Comments Add Comment

कभर स्टोरी

List Grid
के हामी एक्लै बाँच्न सक्छौं ?

हामीलाई लाग्छ, ‘म अलग्गै अस्तित्व हुँ । मेरो जीवन म एक्लै भोग गर्छु । मेरो निम्ती स्वयम् म र मेरो परिवार -आमाबुवा, श्रीमान्/श्रीमती, छोराछोरी) काफी छ । आफन्त, इष्टमित्र, साथीभाई, समाजसँग पनि मेरो केही सम्बन्ध जरुर छ, तर उनीहरु नभएपनि मेरो जीवन चल्छ ।’ हामी एकलकाँटे सोच राख्छौ । हामीलाई आफुबाहेक अरु कोहीपनि हाम्रा लागि […]

जति धेरै सरल, उत्ति धेरै सहज जीवन

कहिले काहीँ हामीलाई आफ्नै जीवन बोझ लाग्छ । कहिले काहीँ हामी आफ्नो जीवनप्रति बढी नै संवेदनशिल हुन्छौ । कहिले काहीँ हामी जीवनप्रति यसै भयाभित हुन्छौ । बिहान आँखा खुलेदेखि जीवनकै बारेमा सोचमग्न हुन्छौ । जीवन कस्तो बनाउने ? कसरी बनाउने ? यस्तै यस्तै कुरामा घोत्लिरहेका हुन्छौ । जीवन आखिर यसैपनि बित्छ । तर, हामी आयु […]

जीवन जिउने कला बच्चाबाट पनि सिक्ने कि ?

इन्द्रबहादुर राईको एउटा कथा ‘खीर ।’ कथाको पात्र टिस्टा नदीको किनारमा बास बस्छन् । उनी बसेको डाकबंगलाको अर्को कोठामा कुल्ली, बढाई अर्थात भनौ त्यही काम गर्ने श्रमिकहरु खीर पकाउन थाल्छन् । उनीहरुले खीर पकाउन सुरु गरेदेखि नै त्यसबारे चर्चा गर्न थाल्छ । खीर यसरी पकाउनुपर्छ, यस्तो चामल हाल्नुपर्छ, यति दुध मिसाउनुपर्छ, यसरी चलाउनुपर्छ, चिनीको मात्रा […]

कसरी नष्ट हुन्छ मान्छेको दुःख  ?

तपाईं दुःखी हुनुहुन्न ? तपाईंसँग दुःख छैन ? तपाईंको कष्ट छैन ? तपाईं समस्याले घेरिनुभएको छैन ? सांसरिक जीवनमा हामीसँग अथाह दुःख छ । पिर छ । समस्या छ । कष्ट छ । हामी हरक्षण कामना गर्छौ, प्रयास गर्छौ, ‘मेरा दुःख सकियोस् ।’ भगवानसँग पुकारा गर्छौ, ‘मेरो दुःख नष्ट गरिदेउ ।’ आफुले मानेको, बुझेका, हुनेखानेसँग […]

खराब मान्छे सधै खराब हुन्छ ?

कुनै व्यक्तिले चोरी गर्‍यो । ऊ चोर कहलिन्छ । चोर आफैमा तृच्छ र घृणित कृत्य । चोरलाई कसैले सम्मान गर्दैन घृणा नै गर्छ । उनले किन चोर्‍यो ? उनको नियत बिगि्रएर । खराब संगतले उक्साएर । परिस्थिती वा परिबन्ध परेर । आखिर जे होस् चोरी गरेपछि उसले पाउने नाम हो, चोर । कुनै व्यक्तिले हत्या […]

‘सौतेनी आमा’ आमा होइनन् र ?

अब्राहम लिंकन ९ बर्षका थिए । त्यहीबेला विषालु दुध पिएर उनको आमाको मृत्यु भयो । उनका पिताले अर्को विवाह गरे । सानैमा आमा गुमाएका अब्राहमको घरमा सौतेनी आमा भित्रिए । तर, जसै सौतेनी आमा भित्रिइन्, अब्राहमले आफ्नै आमाको अभाव विर्सिए । सौतेनी आमाले उनलाई एकदमै प्रेम र स्नेहले हुर्काए । अब्राहम पढ्न चाहन्थे । सौतेनी […]

बच्चाको शिक्षकः समर्पित कि जागिरे ?

मानौ स्वास्थ्य-उपचारका लागि तपाईं कुनै चिकित्सककहाँ पुग्नुभयो । तपाईं के चाहनुहुन्छ ? ‘मेरो उपचार फलानो चिकित्सकले नै गर्नुपर्छ । मेरो स्वास्थ्य परीक्षण फलानो चिकित्सकले नै गर्नुपर्छ ।’ किनभने जो-कोहीको भर हुँदैन । सबै चिकित्सक दक्ष र अनुभवी हुन्छ भन्ने छैन । त्यही कारण तपाईं अन्धधुन्द जो-कोही चिकित्सकबाट उपचार गराउनुहुन्न । किनभने तपाईंलाई लाग्छ, ज्यानको सवाल […]

के बच्चालाई लाज लाग्दैन ?

एक बच्चाले होमवर्क छुटाउँछ । वा पाठ कण्ठ गर्न सक्दैन । उनलाई शिक्षकले बेञ्चमाथि उभ्याउँछ । एउटा कक्षा अवधीभर उनले त्यसैगरी उभिएर बस्नुपर्ने हुन्छ । हामी के सोच्छौ ? बच्चाले अब गल्ती दोहोर्‍याउने छैनन् । गल्ती गरेमा सजाय भोग्नुपर्छ भन्ने भय पाल्छन् । यही भयले गर्दा उनीहरुले होमवर्क गर्छन्, पाठ पढ्छन् । प्रश्न सोधेको समयमा […]

हाम्रा सबै समस्या किन निमिट्यान्न हुँदैन ?

ठोकुवा गर्न सकिन्छ कि तपाईं पूर्णत समस्याबाट मुक्त हुनुहुन्न । सानो वा ठूलो, सहज वा जटिल कुनै न कुनै किसिमको समस्याले तपाईंलाई घेरा हालेकै छ । र, हर दिन तपाईं त्यो उल्झन, त्यो समस्याबाट बाहिर आउने प्रयास गर्नुहुन्छ । अझ भनौ, तपाईंको जीवनको लडाई नै त्यही समस्याबाट उम्कने हो । तपाईंको दिनचर्या नै त्यही समस्यासँग […]

यसरी पखालौं मनको मैला

बेस्सरी रुँदा-रुँदा थाकेर मस्त सुतेको शिशु जब ब्युँझन्छ, उनको अनुहारमा मोहक आभा छाउँछ । उनी मुस्कुराउँछ । त्यो मुस्कान कति निश्छल हुन्छ । उनी कति उमंगित देखिन्छ । कति फुरुंग देखिन्छ । बिहानको शीतमा फक्रन लागेको गुलाबको थुँगा जस्तै । अघिसम्म उनी खुसी थिएनन् । उनले चाहेको कुरा पुगेको थिएन । भनेको जस्तो भएको थिएन […]

किन मान्छेलाई झोंक चल्छ ?

मान्छेलाई बेलाबखत झोंक चल्छ । झोंक चलेको बेला विवेक नियन्त्रणमा हुन्न । विवेक नियन्त्रणमा नभएको बेला जे पनि हुनसक्छ । त्यसैले हाम्रा पितापूर्खा भन्ने गर्छन्, ‘विवेक गुमाउनु हुन्न ।’ सबैलाई थाहा छ, विवेक गुमाउनुहुन्न । विवेकपूर्वक गरिने हरेक कार्य सार्थक र सही हुन्छ । तर, जब हामीले विवेक गुमाउँछौ, तब नतिजा खराब आउनसक्छ । सबै […]

केही त स्वार्थी हुन पनि जरुरी छ

‘आज मौसमले च्यालेन्ज गर्‍यो, के बस्ने हो ?’ तपाईंका सहकर्मीहरु मुडमा छन् । उनीहरु साँझ रंगिन बनाउने तर्खरमा लाग्छन् । ‘ल, बसौं-बसौं’ सबैजना सहमतिमा पुग्छन् । कुनै रेष्टुरेन्ट वा घरबाहिर बसेर रमझम गर्ने तयारी हुन्छ । यो प्रस्ताव तपाईंसामु पनि आइपुग्छ । तपाईं अब द्विविधामा फस्नुहुनेछ । एक त तपाईंको मासिक बजेटले फजुल खर्च गर्न […]

जीवनको सुख कहाँ छ ?

सुख । दुई अक्षरले बनेको यो शब्द वरीपरी नै हाम्रो जीवन घुमेको छ । हामी धन कमाउँछौ किन ? सुखका लागि । हामी सफल बन्न चाहन्छौ किन ? सुखका लागि । हामी उन्नती गर्न चाहन्छौ किन ? सुखका लागि । हामी घर किन्छौ, गाडी किन्छौ, बैंक ब्यालेन्स गर्छौ किन ? सुखका लागि । अर्थात हामी […]

रत्नपार्कको रमिता : सेकेन्ड ह्यान्ड जुत्तादेखि नगरवधुसम्म

नागर्जुनको थुम्कोबाट घाम ओझेल हुँदै गर्दा रत्नपार्कको सडक किनार रंगीन बन्दै जान्छ । जति-जति रात छिप्पिदै जान्छ, रत्नपार्कको मात चढ्दै जान्छ । चौडा फुटपाथमा थरीथरीको दोकान थापिन्छन् । कहीँ परफ्युम सजाइदैछ, कहीँ ‘बफ भुटन’ पाक्दैछ, कहीँ सेकेन्ड ह्यान्ड जुत्ता फिजाइँदैछ । मधुरो आँचमा पाकिरहेको मसलेदार भुटनको बास्ना फैलिएको छ, वायुमण्डलमा । ‘ए हजुर कता…’ रेकर्डेड […]

प्रकृतिबाट के सिक्ने ?

विद्यालय, विश्वविद्यालय, पुस्तक, पुस्तकालय, गुरु । हाम्रो जीवनमा सिक्ने र सिकाउने यी मात्र पर्याप्त छैनन् । तर, जब केही सिक्ने, जान्ने, बुझ्ने कुरा गर्छौ, तब हामी विद्यालय सम्झन्छौ । पुस्तक सम्झन्छौ । शिक्षक सम्झन्छौ । सबैभन्दा ठूलो विश्वविद्यालय त हामी उभिएका माटो हो । हाम्रो प्रकृति हो । प्रकृतिबाट नै हामीले जीवनका अमूल्य पाठ पढ्न […]

बच्चालाई माटोमा किन खेल्न दिने ? माटोमा के पाइन्छ ?

कतिपय अभिभावक हुन्छन्, छोराछोरीलाई बाहिर आफुखुसी हिँड्न र खेल्न नदिने । उनीहरु बाहिर गएर खेल्दा फोहोर हुन्छन् । हिलो, माटो लाग्छ । जथाभावी हिलो माटोमा खेलेमा रोग लाग्छ । लुगाफाटो मैला हुन्छ । त्यही कारण उनीहरु आफ्ना बालबच्चालाई घरको चौघेरामा, कोठामा राख्छन् । घरभन्दा बाहिर जाने अनुमति दिदैनन् । घर बाहिर गएमा माटोमा खेल्छन्, पानीमा […]

बच्चासँग भलाकुसारी गर्ने कि ?

बच्चासँग के कुरा गर्नुहुन्छ ? कसरी गर्नुहुन्छ ? विषय वा प्रसंग के हुन्छ ? कति समय कुरा गर्नुहुन्छ ? यी प्रश्नहरु तपाईंको बच्चाका खातिर हो । अक्सर हामी बच्चासँग बातचीत गर्दैनौ । हामीलाई लाग्छ, उनीहरु जान्ने/बुझ्ने छैनन् । हाम्रो कुरा उनीहरुले बुझ्दैनन् । उनीहरुको कुरा परिपक्क हुँदैन । यसकारण बालबच्चासँग हाम्रो संवाद हुँदैन । भलाकुसारी […]

कर्मयोगी बन्ने कि भ्रष्ट ? 

हाम्रो समाजमा अहिले दुइथरी मान्छे छन् । एकथरी छन्, जो कर्ममा विश्वास गर्छन् । कर्ममा लीन हुन्छन् । कर्ममा रमाउँछन् । अर्काथरी छन्, जो कामचोर छन् । उनीहरु मेहनत, श्रमबाट होइन चाकडी गरेर आफ्नो दुनो सोझ्याउँने यत्नमा हुन्छन् । उनीहरुलाई पसिना र पौरखमा विश्वास हुँदैन । बरु भ्रष्टचारमा लिप्त छन्  । भ्रष्टचार गरेरै धन-दौलत जोड्छन् […]

किन बदनाम बन्दैछ शहर ?

गाउँ राम्रो कि शहर ? हामी निर्धक्कसाथ भन्छौ-गाउँ । शहरमा बस्न रमाइलो कि, गाउँमा ? हामी ढुक्कसाथ भन्छौ-गाउँ । गाउँ र शहरबीच तुलना गर्दा अक्सर हामी गाउँ रोज्ने गर्छौ । गाउँको हावापानी, वातावरण, हार्दिकताको कुरा गरेर हामी थाक्दैनौ । हामी ग्रामिण परिवेशमै हुर्कियौं । त्यही कारण पनि हामीलाई गाउँको स्वाद र शैली बढी रुचीकर लाग्छ […]

किन मान्छेले अरुलाई होच्याउँछन् ?

एउटा रमाइलो प्रसंग छ । एक चित्रकारले निकै मेहनतसाथ चित्र तयार गरे । चित्र प्रदर्शनीमा राखियो । सबैले चित्र हेरे । हेर्नेजतिले केही न केही गल्ती-कमजोरी औल्याए । उनीहरुले चित्रको सुन्दर पक्ष हेर्ने भन्दा पनि त्यसको खोट पहिल्याउने काम गरे । अर्कोदिन उही चित्रकारले चित्र तयार गरे । प्रदर्शनीमा लानुअघि आगन्तुकलाई आग्रह गरे, ‘यहाँ के-के […]

कारागार भित्र, कारागार बाहिर

एउटा रमाइलो प्रसंग छ । केही महिनाअघि झुम्का कारागारका एक कैदी सजाय भुक्तान गरिसकेपछि मुक्त भएछन् । उनी कारागारको पर्खालबाट बाहिर निस्किए । तर, कतै गएनन् । कारागारका चौकिदारले उनलाई खर्च दिएका थिए । दुई/तीन घण्टापछि उनी कारागारतर्फ फर्के । भने, ‘मलाई त कारागार छाड्न मन लागेन । बाहिर गाएपछि मान्छेले के-के भन्ने होला । […]