Comments Add Comment

गृह सजावट

List Grid
पितापूर्खाको कुराः यसरी बुझे कसो होला ?

पितापूर्खा भन्छन्, ‘आफ्नो ओछ्यानको सिरानी जहिले पनि दक्षिणतर्फ हुनुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘पलेंटी कसेर खाना खानुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘घर बनाउँदा सकेसम्म पूर्वी-दक्षिण मोहडामा फर्काउनुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘साँझ विहान पितृलाई सम्भिmएर पानी चढाउनुपर्छ । पूजापाठ गर्नुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘सूर्योअस्तअघि नै रातको खाना खाइसक्नुपर्छ ।’ पितापूर्खा भन्छन्, ‘आफुभन्दा पाको व्यक्तिलाई श्रद्धा गर्नुपर्छ ।’ ‘कुरा […]

गर्मीमा घरको साजसज्जाः यसरी बन्छ कुल

गर्मी बढेसँगै तपाईंलाई आफ्नो ओछ्यान साँघुरो लाग्न थालेको छ । कोठा उकुसमुकस लाग्न थाल्छ । यत्रतत्र छरिएका सामाग्रीहरु, झ्याल-ढोकाको बाक्लो पर्दा, ओछ्यानमा बिच्छ्याइएको गाढा रंगको बेडकभर सबैकुरा पट्यारलाग्दो लाग्छ । किन ? किनभने गर्मी बढ्यो । वायुमण्डलमा तातो हावा चल्न थाल्यो । यसरी बद्लिएको मौसमसँग घरको साजसज्जा परिवर्तन नगर्दा घर-कोठा बाफिएको झै लाग्न थाल्छ । […]

अक्षय र ट्वींकल जहाँ दाम्पत्य सुखभोग गर्छन्

एक घर, जसको सम्मुखमा अनन्त निलो अरब सागर छ । बैंठक कक्षाको ठाउँ-ठाउँमा स-सना तलाउ अर्थात जलकुन्ड छ । घरका भित्ताहरु कलात्मक पेन्टिङले सजिएको छ । घरको मध्यभागमा घामको किरण पोतिन्छ । चारैतिर हरिया बुट्यान र रंगविरंगी फूलहरु हावाको झोंकासँग लहराईरहेका छन् । आँखा चिम्लेर यस्तो घरको कल्पना गर्नुहोस् त, तपाईंलाई यो स्वप्निल विवरण लाग्नसक्छ […]

चिनीको उपयोगिता, भाँडा चम्काउनदेखि साङ्ला भगाउनसम्म

गुलियो र मिठो ‘चिनी’ खानअघि धेरैले नाक खुम्च्याउन थालेका छन् । मान्छेमा भय छ, चिनीप्रति । चिनी सेवन गर्दा शरीरलाई बेफाइदा गर्छ भन्ने कुरा व्यापक भएको छ । यद्यपी हाम्रो भान्सामा कहिल्यै नटुट्ने जिनिस हो, चिनी । भलै चिनीले स्वास्थ्यमा फाइदा नगर्न सक्छ, तर कतिपय कुरामा यसको प्रयोग निकै प्रभावकारी हुन्छ । चिनीलाई खानका लागि […]

घरमा करेसाबारी, अनेक छन् फाइदा

अहिले हाम्रो भान्सामा भित्रिने अधिकांश सागसब्जी बजारबाट आयत हुन्छ । बजारमा व्यवसायिक तरकारी खेतीबालीबाट । व्यवसायिक ढंगले गरिने खेतीबालीमा रासयनिक मलखाद, किटनाषक औषधी प्रयोग गरिन्छ । खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छ । क्यान्सर, मिर्गौलाको रोग, मुटु रोग जस्ता समस्याको कारण अहिले हामीले खाने यस्तो विषाक्त सागसब्जी नै हो । त्यसो भए […]

घरभित्रको साजसज्जा र मानसिक स्वास्थ्यको सम्बन्ध

छटपटी, बेचैनी, औडाह । अर्थात मानसिक विकार । यसले हामीलाई प्रफुल्ल हुन दिदैन । खुसी हुन दिदैन । शान्त हुन दिदैन । यस किसिमको मनोदशाले शरीरमा नकारात्मक असर पार्छ । मनको विकार, जसलाई हटाउन औषधी वा शल्यक्रियाले पुग्दैन । अरु किसिमको उपचार विधी पनि ठिक हुँदैन । बरु, मानसिक विकारलाई हटाउने माध्याम हुनसक्छ हामी बस्ने […]

ग्याँस चुल्हो फोहोर भयो ? गाह्रो छैन चम्काउन

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्यास चुल्हो । खाना पकाउनेदेखि पानी तताउने कामसम्म यसमा गरिन्छ । खाना बनाएपछि पुरै भान्साको सफाई गर्नु र  सबै चीजहरुलाई सरक्क राख्नु कठिन काम हो । धेरै गृहणीहरुको महत्वपूर्ण समय यसैमा बित्छ । भान्साको सफाइमा ग्यास चुल्होको सफाईका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । किनकी तेल र अन्य फोहोरहरुका […]

दीपावलीमा वास्तुशास्त्रको कुरा: घरको सजावटमा यी गल्ती ‘अशुभ’ मानिन्छ

बारीको कान्लामा लहलह सयपत्री फूलेको । लिपपोत गरेर सफासुग्गघर घर । झ्याल-ढोकामा रहरलाग्दो सायपत्रीको माला । बार्दलीमा दियो-बत्ती । तिहार देउसी-भैलोको पर्व, झिलिमिलीको पर्व । तर, यसको विशेषता त्यतीमा मात्र सीमित छैन । यो एक आयमिक पर्व हो । जुनसुकै कोणबाट पनि यो पर्वको महत्व दर्शाउन सकिन्छ । तिहारमा हामी घर सफासुग्घर गर्छौं । धार्मिक […]

तिहारमा क्यान्डिल लाइटदेखि रंगोलीसम्म कसरी सजाउँदा क्रिएटिभ देखिन्छ ?

तिहारको साइनो सेलरोटीसँग मात्र छैन । न देउसी-भैलोसँग मात्र । यो सायपत्री र मखमलीको पनि पर्व हो । झिलिमिली दियो-बत्तिको पनि पर्व हो । यही मेसोमा फूल र झिलिमिली बत्तीले घर सजाइन्छ । धार्मिक मान्यता के छ भने, यसरी घर सफसुग्गघर गरेर सजाउँदा लक्ष्मीले बास गर्छन् । घर त हामी सजाउँछौं नै । तर, जमना […]

घरमा ‘मनीप्लान्ट’ रोप्दा पैसा आर्जन हुन्छ ?

समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ । अर्थात जति-जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता छ । मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो । यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरुवा हो । मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ । इनडोर प्लान्टको रुपमा लगाउँदा यसले घरको […]

किन र कसरी बनाउने घरलाई हेल्थ फ्रेन्ड्ली ?

तपाईंलाई लाग्दैन, आफ्नो घर पर्यावरणमैत्री होस् । पर्यावरण मैत्री किन ? संभवत तपाईलाई यो विषय झ्याउ लाग्न सक्छ । वा यसमा खास रुची नलाग्न सक्छ । तर, यो तपाईंको प्रत्यक्ष सरोकारको विषय हो । किनभने तपाईंले जीवनभरको मेहनत खर्चिएर घर बनाउनुभएको छ । घरको पिलरसँगै तपाईंका सपनाहरु पनि त्यही घरमा ठडिएको छ । घर निर्माणको […]

फर्निचर किन्दा ध्यान दिनुपर्ने कुराहरू

नयाँ घरमा सरिँदै छ वा घरको पुरानो डेकोरेसन चित्त बुझेको छैन् भने नयाँ फर्निचर किन्ने सोच पक्कै  होला । नयाँ फर्निचर किन्ने क्षण धेरै नै उत्साहपूर्ण समेत हुन्छ । हिजोआज फर्निचरको मूल्य धेरै नै महँगो छ तसर्थ आफ्नो बजेटअनुसार सबैभन्दा राम्रो फर्निचर किन्न केही विशेष कुरामा ध्यान दिनुपर्छ । फर्निचर स्टोरमा गएर जुन मन लाग्यो […]

डाइनिङ टेबल सेट गर्ने कसरी ? केही तरिका छन् यस्ता

आज म त खान्छु है भात पिरुकामा पलेटी कसेर…. कुनै बेलाको यो कुरा हिजोआज इतिहास बन्ने क्रममा छ । धेरैजसो शहरी एवं आंशिक ग्रामीण घरहरूमा डाइनिङ टेबुल सामान्य बनिसकेका छन् । हिजोआज हरेकजसो घरमा डाइनिङ टेबल हुन्छन् । डाइनिङ टेबल सेट गर्ने क्रममा सिर्जनशीलता अँगाल्न सके पाहुनाहरूलाई प्रभावित तुल्याउन सकिन्छ । घरकै शोभा वृद्धि हुन्छ […]

अन्डाको बोक्राबाट पो घर सजाउने कि ?

कुरा सामान्य हो, तर निकै उपयोगी छ । तपाई-हामी अन्डा खाइसकेपछि त्यसको बोक्रा डस्विनमा मिल्काउँछौं । ग्रामिण क्षेत्रमा खास समस्या नहोला, तर शहरमा घरबाट निस्कने यस्ता फोहोरको व्यवस्थापन गर्नु निकै झन्झटिलो हुन्छ । त्यसो भए के गर्ने त ? काइदाको उपाय छ । अन्डाको बोक्रालाई डस्बिनमा मिल्काउने होइन । यसलाई विभिन्न प्रयोजनका लागि उपयोग गर्न […]

घरमा फूलबारी बनाउँने हो ? यी कुराहरु याद गरौं

हामी कोही गाउँमा छौं, कोही शहरमा छौं । कसैको आफ्नै घर छ, कसैको डेरा । आखिर जे भएपनि हामीले आफु बस्ने आसपासको क्षेत्रको सौन्दर्य बढाउन सक्छौं । फूल रोप्नु वा फूलबारी बनाउनु यसको सरल काइदा हो । यसबाट प्रत्यक्ष हामीलाई फाइदा पनि मिल्छ । तर, यसबारे हामीले खास सोचबिचार गरेका हुँदैनौं । सोचौं त, उठ्नसाथ […]

घरका लागि फर्निचर किन्दा यी कुरामा ध्यान दिनुस 

फर्निचर कुनै पनि घरका शोभा मात्र होइनन् दैनिक आवश्यकताका वस्तु पनि हुन् । त्यसैले फर्निचर खरिद गर्दा आकर्षक मात्रै हेरेर हुँदैन टिकाउ पनि हेर्नुपर्छ । चाहे दराज होस वा पलङ, किचन र्‍याक होस वा टेबल, जुनसुकै फर्निचर पनि एकपटक घरमा ल्याइसकेपछि तुरुन्तै फेर्न सकिँदैन । त्यसैले फर्निचर किन्दा धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । के-के […]

बास्तु विज्ञान: घर बनाउनुअघि जान्नैपर्छ यी १२ कुरा

घर बनाउनुअघि वास्तु हेराउन पर्छ भनिन्छ । आधुनिकताको अनुसरण गरिरहेका हामीलाई वास्तु भन्नसाथ आडम्बर हो भन्ने लाग्छ । यसलाई केवल परम्परा मात्र ठान्छौं । र, वास्तुबारे खास हेक्का राख्दैनौं । तर वास्तु आफैमा विज्ञान हो । वास्तु अनुसार घर निर्माण गर्दा त्यो राम्रो हुन्छ । कुरा सही हो । वास्तुले घर निर्माणका लागि त्यसरी नै […]

यी हुन् घरमा शुद्ध हावा फैलाउने विरुवा

पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन् । जैविक सन्तुलन बनस्पतीमै टिकेको छ । यसैले कुनै पनि बोट बिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । अझ, घरमा रोपेको विरुवाले घरको सौन्दर्य त बढाउँछ नै, शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । घरमा रोपिने यस्ता रुविाले ‘एयरप्युरिफायर’को समेत काम […]

घरमा रोप्नुपर्छ यी वनस्पती, जसले दुषित हावा शुद्धिकरण गर्छ

अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध […]

रंगोलीका ११ डिजाइनः तपाईंलाई कुन मन पर्‍यो ?

दिपावलीमा झिलीमिली बत्तिसँगै रंगोली बनाएर धनकी देवी लक्ष्मीलाई स्वागत गर्ने प्रचलन छ । आकर्षक रंगोली बनाउने कसरी त ? हामी यहाँ केही डिजाइनहरु प्रस्तुत गर्दैछौं जसमध्ये तपार्इ एउटा छनोट गर्न सक्नुहुन्छ । परम्परागत रंगोली परम्परागत रंगोली चामलको पिठो र सेता चकको पाउडरबाट बन्छ । यदि तपाईंसँग रंग छैन भने यसरी रंगोली बनाउन सक्नुहुन्छ । यो […]

रंगोली किन बनाउने ? यस्तो छ कारण

तिहारमा हामी आँगनमा रंगोली बनाउँछौ । कतिले यसमा स्वस्तिक चिन्ह बनाउँछन्, कतिले गणेशको आकृति । कसैले अरु कलात्मक रंगोली पनि बनाउँछन् । झिलिमिली पर्वमा रंगोलीले घरको शोभा बढाउँछ । यद्यपि, यसको साइनो घरको सजावटसँग मात्र छैन । खासमा, कुनै पनि शुभकार्यमा रंगोली बनाइन्छ । यो लोक कला हो । रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतिक हो […]