Comments Add Comment

समाचार

List Grid
बजेट कार्यान्वयनमा कुनै कसर बाँकी रहन्न : मन्त्री ढुङगेल

३ असार, हेटौंडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आइतबाट प्रस्तुत भएको आर्थिक वर्ष ०७६/७७ को बजेट कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले चालु आर्थिक वर्षमा सरकारले सोचेअनुसार बजेट खर्च गर्न नसकेपनि आउँदो आर्थिक वर्षमा त्यसो नहुने बताए । ‘चालु आर्थिक वर्षमा कार्यान्वयनका आधार थिएनन,अब कार्यान्वयनको आधार बनेको […]

केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउनेबारे चीनमा छलफल हुँदै

२ असार, काठमाडौं । केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)बारे छलफल गर्न नेपाली टोली चीन गएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली चीन गएको हो । चीनमा चौंथो नेपाल चाइना […]

तराईका अधिकांश जग्गाको मालिक भारतीय : राधा ज्ञवाली

२ असार, काठमाडौं । सत्तारुढ नेकपाकी सांसद राधाकुमारी ज्ञवालीले तराईका अधिकांश जग्गाको मालिक भारतीय रहेको बताएकी छन् । यसतर्फ सम्बन्धित सरोकारवालाहरुको प्रयाप्त ध्यान जान नसकेको उनको भनाइ छ । ‘तराईका हजारौं विगाहा जमिन चौधरीको नाममा छ । ति चौधरी सबै भारतमा छन् । यसरी हाम्रो देशको ठूलो भूभागको मालिक नेपाल बाहिर छ । उनीहरुको नेपाली […]

लोकसेवाको विज्ञापनविरुद्ध आन्दोलनको चेतावनी

२ असार, काठमाडौं । स्थानीय तहका लागि सामान्य प्रशासन मन्त्रालयले ९१६१ कर्मचारी भर्ना गर्न लोकसेवा आयोगलाई पत्राचार गरेपछि आयोगले खुलाएको विज्ञापन विवादित बनिरहेको छ । यही सिलसिलामा विभिन्न ७ वटा सामुदायिक संगठनहरुले आन्दोलनको तयारी गरेका छन् । उनीहरुको मागबारे सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवगत गराएका छन् […]

भारतीय गाडीलाई सीमा प्रवेशमा कडाइ गर्न गृहकै असहयोग !

२ असार, काठमाडौं । तराईका सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतीय गाडी चेकजाँचमा कडाइ गरेसँगै गृह मन्त्रालयले निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको छ । पर्सामा भारतीय सवारीलाई चेकजाँच गरेर ७ वटा गाडी भन्सार कार्यालयमा बुझाइएपछि मन्त्रालयले सवारी साधानको निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको हो । एउटै व्यहोराको पत्र झापा, मोरङ, […]

जग्गाको न्युनतम हदबन्दी १५ कठ्ठा हुनुपर्छ : केशव बडाल

२, असार, काठमाडौं । उच्चस्तरीय भूमि सुधार आयोगका पूर्वअध्यक्ष तथा पूर्वसांसद केशव बडालले जग्गाको न्युनतम हदबन्दी १५ कठ्ठा हुनुपर्ने बताएका छन् । सोमबार संसदको कृषि तथा सहकारी तथा प्रकृतिक श्रोत समितिमा बडालले भने, ‘धेरै नै रहेछ भने झिक्ने हो तर, १५ कठ्ठा भन्दा तल छ भने त्यो कुनै हालतमा झिक्न हुँदैन । ५ कठ्ठा भनेको […]

विदेशमा पानी बेच्ने गृहकार्यमा सरकार, १३ वटा मुहान भेटिए

२ असार, काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको छ । खानेपानी विभागले गरेको एक अध्ययनबाट ती क्षेत्रको पहिचान भएको हो । विभागले ‘बेबी वाटर’ भनिने नेपालको हिमनदी र पहाडी क्षेत्रको ठूला मुहानका पानीलाई खाडीसहित युरोपियन देशहरुमा निर्यात गर्न सकिने सम्भावनाबारे ‘डेस्क स्टडी’ गरेको थियो । उक्त अध्ययनका […]

प्रधानमन्त्रीले बोलाए उपत्यकाका सांसदको बैठक

२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन् । साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् । प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका […]

फुटबलरको पीडा : घाइते भएपछि न तलव, न उपचार खर्च

२ असार, काठमाडौं । करिब ५ वर्षपछि ए डिभिजन लिग सुरु हुने भएपछि जावलाखेल युथ क्लब प्रतियोगिताको तयारीमा होमियो । जावलाखेलबाटै फुटबल खेल्दै आएका समिर विष्ट पनिसँग ६ महिनाका लागि जोडिए । ए डिभिजन लिगको तयारीको लागि भनेर जावलाखेल युथ क्लब कास्कीमा प्रतियोगिता खेल्न गएको थियो । खेलकै दौडमा डिफेन्डर विष्टको देब्रे खुटामा गम्भिर चोट […]

डाक्टर दम्पत्तिको घरझगडा : निलमले मागिन् सुरक्षा र न्याय

२ असार, वीरगञ्ज । श्रीमान डा. राजेशकुमार साहविरुद्ध घरेलु हिंसाको मुद्धा लडिरहेकी डा. निलमकुमारी साहले आफूले कतैबाट न्याय पाउन नसकेको गुनासो गरेकी छन् । वीरगञ्ज महानगरपालिका-६ स्थित ससुरा गम्भिरा साहको घरमा बस्दै आएकी उनले आफू असुरक्षित बनेको समेत बताइन् । जिल्ला प्रहरी कार्यालय पर्सा अन्र्तगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा ०७५ माघ २० गते दर्ता […]

बजेटमा आर्थिक मामिलामन्त्रीको स्पष्टीकरण : हतारमा केके छुट्यो-छुट्यो

२ असार, पोखरा । गण्डकी प्रदेश सरकार गठन भएदेखि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निकै जोड दिएको योजना हो, ‘हजार शैय्याको अस्पताल बनाउने ।’ यसले प्रदेश सरकारको पहिलो र दोस्रो बजेटमा स्थान पनि पायो । तर, आइतबार प्रदेशसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले भने यसलाई सम्बोधन गरेन । अघिल्ला बजेटले सम्बोधन गरेका र यसपटक […]

पुँजीगत खर्च ८० प्रतिशत पुर्‍याउने प्रदेश १ सरकारको दाबी

२ असार, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा ८० प्रतिशत विकास बजेट खर्च हुने दाबी गरेको छ । आइतबार आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेको प्रदेश सरकारले त्यसको भोलिपल्ट ८० प्रतिशत विकास खर्च गर्ने दाबी गरेको हो । चालु आर्थिक बर्षको […]

एकनाथ ढकालले मागे राष्ट्रियसभा सदस्य

२ असार, काठमाडौं । परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् । सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार […]

माथिल्लो तामाकोसी सम्पन्न हुने दिशातर्फ, जोडियो तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप

२ असार, काठमाडौं । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सबैभन्दा चुनौतिपूर्ण मानिएको काम सफलतापूर्वक अघि बढेको छ । आयोजनाको तल्लो ठाडो सुरुङमा  पेनस्टक पाइप जडान सुरु भएको हो । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

‘गुठी विधेयक विरोधी आन्दोलनलाई कांग्रेसको ऐक्यबद्धता’

२ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद् दिलेन्द्रप्रसाद बडुले गुठी विधेयकको विरोधमा भइरहेको सडक आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भने, ‘गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको अत्यन्त जायज आन्दोलनमा कांग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक विरोधीतर्फ इंगित […]

प्रदेश २ का कर्मचारीले थप एक महिनाको तलब पाउने

२ असार, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशभित्र काम गर्ने कर्मचारीहरुलाई थप एक महिना बराबरको तलब दिने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आइतबार संसदमा प्रस्तुत बजेटमा एक महिना बराबरको शुरु तलब स्केलको रकम थप सुविधाको रुपमा दिने व्यवस्था गरिएको हो । राष्ट्रसेवक कर्मचारीहरुको मनोवल उच्च राखि कार्य उत्प्रेरणा बढाउन तथा […]

प्रदेश ३ सरकारले बनाउने भयो नौ जिल्लालाई जोड्ने प्रदेश चक्रपथ

३ असार, हेटौंडा । प्रदेश ३ सरकारले ९ वटै जिल्लालाई समेटेर प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । यसको नाम पुष्पलाल प्रदेश चक्रपथ राखिएको छ । आइतबार ४७ अर्ब ६० करोडको बजेट पेश गर्दा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेश चक्रपथ बनाइने बताएका हुन् । संघीय सरकारको समन्वय र सहकार्यमा बनाइने प्रदेश चक्रपथले रामेछाप, […]

पानी ट्यांकीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु

२ असार, गुल्मी । पानी ट्यांकीमा डुबेर गुल्मीमा १ जनाको ज्यान गएको छ । दरबार गाउँपालिका–७, ठूलीचौर निवासी ३५ वर्षीया मीना थापाको ट्यांकीमा डुबेर ज्यान गएको हो । सोमबार बिहान घरमै रहेको प्लाष्टिकको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । थापाको शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने […]

८ माहिनामै बजेट खर्च गरिसक्छौं : मुख्यमन्त्री पोखरेल

२ असार, बुटवल । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आठ महिनाभित्रै बजेट खर्च गरिसक्ने दाबी गरेका छन् । पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोडको बजेट पेश गरेका थिए । विपक्षी नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको आरोप लगाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा […]

प्रदेश ३ का कर्मचारीलाई थप एक महिनाको तलब

२ असार, हेटौंडा । प्रदेश ३ सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई एक महिनाको तलब थप गर्ने भएको छ । आइतबार बजेटमार्फत संघीय सरकारले वृद्धि गरेको तलबमान साउन १ देखि लागू गर्ने घोषणा गरिएको छ । साथै प्रदेश सरकारका मन्त्रालय, सचिवालय तथा केन्द्रीय निकायमा कार्यरत रही तीन महिना प्रदेश सरकारमा सेवा गरेका कर्मचारीलाई थप उत्प्रेरित गर्न र […]

एक मिटर नाला सफा गर्दा ७ सय रुपैयाँ ज्याला !

२ असार, काठमाडौं । समय– आइतबार मध्यान्ह साढे १ बजे । स्थान– सूर्यविनायक नगरपालिका–५, तीनधारा । सन्दर्भ– प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन ! ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को पहेँलो ज्याकेट लगाएर हातमा साबेल (बेल्चा) बोकेका ३० भन्दा बढी कामदार तीनधारामाथिको चौतारामा भेटिए । उनीहरु १ आधा घण्टा जति काम गरेर त्यहाँ सुस्ताएका रहेछन् । उनीहरुलाई जिस्क्याउँदै स्थानीय […]