी कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ?

१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् । सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ । नायव सुब्बासम्म २० र त्यसमाथि १८ प्रतिशत तलब बृद्धिको घोषणा भएको हो । अब सबैभन्दा […]

आय करको सीमा विस्तार, मध्यम वर्गलाई राहत

१५ जेठ, काठमाडौं । सरकारले व्यक्तिगत आय कर लाग्ने सीमा विस्तार गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने समिा थियो । अब त्यो सीमा ४ लाखमा पुगेको छ । यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने आयको सीमा ४ लाख रुपैयाँ बाट ४ लाख ५० हजार पुगेको छ । आय करको करमा […]

बजेटमा आयो ‘बिग मर्जर’को विषय, ठूला बैंक गाभ्न प्रोत्साहन गरिने

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला बैंकहरु एकआपसमा गाभ्ने÷ गाभिने कार्यलाई प्रोत्साहन गरिने बताएका छन् । ठूला बैंकहरुको संख्या घटाउनु पर्ने विषय चर्चामा आइरहेका बेला आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले बिग मर्जरका लागि प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताएका हुन् । यो व्यवस्था बीमा कम्पनीहरुमा पनि लागु हुने अर्थमन्त्री […]

काठमाडौं-तराई फास्ट ट्रयाकलाई १५ अर्ब

१५ जेठ, काठमाडौं । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं-तराई फास्ट ट्रयाकले आर्थिक वर्ष ०७६/०७७ का लागि १५ अर्ब १ करोड रुपैयाँ बजेट पाएको छ । फास्ट ट्रयाकलाई चालु आवमा पनि १५ अर्ब बजेट दिइएको थियो, तर मंगलबारसम्म आयोजनाले ३ अर्ब ८८ करोड रुयैयाँ मात्रै खर्च गर्न सकेको छ । नेपाली सेनाले फाष्ट ट्रयाकको विस्तृत परियोजना […]

सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन पनि राष्ट्रिय गौरवको आयोजना

१५ जेठ, काठमाडौं । सरकारले सुनकोशी मरिन बहुउद्देशीय आयोजनालाई राष्ट्रिय गौरवमा समावेश गरेको छ । यससँगै अब राष्ट्रिय गौरवका आयोजनाको संख्या २२ पुगेको छ । सरकारले आगामी वर्षको बजेटमा यो आयोजनाका लागि २ अर्ब ८ करोड बजेट छुट्याइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को […]

बजेटबारे सर्वसाधारण : कर्मचारीको तलव र वृद्धभत्तामा चासो (भिडियो)

१५ जेठ, काठमाडौं । धादिङ मैदीका चन्द्रदन शाह ७७ वर्षका भए । काठमाडौं शंखमुलका अस्थायी बासिन्दा उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट भाषण गर्ने थाहा छ । बजेटमा उनको एक मात्र चासो हो, वृद्धभत्ता । जेठको गर्मी छल्न बागमती किनाराको बगैंचामा बसिरहेका शाहले बजेटमा बृद्धभत्ता बढाइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे । ‘चुनावमा हामीले […]

ऋण थपेर ल्याइँदैछ वितरणमुखी बजेट

१४ जेठ, काठमाडौं । नेपालको ६८ औं बजेट आउने पूर्व सन्ध्यामा वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई यो वर्ष लोकप्रिय र महत्वकांक्षी बजेट ल्याउनुपर्ने दबाव छ । राजनीतिक नेतृत्वबाट आएको दबावलाई टार्न नसक्ने अवस्थामा पुगेकाले बजेट केही हदसम्म वितरणमुखी हुने निश्चित छ । अर्थमन्त्रीलाई महत्वकांक्षी हुने मात्र होइन, वितरणवादी हुँदै आफ्नै सिद्धान्त मिच्नुपर्ने बाध्यता छ । […]

आर्थिक वृद्धि प्रदेश ५ को बढी, जीडीपीमा प्रदेश ३ अघि

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षमा सात प्रदेशमध्ये प्रदेश ५ को आर्थिक वृद्धि सबैभन्दा बढी हुने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा प्रदेश ५ ले सबैभन्दा धेरै ७.९ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान छ । आर्थिक वृद्धिका हिसाबले गण्डकी प्रदेश दोस्रो स्थानमा छ । उसले यो वर्ष […]

प्राधिकरणले तोड्यो हेटौंडा-भरतपुर प्रसारणलाइनको ठेक्का, ३४ करोड जमानत जफत

१३ जेठ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत  हेटौंडा-भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले केही दिनअघि भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर अर्थात् करिब ३४ करोड रुपैयाँ पनि जफत गरिएको छ । […]

मार्सी चामलको गज्जब ब्रान्डिङ, पसल-पसलमा खोजी

८ साउन, काठमाडौं । केही महिना अघिसम्म मार्सी चामलबारे धरै कमलाई थाहा थियो । राजधानीमा यसको खपत त झन् नगन्य थियो । तर, अहिले मार्सी चामल खोज्दै राजधानीका पसल तथा डिपार्टमेन्टल स्टोर धाउनेहरु ह्वात्तै बढेका छन् । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईलाई प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुवाएपछि शहरमा ‘मार्सी […]

बीमा समितिको अगुवाईमा बीमा तालिम इन्स्टिच्युट सञ्चालन

६ साउन, काठमाडौं । मुलुकमा सञ्चालित बीमा कम्पनीहरु र बीमा कम्पनीको नियमनकारी निकाय बीमा समितिको संयुक्त लगानीमा बीमा तालिम इन्स्टिच्युट सञ्चालनमा आएको छ । आइतबार आयोजित एक समारोहकाबीच समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले इन्स्टिच्युटको उद्घाटन गरे । इन्स्टिच्युटले बीमा सम्बन्धी विभिन्न तालिमहरु दिएर दक्ष कर्मचारी उद्पादन गर्ने बताइएको छ । विगत ५० वर्ष अघिदेखिको योजना स्वरुप […]

नेप्से परिसूचक ५ अंकले घट्दा ५६ करोडको कारोबार

३ साउन, काठमाडौं । साताको अन्तिमदिन बिहीबार सेयर बजार ५ दशमलव २८ अंकले घटेको छ । १ हजार १ सय ९८ दशमलव ७७ को विन्दुबाट शुरु भएको सेयर कारोबार ५ दशमलव २८ अंकले घटेर नेप्से परिसूचक १ हजार १ सय ९३ दशमलव ३९ अंकमा आइपुगेको छ । बुधबार पनि नेप्से परिसूचकमा ५ दशमलव ५४ अंकले […]

चिनियाँ लगानीको माथिल्लो मर्स्याङ्दी-२ निर्माण सुरु नहुँदै विवादमा

२६ असार, काठमाडौं । चिनियाँ लगानीमा बन्न लागेको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत आयोजना निर्माण सुरु नहुँदै विवाद उत्पन्न भएको छ । एउटै नदीमा दुई चिनियाँ लगानीका आयोजनाले बीच विवाद भएको हो । ‘पिकिङ रन अफ दि रिभर’ प्रणलीमा बन्न लागेको यो आयोजनाले असर पर्ने भन्दै माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले विद्युत विकास विभागलाई पत्र लेखेको छ […]

उद्योगको लोडसेडिङ पनि अन्त्य, कुलमानले भने : मुलुक लोडसेडिङमुक्त

३० बैशाख काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ । आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने […]

दीर्घकालीन कर्जाको ब्याजमा कर छुट दिन बैंकर्सको माग

२४ बैशाख, काठमाडौ । लामो समयसम्मका लागि प्रदान गरिने कर्जाको ब्याजमा कर छुट दिन बैंकर्सहरुले राष्ट्र बैंक समक्ष आग्रह गरेका छन् । यसरी राष्ट्र बैंकले ब्याजको करमा छुट दिएसँगै बैंकहरुले लामो समयसम्म ऋण लिने जलविद्युत आयोजना तथा उद्योगलाई अहिलेकोभन्दा कम ब्याजदरमा ऋण प्रदान गर्न सक्ने बताएका छन् । राष्ट्रबैंकले सोमबार राजधानीमा आयोजना गरेको पूर्व बजेटकालीन […]

विमानस्थलमा खुल्यो वैदेशिक रोजगार सहायता कक्ष

२३ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भागमा वैदेशिक रोजगार सहायता कक्ष खुलेको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको पहलमा विदेशबाट घाइते, मानसिक असुन्तुलन तथा अपांग भएर फर्किएकाहरुलाई सहयोग गर्ने गरी यो कक्ष सञ्चालनमा आएको हो । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार वैदेशिक रोजगारमा गएर फर्किएका गुनासा र समस्या पनि कक्षबाट सुनुवाइ गरिनेछ […]