Comments Add Comment

स्वास्थ्य समाचार

List Grid
लिची सेवन गर्दा ज्यानै जान्छ ? कुन अवस्थामा लिची विषाक्त ?

अहिलेको मौसमी फल हो लिची । स्वादिलो, रसिलो यो फल सेवन गर्नुको थुप्रै स्वास्थ्य लाभ पनि छ । तर, भारतमा लिची सेवन गरेर बालबालिकाको मृत्यु भएको खबरले उपभोक्तालाई झस्काएको छ । भारतमा तीन साताको अवधीमा ४७ जना बालबालिकाको मृत्यु भयो, लिची सेवनले । भारतको विहार क्षेत्रमा भएको यस घटनाले लिची नै विषात्त फल पो हो […]

गर्भाधान संस्कारः सुयोग्य सन्तान जन्माउनका लागि

हिन्दु एक संस्कार हो । जीवन पद्धती हो । यस पद्धतीले जीवनलाई सही मार्गदर्शन गराउन सहयोग गर्छ । हिन्दु पद्धतीमा जीवनको १६ संस्कार बताइएको छ । १६ संस्कार भनेको हाम्रो जन्मदेखि मृत्युसम्मको संस्कार हो । कुन बेला के गर्ने, कसरी गर्ने, किन गर्ने भन्ने कुरा यसले वैज्ञानिक ढंगले व्याख्या गरेको हुन्छ । महषिर् वेदव्यासका अनुसार […]

पर्यावरण र प्रकृतिका लागि हामी कति जागरुक ?

सौर्यमण्डलको तेस्रो घेरामा रहेको पृथ्वी आफ्नो उत्पतीको करोडौं वर्षपछि अन्तरिक्ष र आफ्नै वातावरणको भौतिक तथा अध्यत्मिक शक्तिको संयोगमा यहाँ लाखौ जीवन सिर्जित भएका छन् । प्रकृतिका आधारभूत पञ्चतत्व (जल, माटो, वायु, आकाश र आगो) यस पृथ्विलाई सन्तुलन कायम राख्ने र असंख्य जीवन प्रतिपादन गर्ने कारक हुन् । यी पञ्चतत्व नत सृजित छन् नत नष्ट नै, […]

ह्याम्समा खुट्टाबाट तार घुसाएर मुटुको चाल गडबडीको सफल उपचार

३२ जेठ, काठमाडौं । मुटुको चाल गडबड हुँदा सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गर्न अब नेपालमै सम्भव भएको छ । गंगालाल हृदयरोग केन्द्रबाटमात्र प्राप्त हुँदै आएको सो विशेषज्ञ सेवा शुरु गरेको निजी क्षेत्रको ह्याम्स अस्पतालले शनिवार ५० औं जटिल उपचार सम्पन्न गरेको छ । मुटुरोग विशेषज्ञ डा.रोशन राउतको नेतृत्वमा मुकुन्द काफ्ले सहितको विशेषज्ञ टोलीले शनिवारसम्म मुटुको […]

हिन्दु पद्धती अनुसार खाना पचाउने चार सरल तरिका

खासमा खानाले शरीरलाई निरोगी, तन्दुरस्त राख्नुपर्ने हो । तर, अहिले हाम्रो खानपान रोगको कारण बनिरहेको छ । खाना विषाक्त बनिरहेको छ । खानाकै कारण स्वास्थ्यमा विभिन्न समस्या आउने गरेको छ । कब्जियत, अपच त सामान्य जस्तै भइसक्यो । खानाको सोझो नाता हाम्रो स्वास्थ्यसँग छ । जबकी त्यही खानाले हामी अस्वस्थ्य हुन्छौं । त्यही कारण अहिले […]

मदिराले कलेजोलाई कसरी हानी गर्छ ?

भुक्तभोगीहरु भन्छन्, थोरै मात्रामा मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छैन । अझ के पनि भनिन्छ भने ‘नियन्त्रित मात्रामा मदिरा सेवन गर्दा केही स्वास्थ्य लाभ समेत मिल्छ ।’ के यो कुरा सत्य हो ? मदिराको पनि मात्रा हुन्छ ? नियन्त्रित मात्रामा पिउने मदिराले फाइदा गर्छ त , मानौ तपाईं हरेक साँझ एक लाज पेग अर्थात […]

हाम्रो जीवनशैलीः अल्छे तिघ्रो, स्वादे जिब्रो

एकपटक हाम्रो दैनिकी नियालौं । बिहान उठ्छौ । निद्रा खुल्नसाथ मोवाइलमा हात पुग्छ । फेसबुक, ट्वीटर हेर्छौ । चिया-कफि पिउँछौ । झोंक चले चुरोट तान्छौ । पत्रपत्रिका पढ्छौ । नुहाई-धुवाई गर्छौ । खानपिन गर्छौ । खानामा मुख बार्ने चलन छैन । मिठो छ भने पेट चर्कनेगरी खाइन्छ । त्यसपछि कार्यथलो जान्छौ । सकेसम्म एकै ठाउँ […]

रविनाको सफल शल्यक्रिया

२६ जेठ, काठमाडौं । मलद्वार विना जन्मिएकी रविना योगीको सफल शल्यक्रिया भएको छ । ग्रीनसिटी अस्पतालले आठ वर्षीया रविनाको निःशुल्क अपरेशन गरी बन्द मलद्वार खोलिदिएको हो । बन्द मलद्वार खोलेर ठूलो आन्द्रासँग जोडेको वरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालले बताए । उनले भने, ‘यसअघि दुई पटक गरेको शल्यक्रिया सफल भएको रहेनछ । हामीले पाँच घण्टा लगाएर […]

ख्याल गर्नुहोस् त तपाईंको शरीरभित्र पनि छ डाक्टर

ज्यानलाई कुनै गडबडी हुनसाथ हामी कहाँ जान्छौ ? डाक्टरकहाँ । हामीलाई विश्वास छ, डाक्टरले नै हाम्रो रोग पत्ता लगाइदिन्छ । उपचार गरिदिन्छ । निको बनाइदिन्छ । सही हो, डाक्टरलाई शरीर विज्ञानको ज्ञान छ । संकेत एवं लक्षणको आधारमा कुन रोग भनी अनुमान गर्न सक्छन् । आवश्यक परीक्षणबाट रोगको अवस्था फेला पार्न सक्छन् । कतिपय जटिल […]

सावधान ! तपाईं असुरक्षित पो हुनुहुन्छ कि ?

जमना बद्लिएको छ । साथै मान्छेको नियत पनि । त्यसैले हिजोको दिनमा तपाईं जति निर्धक्क र ढुक्क हुनुहुन्थ्यो, आज अरु सचेत र सर्तक हुनेबेला आएको छ । किन होला ? किनभने तपाईंमाथि थाहै नपाई अरुले कुकृत्य गर्न सक्छन् । तपाईंमाथि थाहै नपाई भावनात्मक खेलबाड हुनसक्छ । तपाईं थाहै नपाई मजाकको पात्र बन्न सक्नुहुन्छ । कहाँ […]

मान्छे कसरी अपराधी बन्छ ? 

कोही मान्छे यस्ता हुन्छन् ? जसलाई अरुको हिंसा गर्न मन लाग्छ । जसलाई अरुको हत्या गर्न मन लाग्छ । जसलाई विभत्स दृश्यहरु रमाइलो लाग्छ । जसलाई अरुको क्रन्दन, पीडा, छटपटी, चिच्याहट मधुर लाग्छ । जसलाई अरुको चोट, रगत राम्रो लाग्छ । के त्यस्तो कोही हुन्छ ? केही सातायता मुलुकभर हिंसाका यस्तै कुरुप घटनाहरु सतहमा आएको […]

विरामीको आर्तनादः मलाई बचाउनुहोस्

सरकारले बेलाबखत आफ्ना नेता र र कार्यकर्तालाई ‘उपचारको नाममा’ बाढ्ने खर्च हेर्दा लाग्छ, उनका पार्टी नै रोगले ग्रस्त छ । जस्तो गतबर्षको अन्त्यातिर अर्थात फागुनमा १२ करोड रुपैयाँभन्दा बढी बाढ्यो, उपचार खर्चको नाममा । यत्तिका पैसा उनीहरुले नै पाए, जो नेता तथा कार्यकर्ता थिए । एकै महिनामा १२ करोड १० लाख रुपैयाँ ‘उपचारका लागि’ बाढेको […]

एउटा मानसिक रोग, जसले महिलालाई बढी सताउँछ

मानिस भौतिकरुपमा स्वस्थ भएर मात्र पुग्दैन, शारीरिक, सामाजिक तथा मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ । मानसिक स्वास्थ्य बृहत शब्द हो जसभित्र मनरोगसँग सम्बन्धित धेरै विषयहरु अट्ने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिले आफ्नो क्षमताको महशुस गर्न सक्ने, पूर्णरुपमा उत्पादनशील काम गर्न सक्ने, आफ्नो समुदायमा केही योगदान गर्न सक्षम हुने, आफ्नो […]

डाक्टरको लापरवाही कि बिचौलियाको बिजनेस ?

घटना १:  डाक्टरको लापरवाहीको कारण गलत रगत चढाएपछि ५ वर्षीया बालिकाको मृत्यु ! दुई साताअघि गंगालाल हृदय रोग केन्द्रलाई लागेको गम्भीर आरोप हो यो । यही घटनाले अस्पताल केही दिन तनावग्रस्त बन्यो । दुई पक्षवीचको आरोप प्रत्यारोपको लफडा अझै सकिएको छैन् । मृतकका परिवार उजुरी दिन विभिन्न निकाय धाइरहेका छन् । मृत्यु हुने बालिका सर्लाहीकी आकृति साह थिइन् […]

किन नष्ट गरिन्छ घरेलु मदिरा ?

हामीले बेलाबखत सुन्छौ, ‘प्रहरीले २० लिटर घरेलु मदिरा नष्ट गरे ।’ घरेलु मदिरा भनेको स्थानिय प्रविधिबाट तयारी गरिएका जाँड र रक्सी । भर्खरैमात्र खबर आएको छ, ‘काठमाडौं बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानबाट प्रहरीले १० हजार ९ सय लिटर अवैंध घरेलु मदिरा बरामद गरेर नष्ट गरे ।’ तपाईंमा प्रश्न उठ्न सक्छ, घरेलु मदिरा किन […]

मुटु पोल्ने समस्या बढ्दै

२३ वैशाख, वीरगञ्ज । व्यस्त जीवनशैली र अव्यवस्थित खानपानका कारण पछिल्लो समयमा अधिकांशमा मुटु पोल्ने समस्या (ग्यास्ट्रो ईसोफेजियल रिफ्लेक्स डिजिज-जिईआरडी) बढी देखा पर्न थालेको छ । वीरगञ्जको विर्तास्थित ग्याष्ट्रो तथा लिभर क्लिनिक ईण्डोस्कोपी सेन्टरले गरेको अध्ययनका क्रममा त्यस्तो देखिएको हो । यो पेटसम्बन्धी जटिल समस्याको रुपमा विकसित हुँदै गइरहेको चिकित्सकले बताएका छन् । गत शनिबार […]

गुल्मी दजाकोटमा दूषित पानीकै कारण झाडापखाला फैलिएकोे पुष्टि

२३ वैशाख, गुल्मी । मुसिकोट नगरपालिका-४ दजाकोटमा दूषित पानीकै कारण झाडापखला फैलिएको पुष्टि भएको छ । यही वैशाख १० देखि सिङ्गो गाउँमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा रहेको ईकोलाई जिवाणु भएको अनुसन्धानबाट खुलेको हो । गाउँमा झडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर बिरामीहरुको दिसा र […]

घरकी डाक्टर मनिला सोताङ

मनिला सोताङलाई चिनाउने एउटै विशेषण हो, गायिका । उनी गायक उदय सोताङकी जीवनसंगी, गायिका श्रेय सोताङकी आमा । परिवार नै सांगीतिक । दुई छोरी र एक छोराकी आमा मनिला अझैपनि उत्तिकै जाँगरिला छिन्, चाहे गायनमा होस् वा गृहस्थीमा । ‘माया माय तिमै्र माया’, ‘माया नमार है’, ‘उकाली चढौला’, ‘कहाँ पोखिन्छ आँशु’, ‘आधी बाटो हिँडेपछि’, ‘आज […]

गुराँसको गुनगानः सौन्दर्यदेखि औषधीसम्म

गुराँसको बखान त गरेर साध्य छैन । गुराँससँग हाम्रो आत्मियता पनि जोडिएको छ । नेपालको राष्ट्रिय फूल कुन हो भन्दा ‘लाली गुराँस’ भन्दै हुर्किएका हामीलाई गुराँस नौलो रहेन । हामीले गुराँसको गीत गाएका छौ । गुराँसको सर्वत पिएका छौ । गुरासको सौन्दर्यमा उमंगित भएका छौ । गुराँसको उत्सव गरेका छौ । बनैभरी फुलिदिने गुराँसले चैत्र-वैशाखमा […]

सरकारी अस्पतालको एक्सरे मेसिनमा माकुराको जालो ! सेवाग्राही मारमा

१८ वैशाख, कनकाई । झापाको कनकाई नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे र अन्य स्वास्थ्य उपकरण प्रयोगमा आउन सकेका छैनन् । आमनागरिकको सेवाका लागि सरकारबाट अनुदान प्राप्त ती उपकरण प्रयोगमा आउन नसक्दा बिरामीको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वास्थ्य केन्द्रमा अत्यावश्यक भएको ठहर गरी स्वास्थ्य बीमाले एक वर्ष अघि दिएको अर्को एक्सरे मेसिनसमेत गोदाममा […]

नेपालमा दादुराको संक्रमण बढ्यो

१२ वैशाख, काठमाडौं । नेपालमा दादुरा संक्रमण बढेको पाइएको छ । सन् २०१८ मा नेपालमा २४७ जनालाई दादुराको संक्रमण भएको थियो, जुन सन् २०१७ को तुलनामा साढे दुई गुणा धेरै हो । २०१७ मा यो संख्या ९९ थियो । २०१० देखि २०१७ सम्ममा करिव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन्, जुन औसतमा […]