Comments Add Comment

साहित्य

List Grid
कथा हो, कथा होइन !

एउटै विस्तरामा सुतेका छौं । वाइनले रमरम पारेको छ । निन्द्राले झुमझुम । कहिले निन्द्राको तन्द्रा त कहिले वाइनको । ऊ एकोहोरो बोलिरहेकी छे । ऊ आज पुरै रित्तिन चाहन्छे । रक्सीकै गिलासजसरी । तर, म न रक्सीको गिलास नै रित्याउन सक्छु, न त उसलाई नै खाली पार्न सक्छु । ऊ वर्षौंदेखि बोकेको भारी बिसाएर […]

अलपत्र छ गणतन्त्र !

पोखरा । सरल सहयात्री तत्कालीन माओवादी र सरकारपक्षबीच भएको १० वर्षे जनयुद्ध राम्रैसँग नियालेका र भोगेका पात्र हुन् । स्कुले जीवनमै माओवादीमा लागेका उनको त्यतिबेला सपना थियो, ‘एकदिन देशमा गणतन्त्र ल्याउने ।’ क्रान्ति गर्न युद्धमा होमिए । ०६२÷६३ सम्म आइपुग्दा ४ दर्जन लडाइ लडे । लडाइँमा २ सयभन्दा बढी सहयोद्धालाई मैदानमै छोडिआए । संघर्षरत तत्कालीन […]

कथा : हाउगुजी

बिहानको ठीक ९ बजेर ४५ मिनेटमा गेटअगाडि उभिने महाशयको पहिरनले ऊ कहीँ कतैबाट त्यही संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी होला भनी कल्पनाको धर्सोसम्म तान्न सकिँदैनथ्यो । उसले झल्ट्याङ आसमानी रङको पाइन्ट, पकेटमा मसीका पचासौँ थोप्ला र कलरमा मयलको नमेटिने पोतो भएको सेतो सर्ट भिरेको थियो । भन्नु परोइन, उसले लगाएका कपडा डाँडा पारिको जुन भइसकेकी बूढी […]

कविता कृति : गोविन्द नेपालको ‘तर्कको साम्राज्य’

नेपाली साहित्यमा मुक्तक र कविता सिर्जनामा तल्लीन गोविन्द नेपालका ढुंगाको मन (गजल संंग्रह २०५५) र अक्षर खेल्ने आँगन (कविता संग्रह (२०६३) यसअघि नै प्रकाशित भइसकेका छन् । उनको तेस्रो कृतिका रुपमा ‘तर्कको साम्राज्य’ कविता संग्रह आएको छ । तर्कको साम्राज्यमा ‘बा एक विश्वविद्यालय’ देखि ‘शब्दचित्रमा एक सुर्तिसेवी’ सम्म ४३ वटा कविता समावेश छन् । सबैजसो […]

जीवा लामिछानेलाई के मनपर्छ ? को मनपर्छ ?

३२ जेठ काठमाडौं । जीवा लामिछाने मूलतः उद्यमी(व्यवसायी हुन् । उनको परिचयमा विदेशमा बस्ने नेपालीहरुको संगठनकर्ता एवं गैरआवासीय नेपाली संघको पूर्वअध्यक्ष पनि जोडिएको छ । केही वर्षयता उनले साहित्यकारको पनि पहिचान बनाएका छन् । पत्रपत्रिकामा फाट्टफुट्ट सामायिक लेख लेख्ने लामिछानेले दुई वर्षअघि नियात्रा सङ्ग्रह ‘सरसर्ती संसार’ प्रकाशन गरेपछि लेखकका रुपमा आफूलाई स्थापित गरेका हुन् । अहिले उनी दोस्रो […]

बजारमा आए तीन किताव

३२ जेठ, काठमाडौं । हामीले हरेक साता बजारमा निस्किने साहित्यिक कृतिहरुको चर्चा गर्दै आएका छौं । तथापि बजारमा निस्कने सबै किताबहरु चर्चायोग्य एवं स्तरीय हुने गरेका छैनन् । प्रकाशित भएका धेरै पुस्तकहरुमध्ये केही केही मात्रै पाठकहरुको मन छुनेखालका पाइने गरेका छन् । यो साता हामीले चारवटा पुस्तकको चर्चा गरेका छौं । गुलाफसँगको प्रेम बेलायतबाट वातावरण […]

विश्वप्रशिद्ध लेखक जोडीको सफलताको कथा

बीसौँ शताब्दीका एक महान शिक्षक विल डर्‍यान्ट ९० वर्षदेखि बेस्ट सेलर रहँदै आएको पश्चिमी दर्शनशास्त्रको आधारभूत पुस्तक ‘स्टोरी अफ फिलोसोफी’ का लेखक हुन् । सन् १९२६ मा प्रकाशित यो पुस्तक प्रकाशनको तीन वर्षमै लाखौँप्रति बिक्री भएको थियो । पुस्तकको बिक्रीबाट आएको आम्दानीले डर्‍यान्ट परिवारलाई आर्थिक मुक्ति नै दियो । डर्‍यान्ट दम्पतिलाई यसले अझ असाधारण प्रकृतिको […]

यो साताका किताब

२५ जेठ, काठमाडौं । यो साता बेलायतदेखि दार्जीलिङसम्म नेपाली पुस्तकहरु बजारमा देखिएका छन् । बर्खा लाग्न थालेपछि प्रकाशकहरुले पुस्तक प्रकाशन कम गर्दै जान्छन् । बजारमा नयाँ पुस्तक नआउँदा पुस्तक पसलेहरुले केही अघि छापिएका र बजारमा नदेखिएका पुस्तकहरु पाठकका आँखा पर्ने गरी राख्ने गर्छन् । योसाता कालिपोङका चर्चित कवि राजेन्द्र भण्डारी र बेलायतमा बसोबास गर्दे आएका […]

महाभारतका धृतराष्ट्र ! एक पुनर्लेखन

आज मैले सुनेँ, मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदा उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिँदैनथ्यो । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? उनलाई मैले के भनुँला ? हस्तिनापुरकी महारानी आज सन्तानविहीन भएकी छन् । सायद उनको आँखामा आँसु पनि हुनेछैन […]

कथा : ओखती 

तिलङ्गेमा यसपालि पनि जात्रा लाग्यो । सलहहरू धानखेतमा पसेजस्तै गरी मानिसहरू तिलङ्गेको फाँटतिर सोहोरिन थाले । जात्रेहरूको उत्साही हूलमा मिसिएर बिछापे घर्ती पनि सिउरानीको ओह्रालो झर्दै गरेको देखियो । तर, यसपालि उसको हंस छुटेको थियो गाउँमै । कुनै त्यस्तो वर्ष थिएन, तिलङ्गेमा जात्रा नलागोस् । तर, बिछापे एक्लैएक्लै ओर्लियोस् । पाइला लागेदेखिन् उसको जस्तै अर्को […]

संस्मरण : नछापिएको खुलापत्र !

मानिस जति सकस र कयसमा बस्न बाध्य हुन्छ, ऊ निर्वाध विचरणको विकल्प खोज्न थाल्छ । विद्रोही बन्छ । आगो ओकल्न थाल्छ । भकुण्डो जति दबायो, त्यति माथि उफ्रिए जस्तै हो । पीडित मानिसमा देखिने प्रवृति एवम् चरित्र नै हो यो । शिवपुरी मावि, महाराजगञ्जमा कक्षा छ देखि दशसम्म पढेँ । पढाइलाई निरन्तरता दिनका लागि म […]

पोखरेली नाटक ‘घेरो’ काठमाडौंमा प्रदर्शन हुने

२४ जेठ, पोखरा । पोखरामा हिजोआज एकपछि अर्को नाटक मञ्चन भइरहेको छ । पछिल्लो पटक पोखरेली नाटक पोखराको घेरो नाघेर काठमाडौंमा मञ्चन हुँदैछ । युथ क्रियसन थिएटरले तयार पारेको ‘घेरो’ शुक्रबार काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन हुँदैछ । ‘घेरो’ लोक नाटक घेरो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा मञ्चन हुन लागेको युथ क्रियसन थिएटरका सचिव […]

व्यङ्ग्य कविता : उसले अर्थात् मैले

छेर लेखेर अक्षर सुधार् भन्छ आफू बेपत्ता हुन्छ तर अरूलाई ‘हाजिर हू’ भन्छ आफू ढिलो आएर अरूबाट विलम्ब जरिवाना उठाउँछ पाँचदेखि पन्ध्र मिनेट ढिलो छिर्छ आधा घन्टा कक्षा नलिँदै ढोकाबाट बाहिर पुलुक्क पुलुक्क चियाउँछ र अर्को घन्टी आङ तन्काउँदै पर्खन्छ तर नानीहरूलाई पूरै समय कक्षामै पढ्ने ठाडो आदेश छाँट्छ विद्यार्थीहरूलाई सतहत्तर जिल्ला घोक् भन्छ ऊ […]

सिड्नी सपना : पीआर, प्रेम र विवाह !

सृष्टि कलेज जान्थी । काममा जान्थी । ब्रेक भयो कि आदिसँग च्याट गर्थी । के लेख्यो, के पठायो होला भनेर उसको मनले पनि सोचिरहन्थ्यो । मोबाइलको ब्याट्री यसरी डाउन हुन थाल्यो कि सृष्टिले पावर ब्याङ्क किनी । कहिलेकाहीँ आदिले कोठामा बोलाउँथ्यो । पहिला- पहिला लजाउँथी । जाऊँ जाऊँ त उसलाई लाग्थ्यो । तर, बोलाउनेबित्तिकै एकदमै […]

व्यंग्य : फेसबुकमा साथी बन्न पनि जागिर ?

बजेट भाषणले तलब बढायो र जागिरेको महत्व झन् बढ्यो । सबैतिर जागिरेकै चर्चा छ । यसले बेरोजगार र जागीर खान खोजिरहेकाहरुलाई कुन दबाब होला, म जागिरे भएर अनुमान गर्न सक्छु । तर, जागिरेको गुनासोका थाक खोतलेर हेरेपछि पो थाहा हुन्छ, जागिरे हुनुको मज्जा । समाज भन्छ :  धेरै पछ्नुपर्छ । पढेपछि जागिर खानुपर्छ । एउटा […]

आत्महत्याको जङ्गलमा जिजीविषाको राग

‘हाम्रो देशमा पनि समुन्द्र भएको भए हामी यत्ति विधि छिमेकी राष्ट्रसँग चेपिएर, थुनिएर्र र गुम्सिएर बस्नुपर्ने थिएन होला कि ? भारत र चीनले चारैतिरबाट थुनेको एउटा बन्द कोठाजस्तो आकृतिमा कैद हुनुपर्दा नै धेरै थोक गुमाएका छौं कि हामीले ?’ (प्रभा बराल : आत्महत्याको जंगल पृ.९८) नियात्रा विधाको नजिक बसेर लेखिएको आत्महत्याको जंगल पुस्तकमा लेखिका प्रभा […]

साताका ४ पुस्तक : ‘युद्धका ती दिन’देखि ‘धम्मपथ’सम्म

१८ जेठ, काठमाडौं । यो साता साहित्यका मुख्य विधा बाहेक बौद्ध ग्रन्थको नेपाली अनुवाद र कम्युनिस्ट विचारधारा मानेर अघि बढेका लेखकहरुको पुस्तक बजारमा आएको छ । यो साता पाका लेखकहरुको संयुक्त लेखन भएको उपन्यास ‘विशर्ग’  पनि बजारमा आएको छ । बजारको नियमले भन्छ, जहाँ माग उत्पन्न हुन्छ, त्यहीँ उत्पादनको प्रक्रिया पनि सुरु हुन्छ । तर, […]

रिकुटे जस्तो पिटर जब बियोगान्त ‘सेतो याक’ बनेर बिलाउँछ

१२ जेठ, काठमाडौं । ‘जिन्दगी भन्नु नै यात्रा रहेछ । यात्रा भन्नु नै जिन्दगी रहेछ । …यात्राले जुराउने रहेछन् मीठा संयोगहरु, अनि यात्रामै हुँदा रहेछन् मन चुडाउने वियोगहरु ।’ १८५ पृष्ठ लामो उपन्यासलाई यसरी बिट मार्छन् केदार पनेरु । यो अन्तिम हरफसँग उपन्यासको साइनो छ अनि उपन्यासका पात्रमा पाठकले आफू पाउँछन् । शुरुमा प्रेम र […]

कथा : सम्बन्धको रंग

घडीले ६ बजेको अलार्म लगायो । अलार्मभन्दा निकै अगाडि बासेका कुखुराले पनि उसलाई बिउँझाएका त थिए । तर उसले त्यतिखेर उठ्न जरुरत ठानिन अनि घडीकै भर परेर निदाउने चेष्टा गरी र निदाई पनि । आज अफिस बिदा । त्यसैले पनि ओछ्यान छोड्न मन लागेको छैन उसलाई । एकछिन ऊ त्यसै ओल्टो कोल्टो गर्दै पल्टिरही । […]

व्यङ्ग्य : मौका छोपाहा !

मौका छोपाको अर्थ हो मौका छोप्ने प्रवृत्ति भएको । सोझो अर्थमा मौका छोप्ने मान्छे । केही कामका लागि अवसर पर्खिरहेको मान्छे । धेरै मानिसहरु मौका छोप्छन् । प्रायः काम गर्दा मौकामा चौका हान्छन् । लाग्छ, हरेक मानिस मौका पर्खिइरहेछन् । हरेक चौका हानिरहेछन् । हरेकलाई चौका हान्नु छ । हरेक चौका हानिरहेछन् । तासको चौका […]

यो साताका किताब : ‘मीटू’देखि ‘सिड्नी सपना’सम्म

११ जेठ, काठमाडौं । प्रत्येक दिन नेपाली साहित्यमा सरदर दुई–तीनवटा पुस्तकहरु प्रकाशित हुने गरेका छन् । तीमध्ये काठमाडौं बजारमा दैनिक एउटाका दरले नयाँ पुस्तक आउने गरेको अनुभव विक्रेताहरुको छ । यो साता पनि त्यही ट्रेन्ड रह्यो । प्रकाशित पुस्तकको सूची हेर्दा यो साता कथा सङ्ग्रहको वर्चश्व देखिएको छ । कथा सङ्ग्रह प्रकाशन गर्ने लेखक मध्ये […]