Comments Add Comment

देश

List Grid
विराटनगरको फोहोरमा कोरियाली कम्पनीको चासो, चिनियाँ कम्पनी आएन

२ असार, विराटनगर । विराटनगर महानगरपालिकाभित्र उत्पादन हुने फोहोरको दीर्घकालीन समाधान खोज्न कोरियाली टोली विराटनगर आएको छ । कोरियाली इन्भेष्टमेन्टल इन्डष्ट्रिज एण्ड टेक्नोलोजी इन्स्टिच्युट (केइआइटिआई) को टोली विराटनगर आएको हो । नगरबाट निस्कने फोहोरलाई उर्जामा परिणत गर्ने विषयमा गुरुयोजना तयार पार्न कोरियन टोलीले काम सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिए । संघीय मामिला तथा […]

पथरी जंगलमा सडेको अवस्थामा शव भेटियो

२ असार, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा युवकको शव भेटिएको छ । पथरी शनिश्चरे नगरपालिका– २ मा रहेको सुन्दर सामुदायिक वनको गेट नजिकै सडेको अवस्थामा शव भेटिएको हो । सोमबार विहान शव भेटिएपछि अनुसन्धानका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीको टोली […]

असार २१ सम्म सम्झौता नगर्ने भुकम्पपीडितलाई सूचीबाट हटाइने

२ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । आगामी असार २१ सम्मको समय सीमा दिँदै प्राधिकरणले यस अवधिभित्र अनुदान सम्झौताका लागि नआए लाभग्राही सूचिबाट हटाउने जानकारी दिएको हो । उक्त अवधिभित्र लाभग्राही सूचिमा रहेका प्रभावितलाई अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो […]

सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन –बजेट कार्यान्वयनको तयारीमा जुट्नुस्

२ असार,बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । चालु आवको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिंदै आगामी आवको बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न उनले सचिवहरुलाई निर्देशन दिएका हुन् । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने […]

दैलेखमा जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

२ असार, दुल्लु (दैलेख) । ठाटीकाँध गाउँपालिका-३ बहाँकोटमा सोमबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना घाइते […]

आँधी प्रभावित भरवलियाका बासिन्दा आन्दोलित

२ असार, वीरगञ्ज । गत चैत १७ गते आएको आँधी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका-१ भलुही भरवलियाका बासिन्दा आन्दोलित भएका छन् । शुक्रबार वडानम्बर १ को कार्यालयमा तालाबन्दी गरेका उनीहरुले सोमबार गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा सामान्य झडपसमेत भएको छ । फेटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न स्थानीय रम्भा देवीको नेतृत्वमा गएका महिला […]

चरेस र मरिचसहित तीन जना पक्राउ

२ असार, वीरगञ्ज । प्रहरीले लागू औषध चरेससहित दुई जनालाई वीरगञ्जबाट पक्रेको छ । पक्राउ परेका मध्ये एक जना महिला छिन् । प्रहरीले पर्साको छिपरमाई गाउँपालिका वडा नं ५ भिष्वा बस्ने ३२ वर्षीय इम्तियाज आलम र बाराको शितलपुर घर भइ हाल वीरगञ्ज महानगरपालिका वडा नंम्बर २ छपकैयामा डेरा गरी बस्ने ३२  वर्षीया मीना खातुन रहेका छन् […]

समुदायसँग सहकार्यमा ७४ वटा सीसी क्यामरा जडान

२ असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले समुदायसँग सहकार्य गरेर ७४ वटा सीसी क्यामरा जडान गरेको छ । अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सीसी क्यामरा जडान गरिएको हो । वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा सुरक्षित नागरिक समाज, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ लगायतको आर्थिक […]

तराईका अधिकांश जग्गाको मालिक भारतीय : राधा ज्ञवाली

२ असार, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका अधिकांश जग्गाको मालिक भारतीय रहेको बताएकी छन् । यसतर्फ सम्बन्धित सरोकारवालाहरुको प्रयाप्त ध्यान जान नसकेको उनको भनाइ छ । ‘तराईका हजारौं विगाहा जमिन चौधरीको नाममा छ । ति चौधरी सबै भारतमा छन् । यसरी हाम्रो देशको ठूलो भूभागको मालिक नेपाल बाहिर छ । उनीहरुको नेपाली […]

जग्गाको न्युनतम हदबन्दी १५ कठ्ठा हुनुपर्छ : केशव बडाल

२, असार, काठमाडौं । उच्चस्तरीय भूमि सुधार आयोगका पूर्वअध्यक्ष तथा पूर्वसांसद केशव बडालले जग्गाको न्युनतम हदबन्दी १५ कठ्ठा हुनुपर्ने बताएका छन् । सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा बडालले भने, ‘धेरै नै रहेछ भने झिक्ने हो तर, १५ कठ्ठा भन्दा तल छ भने त्यो कुनै हालतमा झिक्न हुँदैन । ५ कठ्ठा भनेको […]

प्रदेश २ का कर्मचारीले थप एक महिनाको तलब पाउने

२ असार, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशभित्र काम गर्ने कर्मचारीहरुलाई थप एक महिना बराबरको तलब दिने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आइतबार संसदमा प्रस्तुत बजेटमा एक महिना बराबरको शुरु तलब स्केलको रकम थप सुविधाको रुपमा दिने व्यवस्था गरिएको हो । राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राखि कार्य उत्प्रेरणा बढाउन तथा […]

पानी ट्यांकीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु

२ असार, गुल्मी । पानी ट्यांकीमा डुबेर गुल्मीमा १ जनाको ज्यान गएको छ । दरबार गाउँपालिका–७, ठूलीचौर निवासी ३५ वर्षीया मीना थापाको ट्यांकीमा डुबेर ज्यान गएको हो । सोमबार बिहान घरमै रहेको प्लाष्टिकको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । थापाको शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने […]

प्रदेश ३ का कर्मचारीलाई थप एक महिनाको तलब

२ असार, हेटौंडा । प्रदेश ३ सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब थप गर्ने भएको छ । आइतबार बजेटमार्फत संघीय सरकारले वृद्धि गरेको तलबमान साउन १ देखि लागू गर्ने घोषणा गरिएको छ । साथै प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही तीन महिना प्रदेश सरकारमा सेवा गरेका कर्मचारीलाई थप उत्प्रेरित गर्न र […]

हेटौंडाबाट पथलैया हिँडेको बस दुर्घटना , १ को मृत्यु, २२ यात्रु घाइते

२ असार, हेटौंडा । मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको ज्यान गएको छ भने २१ यात्रु घाइते भएका छन् । ना ५ ख ४०१५ नम्बरको यात्रुवाहक बस सोमबार बिहान मकवानपुर र बाराकाे सीमाक्षेत्र चुरीयामाई मन्दिर नजिकै दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे हाे । दुर्घटनामा गम्भीर घाइते १ […]

प्रदेश ५ याेजना आयोगका उपाध्यक्ष  डा.श्रेष्ठले दिए राजीनामा 

२ जेठ,बुटवल ।  प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।  श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएका हुन् । डा. श्रेष्ठलाई  ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण (स्थितिपत्र) र आवधिक योजना […]

टुँडिखेलमा भूमेको राैनक (फोटो फिचर)

१ असार, काठमाडाैं । खामभाषी मगरहरुको मुख्य चाड भूमे  आइतबारबाट काठमाडौँको टुडिखेलमा धुमधामका साथ सु भएको छ ।  सोमबारसम्म चल्ने यो चाडमा भूमि तथा प्रकृतिको पूजा गरिन्छ । वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् । भूमे पर्वमा बाजागाजा […]

गर्मीले भरतपुर, खैरहनी र गैंडाकोटका विद्यालय बन्द

१ असार, चितवन । चितवनमा बढेको अत्याधिक कारण यहाँका विद्यालयहरु तीन दिनका लागि बन्द गरिने भएको छ । भरतपुर महानगरपालिकाले चितवनमा अत्यधिक गर्मी बढेको कारणले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले पठनपाठन हुने कुल दिनमा नघट्ने गरी बर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिन अनुरोध गरेको […]

५ लाख बराबरको कपडा बरामद

१ जेठ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ५ लाख मुल्य बराबरको समान बरामद गरेको छ । आइतबार बिहान चेकजाँचको क्रममा वीरगञ्ज १६ रजतजयन्ती क्षेत्रबाट कपडा, कम्युटर पार्टस लगायतका समान बरामद भएको हो । सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार सुरक्षा गुल्मबाट खटिएको ड्युटी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध […]

काठमाडौं महानगरमा थपियो ब्रुमर

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेङ्दु नगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । आइतबार आयोजिकत एक समारोहकाबीच चिनिया प्रतिनिधिले काठमाडौं महानगरलाई ब्रुमर हस्तान्तरण गरे । हस्तान्तरण गरिएको २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ (भन्सार बाहेक) रहेको महानगरपालिकाले जानकारी दिएको छ । युरो ५ मापदण्डका यि ब्रुमरहरु ८.६ मिटर लम्बाइ […]

असुरक्षित भएको भन्दै डडेल्धुरा अस्पतालका सबै चिकित्सक विदामा

१ असार, डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकहरू विदामा बसेका छन्र । काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै उनीहरू विदामा बसेका हुन् । आइतबार अस्पतालमा कार्यरत ११ जना चिकित्सकले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई विदामा बस्ने पत्र बुझाएका हुन्। मेडिकल सुपरिटेन्डेन्ट कँडेललाई बुझाइएको पत्रमा चिकित्सकहरुले प्रमुख […]

योगेश भट्टराई भन्छन्- गुठी विधेयकको विरोधमा ‘राजावादी’ मिसिए

१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले गुठी विधेयकको विरोधमा सुरु भएको आन्दोलनमा ‘राजावादीहरु’ समेत मिसिएको भन्दै हाललाई विधेयक स्थगन गर्न सरकारसँग माग गरेका छन् । ‘आन्दोलनमा गएर आफ्नो-आफ्नो स्वार्थ बोक्नेहरूले रोटी सेक्न थाले । राजावादीहरु, राजा आउ भन्नेहरु धर्मको कुरा गर्न थाले । जातीय वितृष्णा फैलाउनेहरु सडकमा जान थाले […]