Comments Add Comment

धर्म-संस्कार

List Grid
तपाईंभित्रको ‘म’ खोज्नुहोस् त

पक्कै तपाईं अलमलमा पर्नुभयो । सरल रुपमा यसरी बुझौं, तपाईंले लगाउनुभएको लुगा कसको ? जवाफ-‘मेरो ।’ तपाईंले लगाउनुभएको घडी कसको ? जवाफ-‘मेरो ।’ तपाईंको अधिनमा भएको जग्गा, घडेरी, गाडी, गाईबस्तु कसको ? जवाफ-‘मेरो ।’ ठिक यसैगरी केस्रा-केस्रामा केलाउँदै जाँदा तपाईंले आफ्नो शरीर र शरीरका अंगलाई पनि ‘मेरो’ भन्नुहुन्छ । शरीर, हातखुट्टा, टाउको, आँखा, मुटु, कलेजो, […]

तपाईंको धर्म के हो ?

‘मैलें फलानो धर्म परिवर्तन गरें नि ।’ मान्छेहरुले यो कुरा त्यती सजिलै भन्छ कि मानौ, ‘धर्म’ भनेको लुगा हो । ‘धर्म’ के हो ? यस सम्बन्धमा उनीहरुको बुझाई सही छैन । यदि धर्मलाई सही ढंगले बुझ्दो हो त ‘धर्म परिवर्तन’ हुने कुनै त्यस्तो बस्तु होइन । अहिले थुप्रै मान्छे यस्तै भ्रम पालेर बसिरहेका छन् । […]

इद मुवारकः आत्मशुद्धी र सद्भावको पर्व

हरेक चाडपर्व, उत्सवले उमंग ल्याउँछ । खुसी बाढ्छ । सद्भाव फैलाउँछ । आपसी रिस, राग, वैमनस्य, द्वेष, दम्भ पखालेर प्रेममय माहौलमा मिसाइदिन्छ । ईद यस्तै पर्व हो, जसले खासगरी मुस्लिम समुदायमा बेग्लै उत्साह संचार गराइदिन्छ । हाम्रो समाज बहुरंगी छ । यहाँ विभिन्न जात-जतिको रंग पोतिएको छ । विभिन्न समुदायको रंग घुलिएको छ । एउटा […]

ज्योतिष विज्ञानः एकसाथ जन्मिएका व्यक्तिहरु किन उस्तै हुँदैनन् ?

ज्योतिषीलाई अक्सर एउटा प्रश्न सोधिने गर्छ, ‘जब एकै समयमा विश्वमा कति बच्चाले जन्म लिन्छ, तर उनीहरुको जन्मकुण्डली एक जस्तो हुनुपर्नेमा किन भिन्न भिन्नै हुन्छ ?’ ज्योतिष विज्ञानमा विश्वास नगर्नेका लागि त यो प्रश्न ब्रम्हास्त्र जस्तै हो । यही प्रश्नमाथि तर्क गरेर उनीहरुले ज्योतिष विज्ञानलाई आडम्बर वा ढोंग सावित गर्न खोज्छन् । हुनपनि यो प्रश्न जो […]

‘ओम’ एक रहस्यमय ब्रम्हाण्डिय ध्वनिः किन जप गरिन्छ ?

‘ओम’ यो शब्द हामी बेलाबखत जप गर्छौ । ओम जप गर्दा के हुन्छ ? मुखबाट ओम आवाज निकाल्दा त्यसले स्थुल शरीर र मनमा कस्तो प्रभाव पार्छ होला ? पक्कैपनि यो शब्द जप गर्नु कुनै ढोंग मात्र होइन । आडम्बर होइन । यसमा वैज्ञानिक तथ्य पनि छ । धेरैजसो मन्त्रमा यो शब्द समावेश छ । हिन्दु […]

बौद्ध दर्शनः किन र कसरी बुझ्ने ? 

बौद्ध धर्म यस्तो नियमको संग्रह हो, जसमा हामी यर्थाथको सही स्वरुप पहिरचान गरेर आफ्नो पुरा मानविय क्षमता विकास गर्न सक्छौ । २५ सय बर्षअघि सिद्धार्थ गौतमको जन्म भयो, जो बुद्धको नामले विख्यात भए । बुद्धले आफ्नो अधिकांश जीवन ज्ञानोदय प्राप्तिको ति विधीमा लगाए, जसलाई उनी स्वयम् अनुभूत गर्थे । उनी चाहन्थे कि, अरु व्यक्ति पनि […]

करुणा जगाउनुहोस् संसार सुन्दर देखिनेछ

संसार, आफु अन्सार । अर्थात हामी जस्तो छौं, हामीले भोग्ने संसार त्यही अनुसार निर्माण हुने हो । हामी खराब छौ, लोभी छौ, हिंस्रक छौ, व्यभिचारी, इष्र्यालु छौ भने हाम्रो संसार सुरक्षित हुँदैन । हाम्रो संसारमा खुसी हुँदैन । हाम्रो संसारमा उमंग हुँदैन । हाम्रो संसारमा प्रेम हुँदैन । बरु निरासा, भय, कुण्ठा, क्रोध, लोभले भरिएको […]

उभौली पर्व र प्रकृतिसँगको तालमेल

महान् विचारक/दार्शनिकहरुले भन्दै आएका छन्, ‘प्रकृतिसँग हामी जति नजिक हुन्छौ, उत्तिनै खुसी र सुखी हुन्छौं ।’ प्रकृतिसँग ति सबै चिज छन्, जो हामी उपभोग गर्न चाहन्छौं । हाम्रा खुसी प्रकृतिमै छन् । हाम्रो दुःख, अभाव मेट्ने स्रोत पनि प्रकृतिमै छन् । त्यही कारण हामी प्रकृतिलाई नै ईश्वर मान्छौ । भगवान मान्छौ । भौतिक सुख-सयल र […]

पैसा खाने भगवान

सृष्टिका रचयिता, चराचर जगतलाई आफ्नो अधिनमा राख्ने भगवान पैसाका भोगी हुन् ? उनलाई पैसा चाहिन्छ ? धन-दौलत चाहिन्छ ? यदि भगवानलाई पैसा नचाहिने भए हामी किन मठ-मन्दिरमा गएर भेटी चढाउँछौ ? किन ‘धर्म’को नाममा खुलेका संघ-संघठनलाई दान दिन्छौ ? तपाईंले याद गर्नुभएकै होला, मठ-मन्दिर, धार्मिस्कथलका अघिल्तिर फूल, प्रसादसँगै पैसा (भेटी) पनि खरिद गर्न सकिन्छ । […]

बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ

हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए ? उनले चराचर जगतका लागि के गरे ? उनीबाट मानव जीवनका के कुरा सिक्न सकिन्छ ? उनी ईसा पूर्व ५६३ पहिले कपिलवस्तुमा जन्मिएका […]

सद्गुरुका १० वचन, जसले तपाईंको सोंच परिवर्तन गर्न सक्छ

जग्गी वासुदेव चिन्तक, लेखक हुन् । उनी अहिले ‘सद्गुरु’ नामबाट विख्यात छन् । उनी आफ्नो विचार, चिन्तन र दर्शन प्रष्टसँग र बुझ्ने भाषामा राख्छन् । त्यही कारण सद्गुरुको प्रवचन सुन्न धेरैजसो लालयित हुने गर्छन् । उनी ढोंग, आडम्बर, अन्धविश्वासमा होइन, वैज्ञानिक तथ्य र आधारहरुमा टेकेर आफ्ना आध्यत्मिक विचार प्रवाह गर्छन् । उनका पिता चिकित्सक थिए […]

भगवानसँग किन डराउँछन् मान्छे ?

वास्तवमा हामी डरपोक छौ । डराएका छौ । भयाभित छौ । त्यही डर एवं भयाबाट मुक्ति पाउनका लागि भगवानको शरणमा पर्छौ । हामी मन्दिर धाउँछौ, यसकारण कि भगवनले कृपा गरोस् । हामी पूजाआजा गर्छौ, यसकारण कि, भगवान खुसी भइदियोस् । हामी उपवास बस्छौ, यसकारण कि भगवान सन्तुष्ट भइदियोस् । हामी धूपबात्ती बाल्छौ, यसकारण कि भगवानले […]

डर, मोह र धर्मको व्यापार

अहिले तपाईंलाई कसैले भन्नेछन्, फलानो धर्म लिनुहोस् । अर्थात उनले जुन तथाकथित धर्म अंगालेका छन्, त्यसमै लाग्न तपाईंलाई फकाउँछन् । लोभ्याउँछन् । नजानिदो ढंगले धम्क्याउँछन् । डर एवं त्रास देखाइदिन्छन् ।  उनीहरुले भन्नेछन्, ‘फलानो धर्म लिनुहोस्, यस्तो मिल्छ, उस्तो मिल्छ ।’ तपाईंलाई केही हदसम्म लोभ लाग्छ । केही हदसम्म डर लाग्छ । केही भ्रमित हुनुहुनेछ […]

पञ्जे बाजाः हराएको धून

अहिले विवाह-भोज वा उत्सवमा धुमधाम ‘ब्यान्ड बाजा’ बजाइन्छ । त्यही कारण शहरमा ब्यान्ड बाजा बजाउने व्यवसायिक समूह कति छन्, कति । यता ‘पञ्चे बाजा’को धून चाहि बिलुप्त हुँदैछ । अहिलेको पुस्तालाई सोध्ने हो भने, उनीहरुले पञ्चेबाजा न देखेका छन्, न त्यसको धून सुनेका छन् । जबकी यो हाम्रो मौलिक बाजा हो । खासगरी विवाह जस्ता […]

श्रीमद्भागवत गीता किन पढ्ने ?

अहिले हामी डिजिटल युगमा छौ । श्रव्यदृश्य सामाग्री हेर्न रुची राख्छौ । हामीसँग अहिले मनोरञ्जनका अनेकन विकल्प पनि छन् । त्यसमाथि फेसबुक, ट्वीटर, इन्स्टाग्राम आदिमा अलमलिएका छन् । भिडियो गेम, फिल्म जस्ता उपलब्ध सुविधाले हाम्रो पठन संस्कृति भने विथोल्दैछ । यस्तो पृष्टभूमीमा तपाईंलाई पुस्तक पढ्नुपर्छ भन्यो भने ‘हाइ काड्न’ थाल्नुहुन्छ । अझ जीवन-दर्शनका पुस्तकका प्रसंग […]

खै रैथाने परिकार, खै लोक संस्कृति ?

‘माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई..’ शैलुङ सम्झनसाथ धेरैले यही गीत गुनगुनाउन थाल्छन् । हुनपनि गीतले शैलुङको लेकाली परिवेश झल्काउँछ । तर, यत्तिले मात्र पनि शैलुङ चिन्न सकिदैन । शैलुङलाई चिन्न लेकाली खर्क, स-सना थुम्का, रंगबिरंगी गुराँस, चौरी र भूँइकुहिरोसँग लुकामारी खेल्नुपर्छ । यहाँको रैथाने खानेकुरा चाख्नुपर्छ । यहाँको मौलिक संस्कृति बुझ्नुपर्छ । यो उचाईमा पुगेपछि […]

भगवान बुद्धको आठ सूत्रः यसरी हटाउनुहोस् दुःख

हामी दुःखको महासागरमा तैरिरहेका छौ । दुःखबाट कसरी उन्मुक्ति पाउने ? जे-जसो गरेर हुन्छ हामी यही खोज गरिरहेका हुन्छौ । अर्थात जीवनभर हामी जे-जति काम गर्छौ, त्यसको भित्री ध्येय भनेको दुःखबाट उन्मुक्ति नै हो । तर, दुःखलाग्दो चाहि के भने मृत्युको मुखमा पुग्दासम्म हामी दुःखबाट उम्कने बाटो पहिल्याउन समर्थ भइसकेका हुँदैनौ । दुःखको दलदलमा डुबेर […]

मुन्धुम : किरात जीवन दर्शन 

जीवनलाई कसरी डोहोर्‍याउने ? कसरी सु-संस्कृत, सभ्य र सुरुचीपूर्ण बनाउने ? यस सम्बन्धमा विभिन्न समुदाय, भूगोल अनुरुप आ-आफ्नै विशिष्ठ शैली हुन्छ । ‘मुन्धुम’ एक यस्तै दर्शनशास्त्र हो, जसले जीवन र जगतलाई समूचित ढंगले बुझाउँछ । राई, याख्खा, लिम्बु, सुनुवार अर्थात ‘किरात’ समुदायले सदियौं अघि खोज र विकास गरेको ज्ञान र सौन्दर्यको भण्डार हो यो । […]

धर्म के होइन ?

धर्म के हो ? यसको जवाफ एकछिन थाती राखौं । बरु धर्म के होइन ? यसबारे चर्चा गरौं । अहिले समाजमा धर्म र धार्मिक सम्प्रदायको नाममा विभिन्न भ्रमजाल विच्छ्याइएको छ । यदि तपाईंलाई कसैले फलानो धर्ममा लाग्नुपर्छ भन्छ भने सोध्नुहोस्, ‘के उनी देवदूत हुन् ?’ किन उनले ‘धर्मको प्रचार गर्ने’ ठेक्कापट्टा लिएका छन् ? तपाईंलाई […]

मल्लकालिन सम्पदा ‘बालाजु बाइस धारा’ : कसरी सुरु भयो मेला

काठमाडौं बालाजुबाट बाइपासतर्फ मोडिएपछि एउटा सितल पार्क भेटिन्छ, बाइस-धारा पार्क । अहिले शहरवासीको सुस्ताउने गन्तव्य हो यो । नागर्जुन जंगलको फेंदमा अवस्थित यो मनोहर पार्कको खास आकर्षण भनेको बाइस धारा हो । अर्थात नागार्जुनको फेंदको मुलबाट निस्किएको पानी र २२ वटा ढुंगे धारा । यो धारा अहिले बनाइएको होइन । करिब ३ सय बर्ष अघि […]

खुशी कहाँ छ ?

हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं  । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ? किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको […]