Comments Add Comment

बिविध

List Grid
पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको साथ

३१ जेठ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले सञ्चालन गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र डिस मिडिया नेटवर्कबीच सम्झौता भएको हो । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदीप आचार्यले सम्झौता […]

महिला राष्ट्रिय भलिबल टिम घोषणा, कप्तान नै टिमबाहिर

१४ जेठ काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ । संघले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि २५ सदस्यीय महिला भलिबल टिमको प्रारम्भिक टोली छनोट गरेको हो । तर छनोटको प्रारम्भिकमै नियमित कप्तान विनिता बुढाथोकीसहित चार जना खेलाडी टोलीमा परेका छैनन् । कप्तान विनिता, नेविका चौधरी, मञ्जु गुरुङ […]

सागको लागि २५ सदस्यीय पुरुष भलिबल टोलीको घोषणा

१४ जेठ, काठमाडौं । नेपाल भलिबल संघले २५ सदस्यीय राष्ट्रिय पुरुष भलिबल टोलीको घोषणा गरेको छ । नेपालमा यही डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि संघले प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मुख्य आधार […]

छ देशका खेलाडी धनगढीमा, भोलिदेखि अन्तर्राष्ट्रिय कराते

८ जेठ, धनगढी । धनगढीमा भोलि सुरु हुने आरबीए नवौं अन्तर्रािष्ट्रय गोजुरियो कराते प्रतियोगिता २०७६ को तयारी पुरा भएको छ । सार्क राष्ट्रका विभिन्न देशका ७ सय भन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगिताको प्राविधिक तयारी पूरा भएको आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघले जनाएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले नेपालका विभिन्न प्रदेशका […]

आठौँ खेलकुदका पदकधारी सम्मानित

७ जेठ, काठमाडौं । नेपाल पुलिसले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आफ्ना खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार भएको कार्यक्रममा प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् । वैशाख ११ गतेसम्म प्रदेश पाँचामा सम्पन्न भएको […]

प्रधानमन्त्री कप महिला क्रिकेट जेठ अन्तिमदेखि

७ जेठ, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता जेठ २८ गतेदेखि सुरु हुने भएको छ । महाकाली स्पोर्टस् सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । कञ्चनपुरको महेन्द्रनगरमा हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने छन् । सात प्रदेश र एक विभागीय टिमको सहभागिता रहने प्रतियोगितामा ८८ लाख खर्च लाग्ने अनुमान […]

एभरेष्ट म्याराथनमा ३० देशका २०० बढी धावक

२ जेठ, काठमाडौं । तेन्जिंग हिलारी एभरेष्ट म्याराथनको १७ औं संस्करणमा १५५ विदेशीसहित २०० बढी धावकले भाग लिने भएका छन् । एभरेष्ट म्याराथन प्रत्येक वर्ष सगरमाथा प्रथम पटक आरोहण भएको दिन २९ मेमा आयोजना गरिन्छ । उक्त दिन सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । म्याराथन सगरमाथा आधार […]

र्‍याफटिङ टोली अस्ट्रेलिया जाँदै

२३ वैशाख, काठमाडौं । विश्व र्‍याफटिङ च्याम्पियनसिपमा सहभागी हुने आठ सदस्यीय नेपाली टिम मंगलबार अष्ट्रेलिया जादैछ । मे १३ देखि २० तारिखसम्म अष्ट्रेलियामा हुने विश्व र्‍याफटिङ च्याम्पियनसिपमा भाग लिने ७ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले विदाई गरे । प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल […]

अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि कैलाश विकास बैंकलाई

२२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिर्कोत्सवका अवसरमा नेपालगञ्जमा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि कैलाश विकास बैंकले जितेको छ । शनिबार भएको फाइनलमा एसबीआई बैंक लिमिटेडलाई ३-० ले पन्छाउँदै कैलाश विजेता बनेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको प्रमुख आतिथ्यमा फाइनल खेल भएको थियो । विजेता कैलाश विकस बैंकले […]

न्यु डायमण्ड बन्यो च्याम्पियन

काठमाडौं । प्रथम प्यारामाउण्ट कप विद्यालयस्तरीय छात्रा भलिबलको उपाधि न्यू डायमण्डले जितेको छ । शनिवार भएको फाइनलमा न्यू डायमण्डले आयोजन प्यारामाउण्टलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेटमा २१-२३ ले पछि परेको न्यु डायमण्डले खेलमा फर्कदै लगातार चार अंक जोडेपछि २५-२३ को सेटमा आफ्नो पक्षमा पारेको थियो । दोश्रो र तेश्रो सेटका न्यु डायमण्डले […]

घोडा दौडमा ‘इक्विस्ट्रियन हाइजम्प’ नयाँ राष्ट्रिय कीर्तिमान

२० वैशाख, पोखरा । नेपाल आर्मीका जगदिश घिसिङले घोडा दौड प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले शुक्रबार पोखरामा भएको पाँचौ संस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा ५ फिट ९ इन्चको जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक हात पारेका हुन् । यसअघि उक्त कीर्तिमान रामहरी खड्काको नाममा ५ फिट ५ इन्च उचाइ जम्पमा थियो । […]

राष्ट्र बैंकको फुटसल प्रतियोगितालाई दर्शकको साथ

१९ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकको ६४ औं वाषिर्कोत्सवका अवसरमा नेपालगञ्जमा आयोजित फुटसल प्रतियोगितामा बुधबार बेलुकी ८ खेल सम्पन्न भएका छन् । जसमा एनआईसी एसिया बैंक, नेपाल राष्ट्रबैंक, प्रभु बैंक र कैलाश विकास बैंक विजयी भए । एनआईसी एसियाले वेस्टन डेभलपमेन्ट बैंक लिमिटेडलाई ४-० ले, नेपाल राष्ट्र बैंकले सेन्चुरी कमर्सियल बैंकलाई २-१ ले जितेका हुन् […]

एपीएफले जित्यो राष्ट्रिय महिला भलिबलको उपाधि

काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलबार भएको फाइनलमा आर्मीलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफल लगातार पाँचौ पटक च्याम्पियान बनेको हो । एपीएफले आर्मीलाई २५-१४,२९-९ र २५-१५ को सोझो सेटमा पराजित गरेको थियो । उसले २ लाख हात पारेको छ भने आर्मीले १ लाखमा चित्त बुझायो । […]

महिला भलिबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

१६ वैशाख, काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा एपीएफले न्युडायमण्डलाई २५–१६, २५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, दोस्रो सेमिफाइनलमा नेपाल आर्मीले पुलिसलाई २१–२५, २५–१८, २८–२६ र २५–१३ कोे सेटमा संघर्षपूर्ण जित […]

पुरुष भलिबलको उपाधि पुलिसलाई

११ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । बाँकेस्थित शुक्र भलिबल कोर्टमा भएको फाइनलमा पुलिसले अर्को विभागीय टिम आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले दोस्रो सेट भने गुमाएको थियो । पहिलो सेटमा २५–१८ को […]

भलिबलको फाइनलमा आर्मी र पुलिस भिड्ने

१० वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको फाइनलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । खजुरा शुक्र भलिबल कोर्टमा सम्पन्न पहिलो सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २५–२३, २५–१३, २०–२५ र २५–२० को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । पुरुषतर्फको दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई १८–२५, २५–२२, ३१–३३, २५–२१ र १५–११ […]

उसुमा आर्मीलाई १४ स्वर्ण

१० वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । नेपालगञ्ज रंगशालाको कभर्डहलमा सम्पन्न भएको खेलमा आर्मीले सर्वाधिक पदक जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले थप १ रजत र ३ कास्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कास्य हात पार्‍यो । पुलिसले २ स्वर्ण, १ […]

करातेमा पुलिस टिम च्याम्पियन

१० वैशाख, बाँके । नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङको तुलसीपुरस्थित कर्भडहलमा भएको खेलमा पुलिसले सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर […]

सुटिङमा सुस्मिताले बनाइन् कीर्तिमान

१० वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएकी छन् । सुस्मिताले २४० पूर्णाङ्कमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोस्रो तथा २०३ अंकमा […]

भलिबलको सेमिफाइनल समीकरण पूरा

९ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला/पुरुष दुबैको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार बाँकेको खजुरास्थित भलिबल कोर्टमा भएका समूह चरणका अन्तिम खेलको टुंगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब पुरुषतर्फको सेमिफाइनलमा आर्मीले एपीएफको सामना गर्ने भएको भने अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । […]

उसुमा निमा र मिनालाई स्वर्ण

९ वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत उसुको थाउलोतर्फ आर्मीकी निमा घर्तीमगर र मिना ग्लानले स्वर्ण पदक जितेका छन् । महिला नान् छवान्/नान् तावमा निमाले समग्रमा १८.२ अंक जोड्दै स्वर्ण पदक जित्न सफल भइन् । यता, प्रदेश ३ की अञ्जिता स्याङ्तान दोस्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए । महिला थाइची छ्वान/थाइची चेनमा […]