Comments Add Comment

बिजनेस समाचार

List Grid
नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक तीन उडान गर्ने

२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीन उडान गर्ने भएको छ । निगमका अनुसार अहिले दैनिक दुई उडान भइरहेको छ । जेट एयरले काठमाडौं उडान फिर्ता गर्नु अगाडी निगमले दिल्लीमा साताको ११ उडान गरिरहेको थियो । त्यसपछि १४ उडान पु¥याइएको छ । त्यसमध्ये ७ उडान न्यारोबडी ए […]

असार २१ सम्म सम्झौता नगर्ने भुकम्पपीडितलाई सूचीबाट हटाइने

२ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । आगामी असार २१ सम्मको समय सीमा दिँदै प्राधिकरणले यस अवधिभित्र अनुदान सम्झौताका लागि नआए लाभग्राही सूचिबाट हटाउने जानकारी दिएको हो । उक्त अवधिभित्र लाभग्राही सूचिमा रहेका प्रभावितलाई अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो […]

प्रदेश १ को बजेटमाथि कांग्रेसको प्रतिक्रिया : उद्देश्यहीन र वितरणमुखी

२ असार, विराटनगर । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई प्रतिपक्षी नेपाली कांग्रेसले अनुदानमा आधारित र वितरणमुखी भएको टिप्पणी गरेको छ । प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रसतुत गरेको थियो । संसदीय पत्रकार मञ्च प्रदेश १ ले सोमबार गरेको पत्रकार सम्मेलनमा […]

पाँचतारे हायात होटल बन्द भएको भन्दै नेप्सेलाई पत्र

२ असार, काठमाडौं । हायात होटलका कर्मचारीहरु सेवा–सुविधा कटौतीको विरोधमा केही दिनदेखि आन्दोलनमा छन् । तर, कर्मचारीहरुको माग सम्वोधन गर्नुको साटो व्यवस्थापनले होटल नै बन्द भएको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको छ । तारागाउँ रिजेन्सीका कम्पनी सचिव रमणकुमार कर्णले सोमबार नेप्सेलाई पत्राचार गर्दै होटल्स बन्द भएको जानकारी गराएका हुन् । गत जेठ ३० गतेदेखि […]

बैंकिङ क्षेत्रका कर्मचारीलाई तालिम दिन फिलिपिन्समा सम्झौता

२ असार, काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बीएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज बिच सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने गरी सम्झौता भएको हो । सोमबार फिलिपिन्सको मनिलामा आयोजि एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा बीएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र कालोम्बो प्लान स्टाफ कलेजका तर्फबाट महानिर्देशक […]

उद्योग मन्त्रालय अर्थ मन्त्रालयको शाखाजस्तो भयो : विनोद चौधरी

२ असार, काठमाडौं । सांसद विनोद चौधरीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उद्योगमा देखिएका समस्या समाधान गर्न सक्ने हैसियत उद्योग मन्त्रालयले राख्नुपर्ने बताए । ‘उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखा भन्दा अलि माथि उठ्न सक्नु पर्यो […]

सुधारियो सेयर बजार

२ असार, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार भएको छ । केहिदिनदेखि ओरालो लागेको बजार सोमबार २ अंक माथिको सुधार भएको हो । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० अंकमा पुगेको छ । यस अघि आइतबार दोहारो अंकले बजार घटेको […]

माथिल्लो तामाकोसी सम्पन्न हुने दिशातर्फ, जोडियो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप

२ असार, काठमाडौं । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सबैभन्दा चुनौतिपूर्ण मानिएको काम सफलतापूर्वक अघि बढेको छ । आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएको हो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

प्रदेश ३ सरकारले बनाउने भयो नौ जिल्लालाई जोड्ने प्रदेश चक्रपथ

३ असार, हेटौंडा । प्रदेश ३ सरकारले ९ वटै जिल्लालाई समेटेर प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । यसको नाम पुष्पलाल प्रदेश चक्रपथ राखिएको छ । आइतबार ४७ अर्ब ६० करोडको बजेट पेश गर्दा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश चक्रपथ बनाइने बताएका हुन् । संघीय सरकारको समन्वय र सहकार्यमा बनाइने प्रदेश चक्रपथले रामेछाप, […]

एक मिटर नाला सफा गर्दा ७ सय रुपैयाँ ज्याला !

२ असार, काठमाडौं । समय– आइतबार मध्यान्ह साढे १ बजे । स्थान– सूर्यविनायक नगरपालिका–५, तीनधारा । सन्दर्भ– प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन ! ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को पहेँलो ज्याकेट लगाएर हातमा साबेल (बेल्चा) बोकेका ३० भन्दा बढी कामदार तीनधारामाथिको चौतारामा भेटिए । उनीहरु १ आधा घण्टा जति काम गरेर त्यहाँ सुस्ताएका रहेछन् । उनीहरुलाई जिस्क्याउँदै स्थानीय […]

विपक्षी भन्छन्– प्रदेश ५ को बजेट वितरणमुखी, पहाडमुखी !

२ असार, बुटवल । प्रदेश ५ सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएपछि बजेटका बिषयमा टीकाटिप्पणी शुरु भैसकेको छ । प्रदेश ५ का सांसदहरुले बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् । सत्ताधारी प्रदेशसभा सदस्यहरुले बजेट समग्रमा राम्रो रहेको रहेको प्रतिक्रिया दिइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने बजेट वितरणमुखी, पहाडमुखी […]

प्रदेश ५ मा कृषि कार्यक्रम : आधुनिक आरनदेखि किसान कल सेन्टरसम्म

२ असार, बुटवल । प्रदेश ५ सरकारको आइतबार सार्वजनिक बजेट कार्यक्रममा कृषिले पहिलो प्राथमिकता पाएको छ । आवधिक योजनामार्फत् समृद्ध प्रदेशका लागि प्रदेश सरकारले कृषिलाई पहिलो आधार विन्दु मानेको हुँदा कृषिमा धेरै कार्यक्रम ल्याइएको हो । कुल ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब […]

प्रदेश ५ याेजना आयोगका उपाध्यक्ष  डा.श्रेष्ठले दिए राजीनामा 

२ जेठ,बुटवल ।  प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।  श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् । डा. श्रेष्ठलाई  ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण (स्थितिपत्र) र आवधिक योजना […]

बौद्धमार्गी देशबाट पर्यटकलाई नेपाल भ्रमणको निम्ता

२ असार, काठमाडौं । नेपाली पर्यटन व्यवसायी र सरोकारवालाले बौर्द्धमार्गी बाहुल्य रहेका देशबाट पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल पर्यटन बोर्ड तथा सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल)ले नेपाल सेल्स मिसन सम्पन्न गरेका छन् । यी मुलुक नेपाली पर्यटनका लागि उदयमान स्रोत हुन । केही समय […]

राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

१ असार, काठमाडौं । बेरोजगारी घटाउने भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका थरीथरीका झाँकी देशभरका स्थानीय तहमा देखिएका छन् । काठमाडौं महानगरपालिकाले पनि आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमको ‘रिहर्सल’ गरेको छ । स्थलगत अवलोकनका क्रममा हामी आइतबार वडा नम्बर ५ स्थित गहनापोखरी पुग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्रूप दृश्य देखियो । बेरोजगारी हटाउने […]

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

१ असार, काठमाडौं । संघीय सरकारले जेठ १५ मा सार्वजनिक गरेको बजेटमा संघीय सांसदहरुलाई विकास निर्माणमा प्रत्यक्ष सहभागी गराउने भन्दै प्रतिसांसद ६ करोड रुपैयाँका दरले बजेट विनियोजन ग¥यो । संघीय सरकारको यो ‘ट्रेन्ड’ लाई प्रदेश सरकारले पनि पछ्याएका छन् । तीन तहका सरकार भएका बेला सांसदलाई बजेट बाँड्नु उपयुक्त नहुने भन्दै संघीय सांसदहरुले विरोध गरिरहेका […]

सात प्रदेशको बजेट : सातथरी नारा, दशथरी वितरण

१ असार, काठमाडौं । सातवटै प्रदेशले आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशहरुको कूल बजेट २०.३३ प्रतिशतले बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार असार १ गतेभित्र सबै प्रदेशले बजेट ल्याउनुपर्ने बाध्यता छ । आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशको कूल […]

४०० केभी ढल्केबर सबस्टेसन पुसभित्रमा सञ्चालनमा आउने

१ असार, काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र (डिसेम्बर २०१९) संचालनमा आउने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन […]

फेयरफिल्ड बाइ म्यारियाेटमा लखनवी फुड फेस्टिबल

१ असार, काठमाडौं । ठमेलस्थित फेयर फिल्ड बाइ म्यारियाेट होटलमा लखनवी फुड फेस्टिबल शुरु भएको छ । गत शुक्रबारदेखि फेयरफिल्ड बाइ म्यारियाेटमा फुड फेस्टिबल शुरु भएको हो । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले शुक्रबार फेस्टिबलको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा भारतीय दूतावासमा उपमहानिर्देशक डा. अजय कुमार, एमएस ग्रुपका अध्यक्ष सशीकान्त अग्रवाल, फेयरफिल्ड बाइ […]

घट्यो पेट्रोल र डिजेल र मटितेलको मूल्य

१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको  छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । जसअनुसार काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ । […]

लुक्ला उडान रामेछापबाट : पर्यटकलाई सास्ती कि सुविधा ?

१ असार, काठमाडौं । काठमाडौंबाट लुक्ला जाने पर्यटकले जहाज चढ्न रामेछापस्थित विमानस्थल पुग्नुपर्ने व्यवस्थालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निरन्तरता दिएको छ । प्राधिकरणले अघिल्लो साता लुक्लामा उडान गरिरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै रामेछाप-लुक्ला उडान निरन्तर राख्न भनेको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्गको पीच उप्काएर नयाँ बनाउनुपर्ने भएपछि बसन्त ऋतुमा हुने सगरमाथा आरोहण अवधिका […]