Comments Add Comment

गशिप

List Grid
बेली डान्स गर्दा जान्वीलाई गाली नै गाली

बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई […]

आमिरको चलचित्रमा करिना हिरोइन

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै छन् । चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले मन पराउँछन् । उनै आमिरको प्रतिक्षित चलचित्र हो, ‘लाल सिंह चद्दा’ । […]

भारतले जितेपछि पूनमको यस्तो हर्कत

बलिउडकी मोडल पूनम पाण्डे सधै नै विवादित छिन् । पूनम पाण्डे अश्लिल हाउभाउका कारण बढी विवादित बन्छिन् । उनको हातमा अहिले चलचित्र छैन । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक संजालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् । उनै पाण्डेले आइतबार बेलुकी भएको भारत र अष्ट्रेलियाविचको विश्वकप क्रिकेट खेलपछि एउटा उत्तेजक […]

राजकुमार हिरानीको फिल्ममा साहरुख ?

चलचित्र ‘जिरो’को असफल भएपछि नायक साहरुख खानले कुनै पनि चलचित्रको घोषणा गरेका छैनन् । तर, अब भने साहरुखले नयाँ चलचित्रमा काम गर्ने मुड बनाएका छन् । आफ्नो नयाँ चलचित्रको निर्देशनका लागि साहरुखले निर्देशक राजकुरमार हिरानीलाई रोजेको खबर चर्चामा छ । साहरुख र राजकुमारबीच भेटवार्ता पनि भइसकेको छ । उनीहरु एक(अर्कासँग काम गर्न एकदमै उत्साहित छन् […]

‘रातो टिका निधारमा’मा साम्राज्ञी ‘एकल महिला’को भूमिकामा ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘जय भोले’मा गाउँले भूमिका भएकै कारण काम गर्न नमानेको भन्ने खबर सार्वजनिक भएसँगै उनको आलोचना भयो । तर, यसपटक चलचित्र ‘रातो टिका निधारमा’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक शहरबाट गाउँको परिवेशमा पुगेकी छिन् । साम्राज्ञी राज्यलक्ष्मी शाहले छायांनका क्रममा प्रत्येक दिनको अपडेट आफ्नो इन्स्टाग्रामबाट गराइरहेकी छिन् । साम्राज्ञीको यो […]

सुपुष्पाको उत्साह

‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्ट अहिले उत्साहित छिन् । पहिलो चलचित्र असफल हुँदा उनले निर्वाहा गरेको भूमिकाको प्रशंसा भएको थियो । यसैले, पनि सुपुष्पालाई चलचित्रको अफर आइरहेको थियो, तर उनले ब्यानर र टिम हेरेको देखिन्छ । सुपुष्पा भट्ट अहिले दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा काम गरिरहेकी छिन् । यो चलचित्रको ब्यानर र […]

सलमानका कारण प्रियंकाले गुमाइन् भन्सालीको फिल्म

बलिउडमा नायिका प्रियंका चोपडा निर्देशक संजयलिला भन्साली निकट मानिन्छिन् । संजयले निर्देशन गर्ने चलचित्रमा प्रियंका पहिलो रोजाइमा पर्छिन् । उनी, संजयको नयाँ चलचित्रमा काम गर्ने तयारीमा समेत थिइन् । तर, संजयले बनाउन लागेको नयाँ चलचित्र ‘इन्साअल्ला’मा उनका लागि स्थान मिलेन । यसको पछाडि, नायक सलमान खानको हात रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र […]

कसको प्रेममा छिन् सारा ?

नायिका सारा सिर्पालीलाई ‘सुश्री सम्पत्ती’ असफल भएपछि राम्रा ब्यानरबाट अफर गएको छैन । पछिल्लो रिलिज ‘जात्रै जात्रा’को एउटा गीतमा नृत्य गर्नुबाहेक साराका लागि चलचित्र क्षेत्र त्यती सुखद देखिएको छैन । सारा राम्रो चलचित्र र राम्रो ब्यानरको खोजीमा छिन् । तर, उनलाई यी सबै कुराले लक लागेको छैन । तर, नायिका सारा सिर्पाली अहिले गहिरो प्रेममा […]

पूर्व गर्लफ्रेन्डसँगको अन्तिम निसानी मेट्दै रणवीर कपूर

त्यसो त रणवीर कपूर सिंगल बस्दैनन् । उनी कसै न कसैसँग अफेयरमा हुन्छन् । लभ रोमान्स र डेटिङ त उनको जीवनको अभिन्न पाटो नै हो । सबैलाई थाहै छ, अहिले पनि उनी खाली हात छैनन् । आलिया भट्टसँग ‘इलु इलु’ चलिरहेकै छ । उनको प्रेम प्रसंग चाहि दीपिका पादुकोणसँग छँदा उत्कर्षमा पुगेको हो । दीपिकाले […]

‘वीर विक्रम २’ हेर्न किन पुगिन् पूजा ?

वुधबार बेलुकी आयोजना भएको चलचित्र ‘वीर विक्रम २’को प्रिमियर हेर्न नायिका पूजा शर्मा पुगिन् । नायिका पूजा शर्माले पुरा चलचित्र भने हेरिनन् । उनी ब्रेकपछि बाहिरिएकी थिइन् । नायिका शर्माले आफ्नो विशेष काम परेकाले चलचित्र पुरा हेर्न नपाएपनि हलमा गएर हेर्ने बताइन् । नायक पल शाहसँग चलचित्र ‘म यस्तो गीत गाउँछु’मा काम गरेकाले पनि पूजा […]

सारुक र मलिनाको निकटता

चलचित्र ‘रानी’मा सँगै काम गरेपछि नायिका मलिना जोशी र नायक सारुक ताम्राकार नजिक भएका हुन् । उनीहरुले घुमफिर गरेको तस्बिर पनि मिडियामा सार्वजनिक नभएका होइनन् । हुनत, चलचित्र बजारमा सारुक र मलिनाको प्रेम नै छ भन्ने चर्चा नचलेको होइन । तर, यी दुबैले आजसम्म प्रेम भन्दा पनि मिल्ने साथी भनेर जवाफ दिदै आएका छन् । […]

पूर्व प्रेमी भेटेपछि साराले फिल्म नै हेरिनन्

‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी नायिका साराअली खान निकै चर्चामा छिन् । उनी अभिनित दोस्रो चलचित्र ‘सिम्बा’ पनि बक्सअफिसमा सफल भएपछि उनको चर्चा झनै चुलियो । दुई चलचित्रबाट साराले राम्रै फ्यान फलोअर्स कमाएकी छिन् । पछिल्लो समय साराको प्रेम चर्चा पनि खुबै हुने गरेको छ । केही समय अगाडि उनले आफ्नो प्रेम सम्बन्धको विषयमा पनि खुलेर […]

‘तपाइको काम फोटो खिच्ने त हो’ भन्दा आक्रोशित प्रियंका

शुक्रबार बेलुकी काठमाण्डौको पाँच तारे होटल हायातमा आयोजना भएको निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराको बिहे भोजमा पुगेकी नायिका प्रियंका कार्कीलाई एक व्यक्तिको भनाइले साह्रै नै चित्त दुखायो । नायिका कार्की लेहेङ्गामा सजिएर पुगेकी थिइन् । नायिका कार्की पुगेसँगै उनीसँग तस्बिर खिच्नका लागि बिहे भोजमा आएकाहरुले तछाडमछाड गरे । नायिका कार्की पनि […]

पहिरनका कारण ट्रोल बनेपछि झनै उत्साहित वर्षा

नायिका वर्षा सिवाकोटीको अहिले ट्रोल बनिरहेको छ । ‘विर विक्रम २’मा काम गर्नु अगाडिसम्म वर्षाको बजारमा, सामाजिक संजालमा खासै चर्चा हुन्थेन । तर, यसपटक उनको शैली परिवर्तन भएपछि उनी छाएकी छिन् । चलचित्रले कस्तो व्यापार गर्ला, वर्षाको अभिनयले कस्तो तारिफ पाउला त्यो त चलचित्र रिलिज भएपछिको कुरा भयो । तर, वर्षा अहिले चर्चामा आउने शैली […]

सलमानको ‘दबंग ३’मा साहरुखको केमियो

बलिउडमा पछिल्लो समय नायक साहरुख खान र सलमान खानको मित्रता गज्जबको छ । यी दुइको मित्रतामा डाहा गर्नेहरु पनि धेरै छन् । कुनै समयका प्रतिस्पर्धी यी दुई अहिले एक अर्काको चलचित्रलाई प्रमोट मात्र होइन, दुइको चलचित्रमा केमियो भूमिका गर्न पनि तम्तयार हुन्छन् । नायक सलमान खानको ‘ट्यूबलाइट’मा साहरुख केमियो भूमिकामा देखिदा साहरुखको ‘जिरो’ चलचित्रमा सलमान […]

प्रेमिकासँग बिहे गर्दै बरुण

नयाँ पुस्तामा धेरैको मन जित्न सफल बलिउडका चर्चित नायक बरुण धवन आफ्नो प्रेम जीवनले पनि चर्चामा रहन्छन् । बरुणले आज आफ्नो जन्मदिन मनाउदैछन् । जन्मदिन कै दिन बरुणको एक नयाँ खबर बाहिरिएको छ । उनले यसै वर्ष आफ्नो प्रेमिका नताशा दलालको साथ बिबाह गर्दैछन् । पारिवारिक सुत्रको हवला दिदै भारतीय मिडियाले बताए अनुसार बरुण र […]

सान्या कपुरलाई बलिउडमा भित्राउँदै करण ?

निर्माता करण जोहर स्टारका छोराछोरीलाई बलिउडमा भित्राउन माहिर छन् । यसैले पनि उनलाई बलिउडमा परिवारवाद भित्राएको आरोप लाग्ने गरेको छ । नायिका कंगना रनावतले उनलाई बारम्बार परिवारबादलाई भित्राएको आरोप लगाउँदै आएकी छिन् । करणको हरेक चलचित्रमा बलिउडका स्टारका सन्तान देखिनुले पनि यो कुरालाई पुष्टी गरेको छ । यसैविच, चंकी पाण्डेकी छोरी अनन्या पाण्डेलाई हालैमात्र बलिउडमा […]

आफ्नो विगतको यस्तो कुरा हटाउन चाहन्छिन् सन्नी

बलिउडमा नायिका सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ । सन्नीले भारतीय […]

किन एकाएक भाइरल भयो सलमान र ऐश्वर्याको पुरानो तस्वीर ?

नायक सलमान खान र नायिका ऐश्वर्या राय कुनै समय प्रेममा थिए । तर, अहिले उनीहरु आफ्नो जिन्दगी बाचिरहेका छन् । नायिका ऐश्वर्या राय नायक अभिषेक बच्चनसँगको वैवाहिक जीवनमा मस्त छिन् । तर, पनि सलमान र ऐश्वर्याको प्रेम चर्चा भने मिडियामा बेला बेलामा आइनै रहन्छ । अहिले सामाजिक संजालमा एउटा तस्वीर निकै भाइरल भैरहेको छ । […]

साराले गरिन् दिशालाई रिप्लेस

नायिका साराअली खानको क्रेज अहिले उचाइमा छ । बलिउडमा प्रवेश गरेको छोटो समयमा नै उनले आफूलाई नयाँ उचाइमा पुर्याएकी छिन् । उनै साराअली खानले एक ब्रान्डको विज्ञापनबाट नायिका दिशा पटानीलाई विस्थापित गरिदिएकी छिन् । केही बर्षदेखि उक्त ब्रान्डको विज्ञापनमा दिशालाई दर्शकले देख्दै आएका थिए । तर, अब उक्त ब्रान्ड कम्पनीले दिशासँग अगाडि सहकार्य नगर्ने भएको […]

हेलमेट नलगाएको भन्दै सारा विरुद्ध उजुरी

नायिका साराअली खान अहिले चर्चामा छिन् । सारा अभिनित चलचित्र ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको चर्चा पनि चुलिएको हो । उनी हाल चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् । उनै साराको केही दिन अगाडि बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो । भिडियोमा बाइक पछाडि बसेकी साराले हेलमेट लगाएकी […]