Comments Add Comment
No ads found for this position

अन्तराष्ट्रिय समाचार

List Grid
राजीनामा दिने राहुल गान्धीको प्रस्ताव अस्वीकृत

काठमाडौं । लोकसभा चुनावमा व्यहोरेको हारपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव राखेका छन् । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको छ । लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको छ । उसले थुप्रै राज्यमा खाता समेत खोल्न सकेन र जम्मा ५२ सिट जितेको छ । चुनावमा निराशाजनक प्रदर्शनपछि राहुलको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ […]

गुजरातको ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० गम्भीर

११ जेठ, काठमाडौं । विद्यार्थीहरुले खचाखच भरिएको भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ । २० विद्यार्थी गम्भीर घाइते छन् । गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही […]

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

१० जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मे ले राजीनामाको घोषणा गरेकी छन् । उनले आउँदो जुन महिनाको ९ तारेखमा कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने बताएकी छन् । पार्टी नेताबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुल्नेछ । बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आफूले देशबासीको समर्थन जुटाउन निकै कोशिस गरे पनि असफल भएको […]

मायावतीलाई महागठबन्धनको लाभ, युपीमा फेरि भाजपाकै राज

१० जेठ, काठमाडौं । उत्तर प्रदेशमा महागठबन्धनका बावजुद सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को सरकार दोहोरिने निश्चित भइसकेको छ । सन् २०१४ मा ८० मध्ये ७३ सिट जितेको भाजपाले यसपटक ६२ सिट जितेको छ । महागठबन्धनले १५ स्थानमा विजयी हासिल गरेको छ । जसमध्ये १० सिट मायावतीको बहुजन समाज पार्टीले जितेको हो । अघिल्लो निर्वाचनमा भने […]

मोदीलाई बधाइ दिँदै पाकिस्तानका प्रधानमन्त्रीले भने- मिलेर शान्ति कायम गरौं

१० जेठ, काठमाडौं । लोकसभा चुनावमा भाजपाको शानदार जित भएपछि विश्वभरका नेताहरुले नरेन्द्र मोदीलाई बधाइ सन्देश दिइरहेका छन् । यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ दिएका छन् । खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन् । साथै दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक […]

सिक्किममा पवन चाम्लिङको २५ वर्षे सत्ता पल्टाउने को हुन् ?

१० जेठ, काठमाडौं । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ । सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको […]

नम्रता र विवेक गुमाउँदैनौं : मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव जितपछि नम्रता र विवेक नगुमाउने बताएका छन् । लोकसभा चुनावमा भाजपा एक्लै ३०० सिटमा जित नजिक छ भने एनडीए गठबन्धनले ३४८ सिटमा जित नजिक छ । यूपीए गठबन्धन ९२ सिटमा छ । ऐतिहासिक चुनावी जितपछि दिल्लीस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै मोदीले दुईबाट दोस्रो पटक जितसम्म आइपुग्दा थुप्रै […]

चुनाव जितेसँगै मोदी चौकिदार रहेनन्

९ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर ह्याण्डलबाट चौकिदार शब्द हटाएका छन् । लोकसभा चुनावमा ऐतिहासिक जित हात पारेसँगै उनले यो कदम चालेका हुन् । मोदीले ट्वीट गर्दै भनेका छन्, ‘अब अब चौकिदार भावनाबाट अलग स्तरमा लैजाने समय आएको छ । यो भावनालाई हरेक क्षण जिवित राखौं र भारतको उन्नतिका लागि काम […]

राहुलले हार स्वीकारे, मोदीलाई दिए बधाई

९ जेठ, काठमाडौं ।भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिने बताएका हुन् । विचारधाराको लडाई जारी रहेको भन्दै उनले विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे । राहुल आफैं अमेठीमा भारतीय […]

मतगणना चलिरहँदा भाजपा अध्यक्षले गरे दश मिनेटमा पाँच टि्वट

९ जेठ, काठमाडौं । आफ्नो पार्टीको एकल बहुमत आउने लक्षण देखिएपछि भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष अमित शाहले सामाजिक सञ्जालमार्फत मतदातालाई बधाई ज्ञापन गरेका छन् । मतगणना सुरु भएको सात घण्टापछि शाहले टि्वट गरे, ‘फेरि एक पटक मोदी सरकार, धन्यवाद भारत ।’ तीन मिनेटपछि अर्को टि्वट गर्दै उनले आफ्नो गठबन्धनको जीत पुरै भारतको […]

चन्द्रबाबु नायडू पत्तासाफ, जगनमोहन चम्किए

९ जेठ, काठमाडौं । भारतको आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडूको तेलगुदेशम पार्टीले नराम्रो हार व्यहोरेको छ । देशभर आम चुनाव हुँदा आन्ध्र प्रदेश र ओडिशामा भने विधानसभाको लागि पनि मतदान भएको थियो । मत गणनाको प्रारम्भिक विवरणले पूर्वमुख्यमन्त्री वाईएसआर रेड्डीका छोरा जगनमोहन रेड्डीको पार्टी वाईएसआर कांग्रेसलाई ऐतिहासिक जितको संकेत गरेको छ । प्रदेशमा विधानसभाको कुल १७५ […]

कन्हैयाकुमारले अझै हार मानेका छैनन्

काठमाडौं । भारत लोकसभा चुनावमा चर्चामा रहेका पात्र मध्ये एक हुन् कन्हैयाकुमार । तर, मतगणनाको प्रारम्भिक नतिजा उनको पक्षमा देखिएन । बेगूसरायमा भाजपा उम्मेदवार गिरिराज सिंह अगाडि छन् । कन्हैयाकुमारले भने अझै हार मानेका छैनन् । उनले भनेका छन्, ‘हामी हारिरहेका छैनौं । संख्यामा पछाडि छौं तर, यो नम्बर परिर्वतन हुनसक्छ ।’ उनका अनुसार १२ […]

मतगणनापछि मोदीको पहिलो प्रतिक्रिया : भारतले फेरि जितेको छ

९ जेठ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले फेरि जितेको प्रतिक्रिया दिएका छन् । लोकसभा निर्वाचनको मतगणनाको प्रारम्भिक विवरणपछि पहिलो पटक प्रतिक्रिया दिँदै मोदीले भनेका छन् ‘भारतले फेरि एक पटक जितेको छ ।’ उनले आफ्नो चुनावी नारा सबका साथ, सबका विकास, सबका विश्वासका कारण फेरिक एक पटक जित हासिल गरेको ट्विटरमा लेखेका छन् । […]

यूपी भाजपाकै, पश्चिम बंगालमा ऐतिहासिक जित उन्मुख

९ जेठ, काठमाडौं । दिल्लीको कुर्सीको बाटो उत्तर प्रदेश हुँदै जान्छ । राजनीतिमा यो भनाइ पुरानो हो तर, अहिले पनि सान्दर्भिक छ । यो पटक उत्तर प्रदशेमा समाजवादी पार्टी र बहुजन समाज पार्टीबीच भएको गठबन्धनलाई महागठबन्धन भनियो । जातीय समीकरणका आधारमा राजनीतिक विश्लेषकहरुले अनुमान लगाए, यदि प्रधानमन्त्री नरेन्द्र मोदीको विजय रथलाई कहिँ रोक्न सकिन्छ भने […]

लोकसभा चुनाव : भाजपा एक्लै बहुमत नजिक, कांग्रेस ५१ सिटमा अगाडि

९ जेठ, काठमाडौं । भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धनले भारी अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेसले ५१ सिटमा अग्रता लिएको छ । लोकसभाको कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो । भारतीय लोकसभाको […]

भारतमा बीजेपीले एक्लै बहुमत ल्याउने संकेत

९ जेठ, काठमाडौं । एक महिना लामो चुनावी सरगर्मीपछि भारतमा बिहीबार सुरु भएको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी एक्लै बहुमत नजिक पुगेको छ । बिहीबार विहान स्थानीय समयअनुसार ८ बजेदेखि सुरु भएको मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ४२ सिटमा अग्रता लिएको छ । जसमा भारतीय […]

राहुललाई पछि पारिन् स्मृति इरानीले

९ जेठ, काठमाडौं । भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् । मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा पछि परेका हुन् । उनलाई नायकिा स्मृति इरानीले पछि पारेकी हुन् । आजतकका अनुसार पछिल्लो परिणाममा राहुल स्मृतिभन्दा २ हजार मतले पछि छन् । अमेठीको प्रारम्भिक […]

अरुणाचल प्रदेशमा एक सांसदसहित ११ को हत्या

८ जेठ, काठमाडौं । भारतको अरुणाचल प्रदेशमा एक सांसदसहित ११ जनाको हत्या भएको छ । तिराप जिल्लामा एम्बुस आक्रमणबाट नेशनल पिपुल्स पार्टीका नेता एवम् सांसद तिरांग अबोहसहित ११ जनाको मृत्यु भएको हो । आक्रमणमा ५६ वर्षीय सांसद अबोह, उनका एक छोरा, एकजना चुनाव प्रतिनिधि र दुई जना सुरक्षा गार्डसमेत मारिएको भारतीय राष्ट्रिय च्यानल दूरदर्शनले जनाएको […]

मनकारी व्यवसायी, जसले ४०० विद्यार्थीको ४ करोड डलर ऋण तिरिदिए

७ जेठ, काठमाडौं । अमेरिकी राज्य जर्जियाका एक व्यवसायीले चार सय जना विद्यार्थीको सबै ऋण तिरिदिने घोषणा गरेका छन् । जर्जियाका अर्बपति रोबर्ट फ्रेडरिक स्मिथले मोरहाउस कलेजमा स्नातक अध्ययनरत विद्यार्थीहरुको करिब ४ करोड डलर ऋण तिरिदिने घोषणा गरेका हुन् । आइतबार कलेजमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले २०१९ को ब्याचका विद्यार्थीहरुको ऋण तिरिदिने घोषणा […]

मत सर्वेक्षण : बिहारमा मोदीकै पल्लाभारी, कन्हैयाकुमारको स्थान कहाँ ?

७ जेठ, काठमाडौं । भारतमा लोकसभा चुनावको मत गणनाको व्यग्र प्रतिक्षा भइरहेको छ । अहिले धेरैलाई ४० लोकसभा सिट रहेको बिहारको नतिजामा चासो छ । किनभने बिहारको बेगुसराय क्षेत्रमा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का विद्यार्थी नेता कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार छन् । उनीसँगै भाजपाका गिरिराज सिंह र राष्ट्रिय जनता दल (राजद)का तनवीर हसन पनि […]

केजरीवाललाई मत सर्वेक्षणको नतिजा निराशाजनक

७ जेठ, काठमाडौं । दिल्लीमा लोकसभाका सबै सात सिट जित्ने दाबी गर्दै आएका अरविन्द केजरीवालका लागि मत सर्वेक्षणको नतिजा निराशाजनक देखिएको छ । मत सर्वेक्षण भन्छ, केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दिल्लीका सातवटै सिट गुमाउने छ र सबै सिट भारतीय जनता पार्टी (भाजपा)ले जित्ने छ । सन् २०१४ को लोकसभा चुनावमा पनि सातवटै सिट भाजपाले […]