Comments Add Comment
No ads found for this position

मनोरञ्जन एप

List Grid
सहिमाको तीज गीतमा नीताको छमछमी(फोटो फिचरसहित)

गायिका सहिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम होइन । चलचित्र र आधुनिक गीतमा उनी चर्चित छिन् । उनै, सहिमाले यो बर्ष पनि तीजको गीत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । ‘यसपालिको तीजमा केही त होला की’ बोलको गीतको ललितपुरमा छायांकन गरिएको छ । गीतमा अमर राइको शब्द छ भने सन्तोष श्रेष्ठले संगीत भरेका […]

बेली डान्स गर्दा जान्वीलाई गाली नै गाली

बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई […]

‘द भ्वाइस’को कोचमा राजु र आस्थाको इन्ट्री

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि २ नयाँ कोचको इन्ट्री भएको छ । पहिलो सिजनमा रहेका कोचद्धय सनुप पौडेल र अभय बारिएपछि अब मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको हो । योसँगै अब राजु लामा, आस्थाको साथमा पुरानै कोच गायक दीप श्रेष्ठ र प्रमोद खरेलले प्रतिस्पर्धीको […]

यशराच र ऋचाको ‘लभ यू हमेशा’

लभ स्टोरी कथामा बनेको चलचित्र ‘लभ यू हमेशा’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको ६ गते रिलिज हुने भएको छ । भाष्कर प्रधानले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा यशराच गरज, ऋचा थापा, फिजा योन्जनको मुख्य भूमिका छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा शिशिर राणा, […]

कमेडियन सिम्रन भन्छिन्– परिवार मेरै सपोर्टमा

सिम्रन पाण्डे कहलिएकी कमेडियन होइनन् । तर, उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ यूट्यूबमा अपलोड भएको दोस्रो दिनमा नै एक नम्बर ट्रेन्डिङमा आयो । अत्यधिक सिर्जनशील प्रस्तुति वा हास्यरसको प्रचुरताले गर्दा सिम्रनको भिडियो भाइरल भएको होइन । यसको प्रमुख कारण हो उनले बोलेका केही ‘द्विअर्थी शब्दहरु । स्ट्यान्डअप कमेडीका नाममा यसअघि पनि द्विअर्थी शब्दहरू प्रस्तुतिहरुमा आउँथे […]

सारा र इशानको जोडी पर्दामा

चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् । यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड […]

आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर रिलिज

असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । यो चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । मायाको कथा हेर्न चाहने दर्शकका लागि ‘सानो मन’ विशेष खुराक […]

सलमान भन्छन्–‘मेरो फिल्ममा हिरोइनको अंगप्रदर्शन हुँदैन’

चलचित्र ‘एक था टाइगर’को छायांकनमा नायक सलमान खानले नायिका कट्रिना कैफलाई झापड हाने । कट्रिनाले छोटो लूगा लगाएको भन्दै सलमानले उनीमाथि हात हालेका थिए । सलमानको यो व्यवहार आलोचित पनि भयो । सलमानलाई आफू अभिनित चलचित्रमा नायिकाले छोटो लूगा लगाएको, अंगप्रदर्शन गरेको मन पर्दैन । उनले चलचित्रको पर्दामा चुम्बन पनि नगर्ने बताउँदै आएका छन् । […]

‘आप्पा’को ‘साउने झरी’ रिलिज

‘आप्पा’ चलचित्रका सार्वजनिक प्रचारका सामाग्री हेर्दा यसको मेकिङले लोभ्याउँछ । फरक स्वादको नेपाली चलचित्र दर्शकले हेर्न पाउनेछन् भन्ने विश्वास गर्न सकिन्छ । असारको १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राइको साथमा नव–कलाकारद्धय सिद्धार्थराज तामाङ र अलोना काबो लोप्चाको मुख्य भूमिका छ । यसैविच, चलचित्रमा समावेश […]

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम खर्च गरेर चलचित्र हेर्न चाहन्छन् । यसैले पनि अहिले देशभर नै मल्टिप्लेक्स हलको क्रेज बढिरहेको छ । यसैविच, काठमाण्डौको मध्य बाँनेश्वरमा २ पर्दाको मल्टिप्लेक्स हल खुल्ने भएको छ । असारको […]

‘जात्रै जात्रा’को ५१ दिने रफ्तार

केही निर्माताले आफू निर्मित चलचित्रले ५१ दिन मनाएको प्रचार त गर्छन् । तर, के हलमा निरन्तर चलेरै ५१ दिन मनाउने चलचित्रको संख्या धेरै छ त ? पक्कै पनि छैन । धेरै चलचित्र त जर्बजस्ती हलमा चलेर ५१ दिन मनाएका छन् । निर्माताको गोजीमा पैसा आएको हुँदैन, ५१ दिने रटान भने सुरु हुन्छ । जेठको ३ […]

कंगनाको आरोप–‘करणले पैसा खुवाएर मेरो फिल्मलाई ‘झुर’ भन्न लगाए’

बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ । कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुश्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा […]

श्रद्धा भन्छिन्–‘पलजी रोमान्टिक हुनुहुन्छ, तर फिल्ममा रोमान्सको दृश्य कम छ’

कोलकत्तामा रहेर मोडलिङ गरिरहेकी मोडल श्रद्धा क्षेत्री चलचित्र ‘हृदयभरी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । भदौ २७ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रमा आफ्नो भूमिका एकदमै राम्रो रहेको उनले सुनाइन् । यो चलचित्रमा उनी ‘मिस नेपाल’को भूमिकामा छिन् । नायक पल शाहको जोडीको रुपमा देखिएकी श्रद्धा उनीसँगको जोडी जम्नेमा […]

अनुपमको जन्मदिनमा खुलेकी करिश्मा

शुक्रबार बेलुकी कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा कालो रंगको पहिरन लगाएर नायिका करिश्मा मानन्धर पुगिन् । नायिका मानन्धर अनुपमसँग नजिक छिन् । सो कार्यक्रममा अनुपले करिश्मालाई सम्मान पनि गरेका थिए । अब, आफ्नो जन्मदिनमा हरेक बर्ष कुनै न कुनै कलाकारलाई सम्मान गर्ने उनले बताए । नायिका करिश्मा श्रेष्ठले पनि अनुपमको सम्मान पाउँदा घर भित्रकै माया पाएको […]

‘भारत’का लागि अदालतले दिएको ‘स्टे अर्डर’ खारेज

जेठको २२ गते बुधबार नै नेपालमा रिलिज भएको चलचित्र ‘भारत’का लागि जिल्ला अदालत काठमाण्डौले दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । चलचित्र विकास बोर्डले पठाएको स्पष्टिकरण पत्र पाएसँगै अदालतले भारतका लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको हो । यो चलचित्रको नेपाल वितरक ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै ‘भारत’ नेपालमा रिलिज गरि पाउँ भनेर अदालतमा मुद्दा दायर […]

सेतो पहिरनमा खुलेकी नम्रता

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ । नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ । आफ्नो जन्मदिनमा मिडियासँग […]

जब सरोजलाई आश्माले जिस्काइन्

गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको मोडलिङ छ । ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको भिडियोमा सरोज […]

‘मि टू’ प्रकरणमा नाना पाटेकरलाई ‘क्लिन चिट’

बलिउड नायिका तनुश्री दत्तले गतबर्ष ‘मि टू’ प्रकरणमा मुख खोलेपछि यसले भारतमा ठूलै चर्चा पायो । यसपछि, अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको बिषयमा मुख खोले । तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दे यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ । नानालाई […]

‘बहिनीले बिहे गर्दा मलाई बिहे गर्ने चाहना नै थिएनँ’: कोमल वली

गायिका कोमल वली अहिले सभासद् भैसकेकी छिन् । तर, पनि उनले तीजको अवसर पारेर हरेक बर्ष नयाँ गीत सार्वजनिक गर्ने शैलीलाई भने रोकेकी छैनन् । कोमलले तीजको समयमा सार्वजनिक गर्ने गीतमा प्राय ‘श्रीमान्’को कुरा गर्ने गर्थिन् । तर, उनले अब विस्तारै अन्य सम्बन्धको बिषयमा पनि गीत तयार पार्न थालेकी छिन् । कोमलले यो बर्षको तीजमा […]

अजयसँग तुलना गर्दा यसो भन्छन् अक्षय

बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् । अहिले अक्षयको तुलना अर्का बलिउड नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’मा अजय देवगण प्रहरी बनेका थिए । […]

३३ बर्षमा नम्रता

नायिका नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी छ । नायिका श्रेष्ठले चलचित्रको कथा मन परेकाले आफूले लगानी गरेको बताइन् । चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् […]