Comments Add Comment
No ads found for this position

बिजनेस समाचार

List Grid
पोखेरेली बसमा इटिकेटिङ : सेवा सुरु गर्ने बेला तालिमको चाँजोपाँजो !

३० जेठ, पोखरा । पोखरा महानगरले सवारीसाधनमा विद्युतीय टिकट (इ-टिकेटिङ) प्रणाली लागू गर्ने भन्दै बस व्यवसायी र एन्क्लाउड कम्पनीसँग ३ चैतमा त्रिपक्षीय सम्झौता गर्‍यो । सम्झौताअनुसार बैशाखदेखि पोखराभित्र चल्ने सवारीसाधनमा ‘इ-टिकेटिङ सिस्टम’ सुरु गर्ने भनिएको थियो । तर जेठ वित्दा समते इ-टिकेटिङ सिस्टम लागू भएको छैन । घोषणा अनुरुप समयमै काम गर्न नसकेको मेयर मानबहादुर […]

स्युचाटार सहकारीले किन दिँदैन निक्षेप फिर्ता ?

३० जेठ, काठमाडौं । लामो समयसम्म पनि स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाले बचत फिर्ता नदिए पछि पीडित रवी क्षेत्रीले पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकाे ध्यानाकर्षण गराएका छन् । क्षत्रीले मंगलबार आफूले लामो समयसम्म सहकारी संस्थाबाट निक्षेप फिर्ता नपाएको भन्दै प्रधानमन्त्री कार्यालयको सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण शाखामा उजुरी गरेका छन् । उनले यस अघि […]

१०० अभागी सगरमाथा आरोही, जसले शिखर चुम्न सकेनन्

२९ जेठ, काठमाडौं । वसन्तु ऋतु सगरमाथाको आरोहणको सबैभन्दा उपयुक्त मौसम मानिन्छ । त्यही कारण सगरमाथामा वसन्त ऋतुमा अधिक भीड लाग्छ । त्यसो त सरकारले पनि यस मौसमलाई केन्दि्रत गरेर पर्वतारोहण रोयल्टी पनि बढी असुल्छ । संसारभरका शाहसिक पर्यटकका लागि सगरमाथा चुचुरो सम्मको यात्रा एक गौरव हो । त्यसकारण उनीहरु महंगो शूल्क तिर्दै कठिन यात्रापछि […]

‘प्रत्यक्ष कर बढाउन राजश्व प्रणालीमा सुधार किन नगर्ने  ?’

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै कांग्रेस नेता तथा छाया अर्थमन्त्री डा. मीनेन्द्र रिजालले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई ‘अप्रगतिशील’ कर प्रणालीको संज्ञा दिए । राजश्वमा प्रत्यक्ष करको हिस्सा बढाउन नितिगत र संरचनागत सुधारको माग गरे । कांग्रेसकै अर्थमन्त्री डा. रामशरण महतले आव ०५३/५४ बाट भ्याट लागू गरेका थिए । १ मंसिर ०५४ […]

जसले काठमाडौंमा भित्र्याए लुम्बिनी तन्दुरी भोजनालय

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका धेरै चोकहरुमा ‘लुम्बिनी तन्दुरी भोजनालय’ नामका खाजा घरहरु भेटिन्छन् । नामजस्तै यी भोजनालयको प्रमुख आकर्षण हो तन्दुरी रोटी र नेपाली खाना । उपत्यकामा मात्रै झण्डै दुई सयको हाराहारीमा एउटै नामको तन्दुरी भोजनालय रहेको अनुमान छ । यद्यपि, यो कुनै ब्यापारिक चेन भने होइन । यो काठमाडौंमा कसरी भित्रियो भनेर […]

भारतीय रेलमार्गमा नेपाली रेल गुडाउन बाटो खुल्यो, तर कार्यान्वयन कहिले ?

२९ जेठ, काठमाडौं । भारत र तेस्रो मुलुकबाट नेपालमा आउने कार्गो बोक्न नेपालले आफ्नै रेल प्रयोग गर्न सक्ने बाटो खुलेको छ । भारतसँग रेल सेवा सम्झौताको सैद्दान्तिक भएसँगै नेपालको आयात-निर्यात कम झण्झटिलो र आर्थिक रुपमा मितव्ययी हुन सक्ने व्यवसायीले आशा गरेका छन् । हाल वीरगञ्जको भन्सारसम्म ११ वटा भारतीय रेलले नेपाली कार्गो बोक्छन् । एक भन्सार […]

बेरोजगार बन्नु परेको भन्दै हात्तिसार क्याम्पसमा पूर्वविद्यार्थीले लगाए ताला

२९ जेठ, काठमाडौं । त्रिभुवन विश्व विद्यालय प्रविधि संस्थान अन्तर्गतको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पूर्व विद्यार्थीहरुको समूहले ताला लगाएको छ । क्याम्पसले यहाँ अध्ययन गर्ने विद्यार्थीहरु ठूला–ठूला अस्पताल, जनस्वास्थ्य कार्यालय,तारे होटल लगायतमा जागिर पाउने भन्दै आश्वासन दिएको तर अध्ययन सक्दा पनि बेरोजगार बन्नु परेको भन्दै विद्यार्थीहरुले मंगलबार क्यापसमा ताला लगाएका हुन् । २०६६ सालदेखि […]

हावाहुरीको प्रभाव : नेपालगन्ज उडेको बुद्धको जहाज भैरहवा डाइभर्ट

२९ जेठ, काठमाडौं । बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ । नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले […]

संसद् विकास कोष बनाउँदै प्रदेश १, समानुपातिक सांसदले पनि रकम पाउने

२९ जेठ, विराटनगर । प्रदेश १ सरकारले समानुपातिक सांसदहरुलाई पनि संसद् विकास कोषमार्फत रकम बाँड्ने भएको छ । संघीय सरकारको अनुशरण गदै आगामी आर्थिक वर्ष ०७६/७७ देखि प्रदेश १ सरकारले समानुपातिक सांसदहरुका लागि पनि रकम बाँड्न लागेकाे हाे । त्यसका लागि उसले संसद् विकास कोष निर्माण गर्न लागेकाे छ । समानुपातिक सांसदहरुले संसद् विकास कोषको […]

दूधमा आत्मनिर्भर बन्यो चितवन

२९ जेठ, चितवन । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका प्रमुख डा. विजय श्रेष्ठका अनुसार विश्व खाद्य […]

‘रेड बुल’ को ट्रेडमार्क चोरी गर्ने ‘रेड ब्लु’ माथि कारवाही

२८ जेठ, काठमाडौं । लोकप्रिय पेय पदार्थ रेड बुलको ट्रेडमार्क चोरी गरेको आरोपमा उद्योग विभागले एक कम्पनीलाई कारबाही गरेको छ । रेडबुलको उजुरीपछि ‘रेड ब्लु’ लाई पेटेन्ट डिजाइन ट्रेडमार्क ऐनअनुसार उद्योग विभागले ५ हजार रुपैयाँ जरिवाना गरेको हो । रेडबुलले क्षतिपूर्तिसमेत भराइ पाउँ भन्दै उजुरी हालेको थियो । तर विभागले जरिबाना गरे पनि क्षतिपूर्ति भने […]

सुरक्षित यात्राको सारथिः ‘यामाहा एफजीएस भी थ्री’ (भिडियो रिभ्यु)

२८ जेठ, काठमाडौं । जिन्दगी यात्रा हो, पटक-पटक उकालो-ओरालो, सीधा-घुमाउरो र सजिलो-अप्ठोरो सबै अवस्था पार गर्नुपर्छ, यो यात्रामा भरपर्दो सहयात्री को बन्न सक्छ ? स्वीकार्नुभयो भने हरेक सुरक्षित यात्राको सारथि बन्न सक्छ, यामाहा एफजीएस एफआई भी थ्री । बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी थ्री नेपालमा सार्वजनिक भइसकेको छ । यामाहाको नेपालका लागि आधकिारिक विक्रेता एमएडब्लु […]

निर्माण व्यवसायी भन्छन्– आन्दोलन फिर्ता, दबाव जारी

२८ जेठ, काठमाडौं । निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली २०७६ को सातौं संशोधनले आफूहरुका महत्वपूर्ण माग पूरा गरेको प्रतिक्रिया दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन पछिल्लो संसोधनमा सन्तुष्टि जनाएको हो । सरकारले गत वैशाख ३० मा नेपाल राजपत्रमा प्रकाशित नियमावलीको छैठौं संशोधनविरुद्ध व्यवसायीले चरणवद्ध आन्दोलन घोषणा गरेका थिए । […]

निर्यात अनुदान पाउने सूचीमा जुत्ता चप्पल पनि थपिए

२८ जेठ, काठमाडौं । सरकारले नेपाली जुत्ता चप्पललाई पनि निर्यातमा अनुदान दिने भएको छ । निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्याविधि २०७५ को पहिलो संंशोधनमा यस्तो व्यवस्था गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कार्याविधिको अनुसूची २ अन्तर्गत निर्यातमा अनुदान प्राप्त गर्ने वस्तुहरुको सूचीमा फुटवेयर समावेश भएको हो । तर कार्यविधि संशोधनपछि ‘तीन […]

३३४ सांसदलाई ल्यापटप बाँडिदै, चलाउन पनि सिकाइने

२८ जेठ, काठमाडौं । सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् […]

गरिबी निवारण कोषको धुकधुकी मात्र बाँकी, सबै कार्यक्रम स्थानीय तहमा हस्तान्तरण

२८ जेठ, काठमाडौं । विश्व बैंकको सहयोगमा सञ्चालित गरिबी निवारण कोष दाताले हात झिकेपछि कोषविहीन बनेको छ । कार्यक्रम सञ्चालन गर्नसक्ने अवस्था नभएपछि कोषका कार्यक्रम अब स्थानीय तहलाई हस्तान्तरण गरिने भएको छ । कोषले सञ्चालन गरिरहेको सामूदायिक संस्था तथा साना पूर्वाधार आयोजना अब स्थानीय तहमा हस्तान्तरण हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतले बतायो । कोषको […]

सय वर्ष पुरानो चुरिया सुरुङमार्गको संरक्षण

२७ जेठ, हेटौंडा । दक्षिण एशियाकै पहिलो मानव निर्मित दावी गरिएको सुरुङको संरक्षण गर्न थालिएको छ । हेटौडा उपमहानगरपालिकाले मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर छेउमा अवस्थित सुरुङको बाहिरी भागको संरक्षण काम थालेको हो । हेटौडा उपमहानगरपालिका-१५ मा रहेको सुरुङ संरक्षणको अभावमा पुरिने अवस्थामा पुगेपछि उपमहानगरपालिकाले करिब साढे ५ लाख रुपियाँको लगानीमा स्थानिय चुरियामाई […]

रुग्ण आयोजनालाई थप एक वर्ष, १८ सय ४८ आयोजनाको संकटमोचन

२७ जेठ, काठमाडौं । तोकिएको समयमा सम्पन्न हुन नसकेका आयोजनाको म्याद एक वर्षसम्म थप्न सरकारले बाटो खोलिदिएको छ । यसबाट झण्डै साढे १ हजार ८ सय ४८ वटा आयोजनाको संकटमोचन भएको छ । सरकारले तोकिएको समय नाघेर सम्झौताको ५० प्रतिशत म्याद थप भइसकेका आयोजनाको ठेक्का रद्द गर्ने गरी खरिद नियमावलीमा छैटौं संसोधन गरेको थियो । […]

नेपाली कार्गो रेललाई वीरगञ्ज र विराटनगरबाट कोलकात्तासम्म दुईतर्फी पहुँच

२७ जेठ, काठमाडौं । नेपाल-भारतबीचको रेल सेवा सम्झौता ५ वर्षका लागि नवीरकरण भएको छ । भारतमा जेठ २३ र २४ गते भएको दुई दशेबीचको वार्तामा भारतसँग रेल सेवाबारे दर्जनभन्दा बढी सहमति भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको ११ सदस्यीय टोली वार्ताका लागि भारत गएको थियो  । भारतबाट टोली फर्किएपछि […]

सेयर बजारमा ८ अंकको गिरावट, विकास बैंकका लगानीकर्ताले कमाए

२७ जेठ, काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर बजारमा ८ दशमलव ७८ अंकले गिरावट आएको छ । सोमबार ८ दशमलव ७८ अंकले घटेर ओरालो लागेर सेयर कारोबार मापक नेप्से परिसूचक ८१२७५.८२ अंकमा आइपुगेको छ । साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा परेका कारणले कारोबार बन्द थियो । अधिकांश उपसमूहहरु घटेर राताम्मे देखिएका छन् । […]

नेपालमा एसियाली पूर्वाधार लगानी बैंकको पहिलो लगानी माथिल्लो त्रिशुली-१ मा

२७ जेठ, काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ आयोजनामा एसियन पूर्वाधार लगानी बैंक (एआईआईबी)ले पनि लगानी गर्ने भएको छ । चीनको नेतृत्वमा बनेको उक्त बैंको नेपाली ठूला परियोजनामा यो पहिलो लगानी हुनेछ । बैंकले माथिल्लो त्रिशुली-१ का लागि ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब लगानी स्वीकृत गरेको हो । नेपाल बिद्युत प्राधिकरणले बनाउन लागेको […]