Comments Add Comment
No ads found for this position

देश

List Grid
परिवारै मिलेर ठगीः काका–भतिज समातिए, भाउजू फरार

१ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ठगीमा संलग्न भएको आरोपमा काका–भतिजालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसेका जितबहादुर तामाङ र रामबहादुर तामाङ छन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरु नाताले काका–भतिजा हुन् । उनीहरुले नयाँ बसपार्क, बौद्धलाई आधार इलाका बनाएर सक्कली भनेर नक्कली डलर र सुन साटेर लाखौं रुपैयाँ ठगी […]

काठमाडौंमा ८२ पाकेटमार पक्राउ

१ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका […]

ढल्केबर सबस्टेसनः सप्तरीमा वनको अवरोध कायमै

१ असार, काठमाडौं । धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र (डिसेम्बर २०१९) सञ्चालनमा आउने भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ । ४००÷२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि […]

युवाहरुको विश्वास गुम्न नदिन आयोग सचेत : उमेश मैनाली

१ असार, काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक व्यवस्थालाई आयोगले पूर्ण कार्यान्वयन गरिरहेको बताएका छन् । अध्यक्ष मैनालीले प्रदेश लोकसेवा आयोगको छिटो गठन होस् भन्ने अपेक्षा गरिएको पनि उनले प्रष्ट पारेका छन् । आयोगको ६९ औं वाषिर्कोत्सवको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष मैनालीले आयोगको आफ्नो कामलाई नागरिकको नजरबाट मूल्यांकन गर्दै अघि […]

एक महिनामा होला त दिपायल विमानस्थल कालोपत्रे !

१ डोटी, असार । ०७५ साल असार मसान्तसम्म कालो पत्रेको काम सम्पन्न गर्ने गरी ०७३ सालमा सुरु भएको दिपायल विमानस्थलको स्तरोन्नतीको काम ०७६ असार मसान्तमा समेत पूरा नहुने देखिएको छ । ०६२ सालदेखि जहाज नचल्दा गौचरणमा परिणत भएको दिपायल विमानस्थलको स्तरोन्नती गर्ने कार्यका लागि नेपाल नागरिक उड्यन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच सम्झौता भएको […]

संघीयता असफल बनाउन अनर्गल प्रचार भइरहेको छ : मुख्यमन्त्री शाही

१ असार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको बताएका छन् । आइतबार वीरेन्द्रगरमा सिभिल वैंकको कर्णाली  प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गर्दै संघीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने उद्धेश्यले गरिएका अनर्गल […]

वीरगञ्जमा एक भारतीयसहित दुई जनाको शव फेला

१ असार, वीरगञ्ज । वीरगञ्जमा एक भारतीय नागरिकसहित दुई जनाको शव भेटिएको छ । भारतको बिहार छाप्रा जिल्ला सिमान–१ मा बस्ने अन्दाजी ४५/५० का महन्थ यादवको शव भेटिएको हो । आइतबार बिहान वीरगञ्ज महानगरपालिका–१७, आईसीपी गेटभित्र पार्किङ गरी राखेको डब्लु बी ११ बी ५४१० नम्बरको ट्रकको छेउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको […]

१६३ ई–रिक्सा एकै दिन कारवाहीमा

१ असार, वीरगञ्ज । ट्राफिक प्रहरीले वीरगञ्जका ई–रिक्सामाथि कडाइ गर्न थालेको छ । अव्यवस्थित रुपमा ई–रिक्सा सञ्चालन हुँदा ट्राफिक अस्तव्यस्त भएको गुनासो बढेपछि ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो । सोही क्रममा ट्राफिक प्रहरीले एकैदिन यहाँका १ सय ६३ ई–रिक्सालाई कारवाही गरेको छ । आवश्यक कागजपत्र नभएका ई–रिक्सा कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले जनाएको […]

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु

१ असार, डडेल्धुरा । ट्याक्टर दुर्घटनामा परी डडेल्धुरामा एक शिक्षकको ज्यान गएको छ । जिल्लाको आलिताल गाउँपालिका–८, कुर्जेनियामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा समैजी अधारभूत विद्यालय, आलीतालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको हो । गोदाम बजारबाट बालुवा लोड गरेर कुर्जेनीतर्फ जाँदै गरेको से २ त २८५० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।  दुर्घटनामा […]

सकियो प्रधानमन्त्रीको युरोप भ्रमण, आज स्वदेश आइपुग्ने

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश आइपुग्ने भएका छन् । युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणका लागि यही जेठ २५ गते त्यसतर्फ लागेका ओली कतार एयरवेजको विमानबाट अहिले बिहान काठमाडौं एयरपोर्टमा आइपुग्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा […]

भोलिदेखि न्युरोडको पार्किङस्थल मोबाइलबाटै बुक गर्न सकिने

३२ जेठ, काठमाडौं । सवारी लिएर न्युरोड जाँदै हुनुहुन्छ ? जादै हुनुहुन्छ भने भोलि आइतबारदेखि घरबाटै आफूलाई आवश्यक र उपयुक्त पार्किङ स्लट घरबाटै बुकिङ गरेर जान पाइनेछ । यसले न्युरोडमा पुगेर पार्किङ खोज्दै भौतारिनुपर्ने समस्या हट्ने दावी गरिएको छ । काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुआत भोलिबाट हुँदैछ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको […]

विद्यार्थी संगठनले जलाए लोकसेवा अध्यक्षको पुत्ला

३२ जेठ, सप्तरी । स्थानीय तहमा कर्मचारी माग गर्दै खोलेको विज्ञापनलाई लिएर सप्तरीमा लोकसेवा आयोगका अध्यक्षको पुत्ला जलाइएको छ । विद्यार्थी संगठनहरुले शनिबार राजविराजस्थित स्थानीय जनआन्दोलन चोकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला जलाएका हुन् । यसमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी समेत सहभागी थियो । लोकसेवा आयोगले हालै निकालेको विज्ञापन संविधानविपरित असमावेशी रहेको […]

ट्याक्सी दुर्घटनामा एक जनाको मृत्यु

३२ जेठ, बागलुङ । जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गएराति १० बजे भेडिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण […]

गाउँपालिकाले चौंरी प्रवर्द्धनमा लगानी गरेपछि कृषक उत्साहित

३२ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिकाले चौंरी प्रवद्र्धनमा लगानी गरेपछि कृषकहरु उत्साहित भएका छन् । चौंरीपालन व्यवसायलाई कार्यक्रममा नै समावेश गरेर गाउँपालिकाले योजना अघि बढाएपछि कृषकहरु उत्साहित भएका हुन् । गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले यस आर्थिक वर्षमा चौंरी प्रवद्र्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । गाउँपालिकाले गरेको कामलाई थप सहयोग गर्न प्रदेश ३ सरकारले […]

जब कार्यकर्ताहरु भुइँ ढोगेर कोइराला निवास प्रवेश गरे …

३१ जेठ, विराटनगर । शुक्रबार करिब दुई सय संख्याका कांग्रेस कार्यकर्ता विराटनगरको कोइराला निवास पुगे । कोइराला निवासलाई मन्दिरको स्वरूप सम्झदै टाउको भुइँमा राखी दर्शन गरेर उनीहरु निवास प्रवेश गरे । केही दिनअघि सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएको घटनाले चर्चामा आएको कोइराला निवासमा शुक्रबारको घटनाले उपस्थित सबैलाई स्तब्ध बनाएको कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए। […]

भरतपुर अस्पताल र न्याम्सबीच सम्झौता

३१ जेठ, चितवन । भरतपुर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)वीच शैक्षिक कार्यक्रम नविकरण सम्झौता भएको छ । न्याम्सका उपकुलपति प्रा. डा. डीएन शाहको उपस्थितिमा भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.बिश्ववन्धु बगाले र न्याम्सका डीन प्रा.डा. पियुस दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । न्याम्स र भरतपुर अस्पतालवीच २०७१ पौष २६ गते भएको पुरानो सम्झौताको म्याद […]

जबर्जस्ती करणी गरी फरार युवक पक्राउ

३१ जेठ, दार्चुला । दार्चुलामा जबर्जस्ती करणीका आरोपी युवक तीन महिनापछि पक्राउ परेका छन् । गत फागुन २८ गते १७ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरी फरार महाकाली नगरपालिका २ का २० वर्षका महेश दमाई बिहीबार पक्राउ परेका दार्चुलाका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए । गत फागुन २८ गते बेलुकी साढे सात बजेतिर महेशले १७ वर्षकी […]

कोदाली हान्दै गर्दा ढले सादगी नेता पौडेल

३१, जेठ, चितवन । शुक्रबार विहान पूर्वमन्त्री शिक्षामन्त्री धनिराम पौडेल निर्माणाधीन घरको अगाडि छरिएका गिट्टी सोर्हर्दै थिए । दिउँसो चर्को घाममा काम गर्न नसकिने भएकाले विहानै चेक हाफ पाइन्ट र कालो टिर्सट लगाएर गिट्टी उठाउन जाँगर चलाउँदै थिए उनी । गिट्टी सोहोरेर उनी माडी नगरपालिका कर्मचारीसमेत रहेका छिमेकी टेकनाथ पौडेलको घरमा पुगे । पसिनाले निथ्रुक्क […]

वीरगञ्जका मेयरलाई व्यवसायीको सुझाव : करको दर नबढाऊ

३० जेठ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले करको दर नबढाउन वीरगञ्ज महानगरपालिकालाई सुझाव दिएका छन् । करको दायरा बढाउँदा नगरबासीमा करको भार पनि नपर्ने र महानगरपालिको आन्तरिक आम्दानी समेत बढ्ने उनीहरुले सुझाव दिए । उनीहरुले वीरगञ्ज महानगरपालिकामा पछि थपिएका १६ वटा वडालाई पनि करको दायरामा ल्याउनुपर्ने उनीहरुको भनाइ छ । आर्थिक वर्ष २०७६/७७ को बजेट […]

कार्यवाहक प्रधानमन्त्री र स्विटजरल्याण्डका राजदूतबीच भेट

३१ जेठ, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालस्थित स्विटजरल्याण्डका राजदूत इलिजावेथ भोन क्याप्लरबीच शिष्टाचार भेट भएको छ । रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आर्थिक, सामाजिक तथा दुई मुलुकबीचको सैन्य सहयोग आदान प्रदान तथा सहकार्यका विषयमा छलफल भएको थियो । कार्यवाहक प्रधानमन्त्री पोखरेलले हालै नेपाल राजनीतिक रुपमा संघीयतामा प्रवेश […]

स्कुटरबाट झरेर नारायणीमा हाम फालिन् युवती

३१, जेठ, चितवन । दाजुको स्कुटर पछाडि बसेर आएकी एक युवती स्कुटरबाट झरेर नारायणीमा हाम फालेकी छिन् । युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुले बताए । पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् । पुलमा सवारी चापका कारण केही भीडभाड भएका बेला उनी स्कुटरबाट […]