Comments Add Comment

समाचार

List Grid
विराटनगरको फोहोरमा कोरियाली कम्पनीको चासो, चिनियाँ कम्पनी आएन

२ असार, विराटनगर । विराटनगर महानगरपालिकाभित्र उत्पादन हुने फोहोरको दीर्घकालीन समाधान खोज्न कोरियाली टोली विराटनगर आएको छ । कोरियाली इन्भेष्टमेन्टल इन्डष्ट्रिज एण्ड टेक्नोलोजी इन्स्टिच्युट (केइआइटिआई) को टोली विराटनगर आएको हो । नगरबाट निस्कने फोहोरलाई उर्जामा परिणत गर्ने विषयमा गुरुयोजना तयार पार्न कोरियन टोलीले काम सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिए । संघीय मामिला तथा […]

पथरी जंगलमा सडेको अवस्थामा शव भेटियो

२ असार, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा युवकको शव भेटिएको छ । पथरी शनिश्चरे नगरपालिका– २ मा रहेको सुन्दर सामुदायिक वनको गेट नजिकै सडेको अवस्थामा शव भेटिएको हो । सोमबार विहान शव भेटिएपछि अनुसन्धानका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीको टोली […]

असार २१ सम्म सम्झौता नगर्ने भुकम्पपीडितलाई सूचीबाट हटाइने

२ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । आगामी असार २१ सम्मको समय सीमा दिँदै प्राधिकरणले यस अवधिभित्र अनुदान सम्झौताका लागि नआए लाभग्राही सूचिबाट हटाउने जानकारी दिएको हो । उक्त अवधिभित्र लाभग्राही सूचिमा रहेका प्रभावितलाई अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो […]

प्रदेश १ को बजेटमाथि कांग्रेसको प्रतिक्रिया : उद्देश्यहीन र वितरणमुखी

२ असार, विराटनगर । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई प्रतिपक्षी नेपाली कांग्रेसले अनुदानमा आधारित र वितरणमुखी भएको टिप्पणी गरेको छ । प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रसतुत गरेको थियो । संसदीय पत्रकार मञ्च प्रदेश १ ले सोमबार गरेको पत्रकार सम्मेलनमा […]

बालुवाटारमा बहस : गुठी विधेयक फिर्ता लिने कि स्थगन गर्ने ?

२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगन गर्न सुझाएका छन् । प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधि, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए । छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् […]

सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन –बजेट कार्यान्वयनको तयारीमा जुट्नुस्

२ असार,बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । चालु आवको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिंदै आगामी आवको बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न उनले सचिवहरुलाई निर्देशन दिएका हुन् । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने […]

लोकसेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा फेरि अर्को रीट

२ असार, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट निवेदन दायर भएको छ । देशभरका स्थानीय तहमा कार्यरत रहेका ११ हजार करार र अस्थायी कर्मचारीको तर्फबाट १२१ जनाले सोमबार सर्वाेच्चमा रिट दायर गरेका हुन् । लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा दायर भएको यो चौथो मुद्दा हो । […]

भारतीय गाडीबारे गृहको स्पष्टिकरणः उद्योगमैत्री वातावरण बनाउन पत्राचार

२ असार, काठमाडौं । भारतीय सवारी साधानलाई चेकजाँच गर्न असहयोग गरेको सामाचार बाहिरिएपछि गृह मन्त्रालयले खण्डन गरेको छ । उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ । सोमबार गृह प्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रस्तुत परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने […]

संसदीय समितिले भन्यो : निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन

२, असार, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदन सोमबार राष्ट्रिय सभासमक्ष पेश गरेको छ । समिति सभापति दिलकुमारी रावल (पार्वती)ले सोमबार पेश गरेको प्रतिवेदनमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चालु आर्थिक वर्षमा स्वीकृत गर्न निर्देशन दिइएको छ भने एयरपोर्ट सिटी अनावश्यक रहेको उल्लेख छ । हाल […]

दैलेखमा जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

२ असार, दुल्लु (दैलेख) । ठाटीकाँध गाउँपालिका-३ बहाँकोटमा सोमबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई सुमित एयरलाइन्सको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँधतर्फ जाँदै गरेको भे१च २०९० नंको जीप दुर्घटना हुँदा १० जना घाइते […]

पाँचतारे हायात होटल बन्द भएको भन्दै नेप्सेलाई पत्र

२ असार, काठमाडौं । हायात होटलका कर्मचारीहरु सेवा–सुविधा कटौतीको विरोधमा केही दिनदेखि आन्दोलनमा छन् । तर, कर्मचारीहरुको माग सम्वोधन गर्नुको साटो व्यवस्थापनले होटल नै बन्द भएको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको छ । तारागाउँ रिजेन्सीका कम्पनी सचिव रमणकुमार कर्णले सोमबार नेप्सेलाई पत्राचार गर्दै होटल्स बन्द भएको जानकारी गराएका हुन् । गत जेठ ३० गतेदेखि […]

आँधी प्रभावित भरवलियाका बासिन्दा आन्दोलित

२ असार, वीरगञ्ज । गत चैत १७ गते आएको आँधी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका-१ भलुही भरवलियाका बासिन्दा आन्दोलित भएका छन् । शुक्रबार वडानम्बर १ को कार्यालयमा तालाबन्दी गरेका उनीहरुले सोमबार गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा सामान्य झडपसमेत भएको छ । फेटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न स्थानीय रम्भा देवीको नेतृत्वमा गएका महिला […]

ओम अस्पताल प्रकरण : रकम पाएपछि मृतकका आफन्त चुप

२ असार, काठमाडौं । उपचारका क्रममा विरामीको मृत्यु भएपछि ओम अस्पतालमा सुरू भएको तनाव लेनदेनमा टुंगिएको छ । तर यसबारे मृतकका आफन्त र अस्पताल दुबैले लुकाउन खोजेका छन् । अस्पतालले मृतकप्रति समवेदना प्रकट गर्दै तिर्न बाँकी रकम मानवीय हिसावले मिनाहा गर्ने सहमति भएको वक्तव्य जारी गरेको छ । आफन्त मृतकको संस्कार गरेर फर्किएका छन् । के थियो […]

५९० रोपनी परिवारको नाममा ल्याउने मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२ असार, काठमाडौं । जुम्लाको गुठीचौरस्थित भेडा बाख्रा फार्मको ५ सय ९० रोपनी जग्गा परिवारको नाममा दर्ता गर्ने जुम्लाका तत्कालिन मालपोत अधिकृतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मालपोत कार्यालय जुम्लाका तत्कालिन निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका ना.सु. बिजय शर्मा न्यौपाने र तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम […]

चरेस र मरिचसहित तीन जना पक्राउ

२ असार, वीरगञ्ज । प्रहरीले लागू औषध चरेससहित दुई जनालाई वीरगञ्जबाट पक्रेको छ । पक्राउ परेका मध्ये एक जना महिला छिन् । प्रहरीले पर्साको छिपरमाई गाउँपालिका वडा नं ५ भिष्वा बस्ने ३२ वर्षीय इम्तियाज आलम र बाराको शितलपुर घर भइ हाल वीरगञ्ज महानगरपालिका वडा नंम्बर २ छपकैयामा डेरा गरी बस्ने ३२  वर्षीया मीना खातुन रहेका छन् […]

प्रकृति र परम्पराको संगमस्थल नार्च्यांङ

नार्च्यांङ यस्तो गाउँ हो जहाँ प्रकृतिसँग मानिसको मिठो सम्बन्धको सुवास भेटिन्छ । परम्परा र संस्कृतिको जीवन्त रुप देखिन्छ । अनि धनुषबाण र भीरमौरीको मह काढ्ने परम्परासँग साक्षात्कार गर्न सकिन्छ । हो, हामी म्याग्दी जिल्लामा पर्ने यही सुन्दर गाउँको यात्रामा जाँदैछौं । पहिलो दिन पोखरातर्फ अघि बढ्यौं । पोखरामा रहेको होटल ग्रान्डेमा हाम्रो पहिलो दिनको बास […]

उद्योग मन्त्रालय अर्थ मन्त्रालयको शाखाजस्तो भयो : विनोद चौधरी

२ असार, काठमाडौं । सांसद विनोद चौधरीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अर्थ मन्त्रालयको महाशाखा जस्तो बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उद्योगमा देखिएका समस्या समाधान गर्न सक्ने हैसियत उद्योग मन्त्रालयले राख्नुपर्ने बताए । ‘उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखा भन्दा अलि माथि उठ्न सक्नु पर्यो […]

नेपाली नानो स्याटेलाइटले थाल्यो पृथ्वीको परिक्रमा

२ असार, काठमाडौं । नेपालको पहिले भू-उपग्रह ‘नेपालीस्याट-१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न सुरु गरेको छ । अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएको हो । जापानको जाक्साबाट सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेका थिए । ‘नेपालीस्याट-१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक […]

समुदायसँग सहकार्यमा ७४ वटा सीसी क्यामरा जडान

२ असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले समुदायसँग सहकार्य गरेर ७४ वटा सीसी क्यामरा जडान गरेको छ । अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सीसी क्यामरा जडान गरिएको हो । वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा सुरक्षित नागरिक समाज, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ लगायतको आर्थिक […]

गुठीबारे सिंहदरबारमा माधव नेपालको बेग्लै परामर्श

२ असार, काठमाडौं । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन् । सिंहदरबारस्थित कृषि समितिको हलमा नेता नेपालले प्रस्तावित विधयेकबारे सांसदरुसँग करिब डेढ घण्टा छलफल गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा गुठी विधेयकबारे छलफल गर्ने तयारी गरिरहेका बेला त्यसको ठीक दुईघण्टा पहिले […]

धापासीमा ‘स्वीमिङ पुल’मा डुुबेर एक जनाको मृत्यु

२ जेठ, काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए । ‘घाइते भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको रहेछ’, […]