Comments Add Comment
No ads found for this position

देश

List Grid
घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

३१ जेठ, गोरखा । जंगलमा घाँस काट्न गएका आरुघाट गाउँपालिका–१ मान्वुका सोम बहादुर गुरुङको शुक्रबार भीरबाट लडेर ज्यान गएको छ । लडेर घाइते भएका ४० बर्षीय गुरुङको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । विहान घर नजिकैको जंगलमा घाँस काट्न गएका गुरुङलाइ घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई […]

कुरीति अन्त्य नभएसम्म विकास हुन्न : मन्त्री थापा

३१ जेठ, जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला सामाजिक कुरीति अन्त्य नभएसम्म समाज विकास हुन नसक्ने बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको लैंगिक हिंसा, भ्रुण हत्या, बालविवाह, दाइजो लगायतका कुरीति विरुद्धको अन्तर्क्रिया कार्यक्रममा उनले विकृति, विसंगतिलाई अन्त्य गर्ने जिम्मेवारी जनप्रतिनधिको पनि रहेको धारण […]

वीरगञ्ज महानगरले कर वृद्धि गर्न लागेको भन्दै कांग्रेसको प्रदर्शन

३१ जेठ, वीरगञ्ज । नेपाली कांग्रेस पर्साले कर वृद्धि नगर्न दवाव दिन प्रदर्शन गरेको छ । वीरगञ्ज महानगरपालिकामा विगतमा जस्तै कर वृद्धि गर्न खोजेको भन्दै कांग्रेसले शुक्रबार प्रदर्शन गरेको हो । कांग्रेस पर्साका सभापति अजय द्विवेदीको नेतृत्वमा कांग्रेस नेता कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्नुको साथै वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । कर्मचारीको […]

कृषि विश्वविद्यालयको वार्षिक उत्सवमा कृषि प्रदर्शनी र कृषक मेला

३१, जेठ, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले स्थापना दिवसका अवसरमा कृषि प्रर्दशनी तथा कृषक मेला आयोजना गरेको छ । जेठ ३२ देखि असार ३ गतेसम्म गरिने मेलाको तयारी पूरा भएको विश्वविद्यालयले जनाएको छ । मेलाको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । कृषि संकायको परिसरमा हुने मेलामा ५० वटा स्टलहरु रहने मेला सचिवालयका […]

काफल बेचेर घरखर्च जोहो गर्दै महिला

३१ जेठ, लमही (दाङ)। दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । दाङका […]

गुठी विधेयकविरुद्ध सडकमा आउने जानकी मन्दिरका महन्थको चेतावनी

३१ जेठ, जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सरकारले विधेयक फिर्ता नलिए जनकपुरका सम्पूर्ण साधु सन्त सडकमा आउने चेतावनी दिएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले संघर्षका लागि समिति बनाएर आफूहरु सडकमा आउने चेतावनी दिएका हुन् । मन्दिरमा विहान पूजापाठ गरी दिनभर ताला लगाएर सडकमा संघर्ष गर्ने उनले बताए । गुठी विधेयक साधुसन्तलाई […]

पर्सामा भारतीय गाडी चलाउन कडाइ

३१ जेठ, वीरगञ्ज । पर्सामा भारतीय गाडी सञ्चालन गर्न कडाइ गर्ने तयारी गरिएको छ । नियम विपरीत सञ्चालित भारतीय गाडीप्रति प्रहरी प्रशासन कठोर बनेको हो । भारतीय गाडी विभिन्न अपराधिक क्रियाकलापका साथै लागूऔषधको कारोबार र तेल तस्करीमा समेत प्रयोग हुन थालेपछि कडाइ गर्न थालिएको प्रहरीले जानकारी दिएको छ । केही दिन यता प्रहरीले सवारी चेकजाँचमा कडाइ […]

युवा लक्षित कार्यक्रम ल्याउन स्थानीय तहलाई एसएमएसमार्फत खबरदारी

३१ जेठ, वीरगञ्ज । वीरगञ्जका सचेत युवाले पर्सा जिल्लाका १४ वटै स्थानीय तहलाई खबरदारी गरेका छन् । युवा वर्गको उत्थानका लागि नीति, कार्यक्रम तथा बजेट छुट्याउन माग गर्दै उनीहरुले खबरदारी गरेका हुन् । शुक्रबार बिहान वीरगञ्जको घण्टाघरमा भेला भएर सचेत नागरिकको एक समूहले स्थानीय स्तरमै अवसर सिर्जना गर्न सचेत युवाले एसएमएसमार्फत दवाव दिएका हुन् । […]

पूर्वी चितवनमा रोजगार मेला, उद्योगी भन्छन् : कामदारको अभाव छ

३१, जेठ, चितवन । बेरोजगार युवायुवतीलाई रोजगारी दिलाउने, सीप सिकाउने र त्यसलाई रोजगारदाता समक्ष जोड्ने उद्देश्यले पूर्वी चितवनको रत्ननगरमा वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ । मेलाको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे । रत्ननगर नगरपालिकाले आयोजना गरेको मेला होटल स्टार बेन्क्युटमा निपनीमा विहान ९ बजेबाट सुरु भएको छ । मेलामा वृत्ति विकाससम्बन्धी […]

दोरम्बामा बस दुर्घटना : २ जनाको मृत्यु, ६ गम्भीर घाइते

३१ जेठ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बिहीबार साँझ बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् । कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा पर्दा दोरम्बा ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको वडाअध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए । […]

सप्तरीमा ५ वर्षीया बालिका बलात्कृत, किशोर पक्राउ

३१ जेठ, सप्तरी । पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले सप्तरीबाट एक १३ वर्षीय बालकलाई पक्राउ गरेको छ । मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत सोमबार कञ्चनरुप नगरपालिकास्थित […]

प्रधानसेनापति थापा चीन जाँदै

३१ जेठ, काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा चीन भ्रमण जाने भएका छन् । चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा असार १ गते एयर चाइनाको फ्लाइटबाट चीन जान लागेका हुन् । थापाको प्रधानसेनापति भइसकेपछिको यो पहिलो चीन भ्रमण हो । ७ गते भ्रमण सकेर उनी स्वदेश फर्किने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानसेनापति थापाले […]

सैनामैनाबाट पेस्तोलसहित तीन युवा पक्राउ

३१ जेठ, बुटवल । सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले राजमार्गमा चेकजाँच गर्ने क्रममा सैनामैना नगरपालिका–६ का २० वर्षीय सुरज दर्जी, वर्ष २० कै अर्जुन मुसहर र २२ वर्षीय मनिष परियारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद भएको इलाका प्रहरी कार्यालय […]

तीनकुने पुल निर्माणमा पप्पुको बदमासी, कारवाही गर्न संसदीय समितिको निर्देशन

३१ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएकाे पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो । निर्माणाधीन पुलमा त्रुटि देखिएको भन्दै काठमाडौं […]

हाजिरी जमानीमा छुटे प्रनेश गौतम

३१ जेठ, काठमाडौं । युट्युवर प्रनेश गौतमलाई प्रहरीले रिहा गरेको छ । युट्बमा ठट्यौली शैलीमा गरेको फिल्म समीक्षालाई लिएर पक्राउ परेका गौतमलाई प्रहरीले बिहीबार रिहा गरेको हो । नेपाल प्रहरीको अपराध महाशाखाका प्रमुख सहकुल थापाले गौतमलाई हाजिरी जमानीमा रिहा गरेको अनलाइनखबरलाई जानकारी दिए । ‘फिल्म वीरविक्रम २ का निर्देशकको उजुरीपछि पक्राउ परेका पनेश गौतमलाई हामीले […]

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

३० जेठ, वीरगञ्ज । प्रहरीले बाराबाट ३० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादीलाई पक्राउ गरेको छ । बाराको महागढीमाई नगरपालिका–११ मधुरी टोलका वीर बहादुर चौधरीलाई प्रहरीले पक्रेको हो । चौधरीलाई पलट साह सोनारसँग मिलेर २०३९ साल जेष्ठ ०८ गते साविकको मधुरी जब्दी–५ निवासी सुकदेव साह सोनारको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो […]

‘छोरा गुमाएको एक वर्षसम्म पनि न्याय पाएनौं’

३० जेठ, रौतहट । कटहरीया नगरपालिका ९ डुमरियाका दिलिप साहका १३ वर्षीय छोरा युवराजको अपहरण गरी हत्या गरेको एक वर्ष दिन बितिसक्यो । तर घटनामा संलग्नहरुलाई कारबाही नहुँदा पीडामाथि पीडा थपिएको पीडित परिवारले बताएको छ । वडाध्यक्ष रामअज्ञा राय यादवकै निर्देशनमा घरमै सुतिरहेको युवराजकलाई छिमेकीहरुले अपहरण गरेका थिए । पविारजनसँग एक करोड रुपैयाँ फिरौती मागेका […]

मन्त्रीले पठाएको बजेट महानगरले खर्च गरेन

३० जेठ, विराटनगर । वीरेन्द्र सभागृह मर्मतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको चार करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ । बाहिरी आवरणमा उत्कृष्ट कला कौशलले सजाइएको वीरेन्द्रसभा गृहको भित्री भाग जिर्ण अवस्थामा छ । आफ्नो निर्वाचन क्षेत्रमा रहेको सभागृह जिर्ण बनेपछि संघीय मामिलामन्त्री लालबाबु पण्डित आफैंले चासो दिएर सभागृह मर्मत तथा […]

कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढ्यो : मुख्यमन्त्री राउत

३० जेठ, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढेको बताएका छन् । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन र मनसुन पूर्व तयारीसम्बन्धी बिहीबार जनकपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विपद जोखिम न्युनीकरणको लागि मासिक, भौतिक र प्राविधिक रुपमा तयार हुनुपर्ने धारणा राखे । प्रदेश २ का जिल्लाहरुमा भइरहेको अत्यधिक बालुवा, गिट्टी उत्खननबारे […]

३८ वर्ष पुरानो बस्तीमा उपमहानगरले चलायो डोजर

३० जेठ, बुटवल । बुटवलको जामे मस्जिद अगाडि तत्कालीन श्री ३ बडामहारानीको जग्गामा वर्षौंदेखि बसिरहेका बस्तीमा बुटवल उपमहानगरले डोजर चलाएर हटाएको छ । बुटवल-१ स्थित साविक बिटौरी कित्ता नंं ८३ को २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारको टहरामाथि उपमहानगरले सुरक्षाकर्मीको सहयोगमा डोजर लगाएको बस्ती हटाएको हो । उपमहानगरले ३५ दिने सूचना […]

सरकारबाट बाहिरिने उपेन्द्र यादवको चेतावनी

३० जेठ, काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको भन्दै अब पनि संशोधन नगरिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय […]