Comments Add Comment
No ads found for this position

बिजनेस समाचार

List Grid
काठमाडौं महानगरमा थपियो ब्रुमर

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेङ्दु नगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । आइतबार आयोजिकत एक समारोहकाबीच चिनिया प्रतिनिधिले काठमाडौं महानगरलाई ब्रुमर हस्तान्तरण गरे । हस्तान्तरण गरिएको २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ (भन्सार बाहेक) रहेको महानगरपालिकाले जानकारी दिएको छ । युरो ५ मापदण्डका यि ब्रुमरहरु ८.६ मिटर लम्बाइ […]

विद्युत प्राधिकरणमा एकैपटक १ हजार ५७४ सय कर्मचारीको सरुवा (सूचीसहित)

१ असार, काठमाडौं । नेपाल विद्युत प्राधिरकणले एकैपटक झण्डै १६ सय कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारी कर्मचारीहरुलाई नयाँ कार्यालयमा खटाएको हो । २०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा […]

काठमाडौंका चोकमा ‘मोटरसाइकल बक्स’को परीक्षण गरिँदै

१ असार, काठमाडौं । बढ्दो सवारी जाम र दुर्घटनाको समस्या कम गर्न सरकारले काठमाडौंको मुख्य चोकमा ‘मोटरसाइकल बक्स’ बनाउने भएको छ । यसको परीक्षण पहिलो चरणमा नयाँबानेश्वर चोकमा गरिँदैछ । सडक विभागले हाल एकैपटक काठमाडौंको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो […]

न्युरोडमा सुरु भो स्मार्ट पार्किङ, चार पांग्रेको शुल्क ८०

१ असार, काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए । मेयर शाक्यले यसलाई अस्थायी रुपमा पाइलट […]

प्रदेश १ मा सांसदलाई प्याकेज : समानुपातिकलाई ५० लाख, निर्वाचित ३ करोड

१ असार, बिराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि आज असार १ गते बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्षका लागि करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश १ सरकारले ३५ अर्व २ करोडको बजेट सार्बजनिक गरेको थियो । आगामी वर्षका लागि […]

आज सातै प्रदेशको बजेट घोषणा हुँदै, कुन प्रदेशको बजेट कत्रो ?

१ असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप […]

सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन

३२ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरे । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा […]

नेकपा निकट ठेकेदारको प्रस्ताव– निर्माण कम्पनी पनि मर्ज गरौं

३२ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट निर्माण व्यवसायीहरुको संस्था नेपाल निर्माण व्यवसायी संगठनले निर्माण कम्पनी मर्ज गर्न प्रस्ताव अघि सारेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारसँग मर्जरसम्बन्धी नीति निर्माण गर्न माग गरेको हो । संगठनका संयोजक यज्ञध्वज कार्कीले निर्माण कम्पनीहरु मर्ज भएर संख्या थोरै भए व्यवसायी र सरकार दुवैलाई […]

पुँजीबजारमा महिला आरक्षण : सही वा गलत ?

जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा महिलालाई आरक्षण दिने व्यवस्थाबारे जानकारी गराउनुभयो । अर्थतन्त्रका विभिन्न सिद्धान्त र मान्यताअनुसार चल्नुपर्ने पुँजीबजारमा लिङ्ग, जाति, क्षेत्र आदिका आधारमा आरक्षण दिँदा विश्वले मानेका मूल्य मान्यता, भावना र समानता सिद्धान्तको मर्मलाई निस्तेज बनाउने कार्य त हुँदैन ? अर्थमन्त्रीको खुलासासँगै नयाँ बहस शुरु भएको छ […]

वीरगञ्जका मेयरलाई व्यवसायीको सुझाव : करको दर नबढाऊ

३० जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले करको दर नबढाउन वीरगञ्ज महानगरपालिकालाई सुझाव दिएका छन् । करको दायरा बढाउँदा नगरबासीमा करको भार पनि नपर्ने र महानगरपालिको आन्तरिक आम्दानी समेत बढ्ने उनीहरुले सुझाव दिए । उनीहरुले वीरगञ्ज महानगरपालिकामा पछि थपिएका १६ वटा वडालाई पनि करको दायरामा ल्याउनुपर्ने उनीहरुको भनाइ छ । आर्थिक वर्ष २०७६/७७ को बजेट […]

नेपाल एयरलाइन्ससँग मन्त्रालयले माग्यो स्पष्टीकरण

३१ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमसँग जापान उडान रद्ददेखि भएका जहाज किन संचालनमा नल्याएको भन्दै स्पष्टीकरण मागेको छ । मन्त्रालयले विहीबार निगमलाई पत्र पठाउँदै जापान उडान उद्द गर्नुपर्ने कारण माग गरेको हो । आन्तरिक उडानमा निगमले देखाएको ढिलासुस्ती र कर्मचारी व्यवस्थापनको अस्तब्यस्त अवस्थाका सम्बन्धमा पनि जवाफ मागेको छ […]

उद्योग र व्यवसायीको सुरक्षा सरकारले दिन्छ : गृहमन्त्री थापा

३१ जेठ, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन । रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले उद्योग र व्यवसायीको सुरक्षा जिम्मा सरकारको रहेको भन्दै ठुक्क भएर लगानी गर्न आग्रह गरे । उद्योगको विकास नभएसम्म बेरोजगारी अन्त्य नहुने भन्दै गृहमन्त्री […]

पर्सामा भारतीय गाडी चलाउन कडाइ

३१ जेठ, वीरगञ्ज । पर्सामा भारतीय गाडी सञ्चालन गर्न कडाइ गर्ने तयारी गरिएको छ । नियम विपरीत सञ्चालित भारतीय गाडीप्रति प्रहरी प्रशासन कठोर बनेको हो । भारतीय गाडी विभिन्न अपराधिक क्रियाकलापका साथै लागूऔषधको कारोबार र तेल तस्करीमा समेत प्रयोग हुन थालेपछि कडाइ गर्न थालिएको प्रहरीले जानकारी दिएको छ । केही दिन यता प्रहरीले सवारी चेकजाँचमा कडाइ […]

पूर्वी चितवनमा रोजगार मेला, उद्योगी भन्छन् : कामदारको अभाव छ

३१, जेठ, चितवन । बेरोजगार युवायुवतीलाई रोजगारी दिलाउने, सीप सिकाउने र त्यसलाई रोजगारदाता समक्ष जोड्ने उद्देश्यले पूर्वी चितवनको रत्ननगरमा वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ । मेलाको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे । रत्ननगर नगरपालिकाले आयोजना गरेको मेला होटल स्टार बेन्क्युटमा निपनीमा विहान ९ बजेबाट सुरु भएको छ । मेलामा वृत्ति विकाससम्बन्धी […]

भारतले दियो रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन

३१ जेठ, काठमाडौ । रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले रिपोर्ट आएपछि त्यसबारे अध्ययन गरेर मात्रै विस्तृतमा भन्न सकिने बताए । यो […]

पप्पुले बनाएको बागमतीको पुलमा गम्भीर त्रुटि

३१ जेठ, काठमाडौं । पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बागमती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर)मा गम्भीर त्रुटि रहेको पाइएको छ । २९.५ मिटर गहिरो (लम्बाई)का १६ वटा (बाह्र सय एमएम) पाइल्स निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएकोमा एउटा पाइल्स १६.५ मिटरको मात्र निर्माण भएको छ भने, दुई वटा पाइल्स क्र्याक भएका […]

एकल बिन्दु सेवा केन्द्रबाट एक महिनामा ३७ उद्योग दर्ता

३१ जेठ, काठमाडौं । एकल बिन्दु सेवा केन्द्रबाट सेवा आरम्भको एक महिनामा स्वदेशी तथा विदेशी लगानीका ३७ उद्योग दर्ता भएका छन् । तीमध्ये २० पूर्ण स्वदेशी लगानी तथा १५ पूर्ण विदेशी लगानी एवं एक संयुक्त लगानीका उद्योग हुन् । दर्ता भएका उद्योगहरु मध्ये ७८ अर्ब १२ करोड ९८ लाख ४२ हजार १२६ रुपैयाँ लगानी नेपाली […]

व्यापारिक मार्ग विस्तार आयोजनासँग उद्योगीको गुनासै गुनासा

३० जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले ‘व्यापारिक मार्ग विस्तार आयोजना’ निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको अन्तर्क्रियामा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख, व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख, पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुख समक्ष उनीहरुले सडक निर्माणका क्रममा […]

नेप्से परिसूचक करिब ३ अंकले घट्यो, होटल बाहेक सबै उपसमूह राताम्मे

३० जेठ, काठमाडौं । सेयर बजारमा करिब ३ अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार बजार २ दशमलव ९२ अंकले ओरालो लागेको हो । नेप्से परिसूचकसँगै बुधबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ । बिहीबार ६ हजार ५ सय ४८ कारोबारबाट १४ लाख २३ हजार ६ सय ८७ कित्ता सेयर किनबेच भएका […]

हिमाल आरोहणका समस्या बुझ्न सरकारले बनायो समिति

३० जेठ, काठमाडौं । सरकारले सगरमाथालगायत हिमाल आरोहणका समस्या बुझेर सुझाव दिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन तथा सुझाव समिति गठन गरेको छ । समितिले हिमाल आरोहणमा मृत्यु भएका र हराइरहेका व्यक्तिको सम्बन्धमा मृत्यको कारणबारे छानबिन गर्नेछ । […]

महानगरको योजना आयोगमा ५ सदस्य नियुक्त

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगमा ५ सदस्य नियुक्त गरेको छ । ९ सदस्य हुने आयोगका लागि महानगरे बिहीबार ५ सदस्य नियुक्त गरेको हो । नवनियुक्त सदस्यहरुमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा. डा. त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राबिधिकतर्फ इञ्जिनियर सजिब […]