Comments Add Comment
No ads found for this position

कर्पोरेट

List Grid
नेपाल बंगलादेश बैंकको रक्तदान कार्यक्रम

२७ जेठ, काठमाडौं । नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले आफ्नो २५ औं वाषिर्कोत्सवको अवसरमा बैंकको प्रधान कार्यालयमा नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा कर्मचारी तथा बैँकका ग्राहकहरु गरेर जम्मा ११५ जनाले रक्तदान गरेका थिए । रगत अभावलाई ध्यानमा राख्दै कर्मचारी संघले बैंकको वाषिर्कोत्सवको दिन हरेक वर्ष रक्तदान […]

सिद्धार्थ बैंकको २ शाखाको उद्घाटन

२७ जेठ, काठमाडौं ।  शुक्रबार सिन्धुलीको गोलन्जोर र सोमबार जुम्ला शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको गोलन्जोर शाखाको उद्घाटन गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीबाट र जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिकाका कान्तिका सेजुवाल र जुम्ला जिल्ला समन्वय समितिका अध्यक्ष लालबहादुर सार्कीबाट संयुक्त रुपमा भएको थियो ।

मनसुन मोबाइल मेगा अफर सुरु

२७ जेठ, काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित के एल मोबाइल हब, दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा मनसुन मोबाइल मेगा अफर सुरु भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । आईमार्स मिल्की वे एम २, लेनोभो […]

सांगि्रला डेभलपमेन्ट बैंकको ‘बचत पनि विमा पनि’ बचत खाता योजना

२७ जेठ, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि विमा पनि’ नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा -रजत) तथा जीवन सुरक्षा (स्वर्णीम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । ती खाताहरु खोल्नेहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको […]

स्मार्ट जीवनयापनका लागि तीन दिने आइओटी प्रदर्शनी

जमना डिजिटलको छ । जीवनशैलीलाई कसरी प्रविधिसँग जोड्ने ? अबको खोजी यही हो । प्रविधिको माध्याम अपनाएर आफ्नो दैनिकीलाई छिटो छरितो एवं चुस्त बनाउनैपर्छ । तर कसरी ? जिज्ञासा मेट्नका लागि केही दिन कुर्नुपर्नेछ । किनभने राजधानीमा एक यस्तो मेला लाग्दैछ, जसले प्रविधि र जीवनयापनको नयाँ आयम पस्कनेछ । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसर स्मार्ट […]

अर्घाखाँची पीपीसी सिमेन्ट नेपाली बजारमा

२६ जेठ, काठमाडौं । देशकै उत्कृष्ट र गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रा.ली.ले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पि.पि.सी. सिमेन्ट आजदेखि औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले […]

सामाखुसीमा खुल्यो यामाहाको अत्याधुनिक डिलरसिप

२६ जेठ, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थि्र एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप सुरु गरेको छ । काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स् प्रालिमार्फत नयाँ डिलरसिप सुरु गरेको हो । दुईतले नयाँ सोरुमको […]

सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर

२६ जेठ, काठमाडौं । सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिंग्स तथा सुजुकी फोर ह्विलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ। कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार रुपैयाँ नगद छुट पनि प्रदान गरेको जनाएको छ। कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को […]

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प

२६ जेठ, काठमाडौं । ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट ३ दिने निःशुल्क सर्भिस क्याम्प गरेको छ । “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालन गरिएको […]

हेटौंडामा ‘स्लो स्कूटर’ प्रतियोगिता : गल्फ प्रमुख आयोजक

२६ जेठ, काठमाडौं । हेटौंडामा ‘स्लो स्कूटर’ प्रतियोगिता २०१९ प्रतियोगिता आयोजना गरिएको छ । लेडी जेसिसद्वारा आयोजित उक्त प्रतियोगिता सडक दुर्घटनाबारे जानकारी आदान प्रदान गर्ने एक अन्तरक्रिया कार्यक्रमसँगै आयोजना गरिएको हो । नेपाली सडकमा बढ्दो दुर्घटनामा दुइपाङ्ग्रे सवारीको क्षति बढी हुनेगरेको ट्राफिक प्रहरीले सार्वजनिक गरिरहेको अवस्थामा सबैलाइ सचेतना होस् र सुरक्षित सवारीमा ध्यान केन्द्रित होस् […]

‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक

२६ जेठ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फेरि अर्को सेवाग्राहीमुखी योजना बजारमा ल्याएको छ । कम्पनीले आजैदेखि लागू हुने गरी समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा […]

हुन्डाई फेष्टिभ डिलाइट २०७५ का विजयीको घोषणा

२६ जेठ, काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक समारोहबीच हुण्डाई फेष्टिभ डिलाइट-२०७५ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बदि्रकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना केसी (कुपन नं.९०६) लाई आई-२० एक्टिभ को साँचो हस्तान्तरण गरे । […]

सांग्रिला बैंकले ल्यायो नयाँ इन्टरनेट बैंकिङ सुविधा

२४ जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ्ग सुविधा ल्याएको छ । पहिलै भएको इन्टरनेट बैंकिङ्ग सुविधामा थप सुविधा सहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटि), शेडयुल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधाहरु सहित इन्टरनेट बैंकिङ्गको शुरुवात गरेको हो […]

सिद्धार्थ बैंकको थप २ शाखा र १ शाखारहित बैंकिङ सेवा

२४ जेठ, काठमाडौं । सिद्घार्थ बैंकले दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ सेवा बिहिबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन भएको  छ । बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबन्धक सेयरधनी आत्म कृष्णश्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारबाट भएको थियो ।

एनएमबी बैंकको वातावरणमैत्री अभियान

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्न र कार्बन उत्सर्जन कम गर्न र वातावरण संरक्षणमा मद्दत गर्न योजना सुरु भएको हो […]

व्यवसायिक साझेदारको शसक्तीकरणका लागि माईक्रोसफ्टको कार्यक्रम

२२ जेठ, काठमाडौं । कम्प्युटर विज्ञानको क्षेत्रमा मानिसहरुको सहभागीता बढाउन माईक्रोसफ्टले बुधबार विश्वव्यापी पहल ‘आवर अफ कोड’ आयोजना गरेको छ । विद्यार्थी र शिक्षकहरुमा कम्प्युटर विज्ञान बारेको बुझाई अभिवृद्धी गर्ने अभिप्रायले ललितपुरको लुभूस्थित ब्लूम नेपाल स्कुलमा आयोजीत कार्यक्रममा सहभागीहरुलाई एक घण्टाको कोडिङ सत्रमा सामेल गराईएको थियो । नेपालमा माईक्रोसफ्टको आधिकारीक शैक्षिक साझेदार संस्था सोचवेयरद्वारा कक्षा […]

हिमालयन बैंक पनि कनेक्ट आईपएस ई-पेमेन्ट प्रणालीमा

२२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्घर्ित नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपएस ई-पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैकहरुमा हिमालयन बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराएको छ । अब हिमालयन बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक […]

बालबालिकाका लागि कतार एयरवेजको मनोरञ्जनात्मक कार्यक्रम

२२ जेठ, काठमाडौ ।कतार एयरवेजले रमादान र ईदको अवसरमा अनाथ बालबालिकाका लागि विशेष कार्यक्रम आयोजना गरेको छ। एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा प्रयास नेपाल, अन्डर प्रिभिललेज्ड् चिल्ड्रेन्स एजुकेशन प्रोग्राम (युसिइपि) नेपाल, मैत्रेय फाउण्डेशन नेपाल र साङ्ग्रिला अर्फनेज होमको सहकार्यमा काठमाडौँका चार अनाथालयका १०० बालबालिकाहरुका लागि कार्यक्रम आयोना गरेको छ। काठमाडौँको होटल अन्नपूर्णमा आयोजित उक्त कार्यक्रममा महिला, […]

कन्काई बिकास बैंक प्राइम बैंकमा गाभिने

२२ जेठ, काठमाडौं । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था कन्काई विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गर्ने सम्झौता भएको छ। सहमतिपत्रमा प्राइम बैंकका सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंकका सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले सहमतिपत्रमा हस्ताक्षर गरे। नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी […]

कोका-कोलाको संकल्पः वर्ल्ड विदआउट वेस्ट

२२ जेठ, काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा कोका-कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर ‘वर्ल्ड वीथआउट वेस्ट’का लागि संकल्प गरेकोे छ । वल्र्ड विदआउट वेस्ट, सन् २०३० सम्मको बिक्रि गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका-कोलाको प्रतिबद्धता हो । यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको १०० प्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा […]

नेशनल बाथरोग सेन्टरको छैठौं वाषिर्कउत्सव

२२ जेठ, काठमाडौं । नेशनल बाथरोग सेन्टरले नेपालमा ४० लाख व्यक्तिमा कुनै न कुनै प्रकारको बाथ रोगको समस्या रहेको बताएको छ । आफ्नो छैठौं वाषिर्कउत्सवमा सेन्टरले आफू रोगीहरुको सेवामा प्रतिवद्ध रहेको बताएको छ । सेन्टरका बाथ रोग विशेषज्ञ डा. विनित वैद्यले यस्तो रोगहरुको समयमै उपचार गराउन सके ठूलो समस्या नहुने बताए । धेरैको बाथरोग निको […]