Comments Add Comment

फुटवल

List Grid
लिभरपुलका खेलाडीलाई सुन जडित आइफोन

काठमाडौं । युरोपियन च्याम्पियन लिभरपुलले आफ्ना खेलाडीहरुलाई सुन जडित आइफोन १० दिने भएको छ । च्याम्पियन्स लिगको उपाधि जितेको कारण लिभरपुलका प्रत्येक खेलाडीलाई २४ क्यारेट सुन जडित आइफोन-१० दिन लागिएको डेलीमेलले लेखेको छ । जुन फोनका मूल्य ३ हजार ५०० पाउन्ड पर्छ । लिभरपुलका च्याम्पियन्स लिग टिमका सबै सदस्य, प्रशिक्षक र अफिसियलका लागि २८ वटा […]

युभेन्टस आउन डी लिग्टलाई रोनाल्डोको सल्लाह

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले म्याथिज डी लिग्टलाई युभेटन्स आउन सल्लाह दिएका छन् । पोर्चुगलका रोनाल्डो र नेदरल्याण्ड्सका डी लिग्टबीच आइतबार नेशन्स लिगको फाइनलका क्रममा भेट भएको थियो । नेदरल्याण्ड्सलाई १-० ले हराउँदै पोर्चुगल च्याम्पियन बन्यो । खेलपछि अयाक्सका डिफेण्डर रोनाल्डोसँग हास्दै कुरा गरिरहेको देखिएका थिए । ‘रोनाल्डोले मलाई युभेन्टस आउन भनिरहेका थिए,’ उनले भने, यसले […]

मैत्रीपूर्ण खेलमा जापानको जित

२६ जेठ, काठमाडौं । मैत्रीपूर्ण खेलमा घरेलु टोली जापानले एल साल्भाडोरलाई २–० गोलअन्तरले पराजित गरेको छ । आइतबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले एल साल्भाडोरलाई सहजरुपमा पराजित गरेको हो । जापानको जितमा केन्सुके नगिइ नायक बने । उनकै दुई गोलमा जापानले एल साल्भाडोरमाथि जित निकालेको हो । खेलको १९औं मिनेटमा उनले गोल गर्दै अग्रता दिलाएका […]

फुटबलरको बिहेमा राष्ट्रपति एर्दोआन बने ‘बेष्ट म्यान’

काठमाडौं । कुनै पनि देशको राष्ट्रपतिलाई समारोह, गोष्ठी वा सम्मेलनमा सहभागी हुनु स्वभाविक हो । तर, राष्ट्रपतिलाई खेलाडीको विवाहमा ‘बेष्ट म्यान’का रुपमा देख्नु भएको छ ? शायदै देख्नु भएको होला । तर टर्कीका राष्ट्रपति रेचप तैथ्यय एर्दोआन यो नयाँ अवतारमा देखिए । शुक्रबार बोरुफोरसको किनारामा रहेको होटलमा भएको जर्मनीका फुटबलर मेसुट ओजिलको बिहेमा राष्ट्रपति एर्दोआन […]

बुफनले पीएसजी छोड्दै

२३ जेठ, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलकिपर जियानलुइगी बुफनले यही महिनाको अन्तिममा क्लब छाड्ने भएका छन् । गोलकिपर बुफन पीएसजी बीचको सम्झौता यही महिनाको अन्तिममा सकिदैछ । ४१ वर्षीय इटालियन लेजेन्ड २०१८ को जुलाईमा पीएसजीमा अनुबन्धन भएका थिए । उनले एक वर्षे अवधिमा सबै प्रतियोगिता गरेर पीएसजीबाट २५ खेल खेलेका […]

३५५ दिनपछि रोनाल्डोको फ्रिकिक गोल !

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटरजल्याण्डलाई ३–१ ले हराउँदै पोर्चुगल युइएफए नेसन्स लिगको फाइनलमा पुगेको छ । त्यसमा रोनाल्डोको ५५ दिनपछिको ह्याट्रिकसँगै चर्चामा छ, ३५५ दिनपछि उनले गरेको फ्रिकिक गोल । रोनाल्डोले गएको मार्चमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा एथ्लेटिको मड्रिडविरुद्ध युभेन्टसबाट ह्याट्रिक गरेका थिए । यसपछि नेसन्स लिगमा स्वीटरजल्याण्डविरुद्ध नै उनको ह्याट्रिक […]

मैत्रीपूर्ण खेलमा आज नेपालले चाइनिज ताइपेसँग खेल्दै

२३ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ । ताइपेको भूमिमा नेपाली समयअनुसार बेलुकी चार बजेर ४५ मिनेटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ । यसअघि नेपालले मलेसियासँग उसैको भूमिमा […]

रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा फिर्ता

२२ जेठ, काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्वचर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा फिर्ता भएको छ । काथर्यन मेयोर्गाले आफु रोनाल्डोबाट बलत्कृत भएको भन्दै अदालतमा गत सेप्टेम्बरमा मुद्दा दर्ता गरेकी थिइन् । तर उनले रोनाल्डोमाथि लगाएको मुद्दा करिब एक महिनाअघि नै फिर्ता लिएको मार्काले उल्लेख गरेको छ । रोनाल्डोेले अमेरिकी मेयार्गामाथि सन् २००९ मा […]

नेइमारद्वारा यौन उत्पीडनको आरोप अस्वीकार

१९ जेठ, काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारले यौन उत्पीडनको आरोप अस्वीकार गरेका छन् । पेरिसको एक होटलमा आफ्नो इच्छा विपरीत शारीरिक सम्बन्ध राखेको भन्दै नेयमारविरुद्ध एक महिलाले साओ पाओलो प्रहरीमा उजुरी दिएकी छन् । यो समाचार बाहिर आएपछि नेयमारको तर्फबाट उनका व्यवस्थापकले जारी गरेको वक्तव्यमा अन्यायपूर्ण आरोप भनिएको छ । यो नेयमारबाट रकम असुल्ने […]

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

१९ जेठ, काठमाडौं । लिभरपुलले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि […]

इटली फर्किए कोन्टे, इन्टर मिलानको प्रशिक्षक नियुक्त

काठमाडौं । इटालियन क्लब इन्टर मिलानको प्रशिक्षकमा एन्टोनिओ कोन्टे नियुक्त भएका छन् । चौथो स्थानमा रहेर लिग टुंग्याएको इन्टरले लुसआनो स्पालेटीलाई बर्खास्त गरेको थियो । कोन्टेले उनको स्थान लिनेछन् । फेरि इटली फर्किएका ४९ वर्षीय कोन्टे २०१८ मा चेल्सीबाट बर्खास्त भएका थिए । २०११ देखि २०१४ सम्म युभेन्टसको प्रशिक्षक रहेका उनले तीन पटक सिरी ए […]

युरोपा लिगको उपाधि जिताएका हजार्ड भन्छन्ः गुडबाई भन्ने बेला आयो

१६ जेठ, काठमाडौं । चेल्सीका फरवार्ड इडेन हजार्डले यही सिजनबाट क्लब छाड्दै छन् । बुधबार राति इंग्लिस क्लब चेल्सीलाई युरोपा लिग फुटबलको उपाधि दिलाएका हजार्ड अबका सिजनमा यो क्लबमा देखिने छैनन् । बेल्जियमका २८ वर्षीय हजार्ड अब स्पेनिस क्लब रियल मड्रिड जाने सम्भावना प्रबल रहेको छ । तर अफिसियल रुपमा घोषणा भने भएको छैन । […]

म च्याम्पियन्स लिगको फाइनल खेल्नेछु– केन

१४ जेठ, काठमाडौं । इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर ह्यारी केनले आफू च्याम्पियन्स लिगको फाइनल खेल्ने बताएका छन् । बीबीसीका अनुसार, च्याम्पियन्स लिगको फाइनल खेल्न पूर्णरुपमा आफू तयार भएको केनले बताएका छन् । यही शनिबार राति च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामले लिभरपुलसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । केनले भनेका छन्, ‘सहज महसुश गरिरहेको छु । कुनै समस्या […]

अमेरिकन स्टार खेलाडी पुलिसिक चेल्सीमा आवद्ध

८ जेठ, काठमाडौं । अमेरिकन फुटबल खेलाडी क्रिस्टियन पुलिसिक इंग्लिस प्रिमियर क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले ५ वर्ष ६ महिनाका लागि पुलिसिकलाई आफ्नो क्लबमा भित्र्याएको हो । २० वर्षीय पुलिसिक जर्मन क्लब बोरुसिया डर्टमन्डमा आवद्ध थिए । चेल्सीले उनलाई ५८ मिलियन पाउण्ड खर्चिएको छ । चेल्सीमा आबद्ध भएपछि उनले आफूले मौका पाए राम्रो […]

एमबाप्पे पीएसजीमै रहने

७ जेठ, काठमाडौं । केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबमा अर्को सिजनसम्म रहने निश्चित भएको छ । पीएसजीले विज्ञप्ति निकाल्दै अर्को वर्षसम्म क्लबमै निरन्तर रहने उल्लेख गरेको छ । एमबाप्पे आफु पीएसजीको एक महत्वपूर्ण सदस्य रहेको ठान्छन् । उनी क्लब छोड्न चाहदैनन् र अझ क्लबबाट बढी अपेक्षा राख्छन् । पीएसजीले विज्ञप्ति निकाल्दै भनेको छ, […]

रियलले क्रुजको सम्झौता लम्ब्यायो

६ जेठ, काठमाडौं । रियल मड्रिडले जर्मन मिडफिल्डर टोनी क्रुजसँगको सम्झौता लम्ब्याएको छ । प्रशिक्षक जिनेदाने जिदानले टिम पुनर्गठनको प्रयास गरिरहेका बेला क्रुजसँग थप एक वर्षे सम्झौता भएको हो । अब उनी २०२३ सम्म क्लबमा रहेनछन्, जतिबेला उनको उमेर ३३ वर्ष हुनेछ ।

रियल मड्रिड रियल बेटिससँग पनि पराजित

५ जेठ, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा रियल मड्रिड रियल बेटिससँग २–० गोलको लज्जास्पद हार ब्यहोरेको हो । रियल बेटिसको जितमा लोरेन मोरन र जेसेले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । […]

सिटी विश्वका उत्कृष्ट क्लब- कप्तान कम्पनी

५ जेठ, काठमाडौं । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेसँगै कप्तान भिनसेन्ट कम्पनीले विश्वकै उत्कृष्ट क्लब भएको बताएका छन् । म्यानचेष्टर सिटीले फाइनलमा वाटफोर्डलाई ६-० गोलअन्तरले पराजित गर्दै शनिबार राति एफए कपको उपाधि उचाल्यो । सिटीको जितमा रहिम स्टर्लिङ र गाब्रियल जेसुसले समान दुई गोल गरेका थिए भने बेर्नान्डो सिल्भा र केभिन डि ब्रुयनले समान […]

रोनाल्डो बने सिरी एमा उत्कृष्ट खेलाडी

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । रियल मड्रिडबाट युभेन्टस गएको सिजन नै उनले लिगको उपाधि जितेका थिए । उनले २२ गोल गरे र २२ गोलको लागि पास मिलाएका थिए । युभेन्टसका प्रशिक्षक मासिमिदिनो एलेग्रीले भने क्लब छाडेका छन् । रोनाल्डोले एलेग्रीसँग एक सिजन मात्र भएपनि काम […]

अर्को सिजन सिटीमै रहन्छु, इटली जान्नँ : ग्वार्डिओला

३ जेठ, काठमाडौं । प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी सिजन आफू म्यानचेष्टर सिटीमै रहने बताएका छन् । प्रशिक्षक मासिमिलिनो एलेग्रीले युभेन्टस छाड्ने घोषणा गरे लगतै ग्वार्डिआलो इटलियन च्याम्पियनमा आवद्ध हुनसक्ने चर्चा चलेको छ । तर, प्रशिक्षक ग्वार्डिओलाले भने आफू इटली नजाने व्रष्पछ पारेका छन् । उनले रिपोर्टरसँग भनेका छन्, ‘म यहाँ सन्तुष्ट छु । अर्को सिजन […]

क्लब छोड्नेबारे के सोच्दैछन् आयाक्सका कप्तान ?

२ जेठ, काठमाडौं । डच क्लब आयाक्सका कप्तान म्याथिज डि लिटले क्लब छोड्नेबारे निर्णय लिन कठिन भएको बताएका छन् । पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना र केही इंग्लिस क्लबबाट प्रस्ताव गरिएका डि लिटले यस विषयमा विचार गरिरहेको प्रतिक्रिया दिएका छन् । फक्स स्पोर्टस्सँगको अन्तर्वार्तामा डि लिटले भनेका छन् ‘यो मेरो भविष्यको बारेमा कुरा गर्ने समय […]