Comments Add Comment

पत्रपत्रिकाबाट

List Grid
हचुवामा थपिँदै शिक्षक, राज्यलाई वार्षिक डेढ अर्ब व्ययभार पर्ने

२ असार, काठमाडौं । सातवटै प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को बजेटमाथि आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् । यसबाहेक युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, गुठी विधेयक विवादलगायत विषयलाई पनि पत्रिकाहरूले प्राथमिकतापूर्वक समेटेका छन् । सातै प्रदेशले सार्वजनिक गरेको बजेटमाथि अन्नपूर्णले मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार संघीय सरकारको सिको […]

ओली सरकार चौतर्फी घेराबन्दीमा, सत्तारुढ सांसद् नै विरोधमा

१ असार, काठमाडौं । समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयसँगै सरकारको कार्यशैलीमाथि आजका दैनिक पत्रिकाहरुले समाचार बनाएका छन् । नयाँ पत्रिका दैनिकले आज ‘सरकार चौतर्फी मुठभेडमा’ शीर्षक दिएर सरकार आलोचित बन्नुका कारणबारे विश्लेषण गरेको छ । मिडिया काउन्सिल विधेयक, लोकसेवा विज्ञापन, गुठी विधेयक, इन्डो–प्यासिफिक रणनीतिको विवादले सरकारलाई मुठभेठतर्फ डोहोर्‍याएको नयाँ पत्रिकाको निष्कर्ष छ । मानव अधिकार […]

प्रधानमन्त्री कार्यालय र अख्तियारले नै गरेनन् सर्वोच्चको फैसला कार्यान्वयन

३२ जेठ, काठमाडौं । शनिबारीय सामग्रीका साथ आज प्रकाशित दैनिक पत्रिकाहरुले भिन्न–भिन्न विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले सर्वोच्चको आदेश कार्यान्वयनमा सरकारले देखाएको उदासीनताबारे खोजखबर गरेका छन् भने केहीले नेताको नेतृत्व मोह, गुठी विधेयक, राष्ट्रिय गौरव आयोजनाको प्रगतिलगायत विषय उठाएका छन् । नयाँ पत्रिकाले आज सर्वोच्चले दिएको आदेश पालना गर्न सरकारले नै आनाकानी गर्ने […]

छापामा आज : नियतवश उडान घटाएर घाटा बढाउँदै वायुसेवा निगम !

३१ जेठ, काठमाडौं । गुठी विधेयक आज पनि मुख्य दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । त्यस्तै, यातायातमा गरिएको भाडा वृद्धि र फिर्ता, ओम अस्पतालको लापरबाहीलगायतका विषयलाई पनि आजका पत्रिकाहरुले प्राथमिकतापूर्वक छापेका छन् । साथमा केहीले वायुसेवा निगमलगायतको बेथिति पनि आज खोतलेका छन् । नयाँ पत्रिका दैनिकले नेपाल वायुसेवा निगमभित्रको बेथितिबारे मुख्य समाचार लेखेको छ । […]

छापामा आज : विदेश अध्ययनमा कडाइ, मारमा अस्ट्रेलिया र जापान जाने

३० जेठ, काठमाडौं । अनियमितता र बेथितिसँगै समसामयिक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषय आजका दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । अन्नपूर्ण पोस्ट दैनिकले आज भूमाफियाले जनकपुर क्षेत्रको जग्गासँगै ४० भन्दा बढी मन्दिर नै गायब पारेकोलाई मुख्य समाचार बनाएको छ । अन्नपूर्ण लेख्छ– २५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी […]

बालुवाटारको प्रधानमन्त्री निवास भत्काएर ४० करोडमा नयाँ भवन बनाइँदै

२९ जेठ, काठमाडौं ।संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । नयाँ पत्रिका दैनिकले प्रधानमन्त्रीका लागि नयाँ निवास बनाउन लागिएकोबारे मुख्य समाचार लेखेको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर २ वर्षभित्र नयाँ भवन बनाउने तयारी गरिएको हो । नयाँ पत्रिकाका अनुसार यसरी निर्माण गर्न लागिएको एउटा भवनमा प्रधानमन्त्रीको निजी […]

अब के हुन्छ लोकसेवाले मागेको ९१६१ कर्मचारीको पदपूर्ति ?

२८ जेठ, काठमाडौं । स्थानीय तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी भर्ना गर्न लोकसेवाले थालेको प्रक्रिया रद्द गर्न संसदीय समितिले दिएको निर्देशन र त्यसपछि बढेको अन्योलताको विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित छन् । त्यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता, दलभित्रको किचलो, सार्वजनिक जग्गा दुरुपयोगलगायत विषयमाथि पनि पत्रपत्रिकाहरुले चर्चा–परिचर्चा गरेका छन् । कान्तिपुर दैनिकले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी […]

छापामा आज : बाबुराम–उपेन्द्रको पार्टीमा सुरुमै दुई धार

२७ जेठ, काठमाडौं । समसामयिक राजनीतिसँगै कोरिया आकर्षण, स्याटेलाइट खरिद, सार्वजनिक जग्गा दुरुपयोगलगायत विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् । बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको दलमा दुई धार देखिएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार, सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र विवाद देखिएकाे छ । सार्वजनिक […]

छापामा आज : प्रधानमन्त्री रोजगारका नाममा २ अर्ब ३७ करोडको असारे खोलो

२६ जेठ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले लोकसेवा आयोगको विज्ञापनले सिर्जित समस्याबारे चासो राखेका छन् भने कुनैको प्राथमिकतामा सहकारीभित्रको बेथिति, अपराध अनुसन्धान, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत परेका छन् । नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा भइरहेको खर्चबारे मुख्य समाचार बनाएको छ । समाचार […]

अभिभावकत्व ग्रहण गरेपछि दायित्व बिर्सिए नेताले, अनाथालयमा पुगे बालबालिका

२५ जेठ, काठमाडौं । आजका पत्रिकाहरुमा सामाजिक विषयवस्तुहरु नै प्रमुख समाचारको रुपमा प्रकाशित छन् । नेपाल वायु सेवा निगमको न्यारो बडी जहाजमा पनि अनियमितता भएको, लोक सेवा आयोगमा १० दिनमा ५० हजारको आवेदन परेको, सरकारी अनुदानबाट धेरैजसो भूकम्प पीडितले बस्नै नमिल्ने घर बनाएको लगायतका समाचारहरु आजका पत्रिकामा छन् । अभिभावकत्व ग्रहण गरेका बालबालिकाको बिजोग प्रधानमन्त्री […]

आजका पत्रपत्रिका : अख्तियारदेखि महालेखासम्मका प्रमुख नै लिन्छन् दोहोरो सुविधा

२४ जेठ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अनियमितता र बेथिति सबैको मुख्य प्राथमिकतामा परेको छ । मुख पृष्ठमा रातो मच्छिन्द्रनाथको रथको तस्वीर छापेको कान्तिपुरले भ्रष्टाचारको मिसिल नै अख्तियारबाट गायब भएको दाबी गरेको छ । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार […]

छापामा आज : मन्त्रालयकै सहमतिमा कतार रोजगारीमा एक्लो सिन्डिकेट

२२ जेठ, काठमाडौं । केन्द्रीय सदस्यको जिम्मेवारीलाई लिएर नेकपामा देखिएको विवाद, प्रदेशको विकास खर्च, कतार रोजगारीमा देखिएको समस्या, सार्वजनिक जग्गा अतिक्रमण आजका दैनिक पत्रिकाको प्राथमिकतामा परेको छ । धनुषामा एक किशोरीलाई ३ महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरिएको गम्भीर विषयलाई आज अन्नपूर्णले मुख्य समाचारका रुपमा छापेको छ । धनुषा बटेश्वरकी कक्षा ९ मा अध्ययनरत दलित […]

पर्यटन क्षेत्रको बदनाम : फेक रेस्क्यूपछि अब मृत्युको व्यापार !

२१ जेठ, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक विषयहरुलाई प्रमुख समाचारको रुपमा स्थान दिइएको छ । सगरमाथामा मृत्युको व्यापारदेखि डाक्टरहरुको लाइसेन्स नवीकरण गर्न एक सय अंक ल्याउनै पर्नेसम्मका समाचारहरु आजका पत्रिकाहरुमा पढ्न पाइन्छ । नागरिक दैनिकले ‘सगरमाथामा मृत्युको व्यापार’ शीर्षकमा मुख्य समाचार छापेको छ । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख […]

आजका पत्रपत्रिका : १८ सय ठेक्का सम्झौता भंग हुँदै

२० जेठ, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले फरक फरक समाचारलाई प्राथमिकता दिएर छापेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणदेखि शिक्षिकाको कुटाइबाट पाँच जना विद्यार्थीहरुको हात भाँचिएको लगायतका समाचार आजका पत्रिकाका पहिलो पृष्ठमा छन् । राजधानी दैनिकले रोल्पाको रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको समाचार […]

प्रधानमन्त्री भन्छन्– पार्टी फुटाउने प्रयास भइरहेको छ

१९ जेठ, काठमाडौं । आजका पत्रिकाहरु फरक–फरक विषयमा केन्द्रित भएर बजारमा आएका छन् । कतिपय नेकपामा सत्ता साझेदारीको बहसमा केन्द्रित छन् भने कसैले हाजिर गर्ने र घर फर्किने दैनिकी भएका न्यायाधीशहरुमाथि नजर लगाएका छन् । गोरखापत्र दैनिकले मुद्दा फैसलामा न्यायिक विचलन देखिएको अभियोगमा न्याय परिषदले काजमा तानेका ११ मध्ये ९ जना न्यायाधीशहरुको दैनिकीबारे समाचार लेखेको […]

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ : ४-५ दिनमै सरकार ढल्छ

१८ जेठ, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ता र नेकपा अध्यक्ष प्रचण्डलाई फर्काएको जवाफलाई प्राथमिकताका साथ छापेका छन् । एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । त्यसको जवाफ ओलीले दिल्लीबाटै दिएका छन् । ओलीले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘मेरो कार्यकाल […]

सामाजिक सुरक्षा भत्ता र तलब वृद्धिले राज्यलाई अर्बौं भार, महँगी बढ्ने

१६ जेठ, काठमाडौं । सरकारले बुधबार संसदमा पेश गरेको बजेट आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले प्रस्तुत बजेटका कार्यक्रम र त्यसको कार्यान्वयन पक्षबारे चर्चा–परिचर्चा गरेका छन् । कान्तिपुरले ‘मनग्ये वितरण, अनुशासनमा विचलन’ शीर्षक दिएर बजेटबारे मुख्य समाचार लेखेको छ । वित्तीय अनुशासन कायम राखेर बजेट सार्वजनिक गर्नुपर्ने भए पनि त्यसबाट पछि […]

छापामा आज : जनआन्दोलनमा ४ छोरा गुमाएकी आमा बेसहारा

१५ जेठ, काठमाडौं । बजेट र गणतन्त्र दिवससँग सम्बन्धित सामग्री आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक समसामयिक राजनीति र बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाहरुले उठाएका छन् । कान्तिपुरले आज गणतन्त्र आउनुअघिका जनआन्दोलनमा ४ छोरा गुमाएकी सुभद्रमाया दर्नालको लामो कथा–व्यथा छापेको छ । सुभद्राका जेठा छोरा काजी, माइला भक्त, काइला उद्धव र कान्छा अमृत […]

विप्लव कार्यकर्ताले समय मिलाउन नजान्दा आइतबार नै श्रृंखलाबद्ध विस्फोट

राजधानीको श्रृंखलाबद्ध बम विस्फोट आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । बजेट घोषणाको मिति नजिकिँदै गर्दा यसबारे पनि पत्रपत्रिकाहरुले चर्चा परिचर्चा गरेका छन् । कान्तिपुरले ‘चन्द समूहको आतंकः राजधानीमा श्रृंखलाबद्ध विस्फोट’ शीर्षक दिएर आइतबार भएको श्रृंखलाबद्ध बम विस्फोटबारे मुख्य समाचार लेखेको छ । आइतबार राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा बम विस्फोट भएका थिए […]

आजका पत्रपत्रिका : प्रधानमन्त्री ओलीलाई ‘बाहुबली’ को उपमा

१२ जेठ, काठमाडौं । आइतबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले सामयिक घटनाहरुका साथै आगामी बजेटसँग जोडिएका आर्थिक खबरहरुलाई प्राथमिकता दिएका छन् । नेपाल साप्ताहिकले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘क. बाहुबली’ नाम दिएर कार्टूनसहितको आवरण स्टोरी प्रकाशित गरेको छ । नेपाल साप्ताहिकले लेखेको छ- २१ घटनाले बताउँछन्, ओलीमा शक्तिको असीमित तीर्खा छ । मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, […]

१० महिनामा देशलाई ११ खर्ब घाटा, विलासिता वस्तु आयात मुख्य कारण

व्यापार घाटा, भारतीय चुनाव, सामाजिक अपराध, सांसदको पठन सस्कृतिलगायत विषय आजका दैनिक पत्रिकाहरुको मुख्य प्राथमिकतामा परेको छ । शनिबारीय सामग्रीसहित छापिएका दैनिक पत्रिकाहरुले सहरको गरिबी, नेपाली नाम जुराउन निजी विद्यालयलाई परेको सकसमाथि पनि नजर लगाएका छन् । कान्तिपुरले देशको बढ्दो व्यापार घाटाबारे केलाएको छ । समाचार अनुसार, विलासिताका वस्तुको आयात र कृषिको परनिर्भरता मुलुकको व्यापार […]