Comments Add Comment

लालन-पालन

List Grid
बालबालिकाको सिकाईः सफल बन्ने कि सक्षम ?

‘पढेर ठूलो मान्छे बन्नुपर्छ’ अक्सर बालबालिकाको हामी यसरी नै विद्यालय जान प्रेरित गर्छौ । विद्यालय किन जाने ? किन पढ्ने ? यावत् कुरा बुझाउनका लागि हामीसँग भएको जवाफ हो, ‘ठूलो मान्छे बन्न, असल बन्न ।’ बच्चाहरु पढ्न थाल्छन् । अक्षर चिन्छन् । विस्तारै विद्यालयमा अभ्यस्त हुन थाल्छन् । कक्षाकोठाको वातावरणमै भिज्न थाल्छन् । अब उनीहरु […]

डिएभीमा विज्ञान प्रदर्शनी

डिएभी शुसिल केडिया कलेज तथा प्रविधि कलेजको संयोजनमा वृहत विज्ञान प्रदर्शनी भएको छ । कलेजमा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरुद्वारा निर्मित विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर साथै कृषि सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । प्रदर्शनी स्थलमा १८ वटा विज्ञान तथा […]

तपाईको बच्चा सुपरम्यान होइनन्

तपाईंको बच्चा पढाईमा तेज छन् । सिकाएको कुरा सहजै ग्रहण गर्छन् । सोधेको बेला फटाफट भन्छन् । परीक्षामा राम्रै नतिजा ल्याएका छन् । तर, आफ्नो बच्चा अलि बढी चकचके भएको कुरा तपाईंलाई राम्रो लाग्दैन । पढाईमा राम्रो भएपनि चकचक गरेर सबैलाई सताउँछ । आज लगाइदिएको लुगा साँझ र्फकदा हेरिनसक्नु बनाएको हुन्छ । महिनादिन अघि किनिदिएको […]

बच्चाको जन्मदिनमा बोट-बिरुवा रोप्ने संस्कार बसाउने कि ?

आज वातावरण दिवस । हामी गोष्ठी गर्छौं, सेमिनार गर्छौ । स्रोता वा आगन्तुकलाई चिया-बिस्कुट खुवाएर ‘दुई शब्द’ व्यक्त गरिन्छ । मौका परे व्यानर बोकेर र्‍याली निकाल्छौं । सार्वजनिक स्थानका फोहोर टिप्ने अभियान पनि चलाउँछौ । तारतम्य मिल्यो भने ठाउँ-ठाउँमा डस्टबिन राखिदिन्छौ । आज कतिपय विद्यालयले विद्यार्थीलाई उर्दी जारी गरेको छ- हस्तनिर्मित डस्टबिन र झाडू ल्याउनू […]

तपाईको बच्चा कस्तो बनाउनुहुन्छ ? 

बालबच्चालाई हामी भन्छौ, ‘तिमी ठूलो मान्छे बन्नुपर्छ, फलानो जस्तै ।’ कसैले भेट्नसाथ बालबालिकालाई सोध्ने प्रश्न पनि उही हो, ‘ठूलो भएपछि के बन्छौ ? कस्तो बन्नेछौ ?’ अक्सर हामी उनीहरुको दिमागमा यो कुरा भरिदिन्छौ कि, उनले ठूलो मान्छे बन्नुपर्नेछ । ठूलो कस्तो ? हामी उदाहरणसहित भनिदिन्छौ, ‘मार्क जुकरबर्ग जस्तो, बिल गेट्स जस्तो ।’ गौतम बुद्ध, महात्मा […]

सञ्चिता लुइटेलको अनुभव : बच्चालाई पहिलो पटक विद्यालयमा पुर्‍याउँदा

यसै शैक्षिक सत्रदेखि बच्चालाई पहिलो पटक विद्यालय पठाउँदै हुनुहुन्छ ? के उनीहरु खुसीसाथ विद्यालय जान्छन् ? विद्यालयमा बस्न रुचाउँछन् ? कक्षाकोठामा रमाउँछन् ? शिक्षक/शिक्षिकासँग झ्याम्मिन्छन् ? आफ्ना साथीहरुसँग घुलमिल हुन्छन् ? सबै बच्चाको हकमा यी प्रश्नहरुले सकारात्मक उत्तर नदिन सक्छ । किनभने पहिलो पटक बच्चालाई भर्ना गरिदिएपछि उनीहरु खुसीसाथ विद्यालय जान मान्दैनन् । आमा र […]

आमाको अनुभूतिः मैले यसरी हुर्काएँ छोरी

म एक आमा हुँ । प्रसव वेदना र आमा हुनुको खुसी दुबै अनुभव मसँग छ । म कसैकी आमा हुँ । आफूलाई कसैले ‘आमा’ भनेको सुन्दा बेग्लै अनुभूत हुन्छ, मलाई । खासमा मलाई ‘आमा’ शब्द नै मनपर्छ । अहिले हामीकहाँ यो शब्द नै हराए जस्तो लाग्छ । आमा भनेको त ‘बज्यै’, ‘हजुरआमा’ भन्ने पो बुझ्न […]

छोराछोरी पढ्ने विद्यालयमा सोध्नुहोस् यी प्रश्न

जब तपाईं आफ्ना छोराछोरीको हात समातेर भर्ना आवेदनका लागि विद्यालयको प्राङ्गण टेक्नुहुन्छ । तब, तपाईंले विस्तारमा केही प्रश्नहरुको हल गर्नुपर्नेछ । राम्रा भनिएका, महंगा भनिएका शहरी क्षेत्रका विद्यालयमा बालबालिको भर्नाअघि अभिभावकको अन्र्तवार्ता लिइन्छ । यसरी, तपाईंले कति पढ्नुभएको छ ? के काम गर्नुहुन्छ ? आयस्रोतको दिगो माध्याम के छ ? बाषिर्क कमई कति छ ? […]

छोरालाई कस्तो संस्कार दिदै हुनुहुन्छ ?

तपाईंको घरमा छोरी छन् ? वा छोरा ? अहिले धेरैजसो दम्पतीले एकल सन्तान हुर्काइरहेका छन् । त्यसैले धेरैसँग छोरा र छोरी छैनन् । अझ दुई भन्दा बढी सन्तान त दुर्लभ छ । एक पुस्ता अघिसम्म एउटा दम्पतीले न्युनतम चार/पाँच छोराछोरी हुर्काउँथे । त्यसबेला ‘सन्तातले डाँडाकाडा ढाकुन्’ भनिन्थ्यो । पछि, ‘दुई सन्तान, ईश्वरको बरदान’ मान्न थालियो । […]

करणले जुम्ल्यहा सन्तानलाई कसरी आमा र बुवाको माया दिइरहेका छन् ?

करण जोहर पिता हुन्, दुई सन्तानको । आमा पनि उनी नै हुन् । अर्थात करण जोहरले हुर्कारहेका दुई सन्तानलाई बुवाको जिम्मेवारी र आमाको ममत दिइरहेका छन्, करणले । सेरोगेसीबाट अर्थात भाडाको कोखबाट करणले दुई वटा सन्तान जन्माएका हुन् । उनले आफ्ना जुम्ल्यहा सन्तानलाई न आमाको अभाव महसुष हुन दिएका छन्, न बुवाको उपस्थिती नै । […]

हाम्रा सन्ततीको युग किन हामीले धरापमा पार्दैछौ ?

आमाबुवा आफ्नो सन्तानको आँखाबाट संसार हेर्ने आकंाक्षा राख्छन् । त्यही कारण आफ्नो मृत्यु भएपनि छोराछोरीले सुखमय जीवन बाँचोस् भन्ने इच्छा राखिन्छ । हामी उनीहरुको भविष्य सुरक्षित होस् भन्ने चाहन्छौं । हामी उनीहरुको जिन्दगी सुखसयलमा वितोस् भन्ने चाहन्छौ । हामी उनीहरुको भोलि सफलतापूर्वक वितोस् भन्ने चाहन्छौं । तर, उदेगलाग्दो त के भने उनीहरुको भोलि हामीले आज धरापमा […]

मोवाइल र टिभीको लतः बच्चाहरु डेन्जर जोनमा

तपाईंका बालबच्चा फुर्सदमा के गर्छन् ? निसन्देह तपाईंको जवाफ हुनेछ, ‘कार्टुन हेर्छन् । मोवाइल खेलाउँछन् । गेममा मस्त हुन्छन् ।’ बच्चाहरु दिनभर विद्यालयमा हुन्छन् । साँझ घर र्फकन्छन् । होमवर्क सिध्याउन नपाउँदै उनीहरु टेलिभिजनको रिमोर्ट दबाउन थाल्छन् वा मोवाइल खोज्न थाल्छन् । युट्युब, भिडियो गेम, कार्टुनमा उनीहरु यति लिप्त हुन्छन् कि, घण्टौंसम्म एकै ठाउँ बिताइदिन्छन् […]

शिशु किन रुन्छ ? यसरी बुझौं उनको भाषा

तपाईंमध्ये कति बच्चाका आमाबुवा बन्नुभएको होला । घरमा नयाँ सदस्यलाई भित्र्याउन पाउँदा खुसी पनि हुनुभएको होला । अवोध बच्चाको भावभंगीमा हेरेर आनन्द अनुभूत गरिरहनु भएकै होला । यद्यपी बच्चा रुँदा भने झर्को लाग्दो हो । बच्चा किन रोयो ? भोक लागेर ? पेट दुखेर ? असहज भएर ? सास फेर्न गाह्रो भएर ? गर्मी भएर […]

कस्ता बच्चा जीवनभर खुसी र सुखी रहन्छन् ?

संसारका ति तमाम आमाबुवा, जो छोराछोरीको खुसीको खातिर आफ्नो दुःख लुकाउँछन् । जीवनभर उनीहरुले जे-जति गर्छन्, भोलि हुर्कने छोराछोरीका लागि गर्छन् । स्वभाविक हो, आमाबुवालाई छोराछोरीको भविष्यप्रति चिन्ता हुनु । आमाबुवा चाहन्छन्, मेरा छोराछोरीले दुःख झेल्न नपरोस् । मेरा छोराछोरीले कष्ट खेप्न नपरोस् । मेरा छोराछोरीले अपमान सहन नपरोस् । मेरा छोराछोरीले अभाव महसुष गर्न नपरोस् […]

च्याउसरी प्रि–स्कुल, अनुगमन शून्य

३ फागुन, काठमाडौं । आजकाल हरेक बाबुआमाले आफ्नो कमाईको उल्लेख्य हिस्सा सन्तानको पढाईका लागि छुट्याएका हुन्छन् । आफूलाई रित्याएर भएपनि छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउन चाहन्छन् उनीहरु । पहिलेपहिले बच्चा ५–६ वर्षको भएपछि मात्रै स्कुल भर्ना गरिन्थ्यो तर, आजकाल समय फेरिएको छ । २ वर्ष नटेक्दै स्कुल पठाउने हतारो हुन्छ । कतिपयले वाध्यता कतिपयले लहैलहैमा बच्चालाई […]

बालबच्चाको लागि अभिभावकले गर्नैपर्ने प्रश्न

कस्तो विद्यालयमा छोराछोरी पठाउँदै हुनुहुन्छ ? त्यहाँका शिक्षक-शिक्षिका कस्ता छन् ? कक्षाकोठा कस्तो छ ? सेवा-सुविधा के छ ? पठन-विधी कस्तो छ ? शुल्क के-कस्तो छ ? सहुलियत छ/छैन ? तपाईंले यो प्रश्न सोध्नुअघि नै अहिले धेरैजसो विद्यालयले तपाईंको अन्र्तवार्ता लिन्छ । अर्थात छोराछोरी भर्ना गर्न गएका अभिभावकलाई सुरुमा विद्यालयले प्रश्नोत्तरमा सहभागी गर्छ । यसरी […]

बच्चासँग कस्तो समय विताउनुभयो ?

तपाईं वेफुर्सदिला हुनुहुन्छ । आफ्नो काम र करियरप्रति सचेत हुनुहुन्छ । दिनरात काममा खटिनुहुन्छ । केका लागि ? जवाफमा भन्नुहोला, ‘मेरो जिन्दगीका लागि । मेरो परिवारका लागि । मेरो बालबच्चाका लागि ।’ अब सोच्नुहोस् त, जसका निम्ति तपाईं आज आफुलाई घोटिरहनुभएको छ, उनीहरुलाई तपाईंले आर्जन गर्ने धनसम्पति, तपाईंले उपलब्ध गराउने सेवा सुविधा मात्र चाहिएको हो […]

बच्चा हुर्काउने कलाः के हो बच्चाको रुची, खुवी र लक्ष्य ?

हामीले बर्षौंदेखि घोक्दै आयौं, ‘बालबालिका भनेका काँचो माटो हुन्, उनीहरुलाई जस्तो पनि स्वरुपमा ढाल्न सकिन्छ ।’ बालबालिका काँचो माटो हुन् । यो सही हो । तर गलत के भइरहेको छ भने, बालबालिकालाई हामी आफ्नो आवश्यक्ता र रुची अनुसार बदल्ने प्रयास गर्छौं । काँचो माटोलाई हामी आफ्नो रुची अनुसार आकृति दिने होइन, बरु त्यसको प्रकृति बुझ्नुपर्छ […]

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन । सानो कुरामा र्झकन्छन् । सानै कुरामा फुरुंग हुन्छन् । हुन त बच्चाको स्वभाविक प्रवृत्ति पनि हो । तर, अस्वभाविक रुपमा बद्लिने मुड भने सामान्य होइन, समस्या हो । यो बच्चाको मानसिकतासँग जोडिएको […]

तपाईंको बच्चालाई बोल्न, लेख्न र याद गर्न गाह्रो हुन्छ ?

लेख्न र बोलीचालीको भाषा बुझ्नमा समस्या हुनुलाई हिस्लेक्सियसा भन्ने गरिन्छ । हिस्लेक्सियाको समस्या बालबालिकामा धेरै हुने गर्दछ । यो समस्या भएमा बच्चाहरुलाई कुनै पनि कुरा सिक्नको लागि समस्या हुने गर्दछ । यो समस्या भएमा व्यक्तिलाई पढ्न, लेख्न, स्पेलिङ्ग बुझ्नमा र बोल्नमा समस्या हुने गर्छ । डिस्लेक्सियाका कारण ? डिस्लेक्सिया विभिन्न प्रकारको हुने गर्छ । र, […]

प्रधानमन्त्री कसलाई मान्छन् आफ्नो आदर्श व्यक्ति ?

‘तरकारीमा बेसार हाल्नुपर्छ भनेर कुन हजुरआमाले पत्ता लगाउनुभयो, उहाँ नै मेरो आदर्श ‘ ‘तपाईं कसलाई आफ्नो आदर्श मान्नुहुन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधिएको प्रश्न थियो यो । प्रश्नकर्ता एक विद्यार्थी थिए । ‘बालबालिकासँग प्रधामन्त्री’ कार्यक्रममा विभिन्न विद्यालयका बालकालिका र प्रधानमन्त्रीबीच साक्षतकार हुँदै थियो । प्रधानमन्त्री ओलीले कुनै एउटा नाम लिएर यो प्रश्नबाट उन्मुक्ति चाहेनन् […]