Comments Add Comment
No ads found for this position

ब्लोअप

List Grid
सलिनमानको आफ्नै स्टाइल

चलचित्रको पर्दामा देखिने कलाकार दर्शकमाझ विभिन्न कुराले परिचित हुन्छन् । कोही कलाकार अभिनय, कोही कलाकार लुक्स त कोही कलाकार पहिरनको कारणले चर्चामा रहन्छन् । दर्शकले यी कुराबाट पनि ती कलाकारलाई नोटिस गर्छन् । आफ्नो फरक हेयर स्टाइल, लुक्स र पहिरनको कारणले गर्दा दर्शकमाझ नोटिस भएका नायक हुन् सलिनमान बनियाँ । पहिलो चलचित्र ‘ए मेरो हजुर […]

राम्रो कथा खोज्दै सारा

नायिका सारा सिर्पालीको रुप र कामको प्रशंसा खुबै हुन्छ । तर, उनले २ वटा चलचित्र रिलिज हुँदासम्म पनि जुन खालको चर्चा पाउनुपर्ने हो, त्यो पाएकी छैनन् । यसैले पनि सारा अहिले राम्रो कथाको खोजीमा छिन् । साराले भनिन्–‘हो, मलाई अझै पनि दर्शकले नोटिस गर्नु भएको छैन । यसैले, दर्शकले नै नोटिस गर्ने खालको राम्रो कथाको […]

दर्शककी ‘ड्रिम गर्ल’ आश्मा

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ड्रिम गर्ल’की नायिका आश्मा गिरीलाई लाग्छ, उनलाई दर्शकले चलचित्रको पर्दामा हेर्न चाहेका छन् । वेव सिरिजमा काम गरेपछि चर्चामा रहेकी आश्माले सही समयमा आएर आफूले चलचित्रमा काम गरेको बताइन् । नायक आकाश श्रेष्ठको जोडी बनेर काम गरेकी आश्माका यो डेब्यू चलचित्र हो । यसैले पनि उनको मनमा थोरै चिन्ता […]

मिरुनाको सुन्दरता

नायिका मिरुना मगरलाई अझै पनि दर्शकले राम्रोसँग नोटिस गर्न सकेका छैनन् । नेपाली चलचित्र क्षेत्रमा उनले अझै पनि धेरै काम गर्न बाँकी छ । तर, मिरुना मगरको सुन्दरता र उनको अभिनयको भने प्रशंसा हुन थालेको छ । ‘लालपूर्जा’ डेब्यू नायिकाले दोश्रो चलचित्र ‘रोज’बाट पनि सफलता चाख्न नसकेको प्रष्ट हो । तर, यो चलचित्रका नायक प्रदिप […]

मुम्बइमा बोल्ड सुरविना

केही नेपाली चलचित्रमा अभिनय गरेकी नायिका सुरविना कार्की अहिले मुम्बइमा संघर्षरत छिन् । मुम्बई शहरको रमझममा उनले करिअरलाई शुन्यबाट अगाडि बढाउँदैछिन् । बलिउडमा प्रवेश गर्न त्यती सहज छैन । सुरविना सोही बलिउडको ढोका खोल्नका लागि काम गरिरहेकी छिन् । सुरविनाले मुम्बइमा रहेर एउटा विज्ञापनमा काम गरिसकेकी छिन् । साथमा, सोनी टेलिभिजनबाट प्रशारण भएको ‘दिल हि […]

अनमोलको भाइटिका

नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसीले भाइटिकामा दिदी र बहिनीको हातबाट टिका लगाएका छन् । भाइटिकाको अवसरमा उनले दिदी काजोल र २ बहिनीको हातबाट टिका लगाए । यसपटक केसी परिवारमा सबैजना एकसाथ भएका थिए । अनमोलका दाजु बिबेक पनि आजै भाइटिकाका लागि नेपाल आएका थिए । अनमोलका अनुसार, उनले बिबेकको साथमा २० बर्षपछि भाइटिका लगाएका […]

पूजाको लक्ष्मीपूजा

नायिका पूजा शर्माले आज लक्ष्मीपूजा उल्लासपूर्ण तरिकाले मनाएकी छिन् । आफ्नै निवासमा पूजाले रंगोली बनाइन् भने लक्ष्मीको पूजा गरिन् । पूजाले हरेक बर्ष आफूले रंगोली बनाउने गरेको बताइन् । पूजाले भनिन्-‘मलाई तिहारको झिलिमिली निकै मनपर्छ । मैले लक्ष्मीपूजामा पैसा मागिन । दर्शकले दिएको माया नै सवथोक हो ।’ यसपटक पनि आफूले दर्शकको माया सधै नै […]

आश्माको फिल्मी चाहना

आश्मा विश्वकर्मालाई युटुबमा सर्वाधिक रुचाइएको छ । द कार्टुन क्रु कि सदस्य समेत रहेकी आश्माको डान्सको फ्यान त विश्वभर नै छन् । उनले अभिनय गरेका गीतको भिडियोलाई लाखौ भ्यूज मिल्ने गरेको छ । आश्मा म्यूजिक भिडियोसँगै वेव सिरिजमा पनि रमाउने गर्छिन् । तर, आश्माले अहिलेसम्म आफूलाई चलचित्रको दुनियाँमा प्रवेश गराउन पाएकी छैनन् । आश्मालाई चलचित्रमा […]

परमिताको फेरिएको लुक्स

नायिका परमिता आर एल राणा चलचित्र क्षेत्रमा आएको केही बर्षपछि बल्ल क्लिक हुन थालेकी छिन् । उनको कामलाई निर्माताले पत्याउन थालेका छन् । सायद, यही भएर पनि होला उनलाई दर्शकले पनि रुचाउन थालेका छन् । परमिता नेपाली चलचित्र क्षेत्रमा मोडलिङबाट आएकी हुन् । मोडल राणाको लुक्स पनि सोही कारण बदलिरहेको पाइन्छ । परमिताले हालै मात्र […]

हामी चार बर्षदेखि प्रेममा थियौं- दीपिका

चलचित्र ‘छक्का पन्जा ३’ले हलमा बम्पर कारोबार गरिरहेको समयमा यो चलचित्रकी नायिका दीपिका प्रसार्इंले निर्देशक दिवाकर भट्टरार्इसँग इन्गेजमेन्ट गरेकी छिन् । आखिर, दिवाकरसँग इन्गेजमेन्ट गरेकी दीपिकालाई उनको के कुरा मन पर्‍यो ? उनीहरुको प्रेम कहिलेदेखि थियो ? यो बिषयमा दीपिकाले अनलाइनखबरसँग कुराकानी गरेकी छिन् । दिवाकरजी र तपार्चइवीको प्रेम स्वीकार अहिले आएर किन गर्नुभयो ? […]

गर्मीमा प्रियंका

प्रियंका कार्कीलाई धेरैले विन्दास नायिकाको रुपमा चिन्छन् । सामाजिक संजालदेखि मिडियामा हुने विभिन्न खालका आलोचनालाई पनि उनी सहजै रुपमा लिन्छिन् र आफ्नो स्टाइल छोड्दिनन् । उनै, प्रियंकाले आफ्नो इन्स्टाग्राममा गर्मी महिनामा धेरै प्रकारका तस्बिर पोष्ट गरिन् । त्यसमा सबैभन्दा बढी उनको विकिनी तस्बिर थियो । स्विमिङ पूलमा रमाउँदै गरेकी प्रियंकाले निर्धक्क आफ्ना विभिन्न शैलीका विकिनी […]

दिशा पटानीलाई यता न उता

यतिबेला बलिउडमा बिग बजेटको फिल्मको चर्चा चुलिएको छ । यसै सिलसिलामा सलमान खानको फिल्म छ, ‘भारत’ । यस फिल्ममा सलमान खनका साथै अभिनेत्री क्याटरिना कैफ र दिशा पटानी पनि देखिनेछन् । टाइगर श्राफकी गर्लफ्रेन्ड दिशाले सलमानको यो फिल्मका निम्ति कडा मेहनत गरिरहेको बताइन्छ । रोचक त के भने, यता अक्षयकुमारको फिल्मबाट चाहिँ दिशा ‘आउट’ भएकी […]

बर्षाको पाउट

नायिका बर्षा राउत अहिले चर्चित छिन् । उनले अभिनय गरेका चलचित्रको व्यापार राम्रो हुँदा उनको डिमाण्ड पनि चलचित्र क्षेत्रमा खुबै बढेको छ । चलचित्र क्षेत्रका चर्चित ब्यानरका चलचित्र उनको नै हातमा छन् । काम गर्न सजिली भएकाले पनि हुनसक्छ, बर्षालाई निर्माताले पहिलो रोजाइमा राख्ने गरेका छन् । बर्षा राउत पहिरनको मामालामा पनि त्यस्तो चुजी छैनन् […]

आयुष्मान र परमिताको ब्रेकअपपछिको मिलन

आइतबार आयोजना भएको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा केही भिन्न बन्यो । कार्यक्रम भिन्न बन्नुको कारण थियो पूर्व प्रेम जोडी आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको उपस्थिती । सुरुवातमा परमिता आयुष्मान भन्दा पर बसेकी थिइन् । तर, चलचित्रका निर्माता माधव वाग्लेले परमितालाई आफू बसेको ठाउँ छाडिदिएपछि आयुष्मान र परमिता एकसाथ भए । […]

‘रणकला’को हाँसो

नेपाली चलचित्रका कलाकारले आफूलाई फरक भूमिकामा परिवर्तन गर्न चाहदैनन् या पाउँदैनन्, यो वहसको बिषय हो । धेरै कलाकारले त फरक भूमिका निर्वाहा गर्न पनि सक्दैनन् । नायिका स्वस्तिमा खड्काको अहिले चलचित्र ‘बुलबुल’मा गरेका भूमिकाका कारण चर्चामा छिन् । चलचित्रमा उनले ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । जो, ट्याम्पु चालिका हुन्छिन् । स्वस्तिमालाई […]

आश्माको फेसन

नव-नायिका आश्मा गिरीको फेसन फरक हुन्छ । पहिलो चलचित्र ‘ड्रिम गर्ल’को प्रदर्शन मिति बारम्बार सर्दा पनि उनलाई दिक्क भने लागेको छैन । उनले भनिन्-‘पक्कै पनि प्रतिक्षाको फल मिठो हुन्छ ।’ उनी आफ्नो प्रतिक्षा सफल हुनेमा ढुक्क छिन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा कर्ली कपाल र आकर्षक पहिरन लगाएर पुगेकी आश्मा लजाइन् । पहिलो चलचित्र भएकाले […]

स्वस्तिमाको फेरिएको रुप

चलचित्र ‘बुलबुल’को छायांकनस्थलमा पुग्ने जोकोहीले पनि झट्ट हेर्दा भिडमा नायिका स्वस्तिमा खड्कालाई चिन्दैनथ्य । किनकी, स्वस्तिमाको गेटअप, पहिरन र स्टाइल फेरिएको थियो । चलचित्रमा समावेश ‘लाजै नमानी म त’ बोलको गीतमा स्वस्तिमा साधारण पहिरनमा नृत्य गरिरहेकी थिइन् । चलचित्रमा स्वस्तिमालाई दर्शकले ट्याम्पु चालिकाको भूमिकामा देख्नेछन् । यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रको गीतको […]

प्रियंकाको आशा

नायिका प्रियंका कार्की शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कथा काठमाण्डु’लाई लिएर उत्साहित मात्र छैनन्, आशावादी पनि छिन् । उनले, यो चलचित्रमा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी समेत भनेकी छिन् । चलचित्रको गीत रिलिज हुँदा मिडियामा नबोलेकी कार्की अहिले खुलेरै चलचित्रको प्रशंसा गर्छिन् । चलचित्र क्षेत्रमा आधा दशक मात्र बिताउँदा पनि उनले पाएको पोजिशन र नाम […]

दीपिकाको बदलिएको फिगर

नायिका दीपिका प्रसाइलाई चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा देखेका पत्रकारहरु छक्क परे । किनकी, उनको फिगर बदलिइएको थियो । चलचित्र ‘ऐश्वर्य’मा काम गर्दा दीपिका स्लिम थिइन् । उनको फिगरको प्रशंसक पनि धेरै थिए । तर, दोश्रो चलचित्रसम्म आइपुग्दा उनी मोटाएकी छिन् । दीपिका निकट चलचित्रकर्मीका अनुसार, उनी खानाको पारखी हुन् । यसैले पनि […]

बर्षाकाे दुब्लाएपछिको हाँसो

नायिका बर्षा राउतलाई अब मोटी भन्ने कम भएका छन् । केही समयदेखि उनले गरेको मिहिनेतले उनलाई फिट देखाएको छ । यसैले, हिजोआज बर्षाको मुस्कान पनि फेरिएको छ । एक कार्यक्रममा भेटिएकी बर्षा, कुर्ता सुरुवालमा आकर्षक देखिइन् । उनले दुब्लाउनुको रहस्यबारे भनिन्-‘जात्रै जात्रा’का लागि पनि म दुब्लाएकी हुँ । साथमा आफ्नै फिटनेशका लागि त छदै छ […]

बेनिशाको मुस्कान

नायिका बेनिशा हमाल अहिले नयाँ चलचित्रको काममा व्यस्त छैनन् । बेनिशाको गतबर्ष २ वटा चलचित्र रिलिज भएपनि त्यसले उनलाई खासै फाइदा दिएन । यसैले पनि यो बर्ष उनको हातमा चलचित्र परेको छैन । यसैले उनी फुर्सदिलो देखिएकी छिन् । तर, पनि विभिन्न चलचित्रको प्रिमियरमा भने उनी पुग्ने गर्छिन् । वेनिशाको हातमा चलचित्र नभएपनि उनी पहिरनको […]