Comments Add Comment

छुटाउनुभयो कि?

List Grid
राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

१ असार, काठमाडौं । बेरोजगारी घटाउने भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका थरीथरीका झाँकी देशभरका स्थानीय तहमा देखिएका छन् । काठमाडौं महानगरपालिकाले पनि आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमको ‘रिहर्सल’ गरेको छ । स्थलगत अवलोकनका क्रममा हामी आइतबार वडा नम्बर ५ स्थित गहनापोखरी पुग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्रूप दृश्य देखियो । बेरोजगारी हटाउने […]

सात प्रदेशको बजेट : सातथरी नारा, दशथरी वितरण

१ असार, काठमाडौं । सातवटै प्रदेशले आइतबार आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशहरुको कूल बजेट २०.३३ प्रतिशतले बढेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार असार १ गतेभित्र सबै प्रदेशले बजेट ल्याउनुपर्ने बाध्यता छ । आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशको कूल […]

गुठीबारे प्रधानमन्त्री : मौका पायौं भन्ठान्या होलान्,चान्स छैन !

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएका बेला काठमाडौंमा गुठी विधेयकविरुद्ध आन्दोलनको सुरुवात भयो । काठमाडौंको बसन्तुपरमा उर्लिएको जनसागर अनि पाटनमा निस्किएको मसाल जुलुसले सरकारलाई  झस्कायो । काठमाडौंका आदिवासीहरुमा देखिन थालेको आक्रोशका कारण सरकार एकाएक गलेको महसुस स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले दिएको छ । प्रधानमन्त्री ओलीले आइतबार स्वदेश फर्केकै […]

‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि !’

१ असार, काठमाडौं । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रवक्ता भएयता पुरातन ढर्रामा चलिरहेको पार्टीको प्रचार शैली निकै फेरिएको छ । कुनै पनि विषयमा तत्काल धारणा बनाउन सक्ने तथा स्पष्ट र तार्किक ढंगले बोल्न सक्ने क्षमता भएकाले शर्मा प्रवक्ताको भूमिकामा खुबै जमेका छन् । तथापि कतिपयले चाहिँ झिनामसिना कुराहरुमा पनि प्रतिक्रिया जनाउँदै हिँड्ने र सामाजिक सञ्जालमा […]

‘होसियार ! सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित छैनन्’

१ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई संसदबाट आह्वान गरेका छन् । बहुमतको बलमा यो विधेयक पास हुने हो भने सरकारका अरिङ्गालबाहेक कोही सुरक्षित नहुने उनको दाबी छ । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको विरोध गरे । विधेयकमा सामाजिक […]

टुँडिखेलमा भूमेको राैनक (फोटो फिचर)

१ असार, काठमाडाैं । खामभाषी मगरहरुको मुख्य चाड भूमे  आइतबारबाट काठमाडौँको टुडिखेलमा धुमधामका साथ सु भएको छ ।  सोमबारसम्म चल्ने यो चाडमा भूमि तथा प्रकृतिको पूजा गरिन्छ । वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् । भूमे पर्वमा बाजागाजा […]

सुध्रिँदैनन् पाकेटमार ! जेलबाट निस्किने वित्तिकै उही धन्दा

१ जेठ, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले पाँच महिनाअघि सार्वजनिक गरेको ७७ पाकेटमार मध्ये एक थिए, कालिमाटी बस्ने लालध्वज जिम्बा । केही दिन जेल बसेर छुटेका उनी फेरि चोरी धन्दामा सामेल भए । पछिल्लो पटक धनुषाका लक्ष्मेश्वर यादवको साथबाट ७७ हजार रुपैयाँ लुट्दालुट्दै २१ जेठमा पक्राउ परेका छन् । बल्खुको बयोदा हस्पिटल जानका लागि […]

कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित )

१ असार, सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन […]

काठमाडौंमा ८२ पाकेटमार पक्राउ

१ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका […]

ज्वाइँहरु बेइमान परेछन् !

१ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले जनता-जनता भिडाउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन भइरहेका बेला सत्तारुढ सांसदहरुले किसानहरु पक्षमा भन्ने तर्क गरेपछि सांसद थापाले त्यसको प्रतिवाद गरे । सरकारले गुठी भनेको जग्गा र सम्पत्ति मात्र बुझेको भन्दै उने भने, ‘गुठी जग्गा होइन, सम्पत्ति हुँदै […]

युरोप घुमेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नाै दिने  विदेश भ्रमण सकेर  आइतबार बिहान स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । ओलीसहितको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् । […]

गलबन्दीले चर्चित बनायो, तीर्खा मेटाएन !

सबै बन्दोबस्ती ठीकठाक मिलेको भए ‘गलबन्दी’ गायक प्रकाश सपूत अरु नै हुन्थे । अरु अर्थात हिरो । अनि फिल्ममेकर पनि । सिनेमाको हिरो बन्ने अतृप्त चाहले धकेल्दै-धकेल्दै उनलाई त्यही कुइनेटोमा हुत्याइदियो, जहाँबाट उनको रहर मोडियो । उनी गायक बने । लोक दोहोरीमा भाका हाल्न थाले । राजधानीका दोहारी साँझ घन्काउन थाले । तर, धीत मरे […]

‘सिंहदरबारमा पूर्वप्रधानमन्त्रीको सूचीमै त्रुटि छ’

३० जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिएको नेपालका पूर्वप्रधानमन्त्रीहरूको नामावलीको पहिलो नम्बरमा भीमसेन थापाको नाम छ । त्यसपछि क्रमशः रङ्गनाथ पौड्याल, पुश्कर शाह, रणजङ्ग पाण्डे, फत्येजंग शाह हुँदै सूची शेरबहादुर देउवासम्म लम्बिएको छ । तर, इतिहासका प्राध्यापक दिनेशराज पन्त भीमसेन थापाभन्दा ३७ वर्षपछिका शासक माथवरसिंह थापा नेपालका पहिलो प्रधानमन्त्री भएको बताउँछन् । पन्तका […]

‘कांग्रेसप्रति आकर्षण बढ्यो, साढे ३१ हजार प्रवेश गरे’

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर […]

भूमिगत रेल चढेर फ्रान्स लागे प्रधानमन्त्री ओली

२९ जेठ, बार्सिलोना । नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली भूमिगत रेल चढेर फ्रान्स लागेका छन् । तीन दिने बेलायत भम्रण सकेर प्रधानमन्त्री ओली युरो टनेल भनिने भूमिगत रेल चढेर पेरिसतर्फ प्रस्थान गरेका हुन् । १९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो […]

बीबीसीमा प्रधानमन्त्री ओलीको ‘फितलो’ प्रस्तुति !

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले मंगलबार बीबीसी वल्र्ड सर्भिसमा प्रधानमन्त्री ओलीले अन्तरवार्ता दिइरहेको भन्दै गर्वका साथ केही तस्वीरहरु ट्विट गरे । रिमालको प्रचार–प्रसार हेर्दा प्रधानमन्त्री ओलीले नेपाल र बेलायतको दुई देशीय सम्बन्धका आयामहरुबारे अन्तरवार्ता दिन लागेको अनुमान धेरैले गरेका थिए । तर, अन्तरवार्तामा प्रधानमन्त्री ओली नेपालको सरकार प्रमुख […]

टिकटकको ‘त्यो कालो केटा’लाई प्रहरीले किन कोच्यो हिरासतमा ?

२९ जेठ, काठमाडौं । टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो । टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई ‘वीरविक्रम २’ चलचित्रको भिडियो समीक्षा […]

गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस

२९ जेठ, काठमाडौं । गुठी विधेयकको विरोधमा मैनवत्ति जुलुस निकालेका छन् । बसन्तपुर क्षेत्रमा भएको प्रदर्शनमा सहभागीहरुले एक हातमा मैनवत्ति बोकेका थिए भने अर्को हातमा ‘गुठी रहे जात्रा रहन्छ’, गुठीको जग्गा लुट्न पाइँदैन’, धर्म संस्कृति मास्न पाइँदैन’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । उनीहरुले गुठी विधेयक खारेज गर्न माग गरेका छन् । भूमि […]

साउदीमा हज यात्री पठाउँदा पनि भ्रष्टाचार !

२९ जेठ, काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूलाई हज जीवनमा एक पटक जानै पर्ने तीर्थस्थल मानिन्छ । त्यसैले हज गर्न साउदी अरबमा जान सरकारले हरेक वर्ष रकम खर्च गर्छ । तर त्यही रकममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल हज समिति अन्तर्गत कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जनाविरुद्ध मुद्धा हालेको छ । […]

लोकगीतको क्रेजसँगै भिडियोमा लगानी बढ्दो, तर गुणस्तर ?

निर्देशक शिव वीकले ‘सालको पात टपरी’ बोलको गीतको म्यूजिक भिडियोमा काम गराउनका लागि नेपालका चर्चित नायक–नायिकालाई अफर गरे । धेरैले लोकगीत पनि कसैले गर्छ भन्दै नाक खुम्च्याए । धेरैले नाक खुम्च्याउँदै गएपछि नायिका मरिष्का पोखरेलले काम गरिन् । गीत हिट भैदियो, मरिष्का चलचित्रबाट नपाएको सफलता लोकगीतबाट पाउँदैछिन् । ‘सालको पात टपरी’ले लोकगीतको बजारलाई फेरिदिएको छ […]

रोष्टममा बोल्न उभिएका सांसद रावल जब सिलिङतिर हेर्दै मौन बसे

२८ जेठ,काठमाडौं । संसदको रोष्टममा बोल्न उभिएका नेकपाका सांसद झपट रावल संसद भवनको सिलिङ र बैठक कक्षतर्फ हेरेर मौन बसेपछि सभामुखको आसनबाट राधा ज्ञवालीले सोधिन् ‘माननीयज्यू के भयो ?’ सांसद रावलले एकछिन घोरिएर जवाफ दिए ‘केही नभएकाले सभामुख महोदय १ नबोलेको ।’ रावल पुनः मौनधारणमा उभिएपछि सभामुख आसनबाट ज्ञवालीले फेरि सोधिन् ‘यसरी समयको सदुपयोग भएन […]