Comments Add Comment
No ads found for this position

प्रमुख समाचार

List Grid
भारतीय गाडीबारे गृहको स्पष्टिकरणः उद्योगमैत्री वातावरण बनाउन पत्राचार

२ असार, काठमाडौं । भारतीय सवारी साधानलाई चेकजाँच गर्न असहयोग गरेको सामाचार बाहिरिएपछि गृह मन्त्रालयले खण्डन गरेको छ । उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ । सोमबार गृह प्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रस्तुत परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने […]

संसदीय समितिले भन्यो : निजगढमा एयरपोर्ट सिटी आवश्यक छैन

२, असार, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ विमानस्थलको स्थलगत अनुगमन प्रतिवेदन सोमबार राष्ट्रिय सभासमक्ष पेश गरेको छ । समिति सभापति दिलकुमारी रावल (पार्वती)ले सोमबार पेश गरेको प्रतिवेदनमा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) चालु आर्थिक वर्षमा स्वीकृत गर्न निर्देशन दिइएको छ भने एयरपोर्ट सिटी अनावश्यक रहेको उल्लेख छ । हाल […]

पाँचतारे हायात होटल बन्द भएको भन्दै नेप्सेलाई पत्र

२ असार, काठमाडौं । हायात होटलका कर्मचारीहरु सेवा–सुविधा कटौतीको विरोधमा केही दिनदेखि आन्दोलनमा छन् । तर, कर्मचारीहरुको माग सम्वोधन गर्नुको साटो व्यवस्थापनले होटल नै बन्द भएको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको छ । तारागाउँ रिजेन्सीका कम्पनी सचिव रमणकुमार कर्णले सोमबार नेप्सेलाई पत्राचार गर्दै होटल्स बन्द भएको जानकारी गराएका हुन् । गत जेठ ३० गतेदेखि […]

ओम अस्पताल प्रकरण : रकम पाएपछि मृतकका आफन्त चुप

२ असार, काठमाडौं । उपचारका क्रममा विरामीको मृत्यु भएपछि ओम अस्पतालमा सुरू भएको तनाव लेनदेनमा टुंगिएको छ । तर यसबारे मृतकका आफन्त र अस्पताल दुबैले लुकाउन खोजेका छन् । अस्पतालले मृतकप्रति समवेदना प्रकट गर्दै तिर्न बाँकी रकम मानवीय हिसावले मिनाहा गर्ने सहमति भएको वक्तव्य जारी गरेको छ । आफन्त मृतकको संस्कार गरेर फर्किएका छन् । के थियो […]

५९० रोपनी परिवारको नाममा ल्याउने मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२ असार, काठमाडौं । जुम्लाको गुठीचौरस्थित भेडा बाख्रा फार्मको ५ सय ९० रोपनी जग्गा परिवारको नाममा दर्ता गर्ने जुम्लाका तत्कालिन मालपोत अधिकृतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मालपोत कार्यालय जुम्लाका तत्कालिन निमित्त प्रमुख गोविन्दप्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका ना.सु. बिजय शर्मा न्यौपाने र तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम […]

संविधान संशोधनबारे भारतलाई अवगत गराउनु अन्यथा होइनः देउवा

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा आफूले भारतलाई दिएको वचनबारे संसदमा प्रष्टिकरण दिएका छन् । उनले संविधान संसोधन नेपालको आन्तरिक विषय भए तापनि यसबारे अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउनु अन्यथा नहुने भनाई राखे । ‘संविधान संशोधनका विषयमा हामीले गरेको प्रयासबारे संयुक्त पत्रकार सम्मेलनमा मैले बोलेको छु,’ देउवाले भने, ‘यो विषयलाई राजनीतिक दलबाट […]

सात जना हुण्डी कारोबारीविरुद्ध चार अर्बको मुद्दा दायर

१२ भदौ, काठमाडौं । हुण्डी कारोबारीविरुद्ध सर्वाधिक राशीको विगो दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान बिभागले चार अर्ब १४ करोडको विगो दाबीसहित सोमबार मुद्दा दायर गरेको हो । दलबहादुर पुन, लव कुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर भएको छ । […]

विरोधका बीच शिक्षा ऐनमा नवौं संशोधन, ४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दावी

१२ भदौ, काठमाडौं । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको संसदमा चर्को आलोचना भए पनि अन्तत: बहुमतले पारित भएको छ । सत्तारुढ दलकै सांसदले समेत विधेयक फिर्ता लिन माग गरेका थिए । सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन-२०२८ मा नवौं संशोधन विधेयक पेश गरेका थिए । […]

माओवादी केन्द्रको हेडक्वाटर बिघटन

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने छ । पार्टी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्, ‘आज बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कार्यालय बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुने भएको छ ।’ पार्टी अध्यक्ष प्रचण्ड पश्चिम नेपालको […]

भैरहवा भन्सार घोटाला प्रकरणः विभाग र अख्तियार दुवै शंकास्पद

११ भदौ, भैरहवा । रुपन्देहीको भैरहवा भन्सारमा घामजस्तै छर्लङ्ग खुल्लारुपमा भ्रष्टाचार भएको देखिए पनि भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन थप शंकास्पद देखिएको छ । कर्मचारीको मिलोमतोमा एउटै प्रज्ञापन पत्रबाट दुईवटा मालवाहक गाडी बाहिरने गरेको पुष्टि भए पनि छानविन गर्ने निकायहरुले छानजिनमा ढीलासुस्ती गर्दै संलग्न कर्मचारीलाई जोगाउन खोज्दा उनीहरुको गतिविधि शंकास्पद देखिएको हो […]

सशस्त्र प्रहरी जवानको हत्या सहकर्मी नै गरेको पुष्टि

१० भदौ, कञ्चनपुर । सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको आफ्नै सहकर्मीले हत्या गरेको खुलेको छ । गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा हत्या भएको थियो । प्रहरी अनुसन्धानका क्रममा कुँवरको हत्या सहकर्मी धनवहादुर विष्टले गरेको खुलेको छ । विष्ट सशस्त्र प्रहरीको बढीमालिका गण, […]

यथास्थिति जोगाउने कसरतमा भारत

९ भदौ, काठमाडौं । बिहीबार साँझको ‘मिडिया ब्रिफिङ’मा भारतीय विदेश सचिव सुब्रमण्यम जयशंकरलाई दोक्लाम विवादबारे नेपाल र भारतका प्रधानमन्त्रीहरुबीच छलफल भए/नभएकोबारे सञ्चारकर्मीहरुले घुमाइफिराइ जिज्ञासा राखे । हरेक पटक सोधिएका प्रश्नको जवाफमा जयशंकरको जवाफ रह्यो, ‘नो’ । तथापि, संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी र मिडिया ब्रिफिङमा जयशंकरले दोहोर्‍याएको विषय थियो, रक्षा र सुरक्षा चासो । […]

देउवाले देशको शीर निहुर्‍याएः ओली

९ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिले देशको शीर निहुरिएको टिप्पणी प्रमुख विपक्षी दलका नेताले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनलाई लिएर देउवा भारतीय समकक्षीसामू ‘गिडगिडाएको’ आरोप लगाए । नियमित उपचारका लागि बैकक जाने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले देउवाको चर्को आलोचना गरे । देउवाले मोदीलाई संविधान […]

भ्रष्टाचारसम्बन्धी प्रावधानले रोकियो निर्वाचन कानुन !

९ भदौ, काठमाडौं । राज्य व्यवस्था समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक पास गर्न अलमल गर्दा निर्वाचनको तयारी प्रभावित हुने खतरा बढेको छ । निर्वाचन आयोगले दुबै कानुन छिटो उपलब्ध बनाउन लगातार ताकेता गरिरहेको छ । १५ भदौसम्म काननु उपलब्ध नगराए १० मंसिरको घोषित चुनाव प्रभावित हुने आयोगका एक पदाधिकारीले बताए । तर, राज्य व्यवस्था […]

चुनावमा होमियो राजपा, उम्मेदवार छनोट प्रक्रिया सुरु

८ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा होमिएको छ । उसले साइकल चुनाव चिह्न रोज्ने निर्णय गरेको छ । यसअघि राजपाले छाता चुनाव चिन्ह मागेको थियो । तर निर्वाचन आयोगले कानुनी बाधा रहेको भन्दै छाता दिन नसकिने बरु राजपामा आवद्ध दलहरुमध्ये कुनै एक पार्टीको चुनाव चिन्ह प्रदान गर्न सकिने बताएको थियो । जसअनुसार […]

नेपालको संविधानमा भारतीय पोजिसन यथावत : विदेश सचिव जयशंकर

८ भदौ, नयाँदिल्ली । भारतले नेपालको संविधानबारे आफ्नो ‘पोजिसन’ निरन्तर एउटै र स्पष्ट रहेको बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय समकक्षी नरेन्द्र मोदीले दुई चरणको स्थानीय चुनाव भएकामा बधाई दिए । साथै सबैसँग संवाद जारी राख्न र सबैको आकांक्षा समाहित गरी संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरे […]

भारतीय सहयोगका १० क्षेत्र पहिचान, निजगढ एयरपोर्टदेखि कुसीनगर- लुम्बीनी रेलसम्म

८ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भविष्यमा सहायताका १० अन्य क्षेत्र पहिचान भएका छन् । विदेशसचिव सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनपछि साउथ ब्लकमा आयोजना गरेको ‘मिडिया बि्रफिङ’मा त्यसबारे जानकारी दिएका हुन् । बिमस्टेकको विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिन २६ साउनमा काठमाडौं उत्रिएकी सुषमा स्वराजले […]

सप्तरीमा एनआरएनले थाल्यो राहत बितरण, पहिलो दिन ६ सय परिवारले पाए

६ भदौ, राजबिराज । गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकाका बाढीपीडितलाई राहत बितरण गरेको छ । संघले नगरपालिकाका झण्डै एक हजार पाँच सय परिवारलाई त्रिपाल, झुल र खाद्यसामाग्री बितरण सुरु गरेको छ । मंगलबार साँझ अबेरबाट सुरु भएको राहत बितरण बुधबारसम्म चल्ने छ । आइतबार राती साढे ८ बजेसम्म झण्डै ६ सय परिवारले राहत […]

नयाँ शक्तिका नेतालाई स्वागत गर्दै प्रचण्डले भने- कांग्रेस, एमाले ‘आउट’

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति र नेकपाका नेताहरुलाई पार्टीमा स्वागत गर्दै अब कुनै पनि तागतले माओवादीलाई हराउन नसक्ने बताएका छन् । प्रचण्डले माओवादी धाराका सम्पूर्ण क्रान्तिकारी घटकहरुलाई एक हुन अपिलसमेत गरे । नयाँशक्तिबाट विद्रोह गरेका देवेन्द्र पौडेल नेतृत्वको समूह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका पदम खड्का […]

देउवालाई ओलीको सुझावः भारतले एकतर्फी बनाएका बाँध हटाउनुपर्छ, कुरा गर्नुस्

६ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले छिमेकी देश भारतले सीमा क्षेत्रमा एकतर्फी र अन्तराष्ट्रिय कानुन विपरित बनाएका बाँधहरु हटाउनु पर्ने बताएको छ । साथै भोलिबाट सुरु हुने भारत भ्रमणबारे यसबारे कुराकानी गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ । संसदको मंगलबारको समयमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले […]

राजपा नेताको प्रतिक्रिया- एमाले मधेसविरोधी प्रमाणित भयो

५ भदौ, काठमाडौं । संविधान संशोधन विधेयकमा दुई तिहाई बहुमत नपुगेर असफल भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु एमालेप्रति आक्रोशित बनेका छन् । तर, खेलको नियमलाई स्वीकार गर्ने राजपा नेताको प्रारम्भिक प्रतिक्रिया छ । संविधान संशोधनको विपक्षमा मतदान गरेर एमालेले आफूलाई मधेस विरोधीमात्रै होइन, परिवर्तन विरोधी र राष्ट्रिय एकताकै विरोधी प्रमाणित गरेको राजपा नेताको […]