Comments Add Comment

सूचना प्रविधि

List Grid
फेसबुकले हटायो ३ अर्ब फेक अकाउन्ट

सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् २०१९ को […]

हुवावेको संकट झनै बढ्यो, स्मार्टफोनमा मेमोरी कार्ड हाल्न नपाउने

काठमाडौं । चिनियाँ दिग्गज स्मार्टफोन निर्माता कम्पनी हुवावेमाथि अमेरिकाको प्रतिबन्धको प्रभाव बढ्दै गएको छ । अमेरिकी प्रतिबन्धको असर फैलिने क्रममा एसडी कार्ड एसोसिएसनमा रहेको हुवावेको सदस्यता पनि खोसिएको छ । एसडी कार्ड संघको सदस्यता खारेज भएसँगै अब हुवावेले आफ्ना स्मार्टफोनमा एसडी कार्ड घुसार्ने स्लट बनाउन पाउने छैन । पछिल्लो निर्णयसँगै हुवावेका मौजुदा फोनहरुले एसडी कार्ड […]

मोबाइल आयात घट्यो, राजश्व बढ्यो

११ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मोबाइल सेटको आयात ३५ प्रतिशतले घटेको छ । गत आवको सही अवधिमा ५५ लाख १० हजार  मोबाइल सेट भित्रिएको थियो । तर, यो वर्ष त्यो संख्या खुम्चिएर ३५ लाख ८५ हजारमा झरेको भन्सार विभागले जनाएको छ । मोबाइल आयात घट्दा पनि राजश्व भने बढेको छ […]

प्रहरी हेडक्वार्टरमा अनौठो ‘मोटरसाइकल’ (भिडियोसहित)

१० जेठ, काठमाडौं । नेपाल प्रहरीको सञ्चार निर्देशनालय प्रमुख डा. राजीव सुब्बा एकदिन प्रधान कार्यालय प्रवेश गर्दैगर्दा हवल्दार पूर्णबहादुर आले सवार वाहन देखेर रोकिए । आले साइकल जस्तो देखिने सवारी साधनमा थिए तर, पाइडल चलाइरहेका थिएनन् । सञ्चार र सूचना विज्ञानमा विद्यावारिधि प्रहरी नायब महानिरीक्षक सुब्बाले सोधखोज गर्दा त्यो हवल्दार आले आफैंले बनाएको ‘मोटरसाइकल’ रहेछ […]

भारतीय चुनावमा झण्डै ४० करोड ट्वीट, मतगणनामा ३२ लाख

भारतमा सम्पन्न लोकसभा चुनावका क्रममा सोसल मिडिया प्लाटफर्म ट्वीटरमा झण्डै ४० करोड ट्वीट भएका छन् । जनवरी २०१९ देखि २३ मे २०१९ सम्मको अवधिमा लोकसभा चुनावका बारेमा ३९ करोड ६० लाख ट्वीट भएको तथ्यांक सार्वजनिक भएको छ। त्यसरी ट्वीट गर्नेमा उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता, राजनीतिक दलको आधिकारिक ह्याण्डल, आम सर्वसाधारण तथा सञ्चार माध्यम रहेका छन् […]

एनसेलले ल्यायो ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’

९ जेठ, काठमाडौं । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवा लिन पाउने भएका छन्। भारत भ्रमणमा जाँदा ग्राहकले आफ्नो एनसेल सिम साथमै लगेर १०० रुपैयाँमा प्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन करसहित […]

हुवावेसँग गुगलको सम्बन्ध विच्छेद, यी हुन् जान्नैपर्ने १० तथ्य

अमेरिकासँग चलिरहेको तनाबका बीच चिनिया कम्पनी हुवावेले अहिलेसम्मकै ठूलो मध्येको एक धक्का बेहोर्नु परेको छ । गतहप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालोसूचिमा राख्यो । त्यसरी कालो सूचिमा राखेपछि अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसायिक सम्बन्ध तोड्नुपर्ने अवस्था आएको छ । अन्ततः इन्टरनेट जाएन्ट गुगलले हुवावेसँगको सहकार्य तोड्ने निर्णय गरेको छ । यो सँगै अब […]

इन्स्टाग्रामबाट ५ करोड चर्चित व्यक्तिका गोप्य डाटा लिक

लाखौँ सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरुका व्यक्तिगत डाटाहरु इन्स्टाग्राममार्फत लिक भएका छन् । भारतको मुम्बइस्थित सोसल मिडिया मार्केटिङ कम्पनी Chtrbox ले ४ करोड ९० लाख भन्दा धेरै हाइ प्रोफाइल इन्स्टाग्राम प्रयोगकर्तााक डाटाबेस लिक गराएको हो । त्यसरी पर्सनल डाटा लिक भएका हाइप्रोफाइल प्रयोगकर्ताहरुमा चर्चित फूड ब्लगर देखि लोकप्रिइ सेलिब्रेटीहरु र सोसल मिडियाका प्रभावशाली व्यक्तिहरु समेत रहेका […]

वी–च्याट र अलिपेबाट कारोबार गरे कारबाही

७ जेठ, काठमाडौं । वी–च्याट र अलि पेबाट कारोबार नगर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै वी–च्याट र अलि गैर कानूनी भएको र कारोबार नगर्न भनेको हो । विदेशी मुलुकबाट जारी भएका अन्य पस मेसिन तथा सिस्टमबाट समेत कारोबार नगर्न राष्ट्र बैंकले भनेको छ । ‘विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष […]

एप्पलको फाइभ जी फोन तत्काल नआउने

काठमाडौं । प्रिमियम स्मार्टफोन बजारमा एप्पलले सर्वोत्कृष्ट ब्राण्डको रुपमा आफ्नो पहिचान कायमै राखिरहेको छ । तर एउटा पछिल्लो प्रविधिको मामिलामा चाहिँ एप्पल पछि परेको छ । बेलायत, चीन तथा जापान जस्ता देशहरुले फाइभ जी नेटवर्कको विकास गरिसकेका छन् । र, स्मार्टफोन कम्पनीहरु बीचमा फाइभ जी कनेक्टिभिटीयुक्त स्मार्टफोन उत्पादन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । तर आइफोन […]

अब फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने

काठमाडौं । आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ । उक्त परिवर्तनपछि प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् । फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ । जसको उद्देश्य […]

५० प्रतिशत मोबाइल फोनमा तीनवटा क्यामरा

स्मार्टफोन कम्पनीहरुबीच बढीभन्दा बढी शक्तिशाली क्यामरा भएका स्मार्टफोन बनाउने प्रतिस्पर्धा चलिरहेको छ । यो मेगापिक्सेल युद्धमा स्मार्टफोनहरु अगाडि बढिरहेको वर्तमान समयमा काउन्टरप्वाइन्ट रिसर्चले एउटा नयाँ रिपोर्ट सार्वज्निक गरेको छ । जस अनुसार सन् २०२१ को अन्तिम सम्ममा विश्वभर प्रचलित स्मार्टफोनमध्ये करीब ५० प्रतिशत स्मार्टफोनमा तीन वा त्यसभन्दा धेरै क्यामरा हुनेछन् । यो वर्ष सन् २०१९ […]

इन्स्टाग्राममा मत सर्वेक्षण गरेर किशोरीले गरिन् आत्महत्या

फोटो शेयरिङ एप इन्स्टाग्राममा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छन् । मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग मत सर्वेक्षण गरेकी थिइन् । मत सर्भेक्षणमा उनले आफु मर्दा ठीक हुन्छ कि बाँच्दा ठीक हुन्छ भनेर सोधेकी थिइन् । त्यसक्रममा उनका ६९ प्रतिशत फलोअर्सले मर्दा ठीक हुन्छ भन्ने मत प्रकट गरे । […]

आइसिटी अवार्ड २०१९ को नोमिनेसन खुला

१ जेठ, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन नोमिनेसन जेठ १ गतेदेखि खुला गरिएको छ । चौथो संस्करणका रुपमा आयोजना हुन लागिरहेको नोमिनेसन जेठ २५ गतेसम्म दर्ता गर्न सकिनेछ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले २०७६ साल साउन […]

किन खुम्चिँदैछ चन्द्रमा ?

तपाईं हामीले बाल्यकालदेखि नै चन्द्रमाको बारेमा धेरै कथाहरु सुनेकै छौं । रुप फेरिरहने चम्किलो चन्द्रमाका कथाले हामी पुलकित हुन्थ्यौं । तर यो चम्किलो चन्द्रमा अहिले चाहिँ मुर्झाउँदै गएको छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमा विस्तारै खुम्चिँदै गएको छ । नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन् र आकार पनि कम हुँदै गएको छ । नासाले […]

सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवा

१ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरे । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा माननीय मन्त्रीले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री […]

ट्वीटरले किन बन्द गर्‍यो डेढ लाख अकाउन्ट ?

माइक्रो ब्लगिङ साइट ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा १ लाख ६० हजार भन्दा धेरै ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ । शून्य सहनशीलता नीति लागू गरेसँगै ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो । ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि […]

एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

३० वैशाख, काठमाडौं । विश्वका विभिन्न कुनाबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डाटा बन्डलिङ सेवा पाउने भएका छन् । एनसेलले यहि मंगलबार (बैशाख ३१) देखि लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको हो । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र ११० (कर सहित) मा सजिलै ट्राभलर्स […]

अब यी फोनमा चल्नेछैन ह्वाट्सएप

ह्वाट्सएपले हालै आफ्नो सपोर्ट सिस्टम पेज अपडेट गरेको छ । उक्त अपडेटेड पेजमा ह्वाट्सएपले थप एउटा अपरेटिंग सिस्टमको नाम जोडेको छ, जसका लागि आगामी दिनमा ह्वाट्सएपको सपोर्ट मिल्ने छैन । ह्वाट्सएप सपोर्ट बन्द भएसँगै कम्पनीले त्यस्ता डिभाइसमा कुनै अपडेट वा बग फिक्स उपलब्ध गराउने छैन । हालै ह्वाट्सएपले केही अपरेटिंग सिस्टमका लागि सपोर्ट बन्द गर्ने […]

अमेजन मालिक बेजोसको योजना : चन्द्रमामा बसोबास

अमेजन कम्पनीका मालिक तथा विश्वको नम्बर वान धनाढ्य जेफ बेजोसले पत्रकार सम्मेलन बिरलै गर्दछन् । उनले हालै एउटा पत्रकार सम्मेलनको आयोजना गरे र आफ्नो सबैभन्दा लगावको परियोजना ‘ब्लु ओरिजिन’का बारेमा कुरा गरे भने चन्द्रमामा उतार्ने यानका बारेमा पनि कुरा गरे । उनले परिकल्पना गरेको ब्लू मून नामको यान चन्द्रमामा जाने अद्वितीय साधन बन्नेछ । उनका […]

फेसबुक चलाउँदै हुनुहुन्छ ? बुँदा नं ९४ ख्याल गर्नोस् !

२७ बैशाख, काठमाडौं । सामाजिक सञ्जालमा केही विकृति र स्वच्छन्दता देखिए पनि अहिलेसम्म नेपाली नागरिकले खुल्ला अभिव्यक्ति दिादै आएका थिए । नेताहरुलाई खरो अलोचनासहितका कमेन्टहरु पनि गर्न पाइन्थ्यो । तर, अब सरकारले ल्याउन लागेको सूचना प्रविधि ऐन जस्ताको त्यस्तै पारित भयो भने फेसबुक चलाउनेहरुबाटै प्रहरी हिरासत र जेलहरु भरिने सम्भावना देखिन्छ । सरकारले संसदमा दर्ता […]