Comments Add Comment
No ads found for this position

ब्लोअप

List Grid
‘साया’ अर्थात बोल्ड रेबती

नव–नायिका रेबती क्षेत्रीको करिअरका लागि आउँदो शुक्रबार बिशेष छ । किनकी, नेपाली चलचित्रमा पाइला राख्दै गरेकी रेबतीले अभिनय गरेको चलचित्र ‘समर लभ’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रको प्रचारप्रसारमा कुँदिरहेकी रेवतीले आफूलाई बोल्ड अवतारमा पनि प्रस्तुत गरेकी छिन् । चलचित्रमा केही अन्तरंग दृश्य दिएकी रेबती यो चलचित्रबाट आफू चलचित्र क्षेत्रमा स्थापित हुनेमा विश्वस्त छिन् । […]

प्रिमियरमा खुलेकी आना

नायिका आना शर्मालाई चलचित्रको कार्यक्रममा खासै देख्न पाइदैन । आना चलचित्रमा कम, व्यक्तिगत जीवनमा बढी रमाइरहेकी छिन् । यसैले पनि उनले चलचित्रमा अभिनय पनि कम गरेको पाइन्छ । यसैले पनि आना शर्मा कुनै सार्वजनिक कार्यक्रममा पुग्दा उनीप्रति मिडियाको नजर पर्नु स्वभाविक नै हो । बिहिबार बेलुकी आयोजना भएको चलचित्र ‘रणवीर’को प्रिमियरमा पुगेकी आना शर्मालाई क्यामेरामा […]

नम्रताको फेसन

चलचित्र ‘समर लभ’मा मुख्य भूमिकामा रहेकी नायिका नम्रता सापकोटालाई चलचित्रसँगै विदेशमा आयोजना हुने कार्यक्रममा पनि दौडधुप गर्न भ्याइनभ्याई छ । चलचित्रमा कम, विदेशमा आयोजना हुने कार्यक्रममा उनी बढी दौडिएको पाइन्छ । नम्रता अहिले ओमान पुगेकी छिन् । उनी अभिनित चलचित्र ‘समर लभ’ माघको २५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी ‘सुस्मिता’को भूमिकामा छिन् । […]

स्कुलको ड्रेसमा खुलेकी प्रियंका

काठमाण्डौमा आयोजित एक कार्यक्रममा केही ढिला पुगेकी नायिका प्रियंका कार्कीको पहिरनले सबैको ध्यान तान्यो । स्कुलको पहिरनमा कार्यक्रममा पुग्दा, धेरैले प्रियंकाको हट बन्ने तरिका भन्ने वुझे । तर, नायिका कार्की भन्दै थिइन्–‘म झन् राम्री भाकी छु है । खै के गर्ने होला ।’ प्रियंकाले स्कुलमा यूवतीहरुले लगाउने जस्तो पहिरन लगाएको बिषयमा भनिन्–‘आयंका फाउन्डेशनले एक स्कुलसँग […]

सुवेक्षाको सुन्दरता

नायिका सुवेक्षा खड्कालाई चलचित्र क्षेत्रमा राम्रै लक लाग्छ भन्ने लागेको छ । माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’को कथावस्तुले तानेपछि उनले यसमा काम गरेकी हुन् । सुवेक्षाको सुन्दरता र उनको बोल्ने शैलीलाई दर्शकले रुचाएका छन् । चलचित्रको पर्दामा पनि उनलाई दर्शकले रुचाएभने उनका लागि सुनमा सुगन्ध नै हुनेछ । सुशिल सिटौला, प्रशान्त ताम्राकार, […]

मुम्बइमा सुरविना

नायिका सुरविना कार्कीलाई अहिले मुम्बइको रमझमले छपक्कै छोएको छ । बलिउडमा काम गर्नका लागि मुम्बइमा संघर्षरत सुरविना दैनिकजसो कुनै न कुनै अडिसनमा जोडिएकी हुन्छिन् । सुरविना भन्छिन्–‘बलिउडमा पाइला राख्न त्यती सहज छैन । म संघर्ष गरिरहेकी छु । हेर्दै जाउ, केही उपलब्धी पक्कै हुनेछ ।’ मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा […]

सुपुष्पाको स्टाइल

नव–नायिका सुपुष्पा भट्ट आफैलाई सानैबाट नायिकाको रुपमा हेर्थिन् । सानैबाट गीत सुन्ने र ऐना हेरेर नाच्ने उनको बानी थियो । उनलाई सानैबाट लाग्थ्यो कि, उनी नायिका बन्न नै जन्मिएकी हुन् । माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’की यी सुन्दरीलाई अहिले आएर आफू लामो रेशको घोडा बन्न सक्छु जस्तो लागेको छ । यसैले, त […]

रेबतीको लोभलाग्दो हाइट

भारतको मुम्बइमा बसेर मोडलिङ गर्दै आएकी रेबती क्षेत्री चलचित्र ‘समर लभ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । रेबतीको अभिनय कस्तो छ, यसका लागि दर्शकले माघ २५ गतेबाट रिलिज हुने चलचित्र नै हेर्नुपर्नेछ । तर, रेबतीको हाइटले भने दर्शकलाई लोभ्याइसकेको छ । ५ फिट ९ इन्च अग्ली रेबतीको उचाई कमै मात्र नेपाली नायिकाको छ । यसैले […]

नम्रता ‘सेक्सी कि राम्री ?’

नायिका नम्रता सापकोटा आफूलाई चलचित्र क्षेत्रमा असफल मान्न तयार छैनन् । किनकी, नम्रता आफूले काम गरिरहेको बताउँछिन् । चलचित्रमा धेरै काम गर्नु वा थोरै गर्नु भन्दा पनि के काम गरेको छ भन्ने मुख्य हुने उनले सुनाइन् । नम्रता सापकोटाले अनलाइनखबरसँग ‘र्यापिड फायर’ खेल खेल्दा रमाइलो र चाडो जवाफ दिइन् । नम्रता आफूलाई ‘नन भेज जोक्स’ […]

करुणाको सुन्दरता

नेपाली चलचित्रमा अहिले नयाँ अनुहार धेरै देखिनु नौलो कुरा होइन । चलचित्रमा नयाँ अनुहार किन लिइन्छ भनेर बहस गर्न सकिएला । तर, नयाँ अनुहार आउनु आफैमा सुखद कुरा पनि हो । माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सय कडा दश’बाट नेपाली चलचित्र क्षेत्रमा करुणा श्रेष्ठ भित्रिदैछिन् । यो चलचित्रमा उनी प्रेमिकाको भूमिकामा छिन् । […]

झरनाकी ‘गुडियारानी’ सुहाना

नायिका झरना थापा छोरी सुहाना थापाको करिअरलाई लिएर चिन्तित र उत्साहित दुबै छिन् । अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदैछिन् । झरना थापाका अनुसार, छोरीको डेब्यू चलचित्र भएकाले उनी पहिले भन्दा अझै गम्भिर छिन् । यसपटक, सुहानालाई नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीले साथ दिएका […]

आँचलको इनर्जी

नायिका आँचल शर्मा यतिबेला चलचित्र ‘दाल भात तरकारी’को सेटमा व्यस्त छिन् । अहिले पनि उनी, मल्टिस्टारर चलचित्रमा काम गर्दा नाफा र घाटा दुबै हुने कुरा भन्न छाड्दिनन् । उनलाई यो चलचित्रमा काम गर्दा घाटा वा नाफा के हुन्छ थाहा छैन । तर, जे हुन्छ राम्रै हुन्छ भन्ने सोचमा छिन् उनी । तर, यसपटक भने उनी […]

निरिशाको फिल्मी निशाना

नेपाली चलचित्रका कलाकारले आफ्ना नयाँ पुस्तालाई यहि क्षेत्रमा ल्याउन थालेका छन् । धेरै कलाकारका सन्तती अहिले यो क्षेत्रमा सफल देखिएका छन् । अब, कलाकार विश्व बस्नेतकी कान्छी छोरी निरिशा बस्नेतले पनि चलचित्र क्षेत्रमा पाइला राखेकी छिन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘जानी नजानी’ हो । यो चलचित्रको मुख्य भूमिकामा रहेकी निरिशा मुम्बइमा बस्दै आएकी […]

विन्दास रेबिका

नव–नायिका रेबिका गुरुङको शैली विन्दास छ । उनी, आफ्नो चलचित्र यात्रा कस्तो होला भनेर खासै सोच्दिनन् । बरु भन्छिन्–‘काम गर्दै जाने हो, आत्तिएर काम नै छैन ।’ रेबिकासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः चलचित्र ‘मारुनी’बाट डेब्यू गर्न लागेकी नायिकालाई यसका दुई चलेका कलाकारको उपस्थितीले पनि आफूलाई असर गर्छ भन्ने लाग्दैन । बरु, उनी आफ्नो भूमिकालाई […]

पुरा हुन बाँकी साराको सपना

नायिका सारा सिर्पालीले अभिनय गरेको चलचित्र ‘सुश्री सम्पत्ती’ शुक्रबारदेखि हलमा चलिरहेको छ । यो चलचित्रको व्यापार औषत छ । ‘सारा कहिले हिट होलिन् ?’ भन्ने प्रश्नबाट कहिले मुक्त हुनुहोला भन्ने प्रश्नमा साराले ‘सुश्री सम्पत्ती’ रिलिजपछि भनेकी थिइन् । यसैले पनि साराको सपना पुरा भयो कि अधुरै रह्यो, चर्चा गर्न आवश्यक छ । चलचित्र हेर्ने दर्शकले […]

खुलेकी साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको सुन्दरताको चर्चा चलचित्र बजार र दर्शकमाझ खुबै हुने गर्दछ । साम्राज्ञीको अभिनयले पनि दर्शकलाई आकर्षित गरेको छ । यही भएर त चलचित्र ‘ड्रिम्स’बाट डेब्यू गर्दै गर्दा उनलाई स्टारको ट्याग दर्शक र मिडियाले दिएका छन् । साम्राज्ञी पहिरनको मामालामा पनि सजग छिन् । नयाँ चलचित्र ‘मारुनी’मा काम गर्न लागेकी नायिका शाहले यो […]

रेबिकाको सुन्दरता

गतबर्ष चलचित्र ‘लिलिबिली’को घोषणा हुँदा ४ सुरक्षा गार्डको घेरामा इन्ट्री मार्ने २ नायिकामध्ये एक नायिका थिइन् रेबिका गुरुङ । चलचित्र क्षेत्रमा गतबर्ष नै इन्ट्री मारेतापनि त्यो समयमा उनलाई भाग्यले साथ दिएन । कारण, चलचित्रको छायांकनको समयमा उनी बिरामी परिन् भने उनको यूकेको भिजा पनि लागेन । यसैले पहिलो चलचित्रमा उनले काम गर्न नै पाइनन् । […]

दीपाको फेसन

निर्देशक दीपाश्री निरौला फेसनको मामलामा पनि अब्बल छिन् । ४५ बर्षकी यी अविवाहित निर्देशक पहिरन लगाउन र आफूलाई सुन्दर देखाउन सधै नै मिहिनेत गर्छिन् । यसैले त सार्वजनिक कार्यक्रममा उनको फेसन नायिकालाई नै टक्कर दिने खालका हुन्छन् । दीपाश्री नेपाली चलचित्र क्षेत्रकै ब्लकबस्टर चलचित्रकी निर्देशक हुन् । उनले बनाएको चलचित्र ‘छक्का पन्जा’ सय दिनसम्म चल्यो […]

बर्षाको बदलिएको फिगर र फेसन

नायिका बर्षा राउतलाई पहिरनमा चुजी बन्न नसकेको आरोप लाग्छ । चुलबुले यी नायिका कार्यक्रममा पहिरनमा खासै ध्यान दिन्नन् भन्ने पनि गरिन्छ । तर, दैनिक जीम गएर शरीरलाई मेन्टेन गर्न थालेपछि बर्षा अहिले दुब्लाएकी छिन् । जसकाकारण, उनले आफ्नो पहिरनमा पनि परिवर्तन गर्न थालेको देखिन्छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बर्षालाई जाडो भएन । छोटो स्कर्टमा […]

बोल्ड नम्रता

नायिका नम्रता श्रेष्ठ अभिनयमा जादु छर्न सिपालु छिन् । हरेक चलचित्रमा भिन्न भूमिका र जीवन्त अभिनय उनको विशेषता हो । सामान्यतया, मिडियाबाट टाढा रहने नम्रता चलचित्रका कार्यक्रममा मात्र भेटिन्छिन् । उनै, नम्रता आफूले नै अभिनय गरेको चलचित्र ‘प्रसाद’को प्रिमियरमा निकै हट बनेर पुगिन् । प्रेमी दावा शेर्पाको साथमा हलमा पुगेपनि यो जोडी क्यामेराको अगाडि एकसाथ […]

कति राम्री जसिता ?

नायिका जसिता गुरुङको चलचित्र क्षेत्रमा प्रवेशसँगै उनको चर्चा राम्रो छ । पहिलो चलचित्रमा अभिनय गरेसँगै उनलाई अबको आशालाग्दी नायिकाको रुपमा हेर्न थालिएको छ । जसिताले अभिनय गरेको चलचित्र ‘लिलिबिली’ बक्स अफिसमा औषत रहेपनि यो चर्चामा रह्यो । यसले जसितालाई चलचित्र क्षेत्रमा हाई डिमाण्डेड नायिकाको रुपमा परिचित गरायो । उनै जसिता दोश्रो चलचित्र ‘लभ स्टेशन’मा काम […]