Comments Add Comment
No ads found for this position

अन्तराष्ट्रिय समाचार

List Grid
अमेरिकाको भर्जिनियामा गोली चल्यो, ११ जनाको मृत्यु

१८ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् । यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारीको पहिचान […]

हवाई चप्पल लगाएर हिँड्ने मोदीका मन्त्री

१७ जेठ, काठमाडौं । २३ मे अगाडि प्रताप षडंगीलाई ओडिशा बाहिर शायद कसैले चिन्थे । तर, पछिल्लो साता उनी भारतमा सबैभन्दा चर्चित अनुहारमध्येमा परे । भेषभुषाले राजनेता कम, सन्यासी धेरै लाग्ने बालेश्वरबाट निर्वाचित षडंगीले बिहीबार साँझ राष्ट्रपति भवनमा राज्यमन्त्रीको सपथ लिँदा सुनिएको तालीको गड्गडाहट्ले पनि उनको लोकप्रियता चुलिएको अनुमान लगाउन सकिन्छ । ६४ वर्षीय षडंगीको […]

गैरकानूनी आप्रवासन रोक्न ट्रम्पले लगाए मेक्सिकोका सामानमा कर

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आउने सबै सामानहरुमा कर लगाउने घोषणा गरेका छन् । मेक्सिकोबाट अमेरिकामा बढिरहेको अवैध आप्रवासन दर नियन्त्रण गर्न भन्दै ट्रम्पले सीमा शुल्क लगाउने घोषणा गरेका हुन् । ट्रम्पले एक ट्वीट गर्दै जून १० देखि मेक्सिकोबाट आउने सबैखाले सामग्रीहरुमा ५ प्रतिशत शुल्क लगाउने बताएका छन् । अवैध आप्रवासन […]

दक्षिणी सुडानमा जातीय समूहबीच झडप, कम्तीमा २२ काे मृत्यु

१७ जेठ, काठमाडौं । दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो । सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको […]

मोदीले लिए सपथ, एस जयशंकर बने मन्त्री

१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् । राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा ६ हजार भन्दा बढी पाहुना सहभागी भएका थिए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका […]

अमित शाह बने मोदी सरकारका मन्त्री

१६ जेठ, काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष अमित साह मोदी सरकारको मन्त्री बनेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बिहीबार प्रधानमन्त्री पदको सपथ लिएका थिए । लगतै मन्त्रीहरुको सपथ सुरु भएको थियो । राजनाथ सिंहसँगै अमित साहले पनि क्याबिनेट मन्त्रीको सपथ लिएका छन् । अघिल्लो पटक उनी मन्त्री भएका थिएनन् ।

मोदीले लिए प्रधानमन्त्रीको सपथ

१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।

इजरायलमा नेतान्याहुले सरकार बनाउन सकेनन्, १ महिनामै संसद् भंग

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गठबन्धन सरकार बनाउन नसकेपछि निर्वाचन भएको एक महिनामै इजरायलको संसद् भंग भएको छ । अब इजरायलमा आगामी सेप्टेम्बरमा फेरि निर्वाचन हुनेछ । इजरायलमा गत अप्रिलमा निर्वाचन भएको थियो । कुल १२० स्थानमध्ये नेतन्याहुको लिकुड पार्टीले ३५ सिट जितेको थियो । तर, सरकार बनाउनका लागि उनलाई पूर्वरक्षामन्त्री एविग्दोर लिबरमनको […]

मोदीको सपथ ग्रहण आज, भाजपा अध्यक्ष शाह पनि मन्त्री बन्ने

१६ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी […]

अष्ट्रियाको सरकार ढल्यो, लोजर अन्तरिम काउन्सिलर

१४ जेठ, काठमाडौं । अष्ट्रियाको संसद्ले चान्सलर सेबास्टियन कुर्जलाई पदबाट हटाएको छ । प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्सले सरकारविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव स्वीकृत भएपछि कुर्जको चान्सलर पद गुमेको हो । अष्ट्रियाको संसदमा कुल १८३ सदस्य छन् । जसमा ५१ सिट रहेको प्रमुख प्रतिपक्षी दल सोसियल डेमोक्र्याट्स (एसपीओ) र ५२ सदस्य सांसद रहेको फार राइट […]

ब्राजिलको कारागारमा ४२ कैदी मृत फेला

१४ जेठ, काठमाडौं । उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् । अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन् । ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् । अक्सिजन अभावले […]

सरकारी जागिर खोज्दै थिइन्, युवा सांसद भइन्

१३ जेठ, काठमाडौं । लोकसभा चुनाव २०१९ को परिणाम आउनु अघिसम्म ओडिशाकी चन्द्राणी मुर्मू सामान्य युवती थिइन् । उनले इन्जिनियरिङ गरेर सरकारी जागिरका लागि परीक्षा दिएको पनि धेरै भएको छैन । तर चुनावी परिणामले उनको करियरको बाटो नै बदलिएको छ । २५ वर्ष ११ महिनाकी चन्द्राणी ओडिसाको क्योन्झर लोकसभा सिटमा जितेर संसदमा पुग्नुका साथै सबैभन्दा […]

प्रेमसिंह तामाङ बने सिक्किमको मुख्यमन्त्री

१३ जेठ, काठमाडौं । प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले बिहान १० बजे राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच गोलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् । सिक्किम […]

सहयोगीको पार्थिव शरीर बोकेर घाटसम्म पुगिन् स्मृति इरानी

१३ जेठ, काठमाडौं । भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले आफ्नो सहयोगीको पार्थिव शरीर काँधमा बोकेर घाट पुगेकी छन् । अमेठी निर्वाचन क्षेत्रका सहयोगी सुरेन्द्र सिंहको पार्थिव शरीर बोकेर अन्त्येष्टिका लागि घाटसम्म पुगेकी हुन् । सुरेन्द्र सिंहको गत शनिबार चार जना हतियारधारीले गोली हानेर हत्या गरेका थिए । सुरेन्द्रको पार्थिव शरीर बोकेर भारतको केन्द्रीय मन्त्री […]

मोदी र इमरान खानबीच कुराकानी

१२ जेठ, काठमाडौं । फेब्रुअरी १४ मा भएको पुलवामा आक्रमण र बालकोट एयरस्ट्राइकपछि पहिलो पटक भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच सीधा सम्वाद भएको छ । आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर लोकसभा चुनावमा पाएको जितका लागि बधाई दिएका छन् । भारत र पाकिस्तानको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै यसको पुष्टि गरे […]

प्रधानमन्त्री मोदीको सपथ ३० मेमा

१२ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मेमा सपथ लिने भएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले ट्वीट गर्दै प्रधानमन्त्री र उनका मन्त्रीहरुले ३० मेको दिन साँझ ७ बजे सपथ लिने जानकारी लिएका हुन् । एनडीएन संसदीय दलको नेता चयन भएपछि मोदी शनिबार नै ३५३ सांसदको समर्थन पत्र लिएर राष्ट्रपति कहाँ गएका थिए । […]

सिक्किममा ६ महिनाका लागि गोले मुख्यमन्त्री बन्ने चर्चा

१२ जेठ, काठमाडौं । भारतको सिक्किम राज्यमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष पीएस गोले ६ महिनाका लागि मुख्यमन्त्री बन्ने चर्चा सुरु भएको छ । उनको पार्टीले बहुमत पाए पनि चुनाव जित्नेमध्येबाट मुख्यमन्त्री बनाउने नेताके अभाव खड्किएको छ । कुल ३२ सदस्यीय सिक्किम विधान सभामा गोलेको पार्टीले १७ सीट जितेर झिनो बहुमत हासिल गरेको छ । […]

आफ्नो कारणले आधा घण्टा फ्लाइट डिले भएपछि मन्त्रीले दिइन् राजीनामा

१२ जेठ, काठमाडौं । मेक्सिकोका वातावरणमन्त्रीले आफ्नो कारणले विमानको उडान ढिलो भएपछि शनिबार राजीनामा दिएका छन् । मेक्सिकोका वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरसमक्ष राजीनामा बुझाएकी हुन् । राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामा मन्त्री गोन्जारेज ब्लान्कोले शुक्रबार यात्राका क्रममा आफ्नो कारणले विमानको उडान ढिलो भएको उल्लेख गरेकी छन् […]

ब्रिटेनमा नयाँ प्रधानमन्त्रीको दौड सुरु, यस्ता छन् दावेदार

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिने घोषणा गरेपछि ब्रिटेनमा नयाँ प्रधानमन्त्री बन्ने दौड सुरु भएको छ । आगामी प्रधानमन्त्रीका लागि सम्भावित नामहरुको चर्चा जारी छ । टेरिजा मेले शुक्रबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन् । यद्यपि उनी नयाँ प्रधानमन्त्री नछानिएसम्म पदमै रहनेछिन् । आगामी ७ जुनमा नयाँ प्रधानमन्त्री चयन गरिने […]

साउदीलाई अर्बौं डलरको हतियार बेच्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई अर्बौं डलरको हतियार सम्झौताको बोटो खोलेका छन् । ईरान र साउदी अरब एकअर्कालाई देखिसहँदैनन् र यस्तो अवस्थामा अमेरिकाबाट ठूलो मात्रामा हतियार खरिद गर्नु महत्वपूर्ण मानिएको छ । राष्ट्रपति ट्रम्पले ८ अर्ब डलरको हतियार सम्झौताका लागि कंग्रेसको रोकलाई बाइपास गरेका हुन् । सामान्य अवस्थामा यो सम्झौताका लागि ट्रम्पले […]

एनडीए संसदीय दलको नेता चुनिए मोदी

काठमाडौं । भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी एनडीए गठबन्धनको नेता चुनिएका छन् । लोकसभा चुनावमा भारतीय जनता पार्टीको एकल बहुमत आएको छ भने एनडीए गठबन्धनले ३५० सिट जितेको छ । चुनाव लगतै नयाा प्रधानमन्त्री चयनको तयारी सुरु भएको छ । त्यसक्रममा शनिबार एनडीए गठबन्धनले मोदीलाई नेता चयन गरेको छ । सिरोमनी अकाली दलका प्रकाश सिंह […]